मिति २०८२।०४।१६ गते देखि ऐ. १८ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०४-१८
- A
- A-
- A+
ज.ज.क./ज.ज.क.उधोग/ यौन दुर्व्यवहार
दाङ गढवा.गा.पा.६ बनकट्टी बस्ने वर्ष १६ को
बालकले ऐ. ८ मुसिनाका घर भई ऐ.६ मनिकापुर बस्ने वर्ष १३ की बालिकालाई निज पीडितकै
घर कोठामा बसिरहेको अबस्थामा जबरजस्ती करणी उद्योग कसुर गरेको भनी ऐ.१६ गते ११:००
बजे इ.प्र.का.गढवामा आई जाहेरी दरखास्त लेखी पेश गरे पश्चात इ.प्र.का.गढवाबाट
प्र.नि.को कमाण्डमा टोली खटी गई निज पिडकलाई निजको घरबाट नियन्त्रणमा लिई
इ.प्र.का.गढवा दाङमा ल्याई अनुसन्धान भईरहेकोमा स्वास्थ्य परिक्षणको लागी दुबै जना
(पीडित र पिडक) लाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा पठाईएको, निज
पीडितको अवस्था सामान्य रहेको,उक्त स्थान इ.प्र.का.गढवाबाट
अं.४ कि.मि. दक्षिण पर्ने ।
दाङ घोराही उ.म.न.पा.१८ नवलपुर बस्ने वर्ष २३
को सन्तोष वलीले मिति २०८१।०८।२५ गते अं.११:०० बजे ऐ.बंगलाचुली गा.पा.६ बस्ने वर्ष
१६ की बालिकालाई ललाई फकाई गरी ऐ.घोराही उ.म.न.पा.१५ ट्राफिक चोक नजिक रहेको वेलकम
पाहुना घर रेष्टुरेन्ट एण्ड लजको कोठा नं.१०१ मा बोलाई लिई ज.ज.क.गरेको र सोही
करणीबाट हाल पिडितको पेटमा ८ महिनाको गर्भ रहेको भनी पीडितको आमाले मिति
२०८२।०४।१५ गते अं.२०:२० बजे जि.प्र.का.दाङमा मौखिक जानकारी गराए पश्चात
जि.प्र.का.दाङबाट प्र.नि.को कमाण्डमा टोली खटी गई निज सन्तोष वलीलाई पक्राउ गरी
जि.प्र.का.दाङमा ल्याई ऐ.१६ गते ०९:०० बजे निज उपर पीडितको आमाले जाहेरी दरखास्त
दिएकोले सम्मानित दाङ जिल्ला अदालत घोराही दाङबाट मिति २०८२।०४।१५ गते देखि लागु
हुने गरी दिन ५ (पाँच) को म्याद थप भई थप अनुसन्धान कार्य भईरहेको ।
बारा, सिम्रौनगढ न.पा. १०
देबापुर टेटा टोल बस्ने रामएकवालको छोरा अं.बर्ष ३१ को छोटेलाल प्रसाद यादबले
ऐ.स्थित आफ्नै घरमा टियुसन पढाउने घर कोठामा ऐ. बस्ने नाम परिवर्तित अं.बर्ष ०९ की
३३ सिम्रौनगढ०८२/०८३ (ख)लाई ज.ज.क.गरेको भन्ने खबर इ.प्र.का. सिम्रौनगढमा ऐ.१२:०० बजे पिडितकी
आमाले जानकरी गराएको हुदाँ उक्त स्थानमा इ.प्र.का.सिम्रौनगढबाट प्र.ब.ना.नि.को कमाण्डमा
टोली खटीगई छोटेलाल प्रसाद यादबलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको पिडक
र पिडित दुवैलाई स्वास्थ्य परिक्षणको लागि प्रदेशिक अस्पताल कलैया बारामा पठाईएको
।
कैलाली, गौरीगंगा न.पा. ०८ स्थित लिक्मा जंगलमा ऐ. ०५ अण्डैया शिसु सुधार टोल बस्ने अं.बर्ष ३१ को भरत बुढाले जिल्ला डडेल्धुरा आलिताल गा.पा. ०३ घर भई आफ्नोको घर बस्ने बर्ष १५ की वालिकालाई ज.ज.क.गरेको भनी ऐ.१८ गते विहान ००:३५ बजे जानकारी प्राप्त हुनासाथ इ.प्र.का.मसुरियाबाट प्र.ब.ना.नि.को कमाण्डमा खटीएको टोली खटी गएको पिडक फरार खोजतलास भईरहेको, पिडितलाई अभिभावकको संरक्षणमा स्वास्थ्य परिक्षण प्रकृयाको लागी इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीको सम्पर्कमा पठाईएको ।
