मिति २०८२।०५।०२ गते देखि ऐ.०३ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०५-०३
- A
- A-
- A+
कर्तव्य ज्यान,
काठमाण्डौ, का.म.न.पा.२६
गोंगबु मित्रनगर बबालिचोक स्थित रत्न कुमार श्रेष्ठको ४ तले पक्की घरमा जि.सुनसरी
ईटहरी उ.म.न.पा.१ घर भई भिममाया लिम्बुले
भाडामा लिई संचालन गरेको कंचन कोशी होटल एण्ड लजको दोस्रो तलाको २०१ नम्बर कोठामा
का.जि. बुढानिलकण्ठ न.पा.२ भंगाल स्थायी घर भई वर्ष २७ की ललिता वि.क.कोठाको खाट
मुनि शंकास्पद अवस्थामा मृत फेला परेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी
प्रभाग.गोंगबु र वृत महाराजगंजबाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गई कानुनी
प्रकिया पूरा गरी शव पो.मा.को.लागि त्रि.वि.शिक्षण अस्पताल महाराजगंज पठाईएको,शव सोही
अस्पतालमा रहेको, होटल सन्चालक, सन्तोष
सेन्चुरीको भाउजु दुर्गा सेन्चुरी, निजको साथी सुमन राई,
मोनिका राई र निजढको श्रीमान जि.बुढानिलकण्ठ.न.पा.२ भंगाल घर भई
वर्ष २८ को सन्तोष सेन्चुरी जि.पर्सा बिरगंजबाट पक्राउ गरी वृत महाराजगंजमा ल्याई
आ.अ.भईरहेको,मिति २०८२-०४-२७ गते श्रीमानले बोलाई मारेको
भन्ने बुझिएको ।
रुपन्देही , देवदह
न.पा.४ प्रगतिटोल बस्ने कृष्ण प्रसाद जैसीको छोरा बर्ष १९ को सुदिप जैसीले
मा.प.से.गरी ऐ.बस्ने टेक बहादुर कुमालको छोरा बर्ष १९ को सुमन कुमालसँग बादबिवाद हुँदा निजको बायाँ
कोखामा चक्कुले प्रहार गर्दा घाईते भएको, अवस्था मध्यम र
भाईलाई बचाउन खोज्दा निजको दाई वर्ष ३८ को
सन्त बहादुर कुमालको बायाँ छातिमा गहिरो चोट लागि दुवै घाइते लाई उपचारको लागि
देवदह मेडिकल कलेज भलुही लगेकोमा ऐ.०५।०३ गते २४:१५ बजेको समयमा वर्ष ३८ को सन्त
बहादुर कुमाललाई डाक्टरद्धारा मृत घोषणा गरेको,लास सोहि
अस्पतालमा रहेको,चक्कु प्रहार गर्ने सुदिप जैसि लाई चक्कु
सहित प्र.चौ. खैरेनीको नियन्त्रणमा ।
अबैधरकम (स्रोत नखुलेको)बरामद,
सप्तरी, बिष्णुपुर
गा.पा.६ रंजितपुर स्थितमा रहेको नागरीक उड्यान कार्यालय राजबिराज सप्तरीको
एयरपोर्ट भित्र बि.सु.गार्ड राजबिराज सप्तरीबाट प्र.ना.नि.को कमाण्डमा खटिएको
टोलीले राजबिराजबाट काठमाण्डौ जान लागेका जि. सप्तरी खडक न.पा. ११ लंका टोल बस्ने
मो.ईनुसको छोरा अं. वर्ष ३३ को मो.खुर्शिद आलमको साथबाट साउदी रियाल रु.३५,९७६।-(पैतिस
हजार नौ सय छयत्तर) रुपैया, नेपाली रु.१३,४०,४६५.७६।-
(तेह्र लाख चालिस हजार चार सय पैसठ्ठी रुपैया छयत्तर पैसा) सहित मानिसलाई नियन्त्रणमा
लिई जि.प्र.का.सप्तरीमा ल्याई आवश्यक अनुसन्धान पश्चात मानिस र रियाल ऐ. ०५।०२ गते
अं. १४:०० वजे राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाइएको ।
पहिरो आई मानिस मृत्यु,
म्याग्दी , रघुगंगा गा.पा.४ महभिर स्थितमा रघुगंगा
जेपिए निर्माणाधिन हाइड्रोपावरको ड्याम नं.१ मा काम भईरहेको अवस्थामा रघुगंगा
गा.पा.४ महभिरबाट सुख्खा पहिरो आई ड्याम नं. १ मा काम गर्ने कामदार ७ जना मध्ये ५
