मिति २०८२।०४।१४ गते देखि ऐ. १५ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०४-१५
- A
- A-
- A+
जबरजस्ति करणी
ललितपुर म.न.पा. २३ हातिवन
स्थित जि. बाजुरा स्वामी कार्तिक खपर गा.पा. १ घर भई हाल जि.ल. म.न.पा. २३ हातिवन
बस्ने वर्ष २६ को मान बहादुर बि.क. ले पिडित परिवर्तित ५९ जिल्ला बस्ने वर्ष २६ की
परिवर्तित नाम ०८२/०८३ जावलाखेल(०२) लाई मिति ०८२।०३।२८ गते देखी मिति २०८२।०४।०६
गते सम्म ललितपुर म.न.पा. २३ हात्तिवन स्थित कोठा भाडामा लिई ज.ज.क. गरेको भन्ने
पिडितको जाहेरीको आधारमा निजलाई नियन्त्रणमा लिई मिति २०८२।०४।१३ गते देखी
सम्मानित ललितपुर जिल्ला अदालतबाट दिन ५ म्याद थप भई जिल्ला प्रहरी परिसर
ललितपुरबाट आवश्यक अनुसन्धान भईरहेको, उक्त स्थान बृत सातदोबाटोबाट अ.
१ कि.मि दक्षिण पर्ने ।
बिदेशी नागरीकको मृत्यु
काठमाण्डौ का.म.न.पा.२५ न्यौखा
स्थित बिमला बैद्यले रेखदेख गर्दै आएको विष्णु भक्त श्रेष्ठको घरको तेस्रो तलामा
डेराकोठा गरि बस्ने भारत देश पश्चिम बंगाल घर हुने पुरुष वर्ष अं. ५०/५५ को देखिने
शुभ्रत पाल आफ्नै कोठामा मृत्त अवस्थामा फेला परेको भन्ने सुचना प्राप्त हुनासाथ उक्त
स्थानमा प्रहरी वृत्त जनसेवाबाट घटनाको अनुसन्धानको लागि प्रनाउ कृष्ण कुमार
चन्दको कमाण्डमा SOCO
अधिकृत्त सहितको प्रहरी टोली खटिएको र अं. १ कि.मि उत्तर पश्चिम
पर्ने । थप अनुसन्धान कार्यका लागि Dog sniffing को लागि Dog
झिकाइएको र थप अनुसन्धान कार्य भईरहेको ।
लागु औषध
बारा फेटा गा.पा.१ भलुहि स्थितमा कलैया बाट
प्रसौनी तर्फ पैदल आउदै गरेको इ.प्र.का.प्रसौनी बारा बाट प्र.नि.को कमाण्डमा
खटिएको टोलिले चेक जाँच गर्ने क्रममा जिल्ला बारा विश्रामपुर गा.पा.१ घोडासाहन
बस्ने मोबारक मियाको छोरा अं.बर्ष २२ को अजमुल हक अंसारीलाई शंका लागि रोकी शरिर
खानतलासी गर्दा निजको साथ बाट दुई वटा पुरिया मध्य कालो प्लाष्टिकमा सेतो रंगको
प्लाष्टिकको सानो पुरिया सहित(ब्राउन सुगर जस्तो देखिने सुख्खा पदार्थ) ६००
मिलिग्राम र सेतो रङको प्लाष्टिकको ठुलो पुरिया सहित (ब्राउन सुगर जस्तो देखिने लेदो
पदार्थ) १४६ ग्राम ५८० मिलि ग्राम लागु औषध (ब्राउन सुगर जस्तो देखिने प्रदार्थ
बरामद गरी निज लाइ इ.प्र.का.प्रसौनी बारामा ल्याई थप अनुसन्धान कार्य भईरहेको,उक्त
स्थानमा इ.प्र.का.प्रसौनी बारा बाट अं.४ कि.मि.पुर्व पर्ने ।
कर्तव्य ज्यान
सिरहा मिति २०८२।०४।१३ गते
राति के-कुन समयमा धनगढीमाइ न.पा. ११ आमचौक
बस्ने अं. बर्ष ७५ को फनिलाल यादव आफ्नै घरमा राती सुतिरहेको अवस्थामा
अपरीचित ब्यक्ति आई धारिलो हतियारले कुटपिट गरी निजको टाउको, बायां
कान र बायां आखा माथि चोट उपचारको लागि प्रादेशिक अस्पताल लहान सिरहामा लगि उपचार
भईरहेकोमा अ. ०६;३० बजेको
प्राप्त हुनसाथ इप्रका धनगढिबाट प्र.ना.नि. राम कुमार यादव (९८५२८९०२२६) को
कमाण्डमा टोलि खटि निज फनिलाल यादवलाई कुटपिट
गर्ने व्यक्तिको खो.त. तथा अनुशन्धान कार्य भएको ऐ. ०८;२० बजेको समयमा निज फनिलाल यादवको प्रादेशीक आस्पताल लहान सिरहामा उपचारको
क्रममा मृत्यु भएको ।
थप अपडेटः- ऐ. १४ गते १२;१५ बजे DOG snapping कार्य समाप्त भएको, DOG snapping टोली फिर्ता भएको,
अन्य थप अनुसन्धान कार्य भईरहेको ।
थप टिपोट- ऐ. १४ गते १३;२० बजेको समयमा मृतक फनिलाल
यादवको लास पो.मा को लागि प्रादेशीक आस्पताल लहान सिरहाबाट प्र.ज. तिलक चन्द
(९८१७३१२३७४) को जिम्मा लगाई प्र. २-०१-००१ झ ००२९ नं. को सम्बाहनमा बिपिकोइराला
स्वास्थय बिज्ञान प्रतिस्ठान धरान घोपा सुनसरी पठाइएको ।
थप टिपोटः- ऐ. १७;५० बजे फनिलाल यादवको लाश पो.मा.
पश्चात मृतकको छोरा कमलदिप यादवले बुझिलगेको ।
थप अपडेटः- ऐ. १४ गते २१;१५ बजे ऐ. लहान न.पा. २४ मलहनवा
पुरानो घरदेखी अं. ३००मिटर उत्तर स्थित बलान खोलामा शब लगी निजकै जेठो छोरा
कपिनदेव यादवले आगबत्ती दिई परंम्परा अनुसार सदगत कार्य सम्पन्न भएको ।