मिति २०८२।०५।०४ गते देखि ऐ.०५ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०५-०५
- A
- A-
- A+
कर्तव्य ज्यान,
सप्तरी, डाक्नेश्ववरी न.पा.९
सखुवा गोठ बस्ने वर्ष ६० की शान्ति देवी महतोलाई जग्गाको बिषयमा विवाद भई ऐ.बस्ने
वर्ष २७ को जय प्रकाश महतो लगायत ३ जना ब्यक्तिहरुले मिति २०८२।०५।०१ गते १०:००
बजे कुटपिट गरी घाइते भई उपचारको लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज
सप्तरीमा ल्याई उपचार भइरहेकोमा ऐ.३ गते १३:३० बजे डिस्चार्ज भई जि.प्र.का.मा आई
महिला सेलमा निवेदन दिई कुटपिट गर्ने
ब्यक्तिलाइ कारवाहीको लागि लेखापढि समेत भएकोमा उल्लेखित बिरामी ऐ.४ गते ०४:४५ बजे
पुन: बिरामी भई उपचारको लागि छिन्नमस्ता अस्पताल राजबिराज सप्तरीमा ल्याएकोमा
उपचारको क्रममा ऐ.०७:३३ बजे मृत्यु भएको, शव सोही अस्पतालमा रहेको भनी
सोही अस्पतालमा खटिएको प्र.क.मार्फत खबर प्राप्त हुनासाथ प्र.चौ पत्थरगढाबाट
प्र.स.नि.र जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, कुटपिट गर्ने फरार खो.त. कार्य भईरहेकोमा ऐ.बस्ने वर्ष १८ को अजित महतोलाई
नियन्त्रणमा लिएको ।
रौतहट, गौर न.पा.५ स्थित बाँसघारीमा ऐ.यमुनामाई गा.पा.५ फतुवा
बस्ने अब्दुल लतिप मिँयाको छोरा वर्ष २२ को साहबुदिन मिँयालाई ऐ.गौर न.पा.३
घण्टाघर स्थित बस्ने नन्दु रामको छोरा वर्ष २० को सोनु भन्ने सनोज रामले
ला.औ.गाँजा(वाटर गन) सेवन गरीरहेको अवस्थामा वादविवाद हुँदा धारिलो हतियार
(चक्कु) प्रहार गर्दा निज अं.वर्ष २१ को
पुरुष व्यक्ति घाईते भएको भन्ने खबर प्राप्त हुनासाथ जि.प्र.का.बाट प्र.स.नि.को
कमाण्डमा ९ जनाको टोली खटी गई घाईतेलाई उपचारको लागि प्रादेशिक अस्पताल गौर
रौतहटमा पठाएकोमा ऐ.१५:०० बजे डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको,चक्कु
प्रहार गर्ने व्यक्तिलाई चक्कु र ला.औ.गाँजा (वाटर गन) सहित नियन्त्रणमा लिई जि.प्र.का.मा
ल्याई राखिएको।
बर्दिया, २०८२।०४।१८ गते ०५:३५ बजे
गेरुवा गा पा ५ झबहि बस्ने वर्ष २९ को नरेश कडायतले आफ्नै बुवा वर्ष ५२ को डिल्लि
कडायतलाई भैँसी दुहुन जाने क्रममा पछाडिबाट बन्चरोले टाउकोमा हानी घाईते बनाएको
भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.पाताभारबाट प्र.व.ना.नि.को कमाण्डमा टोली खटी
गई घाईतेलाई उपचारको लागि न्युरो अस्पताल नेपालगंज पठाएकोमा ऐ.०५।०४ गते १७:१० बजे
उपचारको क्रममा मृत्यु भएको, शव सोही अस्पतालमा नै रहेको,
निज नरेश कडायत प्रहरीको नियन्त्रणमा ।
काठमाण्डौं, तारकेश्वर न.पा.१ क्लव ल्याण्ड
मार्क स्कुल नजिक घर भई बस्ने वर्ष अं.३३ को भिमसेन मग्रातीले आफ्नै श्रीमती वर्ष
३५ की सर्मिला मग्रातीलाई आफ्नै घर कोठाभित्र घरेलु हतियार फरुवा प्रहार गरी हत्या
गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बालाजुबाट प्र.ना.उ.को कमाण्डमा १५
जनाको टोली खटी गई आ.अ.भइरहेको, मृतकको टाउकोबाट रगत बगेको,
दाहिने कानको केही भागमा चोट रहेको, मृतकको
श्रीमान भिमसेन मग्राती प्रहरी वृत्त बालजुको नियन्त्रणमा ।
ज.ज.क,
मोरङ, मिति २०८२/०५/०१ गते ०१:०० बजे सुन्दरहरैचा न.पा.२ बस्ने वर्ष १७ को बालकले ऐ.
