मिति २०८२।०४।१८ गते देखि ऐ. १९ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०४-१९
- A
- A-
- A+
फुटकर ज्यान
पर्सा धोबिनी गा.पा.वडा नं.१ घोर्दौल स्थित नेपाल भारत सिमानामा रहेको (नेपाल तर्फ) ओरिया खोलाको छेउमा खाल्डो खनी माटोमा पुरी राखेको अवस्थामा शव फेला परेको छ भन्ने खवर प्राप्त हुन साथ प्र.चौ. आसवारी पर्साबाट प्र.स.नि.को कमाण्डमा र तालुक इ.प्र.का. पोखरिया पर्साबाट प्र.नि.को कमाण्डमा SOCO सहितको मुचुल्का टोली खटिगएको, खाल्डो खन्ने कार्य भईरहेको, थप अनुसन्धानको लागी तालुक जि.प्र.का. पर्साबाट प्र.उ.को कमाण्डमा टोली खटिगएको । थप टिपोटः- ऐ.१८;४० बजेको समयमा माथि उल्लेखित शव देश भारत जिल्ला बिहार थाना शिकारपुर ग्राम पोखरिया पंचायत बरवा बसौली माईती घर भई देश भारत बिहार ईनर्वा गाँउ पंचायत खनिया टोल वडा नं. १० बस्ने जितेन्द्र प्रसाद कुशुवाको श्रीमती अं. बर्ष ३५ की सरोज देवी रहेको भनि मृतकको माईती पक्ष घटना स्थलमा आई सनाखत भएको, निज मृतक १४।१५ दिन पहिला देखि हराएको भनि माईती पक्षबाट बुझ्नमा आएको, लाश सडेगलेको अवस्थामा रहेको, लाश जाँच मुचुल्का पश्चात पो.मा.को नारायणी अस्पताल बिरगंज तर्फ पठाउने कार्य भई रहेको ।
ज.ज.क./बाल यौन दुर्व्यवहार
कैलाली गौरीगंगा न.पा.८ स्थित
लिक्मा जंगलमा ऐ.ऐ.०५ अण्डैया शिसु सुधार टोल बस्ने बर्ष अ. ३१ को भरत बुढा ले
जिल्ला डडेल्धुरा आलिताल गा.पा.०३ घर भई आफ्नो फुपु गौरी बुढाको घर जिल्ला कैलाली
गौरीगंगा न.पा.०५ अण्डैया जनजागृती टोल बस्ने बर्ष अ.१५ की वालिका लाई जवर्जस्ती
करणी गरेको भनी ऐ.१८ गते ००:३५ बजेको समयमा जानकारी प्राप्त हुना साथ तत्काल
इ.प्र.का.मसुरिया कैलालीबाट प्र.ब.ना.नि. गोपाल कार्की (९८४१९८६०५५) को कमाण्डमा -
५ जनाको प्रहरी टोली खटिई गई पिडकको खोजतलास गर्दा घरमा फेला नपरेको,भागी
फरार रहेको, खोजतलास जारी रहेको, पिडित
लाई अभिभावकको संरक्षणमा स्वास्थ्य परिक्षण प्रकृयाको लागी तालुक
इ.प्र.का.मालाखेती, कैलालीको सम्पर्कमा पठाईएको, उक्त स्थान इलाका प्रहरी कार्यालय मसुरिया कैलालीबाट अ.३ कि.मि. पश्चिम
उत्तर पर्ने । थप टिपोटः- ऐ. ०७:३० बजे भरत बुढा इलाका प्रहरी कार्यालय मसुरिया
कैलालीको नियन्त्रणमा रहेको । थप टिपोटः- ऐ. ०८:२० बजे पिडक भरत बुढा र पिडित पक्ष
लाई आवश्यक प्रकृयाको लागी तालुक इलाका प्रहरी कार्यालय मालाखेती कैलाली पठाईएको ।
हा.ह.बरामद
