मिति २०८२।०४।२८ गते देखि ऐ. २९ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०४-२९
- A
- A-
- A+
कर्तव्य ज्यान
सप्तरी रुपनी गा.पा. १
रायपुर बगा घर भई हाल जि.सप्तरी खड्क न.पा.८ बगोल भदिया बस्ने स्वार्गिय
मो.रहमुलको छोरी माईति घरमा बस्दै आएकी मो.हासिमको श्रीमती वर्ष ३० की औषा खातुनले
आफ्नै छोरा दिन २० को (शिशु) लाई धारिलो हतियार खुकुरीले टाउको, नाक
छेउको आँखा मुनि प्रहार गरी चोट लागी न्युरो अस्पताल बिराटनगर लगेर उपचार
भईरहेकोमा ऐ.१४:४५ बजे सोही अस्पतालमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको,
शव सोही अस्पतालमा रहेको, घटनास्थलमा
प्र.चौ.बिषनपुरबाट प्र.स.नि.को टोली खटी गई धारिलो हतियार खुकुरी प्रहार गर्ने औषा
खातुनलाई खुकुरी सहित नियन्त्रणमा लिई इ.प्र.का.कल्याणपुर सप्तरीमा ल्याई राखिएको,
उक्त स्थान प्र.चौ.बिसनपुरबाट अं.२ कि.मि. दक्षिण पूर्व पर्ने ।
ज.ज.क.
झापा मिति २०८१ साल
माघ महिनाको पहिलो हप्ता तिर गौरादह न.पा. ९ झमक चोक स्थित वर्ष १६ की बालिकालाई
निजको फुपुको घरमा ऐ. बस्ने वर्ष ५० को डिक बहादुर राईले घरमा कोही नभएको मौका
पारी डर त्रास देखाई ज्यान मार्ने सम्मको धम्की दिई पटकपटक जवरजस्ती करणी गरी
गर्भवती भएको हुँदा निजलाई पक्राउ गरी कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरी
पाउँ भनी ऐ.२७ गते २२:३० बजे इ.प्र.का.झिलझिलेमा जाहेरी दिएको हुँदा
अ.प्र.चौ.बैगुनधुराबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई डिक बहादुर राईको
खो.त.कार्य भईरहेको ।
कैलाली मिति २०८२/०४/२४ गते अं. २३:३० बजेको समयमा जिल्ला
कैलाली गौरीगंगा न.पा.०३ बासुदेब टोल बस्ने वर्ष १८ की परिवर्तित नाम ७१ ले
जि.कैलाली गौरीगंगा न.पा.०३ कुचैनी शिबिर बस्ने वर्ष अं.४६ को लोकेश सुर्जा मगरले
मलाई ललाई फकाई गरी टीकापुर न.पा.०१ एकतानगर बस्ने मनसरा गुरुङको घरमा जबरजस्ती करणी
गरेको भनी आज मिती २०८२।०४।२८ गते १८:०० बजेको समयमा निजका आफन्तहरुले यस
कार्यालयमा जाहेरी दरखास्त दिएकोले इ.प्रका टीकापुर कैलालीबाट प्र.ब.ना.नि.को
कमाण्डमा खटी गएको प्रहरी टोलीले ऐ.२०:४० बजेको समयमा निज लोकेश सुर्जा मगरलाई
टीकापुर न.पा. वडा नं.१ खडक चोक स्थित सडक खण्डमा फेला पारी पक्राउ गरी
इ.प्र.का.टिकापुर कैलालीमा ल्याई थप अनुसन्धान कार्य भई रहेको ,निज
महिलाको स्वास्थ्य परिक्षण भईरहेको, अवस्था सामान्य
ओखलढुङ्गा सिद्धिचरण न.पा.७ स्थित मिति २०८२।०४।०४ गते
अं.१७:०० बजे,
ऐ.बस्ने अं.वर्ष २९ को लाक्पा रेन्जी शेर्पाले आफ्नै घर कोठामा