बेलबारी न.पा.९ डागाबजार बस्ने वर्ष १३ की बालिकालाई ललाई फकाई ज.ज.क. गरेको भनी निजको आफन्तले ऐ.०४
गते ११:०० बजे इ.प्र.का बेलबारीमा जानकारी गराउनसाथ इ.प्र.का बेलबारीबाट
प्र.ना.नि.को कमाण्डमा टोली खटी गई निज पीडकलाई नियन्त्रणमा लिएको ।
संखुवासभा, परिवर्तित जिल्ला ०५,(पा३) बस्ने“परिवर्तित नाम २०८२/०८३ संखुवासभा (ग३)”
को छोरी हाल परिवर्तित जिल्ला ०५, (ख१)
स्थितमा रहेको दिदी भेनाजुको घरमा बस्दै आएकी वर्ष १५ की “परिवर्तित
नाम २०८२/०८३ संखुवासभा (ग)” लाई जि.संखुवासभा खाँदबारी
न.पा.८ बस्ने अं.वर्ष १९ को पुस्कर तामाङले विभिन्न मितिमा ललाई फकाई गरी आफ्नै
घरमा बोलाई ज.ज.क.गरेको भनी पीडितको आफन्तले जि.प्र.का.मा जाहेरी दिएको हुँदा
प्रहरी टोली खटी गई ऐ.खाँदबारी न.पा.१ स्थित टुडीखेलबाट पीडकलाई नियन्त्रणमा लिई
जि.प्र.का.मा राखी आ.अ.भइरहेको ।
संखुवासभा, मिति २०८२/०५/०४ गते
दिउँसो के-कुन समयमा जिल्ला संखुवासभा चिचिला गापा-०४ कागते बस्ने तारामान गुरुङको
छोरी अन्दाजी बर्ष २ कि नम्रता गुरुङलाई आफ्नै मामा (बिगत १ बर्ष अगाडी देखि निज
नम्रता गुरुङलाई हेरचाह गर्न बसेको ) जिल्ला संखुवासभा खाँदवारी न.पा. -११ आङ्ला
लामा गाउँ बस्ने जयराम गुरुङको छोरा बर्ष १४ को सलिन गुरुङले ज.ज.क. गरे को भन्ने
खबर प्रचौ चिचिलामा ऐ. २१:०० बजे जानकारी प्राप्त हुनसाथ प्रचौ चिचिलाबाट प्रसनिको
टोली खटि गई निज सलिन गुरुङलाई नियन्त्रणमा लिई चौकि तर्फ ल्याउँदै गररेको निज
बच्चालाई स्थानिय स्वास्थ्य संस्थामा सामान्य उपचारको पश्चात थप उपचारको लागी
जिल्ला अस्पताल खाँदवारीतर्फ पठाएको अबस्था तत्काल मध्यम रहेको ।
रोल्पा , रुन्टिगढी गा.पा.९ होलेरी बजार
स्थित डेरा गरी बस्ने ऐ.७ खाकसीबन स्थायी घर भएकी वर्ष ४१ की परिवर्तित नाम जिल्ला
५३ बस्ने होलेरी (ख) लाई आफ्नो डेरा कोठामा एक्लै बसिरहेको अवस्थामा ऐ.८ चिउरीपानी
बस्ने अं.वर्ष ४० को लोक बहादुर वि.क.पीडितको डेरा कोठामा प्रवेश गरी ज.ज.क.गरी
फरार भएको भनी ऐ.४ गते १८:३० बजे पीडितले इ.प्र.का.होलेरीमा जानकारी गराए पश्चात
प्र.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई आ.अ.भइरहेको ।
ला.औ.
सिरहा, विष्णुपुर गा.पा.१ स्थित
इ.प्र.का.बिष्णुपुर कार्यालय अगाडि सिरहाबाट चौहर्वा तर्फ आउदै गरेको यात्री बाहक
प्र.-२-०१-००१ज ००४३ नं.को.विङ्गरलाइ गोप्य सुचनाको आधारमा इ.प्र.का.बिष्णुपुरबाट
प्र.व.ना.नि.को कमाण्डमा खटिएको टोलीले चेकजाँचको क्रममा विङ्गरमा सवार
जि.मकवानपुर हेटौडा उ.म.न.पा.१५ बस्ने वर्ष ३८ को दिनेश सुनारको साथबाट खैरो
हेरोईन जस्तो देखिने प्लाष्टिक सहितको तौल गर्दा ७ ग्राम ३१० मिलिग्राम लागु औषध
फेला पारी निज सँगै रहेको साथीहरु ऐ.बस्ने वर्ष २९ को विशाल गोले, ऐ.बस्ने वर्ष ३८ को ईन्द्र सुनार समेतलाई
नियन्त्रणमा लिई इ.प्र.का.
बिष्णुपुरमा ल्याई राखिएको ।
काठमाण्डौ, का.जि.गोकर्णेश्वर
न.पा.५ नारायणटार स्थित सडक खण्डमा बा.प्र.०२-०३७ प ९६५४ नम्बरको स्कुटरमा
का.जि.गोकर्णेश्वर न.पा.४ गोकर्ण घर भई बस्ने बर्ष २५ को अनिष श्रेष्ठले लागुऔषध
स्कुटरमा बोकेर बेच्न हिडि रहेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी वृत बौद्व
अपराध अनुसन्धान शाखाबाट प्रसह को कमाण्डमा सिभिल प्रहरी टोली खटिइ गई चेक जाँच
गर्दा निजको साथबाट ६० पत्ता (६०० पिस) ट्रामडोल फेला परेको हुँदा (१ पत्तालाई रु,
३०० मा बेच्ने गरेको जम्मा ६० पत्तालाई १८,०००।–
(अठार हजार) मा बेच्ने भन्ने बुझिएको) निजलाई पक्राउ गरी प्रहरी
बृत्त बौद्धको नियन्त्रणमा राखि अनुसन्धान कार्य भईरहेको ।