पर्सा बिरगंज म.न.पा.१६ ईनर्वा गाउँको महजित नजिकमा ऐ.बिन्दावासीनी गा.पा.वार्ड नं.०५ प्रसौनी भठ्ठा घर भई हाल जि.पर्सा बिरगंज म.ना.पा.वार्ड नं.१६ ईनर्वागाउ ससुराली गाउँमा वस्दै आएको अंम्जद खां को छोरा अं.वर्ष ४० को साहेव खां कटुवा पेस्तोल सहित हिडडुल गरि रहेको छ भन्ने खबर प्राप्त हुन साथ प्र.चौ.ईनर्वागाउ बाट प्र.स.नि को कमाण्डमा २ जनाको टोली खटी गई निज साहेव खां लाई कटुवा पेस्तोल सहित नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी व.प्र.का.विर्तामा पठाईएको ।
हवाई फायर गरी मानिस नियन्त्रणमा लिएको
सप्तरी डाकनेश्वरी न.पा.५
औरही पातो गाँउ एरियामा जघन्य अपराधको अनुसन्धानको शिलसिलामा बिशेष संकास्पद
ब्यक्ती ऐ.सम्भुनाथ न.पा.८ बस्ने अं.वर्ष २४ को दिपक मरिक (मलिक) हा.ह.समेत बोकी
हिड्ने गरेको भन्ने सुचनाको आधारमा
जि.प्र.का.सप्तरीबाट प्र.नि.को कमाण्डमा खटिएको टोलीले पक्राउ गर्न लाग्दा
निज भाग्ने क्रममा सानो चा.पे.बाट २ राउण्ड र ठुलो चा.पे.बाट २ राउण्ड गरी जम्मा ४ राउण्ड हवाई फायर गरी निजलाई सकुसल
नियन्त्रणमा लिई निजलाई जि.प्र.का.सप्तरीमा राखी आ.अ.भइरहेको, उक्त
स्थान जि.प्र.का.सप्तरीबाट अं.३० कि.मि.दक्षिण पश्चिम पर्ने ।
ला.औ.
काठमाडौं THAI AIRWAYAS को उडान नं.TG319 द्वारा बैंककबाट काठमाडौं आगमन भएका यात्रु भारतीय नागरिक राहदानी नम्बर W0445543 वाहक वर्ष ३२ को MOULEESWARAN NANJUNDAMORTHI KARUNAI VEL(पुरुष) को गतिविधि शंकास्पद देखि आगमन भन्सार एरियाको X-rayMachine मा Screening गर्न लगाई हेर्दा निजको सुटकेशबाट प्रतिबन्धित लागू औषध सेतो हेरोईन जस्तो देखिने वस्तु अं.४ के.जी.२०५ ग्राम (प्लाष्टिक सहित) लुकाई छिपाई लैजान लागेको अवस्थामा फेला पारी लागू औषध नियन्त्रण व्यूरोबाट विमानस्थलमा खटिएको प्रहरी टोलीको जिम्मा लगाई पठाएको ।
महोत्तरी रामगोपालपुर नगरपालिका वडा न.५ रामगोपालपुर चौकमा
विशेष सूचनाको आधारमा इ.प्र.का.रामगोपालपुरबाट प्र.ब.ना.नि.को कमाण्डमा र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय
बर्दिबासबाट प्र.ना.नि.को कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले ऐ.बर्दिबासबाट
जलेश्वर तर्फ आउदै गरेको जिल्ला मकवानपुर राक्सीराङ गा.पा.४ बस्ने धन बहादुर
मुक्तानको छोरा बर्ष २६ को मान बहादुर मुक्तानले चलाएको ना.६ ख २९१९ नम्बरको ट्रकलाई रोकी रितपुर्वक
चेकजाँच गर्दा बोरा सहित ४६५ के.जि.(१० बोरा) लागु औषध गाँजा फेला परेको हुदाँ
उक्त गाँजा,
ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय
रामगोपालपुरमा राखी अनुसन्धान कार्य भईरहेको ।