जि.ओखलढुङ्गा सिद्विचरण न.पा.७ बस्ने अं.वर्ष ३८ की (सुस्त मनस्थिति) भएकी
महिलालाई जबरजस्ती करणी गरेको भनी ऐ.२८ गते अं.१६:३० बजे जि.प्र.का.ओखलढुङ्गामा
लिखित जाहेरी दिए पश्चात निज पीडकलाई अ.प्र.पोष्ट ठाडेबाट प्र.ह.को कमाण्डमा टोली
खटी गई नियन्त्रणमा लिई
जि.प्र.का.ओखलढुङ्गामा ल्याई आ.अ.भईरहेको,पीडक र पीडित दुबै
जनालाई यौनजन्य स्वास्थ्य परीक्षणको लागि जिल्ला अस्पताल रुम्जाटार ओखलढुङ्गा
पठाएको ।
ओखलढुङ्गा सिद्धिचरण
न.पा.११ रमाईलो डाँडा स्थित होटलमा मिति २०८२।०४।२७ गते अं.१९:०० बजे जि.ओखलढुङ्गा
सिद्विचरण न.पा.६ बस्ने अं.वर्ष १७ की बालिकालाई जि.ओखलढुङ्गा सुनकोशी गा.पा.८
च्यानम घर भई हाल ऐ. सिद्धिचरण न.पा.११ रमाईलोडाँडा बस्ने अं. वर्ष ३३ को चन्द्र बहादुर बि.क.ले
बालयौन दुरुपयोग गरेको भनी निज पीडितको मामा जाङबु शेर्पाले मिति २०८२।०४।२८ गते अं.१४.३०
बजे जि.प्र.का.ओखलढुङ्गामा लिखित जाहेरी दिए पश्चात जि.प्र.का.ओखलढुङ्गाबाट
प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज पीडकलाई नियन्त्रणमा लिई
जि.प्र.का.ओखलढुङ्गामा ल्याई आ.अ.भईरहेको, पीडित र पीडक दुबै जनालाई
यौनजन्य स्वास्थ्य परीक्षणको लागि जिल्ला
अस्पताल रुम्जाटार पठाएको ।
न.प.पश्चिम पाल्हीनन्दन गा.पा.३ कुस्मा बस्ने अं.वर्ष १४ की
बालिकालाई ऐ. बस्ने अं. वर्ष १८ को पुरुष व्यक्तिले निज बालिकाको घरमा निज बालिका
सुत्ने कोठामा प्रवेश गरी ज.ज.क. गरेको भन्ने ऐ.२१:५५ बजे खबर प्राप्त हुनासाथ
इ.प्र.का.अमानिगंजबाट प्र.व.ना.नि. र इ.प्र.का. महेशपुरबाट प्र.नि.को कमाण्डमा
टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई पीडक र पीडित दुबैलाई जि.प्र.का.नवलपरासीमा
पठाई थप अनुसन्धान कार्य भईरहेको ।
शिशु मृत फेला
सिरहा धनगढीमाई
न.पा.१० बाबुराम खोला स्थित नवजात शिशुको शव फेला परेको भन्ने खबर प्राप्त हुनासाथ
इ.प्र.का.धनगढीबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई बुझ्दा खोलाको डिलमा अं.१/२
दिनको बेवारिसे नवजात शिशु (बालक) कपडामा बेरिएको अवस्थामा मृत फेला परेको, उक्त
स्थानमा इ.प्र.का.लहानबाट प्र.नि.को कमाण्डमा टोली खटी गई आ.अ.भइरहेको ।
भवितव्य मृत्यु
सुनसरी दुहबी न.पा.४ शिव
मन्दिर चोक स्थित ऐ.बस्ने चन्द्रिका रौनियारको बन्दै गरेको नयाँ घरको सेफ्टी
ट्यांकीभित्र ऐ.२ बस्ने वर्ष ५० को श्याम ब.तामाङ (उक्त घर बनाउने पेटी ठेकेदार) र
ऐ.बस्ने वर्ष ३२ को रमेश राई (कामदार) मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त