कर्तव्य ज्यान
ताप्लेजुङ आठराई त्रिबेणी गा.पा.४
आहाले बस्ने वर्ष२२ को मन कुमार बि.क.ले घरयासी बिषयलाई लिएर सामान्य बाद-बिबाद
हुँदा आफ्नै भाई वर्ष २० रोशन बि.क.लाई
धारिलो हतियार खुकुरीले पेटमा प्रहार गरी मृत्यु भएको भनी जानकारी गराउनासाथ
इ.प्र.का.दोभानबाट प्र.नि.को कमाण्डमा टोली खटी गई कानुनी प्रकृया पुरा गरी शव
पो.मा.को लागि जिल्ला अस्पताल ताप्लेजुङ पठाएको, खुकुरी प्रहार गर्ने मन
कुमार बि.क.लाई धारिलो हतियार खुकुरी सहित नियन्त्रण लिएको ।
कैलाली बर्दगोरिया गा.पा.१
बौनिया स्थित गजेन्द्र शाहीले संचालन गरेको राजधानि सेकुवा एण्ड म.म.सेन्टरमा काम
गर्ने ऐ.१ बस्ने बर्ष अ.३३ को नृप भन्ने निरज साउदले सोहि होटेलमा काम गर्ने ऐ.३
बस्ने गगन सेजुवालको छोरी बर्ष अ.१७ कि याचना सेजुवाल लाइ चक्कु प्रहार गरेको भनि
इप्रका सडकपुरमा खबर प्राप्त हुना साथ प्र.नि.को कमाण्डमा ८ जनाको प्रहरी टोली खटि
गई घाइतेलाई बर्दगोरिया अस्पताल प्रा.लि.बौनियामा पठाई सामान्य उपचार पश्चात ऐ.१०;३० बजे
थप उपचारको लागि सेति प्रादेशिक अस्पताल धनगढीको लागि रिफर घाँटिमा चोट अवस्था
शिरियस,चक्कु प्रहार गर्ने नृप साउद इप्रका सडकपुरको
नियन्त्रणमा । ऐ.१०;५५ बजे थप अनुसन्धानको लागि इप्रका सुखड
बाट प्र.ना.उ.को कमाण्डमा ६ जनाको प्रहरी टोली खटि आएको । थप टिपोट :-ऐ.१०:५५ बजे
थप अनुसन्धान तथा घटनास्थल कार्यको लागि इ.प्र.का.सुखड बाट प्र.ना.उ.को कमाण्डमा ६
जनाको प्रहरी टोली खटिएको । थप टिपोट;- ऐ.११;३० बजे घाइते याचना सेजुवालको निषर्ग अस्पताल धनगढीमा लगी उपचारको क्रममा
मृत्य भइ मृतक लास सोहि अस्पतालमा रहेको । ऐ.१३;०० बजेको
समयमा मृतक लास पो.मा.को लागि सेति प्रादेशिक अस्पताल धनगढी कैलालीको लास घरमा
राखेको बि.बि.पछी । थप टिपोट :- ऐ.१३;०५ बेजको समयमा
प्र.ह.रामचन्द्र नेपालिको जिम्मा लगाइ निज नृप भन्ने निरज साउदलाई थप अनुसन्धानको
लागि इ.प्र.का.सुखडको गाडि द्वारा इ.प्र.का.सुखड कैलाली पठाएको ।
मकवानपुर मकवानपुरगढी गा.पा. ५
बुङदोल स्थितमा बिगत देखी शसुराली घरमा बस्ने अं. बर्ष ४५ को मान ब. शिवभक्तीले
घरमा कोही नभएको अबस्थामा आफ्नै श्रीमती अं. बर्ष ४० दुर्गा लक्ष्मी शिवभक्तीलाई
घाटी थिची कर्तब्य गरी मारेको भनी निज मान ब. शिवभक्ती ऐ.०८:३० बजे जिल्ला प्रहरी कार्याललय
मकवानपुरमा आई जानकारी गराए पश्चात निजलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको, तत्काल
घटनास्थलमा अ.प्र.पोष्ट धादिङ मकवानपुरबाट प्र.स.नि.को कमाण्डमा प्रहरी टोली खटी
गई घटनास्थल शुरक्षित राखेको, लाश ओछ्यानमा उतानो अबस्थामा
रहेको, थप अनुसन्धानको लागी जि.प्र.का. मकवानपुरबाट प्र.नि.
