मिति २०८२।०४।२९ गते देखि ऐ. ३० गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०४-३०
- A
- A-
- A+
ज.ज.क.
तनहुँ , मिति २०८२।०४।२२ गते
अं. ०९:३० बजे शुक्लागण्डकी न.पा. वडा नं. ३ बनकेवा स्थित रहेको श्री निर्मल
आधारभुत प्रा.बि.को कक्षा ३ को कोठा भित्र जिल्ला ३९ अन्तर्गत बस्ने बर्ष ३७ की महिलालाई
ऐ.ऐ. बस्ने बर्ष ६८ को नन्दलाल श्रेष्ठले ज.ज.क गरको भनि ऐ. २८ गते १८:३० बजे मौखिक सुचना प्राप्त हुनासाथ तत्काल इ.प्र.का.
बेलचौताराबाट प्र.नि.को कमाण्डमा टोली खटी गई नन्दलाल श्रेष्ठलाई नियन्त्रणमा
लिएको र ऐ.२९ गते १२:१५ बजे जाहेरी दरखास्त दिएको, थप अनुसन्धान कार्य
भईरहेको
रोल्पा , थवाङ गा.पा.२ बस्ने
वर्ष ६२ की महिलालाई जि.रोल्पा थवाङ गा.पा.२ दहवाङ बस्ने वर्ष ५२ को पुरुषले मिति
२०८२।०४।२३ गते बेलुका अं.२१:३० बजे घरमा कोही नभएको बेला ज.ज.क गरेको भनि निज
पीडितले ऐ.०४।२८ गते लिखित जानकारी गराए पश्चात इ.प्र.का.थवाङबाट प्र.नि.को
कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि ऐ.२९ गते
०८:०० बजे प्र.व.ह.को कमाण्डमा जिम्मा लगाई इ.प्र.का.घर्तिगाउँमा ल्याई पिडकलाई
म्याद थप र पीडितलाई स्वास्थ्य परीक्षणको लागि प्र.नि.को कमाण्डमा खटिएको टोलीले सदरमुकाम
लिवाङको लागि लिई गएको ।
कपिलवस्तु
,
मिति २०८२।०४।१८ गते अं ११:३० बजे ऐ. वाणगंगा न.पा. ६ लक्ष्मणघाट
नजिकै जंगलमा लगि ऐ. मायादेवी गा.पा.३ बस्ने वर्ष २६ को जाहिर फकिरले ऐ. बस्ने
अं.वर्ष १५ की बालिकालाई ललाई फकाई ज.ज.क.गरेको भनि पीडितले ऐ.०४।२९ गते जि.प्र.का.कपिलवस्तुमा
जाहेरी दरखास्त दिएकोले घटनासम्बन्धमा थप अनुसन्धान भईरहेको, पीडित प्रहरीको सम्पर्कमा रहेको, पीडक फरार रहेकोले
खो.त.कार्य भईरहेको ।
सुर्खेत , वीरेन्द्रनगर न.पा.३
ईटौरा बस्ने वर्ष १६ की बालिका ऐ.वीरेन्द्रनगर न.पा.०३ तातापानी स्थित डेराकोठामा
बस्दै गरेकीमा निजको डेराकोठामा मिति २०८२।०४।२५ गते २३:०० बजे र ऐ.वीरेन्द्रनगर
न.पा.१४ स्थित स्टे भ्याली भ्यु होटेलको कोठामा मिति २०८२।०४।२६ गते २१:०० बजेको
समयमा जि.कैलाली धनगढी उ.म.न.पा.३ घर भई हाल वीरेन्द्रनगर न.पा.८ बस्ने वर्ष अं.४२
को राजकुमार चौधरीले ज.ज.क.गरेको भनी पीडित पक्षले ऐ.२९ गते १३:३० बजे
जि.प्र.का.मा जाहेरी दिएको हुँदा प्र.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई
नियन्त्रणमा लिई जि.प्र.का.मा राखी आ.अ.भइरहेको ।
हात हतियार बरामद
काठमाण्डौ
, का.म.न.पा.१६ चमती नजिक नानी मैया भण्डारीको जस्ताले बनेको टहरोमा झै झगडा
भैरहेको छ भनि जानकारी प्राप्त हुन साथ प्रहरी वृत्त, बालाजुबाट
प्र.ना.उ. को कमाण्डमा प्रहरी टोली खटी गई हेर्दा जि. झापा दमक न.पा. ०५ घर भई हाल
का.म.न.पा. १६ चमती बस्ने वर्ष २६ की ईन्दिरा विश्वकर्मालाई निजको भिनाजु जि.
