मिति २०८२।०४।२१ गते देखि ऐ. २२ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०४-२२
- A
- A-
- A+
कर्तव्य ज्यान
झापा, गा.पा.वडा न.१
लसुना बस्ने अ.वर्ष ६० जतन सोरेन, के-कुन ठाउँबाट मा.प.से. गरी ऐ.बस्ने छिमेकी
महादेव टुडुको घर छेउको गल्लीमा आई काम्न थालेपछि निजको छोरा अनत लाल सोरेन लगायत ५
जनाले निजलाई देश भारत बिहार राज्य जि.किसनगंज बालुबाडी बस्ने अ.वर्ष ४५/५० को मिरु
लाल मुर्मुले घर छेउमा रहेको आँपको रुखमा प्लाष्टिकको डोरीले बाँधेर राखेकोमा ऐ.२१
गते ०४:०० बजे हेर्दा मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. कुमरखोद
र जि.प्र.का.झापाबाट प्र.नि.को.कमाण्डमा टोली खटी गएको शव छिमेकी महादेव टुडुको घरमा
ल्याई राखिएको,४ जना मानिस नियन्त्रणमा १ जना फरार रहेको,
शवको प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी पो.मा.को लागि प्रादेशिक अस्पताल
भद्रपुर पठाएको ।
फुटकर ज्यान
ललितपुर, महालक्ष्मी न.पा.-२
बोझेपोखरी घर भई बस्ने वर्ष १८ को आर्यन पाण्डेले निजको साथी हाल वतन नखुलेकी वर्ष
१८ की दिक्षा गुरुङलाई आफ्नो कोठामा बोलाई संगै बसिरहेको अवस्थामा वर्ष १८ की दिक्षा
गुरुङ एक्कासी बेहोस भई तत्काल निजले उपचारको लागी ऐ. १४:३० बजे कृष्ट अस्पतालमा ल्याएकोमा
उपचारको क्रममा ऐ. १४:३५ बजे मृत्यु भएको, उक्त स्थानमा प्रहरी प्रभाग इमाडोलबाट
प्र.नि. कमाण्डमा ५ जनाको टोली खटी गई निज आर्यान पाण्डेलाई नियन्त्रणमा लिएको,
घटनास्थल लास जाच मुचुल्का लगायतका अन्य अ.अ. कार्य जारी । निज बालिकाको
वतन:- जिल्ला गोर्खा वारपाक सुलिकोट गाउँपालिका ३ घर भई हाल जिल्ला ललितपुर ललितपुर
महानगरपालिका ९ भोलढोका बस्ने वर्ष १८ की दिक्षा गुरुंङ, १८:३०
बजेको समयमा निजको आमा अम्भिका गुरुङ (९७०२३३९४५५) र सानीआमा अस्पतालमा आई पुग्नु भएको
। ऐ.मिति १९:४० बजेको समयमा शव पो.मा.को लागी पाटन अस्पताल पठाएको, ऐ. मिति २३:२० बजेको समयमा शव पो.मा को लागी टिचिङ अस्पताल काठमाण्डौ पठाएको
।
जुवातास
काठमाण्डौ, का.म.न.पा.१६ नागरिक
बजार नजिक रहेको राजु न्यौपानेले सञ्चालन गर्दै आएको मामाभन्जा होटल भित्र सम्पत्ति
हारजित हुने गरी जुवा-तास खेलाई रहेको भन्ने गोप्य सूचना प्राप्त भए पश्चात प्रहरी
बिट रानिवन बाट प्र.स.नि.को कमाण्डमा प्रहरी टोलि खटिई निजहरुको साथबाट नगद रु.५६,१३५।- (अक्षरेपी
छपन्न हजार एक सय पैँतिस रुपैँया) र १ बुक तास सेट सहित जि धादिङ गंगाजमुना गा.पा.६
घर भई हाल का.म.न.पा. १६ खरिबोट बस्ने वर्ष ३१ को राजु न्यौपाने सहित ५ जनालाई नियन्त्रणमा लिई प्रहरी वृत्त स्वयम्भुमा राखिएको
।
काठमाण्डौ, का.न.न.पा.१६ माछापोखरी