इ.प्र.का. मकवानपुरगढीबाट प्र.नि.को कमाण्डमा अनुसन्धान टोली खटी गएको, निज मान ब. शिवभक्ती सोधपुछ गर्दा श्रीमती प्यारालाईसिसको बिरामी हिडडुल
गर्न नसक्ने अबस्थामा रहेकोले आफु तनावमा आई श्रीमतीको घाटी थिचि हत्या गरी आफु
समेत घाटिमा पासो लगाई झुण्डिएर आत्महत्या गर्न खोज्दा डोरी चुडिए पश्चात आफु
प्रहरीको सम्पर्कमा आएको भनी जानकारी गराएको घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको
।
पर्सा, जिराभवानी गा.पा.५
शंकरसरैया मुसहर टोल बस्ने डोमा माझीको छोरा अ.वर्ष २६ को जितन माझीले मा.प.से गरी
आफ्नो श्रीमती अं.वर्ष २४ की अस्पतलिया देवी सँग बाद-बिवाद गरी लाठीले कुटपिट
गर्दा निज अस्पतलिया देवीको घटना स्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ
अ.प्र.पोष्ट शंकरसरैयाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई कुटपिट गर्ने जितन
माझीलाई नियन्त्रणमा लिई इ.प्र.का.पटेर्वा सुगौलीमा पठाएको, शव
घटनास्थलमै रहेको, थप अनुसन्धानको लागी इ.प्र.का.पटेर्वा
सुगौलीबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको ।
ललितपुर,
जिल्ला काठमाण्डौ चन्द्रागिरी न.पा. ८ घर भई हाल जिल्ला
ललितपुर गोदावरी न.पा. १४ ठैव स्थित बिष्णु बहादुर खड्काको जग्गा भाडामा लिई
जस्ताको टहरो बनाई बस्दै आएको बर्ष ४६ को निरोज कुमार खड्कीले आफ्नै श्रीमती बर्ष
३४ की कमलामाया खड्कीले अत्याधिक मात्रमा मा.प.से. गरेको भनी कुटपिट गरी मारेको
भन्ने खबर ऐ. १८ गते ०६:०० बजे प्राप्त हुनासाथ प्रहरी प्रभाग बाडेगाँउबाट प्र.नि.
को कमाण्डमा ७ जना प्रहरी टोली खटी गई निज निरोज कुमार खड्कीलाई नियनत्रणमा लिई
अनुसन्धान कार्य भइरहेको ।
हा.ह.बरामद
अर्घाखाँची शितगंगा न.पा.१०
खुम्चीकोट बस्ने ज्ञान बहादुर सुनारले भोगचलन गर्ने खरेन बारीको ओडारमा अपरिचित
व्यक्तिले अबैध भरुवा बन्दुक तथा खर खजना लुकाई-छिपाई राखेको भन्ने खबर प्राप्त
हुनासाथ इ.प्र.का.ठाडाबाट प्र.नि.को कमाण्डमा टोली खटी गई खो.त.गर्ने क्रममा उक्त
ओडारमा लुकाई/छिपाई राखिएको अवस्थामा एक नाले भरुवा बन्दुक थान-२(दुई), सिसाको
जस्तो देखिने गोला टुक्रा-१४ (चौध) थान, प्लाष्टिकमा पोका
पारेको बारुद जस्तो देखिने वस्तु अं.२५० ग्राम, सानो टिकी
पट्का-१ (एक)बट्टा फेला पारी इ.प्र.का.ठाडामा राखी आ.अ.भईरहेको,उक्त स्थान इ.प्र.का.ठाडाबाट अं.१५ कि.मि.पश्चिम पर्ने ।
कैदि/थुनुवा बन्दी कुटपिट
बर्दिया गुलरिया न.पा.४ स्थित
का.सु.गार्ड बर्दिया कारागार कार्यालयमा रहेका कैदी तथा थुनुवाहरु बीच खानाको
बिषयलाई लिएर विवाद भई कुटपिट हुँदा ४ जना कैदीहरूलाई ५ जना थुनुवाहरुले कुटपिट
गरी घाईते भएकोले उक्त स्थानमा जि.प्र.का.बर्दियाबाट प्र.नि.को कमाण्डमा २५ जनाको
थप प्रहरी टोली खटी गई घाईतेहरुलाई उपचारको लागि बर्दिया अस्पताल गुलरीयामा लिई
गएकोमा ऐ.१४:३० बजे चारै जना घाइतेहरु उपचार पश्चात डिस्चार्ज भएको, कुटपिट
गर्ने थुनुवाहरु सोही कारागर कार्यालयमानै रहेको तत्काल बस्तुस्थिति सामान्य रहेको
।
ला.औ.