धादिङ त्रिपुरासुन्दरी गा.पा. ०१ घर भई हाल का.म.न.पा. १६ चमती डेरा गरी बस्ने
वर्ष २९ को शिवराज दरैले कुटपिट गरि फरार रहेकोमा प्रहरी टोली घटनास्थलमा खटीई गई
घाईतेलाई तत्काल उपचारको लागि सिल्भर लाईन अस्पताल बालाजु लगी उपचार भईरहेको,
अवस्था बोल्न सक्ने,कुटपिटबाट नाँकमा चोट
लागेको, कुटपिट गर्ने शिवराज दरैको श्रीमती जि. मोरङ्ग
बेलबारी वतन भएकी वर्ष २८ की सुमिना सुनारलाई घटना बारेमा सोधपुछ गर्ने क्रममा आफू
र बहीनी ईन्दिरा बिश्वकर्मा अलग अलग कोठामा सुतिरहेको अवस्थामा श्रीमान लगायतका ३
जना व्यक्तिहरु कोठामा आई बहीनी ईन्दिरालाई कुटपिट गरी भागी गएका, निजहरुको खोजी कार्य जारी रहेको तथा सोधपुछकै क्रममा सुमिना सुनारले
ट्रिगर र ग्रिपको बिचमा दुबै तर्फ गोल्डेन रंगको स्टार अंकीत कालो रंगको चाईनिज
पेस्तोल जस्तो देखिने पेस्तोल थान १, ऐ. मा लाग्ने म्याग्जिन
थान २, र 7.65mm क्यालिभर भएको गोली
राउण्ड थान ७ समेत दराजबाट निकाली प्रहरीलाई बुझाएको, मुचुल्का
लगायतको कार्य भईरहेको, उक्त हतियारको बारेमा सोधपुछ गर्दा
श्रीमानको हतियार रहेको बताएको, घटना सम्बन्धमा थप सोधपुछको
लागि सुमिना सुनारलाई नियन्त्रणमा लिईएको ।
प्र.क.को मृत्यु
कञ्चनपुर
, थप अपडेट:- मिति २०८२।०४।२७ गते १६:३० बजे जि.प्र.का.दार्चुला कार्य शाखा
दरबन्दी भई सु.प.प्र.प्र.बिपद व्यवस्थापन गुल्म महेन्द्रनगरमा कार्यरत जि.कञ्चनपुर
भिमदत्त न.पा.१२ ओदाली घर भएको वर्ष ४० को प्रहरी हवल्दार जय राज पन्त(कम्प्युटर
कोड ३८७६०५) घरमा आमा बिरामी भएको भनी मिति २०८२।०४।२७ गतेबाट लागु हुने गरी दिन १
(एक) भैपरी बिदा बसेकोमा निज प्र.ह.ले आफ्नै घरमा QUICK PHOS नामक विषादी सेवन गरी महाकाली प्रदेशिक अस्पताल महेन्द्रनगर कञ्चनपुरमा
उपचार पश्चात ऐ.२३:४५ बजे थप उपचारको लागि भारतको बरेली रिफर गरेकोमा ऐ.३० गते
०१:३० बजे उपचारको क्रममा मृत्यु भएको, शव महाकाली अस्पतालको
लाशघरमा ल्याई राखेको, उक्त स्थानमा सु.प.प्र.प्र.बिपद
व्यवस्थापन गुल्म महेन्द्रनगरबाट प्र.नि.को टोली खटी गएको ।
ला.औ.
सप्तरी , सुरुङ्गा
न.पा.११ महेशपुर स्थित बलानबिहुल खोलाको छेउमा रहेको आँपको बगैचामा सेतो
प्लाष्टिकको बोरामा हरियो प्लाष्टिकले बेरेको अवस्थामा झोला/पोकाहरु रहेको छ भन्ने
विशेष सुराकीको आधारमा जानकारी प्राप्त हुनसाथ उक्त स्थानमा तत्काल प्र.चौ. धाति
सप्तरीबाट प्र.स.नि.बिन्दा राय यादव कमाण्डमा ५ जना र स.प्र.बेस पातो सप्तरीबाट स.प्र.ना.उ.नरेन्द्र
सिहं धामीको कमाण्डमा ७ जनाको संयुक्त टोली खटि गई हेर्दा उक्त स्थानमा ५ वटा पोका
गाँजा अं.१२५के.जि. बेवारिसे अवस्थामा
फेला पारी नियन्त्रणमा लिएको, आवश्यक अनुसन्धान तथा कानुनि
प्रकृयाको लागी इ.प्र.का.कडोरवाना सप्तरीबाट प्र.नि.को कमाण्डमा टोली खटि गई
मुचुल्का लगायत अन्य कार्य पश्चात उक्त लागु औषध गाँजा बरामद गरी इ.प्र.का.
कडरबोना सप्तरीमा ल्याई राखिएको ।
बाँके
, नेपालगंज
उ.म.न.पा.३ एकलाईनी स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने विशेष सुचनाको आधारमा
अ.प्र.पोष्ट नगरभवनबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले जि. दाङ
तुलसिपुर उ.म.न.पा. ६ बस्ने बर्ष २८ को विर बहादुर बि.क.लाई शंका लागि चेकजाँच
गर्दा निजले लगाएको जिन्सको पाईन्टको दायाँ खल्तिबाट ला.औ. ब्राउन सुगर जस्तो
देखिने खैरो धुलो पदार्थ शुद्ध तौल ४७ ग्राम ७१० मिली ग्राम सहित निजलाई
नियन्त्रणमा लिई अनुसन्धानको लागि व.प्र.का.नेपालगंज बाँकेमा राखिएको ।