मिति २०८२।०४।१९ गते देखि ऐ. २० गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०४-२०
- A
- A-
- A+
हवाई फायर गरी मानिस नियन्त्रणमा
लिएको
सप्तरी , डाकनेश्वरी न.पा.
५ औरही पातो गाँउ एरियामा अं.वर्ष ३० को दिपक मरिक (मलिक) हा.ह. बोकी हिड्ने गरेको
भन्ने खबर प्राप्त हुनासाथ जि.प्र.का.बाट प्र.नि.
को कमाण्डमा खटिएको टोलीले पक्राउ गर्न लाग्दा निज भाग्ने क्रममा सानो चा.पे.बाट २ राउण्ड र ठुलो चा.पे. बाट २ राउण्ड गरि जम्मा ४ राउण्ड हवाई फायर गरि निजलाई सकुसल नियन्त्रणमा लिईएको, सम्पुर्ण
प्रहरी सकुसल भएको, निजलाई
जि.प्र.का. सप्तरीमा राखीएको, अन्य सर्च अप्रेशन जारी रहेकोमा,
ऐ.१९ गते अं. १०:३० बजे शम्भुनाथ न.पा. ८ कठौना स्थितमा जि.प्र.का.बाट
प्र.नि. को कमाण्डमा खटिएको टोलिले ऐ.स्थित दिपक मरिक(मलिक) को आफन्त तथा निजको घर
एरियाबाट १०० मि. दक्षिण तर्फ रहेको आँपको बोट मुनि काठको बिड, फलामको नोजल भएको कटुवा पेस्तोल थान- १ र लाईभ गोलि थान- २ प्लास्टिकमा लुकाई
छिपाई राखिएको आवस्थामा फेला परेको हुँदा रीतपुर्वक
बरामद गरि जि.प्र.का.मा ल्याई राखिएको ।
ज.ज.क.
बैतडी, सिगास गा.पा.५
तल्ली खैरकोट छिल्ला स्थित ऐ.बस्ने मिन सिंह धामीको घर कोठामा वर्ष १६ की बालिकालाई
ऐ.६ बस्ने वर्ष ३१ को सुरेन्द्र धामीले पीडितको ईच्छा बिपरित ज.ज.क. गरेको र सोही करणीबाट
पीडितको पेटमा करिब २७/२८ हप्ताको गर्भ रहेकोले निज प्रतिवादीलाई पक्राउ गरी कानुन
बमोजिम कारवाही गरी पाउँ भनी मिति २०८२।०४।१८ गते १७:०० बजे जाहेरी दर्खास्त प्राप्त
भई ऐ.१९ गते ११:०० बजे करणी सम्बन्धी कसुर (जवर्जस्ती करणी गर्न नहुने) मुद्दा दर्ता
भई प्रतिबादीको खो.त. कार्य भइरहेको, थप अनुसन्धान कार्य भईरहेको
।
बैतडी, मिति २०८१ पुष महिनाको पहिलो हप्तातिर जाहेरवाली
वर्ष १६ की बालिकालाई जिल्ला बैतडी सिगास गाउँपालिका
वडा नं. ५ छिल्ला स्थित ऐ बस्ने प्रतिबादी वर्ष १९ को दिनेश महराले जवर्जस्ती करणी
गरेको र हाल निज पिडितको पेटमा करिब २७/२८ हप्ताको गर्ब समेत रहेको भनि आज मिति २०८२।०४।१९
गते १७:०० बजेको समयमा करणी सम्बन्धी कसुर (जवर्जस्ती करणी गर्न नहुने) मुद्दा दर्ता
भई प्रतिबादीको खो.त. कार्य भइरहेको ।
सवारी दुर्घटना
(प्र.क.)
सुर्खेत, बिरेन्द्रनगर
न.पा.७ घण्टाघरचोक स्थित कालिञ्चोकबाट आँखा अस्पतालचोक तर्फ जाँदै गरेको क.प्र.०२००२
प.९८६० नं.को मो.सा. र को.ले.नि.का.बाट घण्टाघर तर्फ आउँदै गरेको भे.६ प.२५६८ नं.को
मो.सा. एक आपसमा ठक्कर खाँदा क.प्र.०२००२ प.९८६० नं.को मो.सा.चालक जि. दैलेख भगवतीमाइ
गा.पा.६ बस्ने जि.प्र.का.मुगु अन्वेषण शाखा दरबन्दी भई हाल कर्णाली प्रदेश प्रहरी कार्यालयमा
कार्यरत वर्ष ३१ को राजेन्द्र खड्काको हात खुट्टा र आँखामाथि चोट, अवस्था मध्यम, मो.सा. पछाडी सवार ऐ. बस्ने निजको श्रीमती
इ.प्र.का.लेकवेशी सुर्खेतमा दरबन्दी भई हाल कर्णाली प्रदेश प्रहरी कार्यालयमा कार्यरत
वर्ष ३१ की प्र.स.ह. शोभा खड्काको दुवै हात र ढाडमा चोट अवस्था मध्यम र भे.६ प.२५६८
नं.को मो.सा. चालक जि. सुर्खेत बिरेन्द्रनगर न.पा.७ बस्ने वर्ष १८ को बिजित शाहीको
हात, खुट्टा र पेटमा चोट अवस्था मध्यम घाईते भई उपचारको लागि
देउती नर्सिङ होम सुर्खेत पठाएको ।
नवलपरासी पश्चिम, रामग्राम न.पा.१
खानेपानी ट्याङ्की अगाडी दक्षिणबाट उत्तरतर्फ जादै गरेको लु ३९ प ८७४८ नं. को मो.सा.
