मिति २०८२।०४।२६ गते देखि ऐ. २७ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०४-२७
- A
- A-
- A+
कर्तव्य ज्यान
मोरङ, कानेपोखरी गा.पा.१
झरनाकुटु बस्ने बर्ष ४० की दुर्बी सतारलाई निजकै श्रीमान बर्ष ४५ को वावुधन सतारले
घरायसी बिबादको कारण कुटपिट गरिरहेको अवस्थामा छिमेकी ऐ.अ.बर्ष ५० को छोटेलाल हास्दाले
देखी छुट्याउने क्रममा दुर्बी सतारको कानमा चोट अवस्था मध्यम, निज छोटेलाल
हास्दाको टाउकोमा चोट अवस्था सामान्य दुबै घाईतेलाई उपचारको लागी कोसी अस्पताल बिराटनगर
पठाएको छोटेलाल हास्दाको अवस्था सामान्य ऐ.२६ गते १५:५० बजे दुर्बी सतारलाई घर तर्फ
ल्याउदै गर्दा निजको मृत्यु भएको, शव घरमा ल्याई राखिएको भन्ने
खबर मृतकको छोराले गराउनासाथ अ.प्र.चौ.होक्लाबारीबाट प्र.ना.नि.को कमाण्डमा र इ.प्र.का.पथरीबाट
प्र.नि.को कमाण्डमा टोली खटी गई कुटपिट गर्ने वावुधन सतार इ.प्र.का.पथरीको नियन्त्रणमा
लिएको ।
ज.ज.क./बाल यौन
दुर्व्यवहार
तेह्रथुम, आठराई गा.पा. ४
इवा ढोडेनी (परिवर्तित ठेगाना ०६-०६६-०४) बस्ने वर्ष अं. २४ की परिवर्तित नाम आठराई
(A) लाई ऐ.बस्ने निजकै काका ससुरा वर्ष ६३ को परिवर्तित नाम आठराई (A-3) ले ज.ज.क गरेको भनि मिति २०८२।०४।२४ गते रातको २१;१० बजे प्रचौ छातेढुङगामा जानकारी गराउन साथ प्रचौ छातेढुङगाबाट प्रसनि को
कमाण्डमा प्रहरी टोली खटि गई ऐ. २५ गते दिनको १४:०० बजेको समयमा निज पीडकलाई नियन्त्रणमा
लिइ ईप्रका आठराई तेह्रथुमबाट पीडित पिडक दुवै पक्षलाई प्रनानि को कमाण्डमा ३ जनाको
टोलीले जिप्रका तेह्रथुममा ल्याई निज पीडक प्रतिवादीलाई स्वास्थ्य परिक्षण गरी हिरासत
कक्षमा राखिएको र निज पीडित परिवर्तित नाम आठराई (A) ले आज मिति
२०८२।०४।२६ गते १२;०० बजे जाहेरी दिएको,थप अनुसन्धान भइ रहेको ।
सुर्खेत, गुर्भाकोट नगरपालिका
वडा नं.१४ गुमीमा स्थायि ठेगाना भई बिरेन्द्रनगर नगरपालिका वडा नं.१० खजुरा कृष्ण टोलमा
डेराकोठा लिई बसेकी वर्ष २७ की ६४ बिरेन्द्रनगर क ६ लाई सन्चो नभएकाले झारफुकका लागी
औधोगिक क्षेत्रमा जाने आउने क्रममा अन्यायिले चलाउने गरेको अटो नम्बर कर्णाली प्रदेश
०२-००१ ह ०२३५ रिक्सामा चढी औधोगिक क्षे्त्रमा आई झारफुक गरी पुन सोहि अटोमा चढेर फर्किने
सोहि अटोमा पानीको जार लगेको र मेरो पत्थरीको अप्रेशन भएकोले मैले जार कोठामा लिन कठिन
भएकाले निज अन्यायीले अटो चालक वर्ष २३ को सुरेश कुमार आचार्यले म कोठामा जार लिदिन्छु
भनि आफै कोठामा जार लिएर गई कोठाबाट बाहिर नगई जोडतोडले समाति वल प्रयोग गरी मुख थुनी
बिस्तारामा पल्टाई सुरुवाल खोली आफ्नो पाईण्ट खोली छाडा शव्दहरु बोल्दै जबरजस्ति गरेको
