मिति २०८२।०४।२० गते देखि ऐ. २१ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०४-२१
- A
- A-
- A+
ज.ज.क./बाल यौन दुर्व्यवहार
संखुवासभा, चैनपुर नपा.११ बस्ने
वर्ष ११ की बालिकालाई जि.भोजपुर षडान्नद न.पा १२ बस्बे वर्ष १६ को बालकले ऐ.११
सालडाडा स्थित शेर बहादुर अधिकारीको बारीमा ज.ज.क.गरेको भनी ऐ.२३:३० बजे जानकारी
गराउनासाथ इ.प्र.का.चैनपुरबाट प्र.ना.नि.को कमाण्डामा टोली खटी गई पिडक बालकलाई
नियन्त्रणमा लिई आ.अ.भईरहेको, उक्त स्थान इ.प्र.का.चैनपुरबाट अं.१८
कि.मि.पश्चिम पर्ने ।
जाजरकोट, नगरपालिका वडा नं ५ सालटाकुरा बस्ने बर्ष २७ कि परिवर्तित नाम
६३ सालटाकुरा १ लाई घरदेखि ऐ. वडा कार्यालय तर्फ मो.सा. मा राखि लैजादै गर्दा ऐ.
स्थित हिमाली सामुदायिक जंगलको सिलाजु
भन्ने स्थानमा ऐ.ऐ. ११ बस्ने गणेश हमालको छोरा बर्ष २५ को राकेश हमालले जबरजस्ती
करणी उद्योग गरेको भनि ऐ. अ.१८:०० बजेको समयमा तालुक जिल्ला
प्रहरी कार्यालय जाजरकोटमा निबेदन दिए पश्चात उक्त स्थान तर्फ तत्काल
इ.प्र.का.जगतीपुर जाजरकोट बाट प्र.स.नि. कमल बटालाको कमाण्डमा ५ जनाको टोलि खटि गई
निज राकेश हमाल लाई नियन्त्रमा लिई तालुक जिल्ला प्रहरी कार्यालय जाजरकोटमा दाखिला
गराईएको,पिडितलाई स्वास्थ्य परीक्षणको
लागि जिल्ला अस्पताल जाजरकोट पठाएको ।
बर्दिया, बढैयाताल गा.पा.६
खल्ला गाँउ बस्ने वर्ष अं.५० की परिवर्तित नामथर संकेत नम्बर ६६ बढैयाताल (घ)
(अपाङ्ग) लाई मिति २०८२।०४।११ गते १३:०० बजे ऐ.बस्ने वर्ष अं.४२ को दिनेश थारुले
घरमा कोही नभएको अवस्थामा पीडकले आफ्नो घरको कोठामा लगेर ज.ज.क.गरेको भनी ऐ.२० गते
अं.१८:१५ बजे जाहेरी दरखास्त प्राप्त भएको हुँदा इ.प्र.का.मैनापोखरबाट प्र.नि.को
कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई आ.अ.भइरहेको, पीडितको
अवस्था सामान्य रहेको, हाल घरमै रहेको ।
सिन्धुपाल्चोक, चौतारा
साँगाचोकगढी न.पा.४ चतुरे टोल बस्ने बर्ष १७ की (अबिवाहित) बालिकाले मिति
२०८२/०४/२० गते ०७:०० बजे आफ्नै घरमा सुत्केरी भई शिशु(छोरा)को जन्म दिएकोमा
बालिका र नवजात शिशुको स्वास्थ्यमा समस्या देखापरेका कारण निजको बुबाले ऐ.२०:००
बजे चौतारा अस्पतालमा ल्याएको भनी अस्पतालबाट जानकारी प्राप्त भएको, उक्त
वारदात सम्बन्धमा निज बालिकासँग सोधपुछ गर्दा ऐ.बस्ने अं.वर्ष ४५ को टिमुरे बोटे
माइला भन्ने प्रेम बहादुर श्रेष्ठले मिति २०८१ साल असोज महिनादेखि ललाईफकाई
शारीरिक सम्पर्क राख्दै आएको भनी खुलाएको भनी निजको बाबुले जि.प्र.का.मा लिखित
निवेदन दिएको हुँदा प्र.नि.को कमाण्डमा टोली खटी गई निज प्रेम बहादुर श्रेष्ठलाई
नियन्त्रणमा लिई आ.अ.भइरहेको, पीडित बालिकालाई थप उपचारको
लागि धुलिखेल अस्पताल पठाइएको ।
गोली प्रहार
सप्तरी, राजगढ गा.पा.२
कमलपुर स्थित नेपाल-भारत बोर्डर एरियामा भारततर्फ अवैधरुपमा निकासी गर्न स्टोर गरी
राखेको अवैध मदिरा छ भन्ने सूचनाको आधारमा जि.प्र.का.सप्तरीबाट प्र.नि.को कमाण्डमा
९ जना, प्र.चौ.झुटकीबाट प्र.ब.ना.नि.को कमाण्डमा ५ जनाको संयुक्त टोलीले
ऐ.स्थानमा घेराबन्दी गरी सर्च गर्ने क्रममा दिरा तस्कर तथा तस्करहरुबाट प्रभावित
समूहले सर्च अप्रेशन गर्न गएका प्रहरी टोलीमाथि ढुङ्गा, काठ,
