मिति २०८२।०५।०३ गते देखि ऐ.०४ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०५-०४
- A
- A-
- A+
कर्तव्य ज्यान,
नवलपरासी पश्चिम रामग्राम न.पा. १ सण्डा मिति २०८२।०४।२८ गते
राती अं. २२:०० बजे वर्ष अं. ६० को श्रीराम गुप्ता र निजको छोरा वर्ष अं. २५ को
दिपेन्द्र गुप्ता बीच दुबै जना मा.प.से. गरी झै-झगडा तथा कुटपिट हुंदा बाबु
श्रीराम गुप्ता घाईते भई लुम्बिनी सिटी अस्पताल बुटवल रुपन्देहीमा लगी उपचार
भईरहेको, टाउकोमा चोट, अवस्था मध्यम रहेको भन्ने घाईतेको
आफन्त मार्फत आज मिति २०८२।०४।२९ गते अं. १९:१५ बजे जि.प्र.का. नवलपरासीमा खबर
प्राप्त हुनासाथ तत्काल प्र.ना.नि. संजय यादवको कमाण्डमा ५ जनाको टोली खटिगएको,
कुटपिट गर्ने व्यक्ति (छोरा) फरार रहेको, खो.त.
कार्य भईरहेको, उपचारमा घाईतेको श्रीमती संलग्न, उक्त स्थान जि.प्र.का. नवलपरासीबाट अं. ३/४ कि.मि. उत्तर पर्ने, अन्य वि.वि. पछि (०)
थप अपडेट - घाईतेको सोही अस्पतालमा उपचार भईरहेको, अबस्थामा
सुधार ।
मिति २०८२।०४।३१ गते ०७;०० बजे प्रनानि ज्ञान बहादुर
खत्रीको गाडी मोबाईल टोलीले कुटपिट गर्ने दिपेन्द्र गुप्तालाई नियन्त्रणमा लिई का.
मा ल्याएको ।
थप अपडेटः- मिति २०८२।०५।०३ गते अं. १७:०० बजे डाक्टरको
सल्लाह बमोजिम उपचार हुन नसकी उक्त घाईतेलाई घरमा ल्याई राखेकोमा आज मिति
२०८२।०५।०४ गते राती ०२:३० बजे घरमा मृत्यु भएको, शव घरमै रहेको भन्ने
मृतकको आफन्त मार्फत ऐ. ०६;०० बजे जि.प्र.का. नवलपरासीमा खबर
प्राप्त हुनासाथ तत्काल प्र.स.ह. कर्ण बहादुर कुंवरको मो.सा. टोली खटिगई घटनास्थल
सुरक्षार्थ राखेको, थप अनुसन्धानको लागी यस का. बाट प्र.नि.
नारायण थापाको कमाण्डमा SOCO सहितको टोली खठिगएको ।
ज.ज.क /ज.ज.क.उधोग/यौन र्व्यवहार,
सुर्खेत चिङ्गाड गा.पा. ४ बडाकाँडा बस्ने वर्ष ६ की
बालिकालाई ऐ चिङगाड गा.पा.४ वडाकाडा स्थित राम कुमारी शाहीको घरको माथिल्लो तलाको
पश्चिमतर्फको कोठामा मिति २०८२।०३।२७ गते अं.२:३० बजे ऐ चिङ्गाड गा.पा. ०४ वडाकाडा
बस्ने अं. वर्ष १५ को दिनेश चन्दले ज.ज.क. गरेको भनी पिडित पक्षले ऐ ०३ गते १३:००
बजे जि.प्र.का.मा जाहेरी दिएको हुँदा प्र.नि.को कमाण्डमा टोली खटी गई पीडक दिनेश
चन्दलाई नियन्त्रणमा लिई जि.प्र.का मा राखि थप अनुसन्धान भईरहेको ।
हातहतियार बरामद,
रूकुम पूर्व इ.प्र.का.तकसेरा रुकुम (पूर्व) बाट प्र.ना.नि.को
कमाण्डमा खटिएको गस्ती टोलीले ऐ.१०:३० बजे गस्ती गर्दै जाने क्रममा ऐ.
पुथाउत्तरगंगा गा.पा.१३ रानिवन स्थित ओढारमा लुकाई-छिपाई राखिएको वेवारिसे भरुवा
बन्दुक नाल ४ (सावुत) फेला पारी बरामदि मुचुल्का कार्य पुरा गरी भरुवा बन्दुक
ऐ.१५:०० बजे इ.प्र.का.तकसेरामा ल्याई राखिएको, उक्त स्थान इ.प्र.का.तकसेराबाट
अं.८ कि.मि.उत्तर पर्ने ।
डडेल्धुरा आलिताल गा.पा. वडा न. ४ रज्यौडा भन्ने ठाउमा अबैध
रुपमा हातहतियार रहेका छन भन्ने गोप्य सुचनाका आधारमा जि.प्र.का.डडेल्धुराबाट
प्र.नि.को कमाण्डमा ८ जनाको प्रहरी टोली खटिगई ऐ.ऐ. बस्ने दिपक सिजाली र ऐ.ऐ.