भनी मिति २०८२।०४।२५ गते १३:०० बजेको समयमा पीडित वर्ष २७ की परिवर्तित नाम (६४ बिरेन्द्रनगर
क ६ ) ले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी दरखास्त दिएकोमा निज पीडकलाई पक्राउ
गरी आवश्यक अनुसन्धान भईरहेकको ।
सिन्धुपाल्चोक, बाह्रबिसे न.पा.४
क्षेमादेवी बौद्ध स्तुपा स्थित जंगल छेउ एकान्तमा ऐ.२ सिम्ले बस्ने अं.वर्ष ३० को बुद्ध
लामाले ऐ. बस्ने वर्ष १२ की बालिकालाई ज.ज.क.गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ
इ.प्र.का.बाह्रबिसेबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई घटनास्थलबाट अं.१
कि.मि.उत्तर सानोपलाँती स्थित जंगलबाट नियन्त्रणमा लिई आ.अ.को लागि इ.प्र.का.बाह्रबिसेमा
राखिएको, बालिकाको अवस्था सामान्य रहेको
बाँके, बैजनाथ गा.पा.६
अठ्ठाइस घर भएकी वर्ष अं.३४ की महिलालाई ऐ.बस्ने हरि बहादुर थापा मगरको छोरा वर्ष अं.१९
को अरुण थापा मगरले रु.१०००|-(एक हजार)दिन्छु भनी भे २ ह ७६९ नं.को अटोमा
बसाई ऐ.६ महादेवा जाने बाटोको झुलुङे पुलको जङ्गलमा लगेर ज.ज.क गरी फरार भएको भनी पीडित
पक्षले ऐ.२१:०० बजे प्र.चौ.सम्झनामा जानकारी गराएको हुँदा प्र.ना.नि.को कमाण्डमा र
इ.प्र.का.कोहलपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई अटो नियन्त्रणमा लिएको,
पीडक अरुण थापा मगरको खो.त.भइरहेको, पीडितलाई निजको
आफन्तको जिम्मा लगाई घरतर्फ पठाइएको
अख्तियारद्वारा पक्राउ
रुपन्देही, कोटहीमाई
गा.पा.५ मझगाँवा चोक स्थित दिलिप बानियाले संचालन गरेको मिठाई तथा चिया पसलमा BOP
मझगाँवा रुपन्देहीमा कार्यरत स.प्र.ज.यम बहादुर खत्रीलाई नगद रु.१५,०००/- (पन्द्र हजार) सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल
रुपन्देहीबाट खटिएको प्र.ना.उ.को टोलीले रङ्गेहात पक्राउ गरी आ.अ.को लागि अख्तियार
दुरुपयोग अनुसन्धान कार्यालय बुटवल लिएर गएको,उक्त स्थानमा इ.प्र.का.मझगवाबाट
प्र.नि.को टोली खटी गएको ।
ला.औ.
झापा, गा.पा.४ सुकुमबासी
टोल स्थितमा भारतबाट नेपाल तर्फ मे ७ प ६८३२ नं.को मो.सा.आउँदै गरेको अवस्थामा प्र.चौ.
टाघनडुब्बाबाट प्र.स.नि.को कमाण्डमा खटिएको गस्ति टोलीले चेक जाँच गर्दा जि.झापा अर्जुनधारा
न.पा.९ मिलनचोक बस्ने रुपकर्ण राईको छोरा बर्ष ३१ को अनिल राईको साथबाट ब्राउन सुगर
जस्तो देखिने सेतो लिसाईलो पदार्थ कालो प्लाष्टिकमा ८ वटा पोका पारी प्लाष्टिक सहित
बरामद गरी अं.५ ग्राम १० मिलिग्राम र प्लाष्टिक बाहेक ३ ग्राम १० मिलिग्राम(तौल हुन
बाकी) ला.औ,मानिस र मो.सा.नियन्त्रणमा लिई प्र.चौ.टाघनडुब्बामा ल्याई राखिएको