लाठी, खुकुरी, फर्सा,
भाला समेतले सङ्घातिक आक्रमण गरी प्रहरीलाई लछारपछार गरी घाइते
बनाएपश्चात प्रहरीले आत्मरक्षाको लागि ९ MM बेरेटा
पेस्तोलबाट ७ राउण्ड गोली फाएर गरेको, उक्त आक्रमणमा
प्र.नि.विरेन्द्र कुमार यादव, प्र.स.ह.सिकेन्द्र थारू समेत २
जना सामान्य घाइते भएकोमा दुवै जनालाई गजेन्द्र नारायण सिंह अस्पताल राजविराज
पठाइएकोमा प्र.स.ह.सिकेन्द्र थारूलाई थप उपचारको लागि मधेश प्रदेश प्रहरी अस्पताल
रुपनी सप्तरी रिफर भई उपचार भइरहेको, साथै तस्करीमा संलग्न
ऐ.राजगढ गा.पा.२ कमलपुर बस्ने रविकान्त यादवको छोरा वर्ष ३५ को लालु यादव गम्भीर
घाइते भएकोमा निजलाई आफन्तहरूले एम्बुलेन्समा राखी गजेन्द्र नारायण सिंह अस्पताल
राजविराज ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको, शव सोही
अस्पतालमा रहेको, उक्त स्थानमा जि.प्र.का.बाट प्र.नि.को
कमाण्डमा १३ जना, ई.प्र.का.कल्याणपुरबाट प्र.नि.को
कमाण्डण्मा ११ जना तथा मातहत समेतबाट ४४ जनाको टोली खटी गएको, घटनास्थलबाट कस्तुरी, मामाश्री, दिलबाले, बृष, कर्णाली
ब्राण्डको मदिरा(रक्सि) अं.८० कार्टुन बरामद गरेको, हाल
अवस्था सामान्य रहेको ।
बालबालिका मृत अवस्थामा फेला
पाँचथर, याङवारका गा.पा. १ बस्ने बिर्ख बहादुर राईको छोरा वर्ष १० को शिशिर राई
छोरी वर्ष ४ कि नुमा (नानुमा) राई (दाजुबहिनी) हराएकोमा जिल्ला प्रहरी कार्यालय
पाँचथरबाट प्र.नि.को कमाण्डमा र इलाका प्रहरी कार्यालय च्याङथापुबाट प्र.ना.नि.को
कमाण्डमा प्रहरी टोली खटी गई स्थानीयबासिहरू सहित खोजतलास गर्ने क्रममा ऐ.२० गते
अं.०९:०० बजे ऐ.स्थित बिरूवा खोलाले बगाई मृत अवस्थामा बगरमा (अं.२०० मिटरको
फरकमा) लास फेला परेको,
बालबालिका हराएको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पाँचथरको
क्रमसंख्या २३५० र २३५१ द्वारा हुलिया परिपत्र भएको, उक्त
स्थान इलाका प्रहरी कार्यालय च्याङथापुबाट अं.७ कि.मि.पश्चिम पर्ने ।
ला.औ.
सप्तरी, सप्तकोशी
न.पा.११ भगनी स्थित चन्द्र नहरको छेउमा रहेको झाडीमा २ वटा कालो झोलामा ला.औ.गाँजा
रहेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.कञ्चनपुर र प्रहरी टोली खटी गई हेर्दा
१२ के.जि.(२ वटा कालो झोलामा एउटा झोला १० वटा प्याकेट र अर्को झोलामा २ वटा
प्याकेट गरी जम्मा १२ प्याकेट ला.औ.गाँजा फेला पारी आ.अ.भइरहेको, उक्त स्थान प्र.चौ.फत्तेपुरबाट
अं.८ कि.मि.दक्षिण पर्ने ।
सुनसरी, कोशी गा.पा.१ लौकही बजार चौक स्थित सडक पेटीमा लागु औषध किनबेच भइरहेको भन्ने खबर प्राप्त हुनासाथ ई.प्र.का.लौकहीबाट प्र.ब.ना.नि.को कमाण्डमा खटीएको टोलीले जिल्ला सुनसरी कोशी गा.पा. ४ जुदगंज वस्ने नारायण खत्वेको छोरा अं.वर्ष ३४ को मनोज कुमार खत्वेको साथबाट( रु.२५६०००।-)दुई लाख छपन्न हजार र देश भारत अररिया जिल्ला बस्मतिया पन्चायत वडा ८ बेल्हा वस्ने धनिक लाल खत्वेको छोरा वर्ष ४५ को राज कुमार खत्वेको साथबाट लागु औषध खैरो हेरोईन जस्तो देखिने पदार्थ प्लाष्टिक सहित ९८.३१० ग्राम (अन्ठान्ब्बे ग्राम तिन सय १० मिलिग्राम) फेला पारी निजहरु दुबै जनालाइ उक्त ला.औ. र नगद सहित नियन्त्रणमा लिइ इ.प्र.का.लौकहीमा राखी आ.अ.भईरहेको ।