मिति २०८२।०५।०१ गते देखि ऐ.०२ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०५-०२
- A
- A-
- A+
कर्तव्य ज्यान
सल्यान मिति २०८२/०४/३१ गते ०९:०० बजे कपुरकोट गा.पा.५
जामुने बस्ने वर्ष ५२ को बिर बहादुर रेउलेले आफ्नै श्रीमती वर्ष ५२ की दिल कुमारी
रेउलेलाई घरायसी बिवादमा कुटपिट गरी घाइते भई घरमानै रहेकोमा ऐ.०५/०१ गते १२:००
बजे निज दिल कुमारी रेउलेको घरमानै मृत्यु भएको भन्ने जानकारी प्राप्त हुनासाथ
अ.प्र.पोष्ट रिमबाट प्र.स.नि.को कमाण्डमा टोली घटनास्थलमा खटी गई बुझ्दा निज मृतक
महिलाको शव घरमा नै रहेको,
निज मृतकको घाँटी र गालामा चोट देखिएको, निजको श्रीमान बिर बहादुर
रेउलेलाई नियन्त्रणमा लिएको,माइती आमा बुवा घटना स्थलमा आई
सकेको, थप अनुसन्धानको लागि इ.प्र.का.लुहामबाट प्र.नि.को
कमाण्डमा टोली खटी गएको ।
ज.ज.क /बाल यौन र्व्यवहार
दाङ तुलसीपुर उ.म.न.पा.४ रक्षाचौर बस्ने वर्ष २० को बालकृष्ण
गिरीले मिति २०८२।०४।३० गते २३:०० बजे ऐ.लमही न.पा. ०६ देउपुर बस्ने वर्ष १९ की
किशोरीलाई डरत्रास देखाई आफ्नै घरकोठामा लगेर ज.ज.क.गरेको भनी ऐ.०५।०१ गते १५:००
बजे पीडितले इ.प्र.का. तुलसीपुरमा जाहेरी दिएको हुँदा प्र.स.नि.को कमाण्डमा टोली
खटी गई पीडकलाई ऐ.तुलसीपुर उ.म.न.पा.१७ बेलझुण्डी स्थित बाटोमा हिँडिरहेको
अवस्थामा खफेला पारी नियन्त्रणमा लिई अ.अ.भइरहेको, पीडितको स्वास्थ्य
परीक्षण पश्चात आफन्तको जिम्मा लगाइएको, अवस्था सामान्य
रहेको ।
धारिलो हतियार प्रहार
सल्यान शारदा न.पा.१४ घर भई ऐ.१ श्रीनगरमा कोठा भाडामा लिई
बस्ने वर्ष ३२ को दिपक कवर र निजको श्रीमती वर्ष २७ की पबित्रा बुढाथोकी कवर बीच
बादविवाद हुँदा श्रीमानले हँसियाले निधारमा प्रहार गर्दा घाईते भई स्थानीय
मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारको लागि नेपालगंज नर्सिङ होम पठाएको, घाईतेको अवस्था बोल्न नसक्ने
बेहोस, उक्त स्थानमा इ.प्र.का.सितलपाटीबाट प्र.ना.नि.को
कमाण्डमा टोली खटी गई श्रीमान दिपक कवरलाई नियन्त्रण लिएको ।
थुनुवा/बन्दी मृत्यु
ललितपुर ललितपुर म.न.पा.४ स्थित कारागार कार्यालय नख्खु
ललितपुरमा,
जिल्ला अदालत मोरङ विराटनगरको मिति २०७३।१२।२९ गतेको फैसला बमोजिम
२०७३।११।११ गतेबाट लागु हुने गरी १० (दश) बर्ष कैद तोकिएको ज.ज.क.मुद्धामा थुनामा
रहेका जिल्ला धनकुटा पाख्रिबास न.पा.१० बस्ने कैदीवन्दी वर्ष ४३ को नेत्र बहादुर
वि.क. (बेहोस) बोल्न नसक्ने हिँड्न नसक्ने भई विर अस्पताल काठमाण्डौको ईमरजेन्सी विभागमा
उपचारका लागि पठाएकोमा उपचारको क्रममा ०६:३० बजे मृत्यु भएको, शवको कानुनी प्रकृया पुरा गरी पो.मा.को लागि त्रि.वि.शिक्षण अस्पताल
महाराजगञ्ज काठमाडौं पठाईएको ।
ला.औ.
सुनसरी धरान उ.म.न.पा.२० ओशो पार्क स्थित जंगलमा बिशेष
सुचनाको आधारमा अ.प्र.चौ. अमरहाटबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले
बोरामा ६ वटा पोका पारेको ला.औ. गाँजा प्लाष्टिक बाहेक तौल गर्दा ७२ के.जी.फेला
पारी ऐ.उ.म.न.पा. २० बस्ने बर्ष ३० को रुपेश राई समेत ५ जनालाई नियन्त्रणमा लिई
इ.प्र.का.धरान ल्याइ अनुसन्धान कार्य भईरहेको, उक्त स्थान इ.प्र.का.धरानबाट
अं. ७ कि.मि.उत्तर पर्ने ।
सुनसरी देवानगंज गा.पा.६ बुढी खोला पुल स्थित नेपालबाट भारत
तर्फ जाँदै गरेको नं.नखुलेको कालोनिलो कलरको २२० सि.सि.को पल्सर मो.सा.मा गाँजा २
बोरा तौल गर्दा ५९ के.जी.गाँजा लैँजादै गरेको अवस्थामा श्री शसस्त्र प्रहरी बल नेपाल
आउट पोष्ट साहेबगंजबाट स.प्र.नि.को कमाण्डमा खटिएको गस्ती टोलीलाई देख्नासाथ
मो.सा.सहित लागु औषध गाँजा बोरा फाली मानिस फरार भएको र मो.सा. नियन्त्रणमा लिई ऐ.
०९:३५ बजे इ.प्र.का. देवानगंजमा ल्याई बुझाएको, उक्त मानिसको खो. त.कार्य
भईरहेको, उक्त स्थान इ.प्र.का. देवानगंजबाट अं. ४
कि.मि.उतर पर्ने ।