नजिक विजय थापाको दुई तले घरको छतमा अबैध रुपमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा
वृत्त बालाजुबाट प्र.नि.को कमाण्डमा प्रहरी टोली खटी गई जुवातास खेलिरहेको अवस्थामा
जि.झापा भद्रपुर न.पा.१ घर भई हाल का.जि.का.म.न.पा.१६ माछापोखरी बस्ने वर्ष अं.५२ की
लक्ष्मी तामाङ समेत ७ जना (५ जना पुरुष र २
महिला) मानिसहरुलाई नगद रु.१६,३००।- (सोह्र हजार तिन सय) र ३ बुक तास सहित नियन्त्रणमा
लिई वृत्त बालाजुमा राखिएको ।
झापा , बिर्तामोड
न.पा.५ ट्राफिक बिट छेउ स्थित सरोज श्रेष्ठको घरमा गोपाल श्रेष्ठले संचालन गरेको
चिया/नास्ता पसलमा जुवा खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा इ.प्र.का.अनारमनीबाट
खटिएको प्रहरी टोली जुवातास खेलिरहेको अवस्थामा जिल्ला इलाम न.पा. वडा नं.९ गोलाखर्क
घर भई हाल जिल्ला झापा बिर्तामोड न.पा. वडा नं. ५ धिमाल चोक बस्ने ३८ को तिर्थराज तामाङ
समेत ८ जनालाई नगद रु. १,१४,५५५/- (एक लाख
चौध हजार पाँच सय पचपन्न रुपैयाँ) र १२ बुक तास सहित नियन्त्रणमा लिई इ.प्र.का.अनारमनीमा
ल्याई थप अनुसन्धान भई रहेको ।
सामान नियन्त्रणमा लिने
क्रममा विवाद भए सम्बन्धी
धनुषा , विदेह न.पा.२
दुहबी ढालाचोक नजिकै आँपको बगैचामा प्रस्तावित सिमा सुरक्षा गुल्म,मैनाथपुरबाट स.प्र.ना.उ.को कमाण्डमा खटिएको टोलीले तस्करीको सामान नियन्त्रणमा
लिने क्रममा अं.५०/६० जनाको संख्यामा स्थानीयहरू विवाद र ढुङ्गा मुढा गरेकोमा स्थित
नियन्त्रणमा लिनको लागि S.L.R.बाट ४ राउण्ड हवाई फायर गरेको,
ज.११ प.६४११ नं.को मो.सा. र रू.५०,०००/-बराबरको
किराना सामान नियन्त्रणमा लिई प्रस्तावित सिमा सुरक्षा गुल्म, मैनाथपुरमा ल्याई राखिएको, हालको अवस्था सामान्य रहेको
।
धारिलो हतियार प्रहार
सर्लाही, बलरा न.पा.१ स्थित
बस्ने गौरी शंकर सिंहले संचालन गरेको रक्सी पसलमा दुई समुह बिच रक्सी खाने बिषयलाई
लिएर बाद बिबाद हुदा एक समुहले अर्को समुहलाई छुरा प्रहार गरी ऐ.बलरा न.पा.१ बस्ने
जगरनाथ सहनीको छोरा बर्ष २५ को धर्मविर सहनीको पेटमा चोट अवस्था मध्यम, बलरा स्थित
धुलिखेल अस्पतालमा सामान्य उपचार पश्चात थप उपचाको लागी भारतको सितामाढीको लागी रिफर,
ऐ. बस्ने श्री सहनीको छोरा बर्ष १८ को दशरथ सहनीको घाँटीमा चोट अवस्था
सामान्य घरमा रहेको, ऐ.बस्ने धनपत मण्डलको छोरा बर्ष २५ को अमित
मण्डलको दाहिने हातमा चोट अवस्था सामान्य घरमा नै रहेको, उक्त
स्थानमा प्र.चौ. छन्कीटोलाबाट प्र.स.नि.को कमाण्डमा टोली खटि गई घाईने मानिसहरुलाई
उपचारको लागि बलरा स्थित धुलिखेल अस्पतालमा पठाएको, छुरा प्रहार
गर्ने मानिस देश भारत बस्ने अमन सिंह, बिकास सिंह, अटल राय, अवशेख सिंह फरार रहेको, इ.प्र.का. गडहियाबाट प्र.नि.को कमाण्डमा ११ जना, जि.प्र.का.