पर्सा पकहामैनपुर गा.पा.२
सुर्जाहाकट्टि स्थित ऐ.बस्ने ओसियर पंडितले खेतमा राखिएको धानको पराल लिन जाँदा
सोही धानको पराल भित्र लुकाई छिपाई राखिएको ३ ओटा बोरामा ४० किलो ला.औ. गाँजा
रहेको भन्ने खबर प्राप्त हुनासाथ अ.प्र..पोष्ट सुर्जाहाकट्टिबाट प्र.ब.ह.को
कमाण्डमा टोली खटी गई उक्त ला.औ.गाँजा नियन्त्रणमा लिई इ.प्र.का.पोखरियामा पठाएको, उक्त
स्थान अ.प्र..पोष्ट सुर्जाहाकट्टिबाट अं.१ कि.मि. पूर्व पर्ने ।
सुनसरी बर्जु गाँउलिका वडा
न.३ धत्ता टोलबाट कैसलिया खोला हुँदै बिराटनगर तर्फ जाने भित्री सडक खण्डमा अबैध
रुपमा लागु औषध गाँजा ल्याउदै गरेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी चौकी
अमडुवाबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले ऐ.धत्ता टोलबाट कैसलिया खोला हुँदै
बिराटनगर तर्फ जाँदै गरेको को २ ह १५१४ न.को अटोलाई पिछा गरी रोक्न खोज्दा अटो भगाई केही पर गई
रोकी अटो चालक उखुबारी तर्फ भागी फरार भएको, उक्त न.को अटो चेक जाँच गर्दा
अबैध रुपमा अटोमा लुकाई छिटाई ल्याएको लागु औषध गाँजा ठुलो जेब्रा झोलामा ५ जेब्रा
(१ जेब्रा झोलामा अ.३० के.जि.हुने तौल गर्न बाँकी) गरी अण.१५० (एक सय पचास)
के.जि.बराबरको ला.औ.गाँजा फेला पारी नियन्त्रणमा लिई आ.अ.भइरहेको ।
चितवन, भरतपुर म.न.पा.१७ गाजिपुर
स्थित ऐ. बस्ने वर्ष ३२ को धिरज लामाले ला.औ.ब्राउन सुगरको कारोबार गरिरहेको भन्ने
गोप्य सुचनाको आधारमा जि.प्र.का.को सादा पोशाकको टोलीले निजको घर खानतलासी गर्दा
प्लाष्टिकको २ वटा सानो पोकामा खैरो हेरोईन जस्तो देखिने ला.औ.अं.तौल १२ ग्राम
फेला पारी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको ।
सुनसरी, धरान उ.म.न.पा.१५ स्थितमा
लागु औषध कारोबार गरिरहेको भन्ने विशेष सुचनाको आधारमा ई.प्र.का.धरानबाट प्र.ह.र
अ.प्र.पोष्ट बरगाछीबाट प्र.स.ह.र्जीको संयुक्त टोलीले धरान उ.म.न.पा.-१५ घर भई हाल
ऐ.-५ एभरेष्ट लाईन बस्ने वर्ष ३६ को हेम बहादुर तामाङ र जि. धनकुटा घर भई हाल धरान
उप-मनपा-१६ बस्ने वर्ष २८ को मिलन थापा मगरको डेरा कोठाबाट लागु औषध ट्रामोल -२९१०
क्याप्सुल र नियन्त्रित औषधी डिकोलिक -२९५० ट्याबलेट फेला पारी नियन्त्रणमा लिई
आवश्यक कारबाहीको लागि ई.प्र.का.धरानमा ल्याई अनुसन्धान भइरहेको ।