मिति २०८२।०५।०५ गते देखि ऐ.०६ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०५-०६
- A
- A-
- A+
ज.ज.क
/ज.ज.क.उधोग/यौन र्व्यवहार,
कपिलबस्तु बाणगंगा
न.पा.१ बैरिया स्थित ऐ.बस्ने वर्ष १४ को कानुनको बिवादमा परेको ब्यक्तिले ऐ. बस्ने
वर्ष १३ की बालिकालाई पीडकको साथी ऐ. बाणगंगा न.पा.१ बैरिया स्थित बिशाल टण्डनको
घरको कोठामा लगि ऐ.०५।०४ गते अं.१२:०० बजे ज.ज.क.गरेको भनि ऐ.०५।०५ गते पीडितको
आमाले इ.प्र.का.पिपरामा जाहेरी दरखास्त
दिए पश्चात प्र.नि.को कमाण्डमा टोली खटी गई कानुनको बिवादमा परेको बालकलाई
नियन्त्रणमा लिई इ.प्र.का.पिपरामा राखि आ.अ.भईरहेको, पीडित बालिकालाई यौनजन्य
स्वास्थ्य परिक्षणको लागि लैजाने तयारी भईरहेको ।
संखुवासभा परिवर्तित
जिल्ला ०५ ( खा ११) बस्ने परिवर्तित नाम २०८२/०८३ संखुवासभा ( च १) को छोरा
कानुनको विवादमा परेको बालक अ. वर्ष १४ को परिवर्तित नाम २०८२/०८३ संखुवासभा (च )
लाई परिवर्तित जिल्ला ०५,
( चि ४ ) बस्ने “परिवर्तित नाम २०८२/०८३
संखुवासभा ( ङ २ )” को घरमा निजको छोरी बर्ष २ की “परिवर्तित नाम २०८२/०८३ संखुवासभा ( ङ )” हेर्नको
लागि मिति २०८२ साल साउन महिना देखि हेरालुको रुपमा राखेकोमा,निजले घरमा कोही नभएको समयमा “परिवर्तित नाम
२०८२/०८३ संखुवासभा ( ङ )” लाई ज.क. गरेको भनि आज मिति
२०८२।०५।०५ गते १४:०० बजे निजको आफन्तले जिप्रका संखुवासभामा जाहेरी दिएको हुँदा
जाहेरीमा उल्लेखित कानुनको विवादमा परेको बालक अ. वर्ष १४ को परिवर्तित नाम
२०८२/०८३ संखुवासभा (च ) लाई प्रचौ चिचिला संखुवासभाबाट खटिएको प्रहरी टोलीले
नियन्त्रणमा लिई जिप्रका संखुवासभामा ल्याई अनुसन्धान कार्य भई रहेको, हाल उक्त“परिवर्तित नाम २०८२/०८३ संखुवासभा ( ङ )”
को जिल्ला अस्पताल खाँदबारीमा उपचार भईरहेको, अवस्था
सामान्य ।
अछाम ढकारी गा.पा १
चोईटेखाली बस्ने वर्ष अं. २८ कि परिवर्तित नाम ६९ मंगलसैन ५ कुमारीले मिति
२०८२।०४।३१ गते राति अं.१२:०० बजेको समयमा निजकै श्रीमान ऐ.बस्ने वर्ष अं.२९ को
परिवर्तित नाम ६९ मंगलसैन ६ कुमारको नाममा (करणी सम्बन्धि कसुर) वैवाहिक जबरजस्ती
करणी गरेको भनि निजकि श्रीमती परिवर्तित नाम ६९ मंगलसैन ५ कुमारीले मिति
२०८२।०५।०४ गते जिल्ला प्रहरी कार्यालय अछाममा जाहेरी दरखास्त दिएकोले प्रहरी चौकी
ढकारीबाट प्रहरी टोली खटिगई निजको श्रीमानलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी
जिल्ला प्रहरी कार्यालय अछाममा पठाएको ।
हातहतियार
बरामद
कैलाली कैलारी
गा.पा.५ बड्कीपलिया सिमा इलाकामा सशस्त्र प्रहरी बल,नेपाल बोर्डर आउट पोष्ट
छोटीपलियाबाट स.प्र.ना.नि.को कमाण्डमा खटी गएको टोलीले से.१ प.९१८१ न.को सुपर
स्पेलेन्डर मो.सा.लाई शंका लागी चेकजाँच गर्दा मो.सा.चालक ऐ.कैलारी गा.पा.३
बड्कामुडा बस्ने वर्ष ६८ को राम भरोसे डगौंरा थारु र सोही मो.सा.पछाडि सवार ऐ.५
गोवरैला गाँउ बस्ने वर्ष ५७ को जगदिश चौधरीको साथबाट १ थान बारबोर (२ नाले) बन्दुक,
ऐ.मा प्रयोग हुने राउण्ड ४ ओटा, मो.सा. र निज
दुबै जनालाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई आ.अ.भईरहेको ।
ला.औ.