हुनासाथ इ.प्र.का.दुहबीबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, वि.पि
कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरानबाट फोरेन्सिक डाक्टर अस्मिता भटराई, डा.आलोक
ठाकुर आई अनुसन्धान भईरहेको र सेफ्टी ट्यांकी भित्र रहेको पानी मोटरले तानी शव
निकाल्ने पहल भईरहेको ।
कैदी/थुनुवा फरार
झुम्का सुनसरीमा जबरजस्ती करणी मुद्दामा बन्दि भुक्तान
गरीरहेका जि. खोटाङ दिप्रुङ चुईचुम्मा गा.पा ०२ बस्ने बर्ष २८ को रुपक पौडेल खत्री
मिति २०८१।०४।२१ गतेबाट कारागार कार्यालय झुम्का कारागारको बन्दिगृह “बि”
मा बन्दि भुक्तान गरीरहेको थुनुवा बन्दिगृहबाट वालचडि मिति
२०८२।०४।२८ गते अं. ०४;०० भागी फरार रहेको भनि जानकारी
बन्दिगृह बि का चौकिदारबाट खबर प्राप्त हुनसाथ जिप्कारका सुनसरीबाट कारागारबाट
सशस्त्र प्रहरीका सप्रनाउ को कमाण्डमा र प्रहरी को तर्फबाट प्रनानि को कमाण्डमा
टोली खटी खोजि कार्य भई रहेको ।
ला.औ.
धनुषा मिथिला न.पा.२
नक्टाझिज स्थित ढल्केवर जनकपुर सडक खण्डमा जनकपुरबाट ढल्केवर तर्फ आउँदै गरेको बा
८७ प ९६७ नं. को मो.सा.मा ब्राउन सुगर जस्तो देखिने लागु औषध बोकी लाँदै गरेको
भन्ने बिशेष सुचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो काठमाण्डौबाट प्र.नि. र
इ.प्र.का.महेन्द्रनगरबाट प्र.नि.को कमाण्डमा खटिएको संयुक्त टोलीले उक्त
मो.सा.नियन्त्रणमा लिन खोज्दा भाग्न खोजेकोले बेरेटा सानो पेस्तोलबाट १ राउण्ड
हवाई फायर गरेको र अर्को १ राउण्ड फायर गर्दा मो.सा.मा सवार मानिस भाग्न खोज्दा
मो.सा.चालक ऐ.मिथिला न.पा.६ ढल्केवर बस्ने वर्ष ४८ को पप्पु साहको दाहिने खुट्टामा
गोली लागी घाईते भई जानकी मेडिकल कलेज रमदैयामा उपचार भई रहेको अवस्था मध्यम, मो.सा.पछाडि
सवार जि.बारा परवानीपुर गा.पा.२ बस्ने गोबिन्द रामको श्रीमती अ.बर्ष ३० की सेलो देवी राम, मो.सा. र
निजहरुको साथबाट अं. २०० ग्राम ब्राउन सुगर जस्तो देखिने लागु औषध नियन्त्रणमा लिई
इ.प्र.का.महेन्द्रनगरमा राखिएको ।
मकवानपुर हेटौडा उ.म.न.पा.१५ रातोमाटे चेकपोईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा
प्र.चौ.रातोमाटेबाट प्र.व.ना.नि. को कमाण्डमा खटिएको चेकिङ टोलीले ना ७ ख ६९१
नं.को यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसको पछाडि सिटमा सवार भई
आएको जि.चितवन राप्ति न.पा.१२ तिरूवा बस्ने वर्ष २७ को रोहित चेपाङको साथमा रहेको
कालो झोलाबाट ७ के.जि.ला.औ गाँजा (प्लाष्टिक सहित तौल गर्दा) फेला पारी निजलाई
नियन्त्रणमा लिई जि.प्र.का.मकवानपुर पठाएको,बस गन्तब्य तर्फ पठाएको ।