अनियन्त्रित भई रेलिङमा ठोकिन जादा मो.सा. चालक प्र.चौ. तार्कुघाट लमजुङ दरबन्दी भई
इ.प्र.का. गणेशपुर कपिलवस्तुबाट मिति २०८२।०४।१५ गते रवाना लिई आएका जि.नवलपरासी सुनवल
न.पा.२ नयाबस्ती स्थायी वतन भएका वर्ष ४० को कम्प्युटर नं. ३६६६५२ का प्र.ह.श्रीराम
यादव सामान्य बिरामी भई घरबाट जिल्ला अस्पताल परासीमा आई चेकअप पश्चात फर्किने क्रममा
दुर्घटना हुँदा घाईते भएको भन्ने खबर प्राप्त हुनासाथ जि.प्र.का. नवलपरासी पश्चिमबाट
प्र.स.ह.को.कमाण्डमा टोली खटी गई घाईतेलाई उपचारको लागि स्थानिय जैसवाल मेडिकलमा सामान्य
उपचार पश्चात थप उपचारको लागि भैरहवा मेडिकल कलेज रुपन्देहीमा आई उपचार भईरहेको,अवस्था मध्यम
।
धारिलो हतियार प्रहार
काभ्रे, रोशी गा.पा. ३
शिखर अन्तरटोल बस्ने वर्ष ६९ को तपासिंह लामाले ऐ. बस्ने वर्ष ३८ को ज्ञान ध्वज लामालाई
एक्कासी टाउको र हातमा धारिलो हतियार ( खुकुरी) ले प्रहार गरी घाईते भई उपचारको लागि
धुलिखेल अस्पताल काभ्रेमा ल्याईएको, अवस्था गम्भीर रहेको भनी सोही अस्पतालमा खटिएको प्र.क.मार्फत खबर प्राप्त
हुनासाथ प्र.चौ.खहरेपाँगुबाट प्र.स.नि.को कमाण्डमा
टोली खटी गई खुकुरी र खुकुरी प्रहार गर्ने
मानिसलाई नियन्त्रणमा लिएको, खुकुरी प्रहार गर्नुको कारण नखुलेको ।
ला.औ.
कास्की, पोखरा म.न.पा.१७
बिरौटा घारीकुलो स्थित जिल्ला स्याङ्जा बाहाकोट घर भई हाल जिल्ला कास्की पोखरा.म.न.पा.१७
बिरौटा घारीकुलो डेरा कोठा गरी बस्ने वर्ष ३२ की रिना थापा मगरको डेरा कोठामा ला.औ
कारोबार भई रहेको छ भन्ने सूचना प्राप्त हुनसाथ ला.औ.नि.ब्यूरो पोखराबाट प्र.स.नि.प्रिन्स
कुमार श्रेष्ठ र जि.प्र.का.कास्कीबाट प्र.स.नि.बिक्रम थारुको कमाण्डमा खटिएको ५ जनाको
संयुक्त प्रहरी टोली खटि गई रितपुर्वक खानतलासी गर्दा रिना थापा मगरको कोठामा लोबेड
मुनि रातो फाइबर झोलामा लुकाई छिपाई राखेको ला.औ. डाईजापाम-१६६ एम्पुल,फेनारागन-१६९
एम्पुल, बुर्फिन नुर्फिन-१६६ एम्पिल गरी जम्मा ५०१ एम्पुल ला.औ.सहित
सोही कोठामा रहेको निजको साथी जि.स्याङ्जा फेदीखोला ४ घर भई हाल पोखरा१७ बिरौटा बस्ने
वर्ष ३४ बिस्वास गुरुङ र जिल्ला पर्वत घर भई हाल पोखरा १७ बरौटा बस्ने वर्ष ३९ की मिना
थापा मगरलाई बरामद गरिएको ला.औ.सहित नियन्त्रणमा लिई थपअनुसन्धानको लागि ऐ.२२:०० बजे
जि.प्र.का.कास्की ल्याई राखिएको,
सुनसरी, कोशी गा.पा. ७ हरिपुर स्थित पुर्ब पश्चिम राजमार्गमा अप्रपोष्ट हरिपुर सुनसरी बाट प्रसनि तेज बहादुर सुब्बाको कमाण्डमा खटिएको चेकिङ टोलिले काकडभिट्टाबाट काठमाण्डौ तर्फ जादै गरेको बा.प्र.०३-००१ ख २९९६ नं. को यात्रु बाहक बस लाई रोकी चेक जाँच गर्दा पछाडी पट्टिको सिटमा बसेको जि. मोरङ केराबारी गा.पा. ८ बस्ने बर्ष २८ को बाल कुमार पाण्डेले लगाएको हाप पेन्टको दाहिने गोजिमा लुकाई छिपाई ल्याउदै गरेको अं. ४६ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ र मोबाई थान १ फेला पारी उक्त सामान सहित निजलाई नियन्त्रणमा लिई अप्रपोष्ट हरिपुरमा ल्याई राखिएको ।