सर्लाहीबाट प्र.नि. को कमाण्डमा ११ जनाको टोली खटि गई खो.त.कार्य भई रहेको,
निजहरुले प्रयोग गरेको BR 30 K 3914 नं.को मो.सा. नियन्त्रणमा लिई प्र.चौ.छन्कीटोलामा राखिएको ।
ला.औ.
बारा, निजगढ न.पा.
४ स्थित बाट विशेष सूचनाको आधारमा जि.प्र.का. बाराबाट प्र.नि.को कमाण्डमा खटिएको टोलीले
जि. रौतहट चन्द्रपुर न.पा. ४ जुडिवेला बस्ने महेश्वर धामीको छोरा अं.वर्ष २३ को शिबु
भन्ने शिवजी धामीले सेतो बोरा साथमा लिई उभि रहेको अवस्था देखि शंकास्पद लागी निजको
शरीर खानतलासी गरी निजले साथमा लिएको बोरा खोली हेर्दा उक्त बोरा भित्र प्लाष्टिकमा
पोका पारी राखेको ला.औ.गाँजा १० के.जी.३१८ ग्राम सहित निजलाई नियन्त्रणमा लिई जि.प्र.का.बारामा
ल्याई राखिएको ।
झापा, कमल गा.पा. वडा
नं६ काटाचोक स्थित ऐ. बस्ने बिष्णु प्रसाद बगालेको घरमा लागूऔषध लुकाई छिपाई राखेको
छ भन्ने गोप्य सुचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकडभिट्टाबाट
खटिएको प्रहरी टोलि र इप्रका दमकबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त घर तलासी लिने
क्रममा निज घरधनि बिष्णु प्रसाद बगाले र जिल्ला झापा दमक न.पा. वडा नं.६ थानारोड बस्ने
दमक मेडिकल डिस्ट्रीब्युटरका संचालक वर्ष ४० को गंगा बहादुर खड्कालाई फेला पारी निज
बिष्णु प्रसाद बगालेको घर खानतलासी गर्दा घरको दोश्रो तलाको कोठामा निम्न परिमाणको
प्रतिबन्धित औषधिहरु लुकाई छिपाई राखेको अवस्थामा फेला परेको हुँदा कानुन बमोजिम बरामद
गरी उक्त प्रतिबन्धित औषधि सहित निजहरु दुबै जनालाई नियन्त्रणमा लिई इप्रका दमकमा ल्याई
थप अनुसन्धान भई रहेकोमा उक्त वारदातमा संलग्न प्रतिवादी मध्ये गंगा बहादुर खड्काले
बिर्तामोड स्थितमा समेत उल्लेखित क्यापसुल तथा ट्याबलेटहरुको कारोबार हुने ठाउँ रहेको
भनि बताएको हुँदा उक्त स्थानहरुको पहिचान गर्नको लागि लागुऔषध नियन्त्रण ब्यूरो शाखा
कार्यालय काँकडभिट्टाको टोलीले इ.प्र.का. बिर्तामोडसँग समन्वय गर्ने गरी निजलाई लिई
गएको उक्त स्थान इप्रका दमकबाट अं. ५ किमि दक्षिण पूर्व रहेको । । बरामद भएको दशीको
सामानहरुः- १. Tramadol
Hydrochlorides Capsules I.P. Tramol-50 लेखिएको जम्मा ३००० (तीन हजार
क्याप्सुल । २. Dicyclomine Hydrochloride Tablets I.P. लेखिएको
जम्मा २११० (दुई हजार एक सय दश) ट्याबलेट । ३. SPASPAIN लेखिएको
जम्मा २०५० (दुई हजार पचास ट्याबलेट) ।