बस्ने गगन बोहराको घरमा रितपुर्बक खानतलासी गर्दा दुबै जनाको घरको कोठामा १।१ वटा
भरुवा बन्दुक नाल थान २ फेला पारी बरामद गरी, दिपक सिजालीलाई फेला पारी
पक्राउ गरी जि.प्र.का.डडेल्धुरा तर्फ ल्याउँदै गरेको र गगन बोहरा फेला नपरेकोले
खो.त.कार्य भई रहेको ।
कैदी मृत्यु,
सुनसरी ऐ.०४ गते बिहानको ०५:१५ बजेको समयमा झुम्का कारागार
सुनसरीमा लागुऔषध मुद्दामा बन्दि भुक्तान गरीरहेका जि. भोजपुर हतुवागढी गापा ०८
हाल धरान १२ सुनसरी बस्ने बर्ष २८ को बिकास राई एक्कासि बेहोस भएको हुदा उपचारको
लागी प्र.स.ह. बिनश कार्की (९८५२८९०४०५) को कमाण्डमा ३ जनाको टोलीले बा१झ ४७८ नं.
को भ्यानमा जिल्ला अस्पताल ईनरुवा सुनसरी तर्फ लिई गएको । थप अपडेट- ऐ. ०५:४५ बजे
जिल्ला अस्पताल सुनसरीमा ल्याई डाक्टरले चेकजाँच गर्दा निज बिरामिलाई मृत घोषणा
गरेको मृतक लास सोही अस्पतालमा रहेको ।
गौबध,
बाँके नेपालगंज उ.म.न.पा.१६ जयसपुर स्थित ऐ.बस्ने वर्ष ६५ को
मुबारक जोलाहले गाई काटी मारेको भन्ने सुचनाको आधारमा इ.प्र.का.जयसपुरबाट
प्र.व.ना.नि.को कमाण्डमा टोली खटी गई बुझ्दा निज मुबारक जोलाहको घरकोठा रित पुर्वक
खातलासी गर्ने क्रममा निज मुबारक जोलाहलाई कोठा भित्र बसी धारिलो हतियार हँसियाले
गाई गोरुको जस्तो देखिने मासुलाई काटी सानो सानो टुक्रा पारि रहेको अवस्थामा फेला
पारी निजको अगाडी रहेको हरियो रंङको प्लाष्टिक माथी गाई गोरुको जस्तो देखिने मासु
१०१ के.जि.,
तौल गर्ने तराजु थान १, किला थान १, फलामको हसिया थान १ , काठको अचानो थान १, प्लाष्टिकको बाटा थान ३, स्टिलको थाली थान १ र मासु
तल बिछ्याएको हरियो रंङको प्लाष्टिक समेत फेला पारी बरामद गरी निजलाई समेत
नियन्त्रणमा लिई जि.प्र.का.मा पठाएको ।
ला.औ.,
सुनसरी कोशी
गा.पा.१ लौकही स्थित पूर्व-पश्चिम राजमार्गमा ला.औ.नियन्त्रण ब्युरो बिराटनगर र
इ.प्र.का.लौकहीबाट खटिएको संयुक्त चेकिङ टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा
बिराटनगरबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.५ ख ३१४९ नं.को यात्रुबाहक हायस
गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा सोही गाडीमा सवार जि.मोरङ सुन्दर हरैचा न.पा.११
सलकपुर बस्ने वर्ष ४५ को लोक बिक्रम शाहको साथबाट लागु औषध खैरो हिरोइन जस्तो
देखिने पदार्थ शुद्ध तौल ३७.६२ ग्राम फेला परेकोले उक्त ला.औ.सहित निजलाई
नियन्त्रणमा लिई जि.प्र.का.सुनसरीमा ल्याई आ.अ.भईरहेको ।
चितवन भरतपुर
म.न.पा.९ बसपार्क स्थितमा रहेको ऐ. बस्ने भिमदेवी भट्टचनले सञ्चालन गरेको न्यु
धौलागिरी थकाली भान्साघर एण्ड लजमा शंका लागि जि.प्र.का.बाट प्र.ना.उ.को कमाण्डमा
खटिएको टोलीले चेकजाँच गर्ने क्रममा होटलको १०६ नं. कोठाबाट ला.औ. ट्रामाडोल १७,४००
ट्याब्लेट फेला पारी ला.औ. सहित देश भारत बिहार चनपरिया घर बताउने वर्ष २४ को
आर्यन कुमार लगायत ४ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जि.प्र.का.चितवन
पठाएको, उक्त स्थान प्र.चौ.नारायणगढबाट अं.०.४ कि.मि. दक्षिण
पर्ने ।
मोरङ बिराटनगर म.न.पा.१५ बिराटनगर आँखा अस्पताल अगाडी
सडक-खण्डमा ला.औ.नि.ब्युरो कोटेश्वर काठमण्डौं, इ.प्र.का.रानी र ला.औ.नि.ब्युरो
बिराटनगरबाट प्र.ह. को कमाण्डमा खटिएको संयुक्त टोलीले देश भारत राज्य दिल्ली
जिल्ला साउथ भद्रपुर बस्ने अं.वर्ष ४३ को सागीरलाई शंका लागि चेकजाँच गर्दा निजले
बोकेको ब्यागभित्र रहेको स्पिकर भित्र लुकाई ल्याएको ला.औ.खैरो हिरोइन जस्तो
देखिने पदार्थ १९० ग्राम फेला पारी निजलाई नियन्त्रणमा लिई इ.प्र.का.रानीमा ल्याई
आवश्यक अनुसन्धान कार्य भईरहेको, उक्त स्थान
इ.प्र.का.रानीबाट अं.२.५ कि.मि.उत्तर पर्ने ।