सिन्धुली कमलामाई
न.पा.९ भिमान चेकपोष्ट स्थित वि.पी.राजमार्गमा ई.प्र.का. भिमानबाट प्र.नि.को
कमाण्डमा ला.औ.नियन्त्रण व्युरो शाखा कार्यालय बर्दिबास समेतको प्रहरी चेकिङ
टोलीले बर्दिबासबाट काठमाडौं तर्फ जादै गरेको चालक जि.महोत्तरी बर्दिबास न.पा.१
बस्ने वर्ष ३२ को एमिनल भुजेलले चलाई आएको मधेश प्रदेश-०४-००१ ज ०१५५ नं.को Ev गाडी
रोकी चेकजाँच गर्ने क्रममा गाडीमा सवार जि.सुनसरी कोशीटप्पु गा.पा.३ स्थायी घर भई
हाल जि.सिराहा कल्याणपुर न.पा.११ बस्ने वर्ष २३ को जितेन्द्र कुमार राउतको साथबाट
लागुऔषध खैरो हेरोइन जस्तो देखिने गिलो पदार्थ प्लास्टिक बाहेक शुद्ध तौल ४१ ग्राम
७७० मिलि ग्राम फेला पारी नियन्त्रणमा लिई इ.प्र.का.भिमानमा राखी आ.अ.भईरहेको ।
सर्लाही, हरिपुर्वा
न.पा.५ स्थित बस्ने अं.बर्ष ४५ को रुपेश साहको पक्की घरमा ला.औ. गाँजा लुकाई छिपाई
राखिएको छ भन्ने खबर प्राप्त हुना साथ उक्त स्थानमा प्र.चौ. हरिपुर्वा सर्लाहीबाट
प्र.स.नि. शेख हफ्जुल्लाहको कमाण्डमा ४ जना, तालुक जि.प्र.का. सर्लाहीबाट
प्र.नि. रविन्द्र कार्कीको कमाण्डमा ११ जना र इ.प्र.का. केशरगंज सर्लाहीबाट
प्र.नि. उमाकान्त जोशीको कमाण्डमा ११ जनाको टोली खटि गई घर खान तलासी गर्दा घरको
छतमा लुकाई छिपाई राखिएको २० के.जि. ३४० ग्राम ला.औ. गाँजा सहित रुपेश साह र निजको
श्रीमती अं.बर्ष ३५ की प्रतिमा कुमारी साहलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको
लागी जि.प्र.का. सर्लाही पठाएको ।
सुनसरी, सप्तरी
मलहनिया गाविस नं. ३ घर भई हाल जि. सुनसरी ईटहरी उ.म.न.पा.१७ बालग्राम गणेश प्रसाद
ढकालको घरमा कोठा भाडा लिई बस्ने अं.वर्ष ३७ को सत्य नारायण यादवले कोठाभित्र लागु
औषध लुकाई छिपाई राखेको भन्ने गोप्य सुचनाको आधारमा लागु औषध कार्यालय बिराटनगर
मोरङबाट प्र.ना.नि.र इ.प्र.का.पकलीबाट प्र.स.नि.को कमाण्डमा खटिएको संयुक्त टोलीले
निज सत्य नारायण यादवलाई नियन्त्रणमा लिई कोठाभित्र हेर्दा खैरो हिरोईन जस्तो
देखिने खैरो कलरको लिसाईलो पदार्थ प्लाष्टिक सहित १२८ ग्राम, डिजिटल
तराजु १ थान, मोबाईल १ थान फेला पारी इ.प्र.का.पकलीमा ल्याई
थप अनुसन्धान भईरहेको ।