जना घाईते र २ जना घटनास्थलमै मृत्यु भएको भन्ने खबर ऐ.१५:४० बजे प्राप्त हुनासाथ
प्र.चौ.मौवाफाटबाट प्र.ब.ह.को कमाण्डमा ३ जना, जि.प्र.का.बाट
प्र.नि.को कमाण्डमा ७ जना गरी जम्मा १० जनाको टोली खटी गएको र आश्रित गुल्म
गलेश्वर म्याग्दीबाट स.प्र.नि.को कमाण्डमा टोली खटी गएको घाईतेहरुलाई प्रदेश
अस्पताल बेनी म्याग्दीमा ल्याई उपचार भईरहेको, अवस्था ३
जनाको गम्भीर र २ जना सामान्य रहेको, ऐ.१७:२० बजे ३ जना
घाईतेलाई थप उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरामा उपचाररत, मृत लासको सम्बन्धमा कानुनी प्रक्रिया पुरा गरी शव पो.मा.को लागि प्रदेश
अस्पताल बेनी म्याग्दी पठाईएको ।
तेजाब प्रहार,
ताप्लेजुङ, मेरिङ्देन गा.पा.२
सान्थाक्रा बस्ने अं बर्ष ३५ को खड्क बहादुर लोहार लाई आफ्नै श्रीमती अं बर्ष ३६
कि अनिता लोहारले घरायसी बिषयलाई लिई बिबाद हुदाँ,तेजाब
प्रहार गरी घाईते भई ऐ.१८;५० बजे जिल्ला अस्पताल ताप्लेजुङमा
ल्याई उपचार भईरहेको घाईतेको अनुहार,दुबैपटीको खुट्टा,दाहिने हातको पाखुरा गरी १५ % जलेको अबस्था हल्का बोल्न सक्ने मध्यम रहेको,उपचारमा घाईतेको बुबा पुर्ण बाहादुर लोहार संलग्न रहेको,तेजाब प्रहार गर्ने महिला घरमै रहेको, भनि सोही
अस्पतालमा खटीएको प्र.क.ले जानकारी गराएको ,थप अनुसन्धानका
लागी इ.प्र.का दोभानबाट खटिएको प्रसनिले निजको घरमा गई बुझ्दा निज तेजाव प्रहार
गर्ने महिला अनिता लोहारको पनी तेजाबले अनुहार,दायाँ हात,ढाँडमा जलेको अबस्था सामान्य, निजलाई नियन्त्रणमा
लिईएको ।
पेट्रोल छर्केर मृत्यु
झापा, दमक न.पा.१ भानुभक्त चोक बस्ने
मनोज साह को श्रीमती बर्ष ३० की शोभा साहले के–कुन कारण
आफ्नै तिन तले पक्की घरको दोस्रो तलामा आफु सुत्ने कोठाको ढोका थुनि पेट्रोल जस्तो
देखिने पदार्थ आफैँ शरिरमा छर्की आगो लगाई घाइते भइ दमक अस्पताल दमकमा ल्याई
सामान्य उपचार पश्चात थप उपचारको लागी घोपा धरान सुनसरी पठाईएकोमा ऐ. १९:०० बजे थप
उपचारको लगि भारत सिलीगुडी तर्फ लाने भनिएकोमा उपचारको लागी ऐ. २१;४० बजे B&C अस्पताल बिर्तामोड लगी उपचार गराउने
क्रममा ऐ. २१;४५ डा. ले मृत घोषणा गरेको, लाश सोही अस्पतालमा रहेको, अन्य कानुनी प्रकृयाको
लागी इ.प्र.का अनारमनीसँग आवश्यक समन्वय भईरहेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.दमकबाट
प्र.ना.उ.को कमाण्डमा टोली खटी गई थप अनुसन्धान तथा बुझ्ने कार्य भइरहेको, ।
ला.औ.,
उदयपुर, बेलका न.पा.२ र बेलका
न.पा.३ स्थित आम्वासी भागलपुर रामपुर भित्री कचि सडक-खण्डमा अबैध प्रतिबन्धित
ला.औ.ओसारपसार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा प्र.चौ.भागलपुर उदयपुरबाट
प्र.ना.नि.र प्र.चौ. बसाहा उदयपुरबाट प्र.स.नि.को.कमाण्डमा टोली खटी गएकोमा बा २१
च १८११ नं.को सेन्ट्रो कार बेवारिसे अवस्थामा रहेकोले गस्ति टोलीले चेकजाँच गर्ने
क्रममा ला.औ.९ बोरा (शुद्ध तौल २४० के.जि.)गाँजा सहित कार नियन्त्रणमा लिई
इ.प्र.का.रामपुर ठोक्सिला उदयपुरमा ल्याई राखिएको ।