प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।०५।०६ गते देखि ऐ.०८ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-०५-०८

  • A
  • A-
  • A+
Share

कर्तव्य ज्यान,

स्याङजा, वालिङ् न.पा.५ बाहुन डाँडा बस्ने वर्ष ३२ को ढाल बहादुर थापा (मा.प.से. गरेको) लाई ऐ.हरिनास गा.पा.५ बस्ने वर्ष २२ को सिजन थापा लगायतका २,३ जना केटाहरुले कुटपिट गरी घइते भई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ स्याङजा ल्याइएकोमा सामन्य उपचार पश्चात थप उपचारको लागि ऐ.२३:४५ बजे गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएकोमा ऐ.८ गते ०१:३५ बजे डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, उक्त स्थानमा प्र.चौ.केवरेबाट प्र.स.निको कमाण्डमा टोली खटी गई थप अनुसन्धान भइरहेको, कुटपिटमा संलग्न सिजन थापा प्रहरीको नियन्त्रणमा, अन्य व्यक्तिहरूको खो.त.भइरहेको, कुटपित गर्नुको कारण नखुलेको ।

 

रौहतट, मिति २०८२।०५।०७ गते अं.२२:०० बजेको समयमा जिल्ला रौहतट गौर न.पा.९ मुडवलवा गेट स्थित बाटोको छेउमा सुटकेशको चेन हल्का खुलेको अवस्थामा रहेको र सुटकेस भित्र महिलाको हात जस्तो देखिएको(एकिन नभएको) जस्तो छ भन्ने खबर प्राप्त हुन साथ जि.प्र.का.रौतहटबाट प्र.नि.जिवन कुमार मैनाली (9852690097) को कमाण्डमा टोली खटी गई घटना स्थाल कडन  गरी,सुटकेश भोलि खोलि सत्य तथ्य बुझि जाहेर गर्ने भन्नी प्र.नि.को टोली फिर्ता आएको  र प्र.चौ.बेलबिछुवाबाट प्र.स.नि.मनोज कुमार दासको कमाण्डमा टोली खटी गई घटना स्थाल सुरक्षित राखेको र मुचुल्का लगाएत अन्य अनुसन्धान कार्य भोली बिहान हुने, थप टिपोट ;- घटना स्थलमा प्र.ना.उ.राजु कार्की(९८५५०४०६०७)को कमाण्डमा Soco सहितको मुचुल्का टोली खटि गई आवश्यक अनुशन्धान कार्य भईरहेको,उक्त सुटकेस भित्र अं. बर्ष २०/२५ की तराई वासी जस्तो देखिने महिलाको लाश फेला परेको  र मिति २०८२।०५।०८ गते ०७:४० बजे मुचुल्का पश्चात शव पो.मा.को लागी प्रादेशिक अस्पताल गौर रौतहटमा ।

 

ज.ज.क /ज.ज.क.उधोग/यौन र्व्यवहार,

अर्घाखाँची, छत्रदेव गा.पा.८ निन्युडाँडा बस्ने अं.वर्ष ४० को मेगराज नेपालीले ऐ.चिदीपानी बस्ने (शारिरीक र मानसिक अवस्था कमजोर रहेकी) अं.वर्ष ३० की महिलालाई निजको घर पछाडिको बारीमा लगेर ज.ज.क.गरेको भनी ऐ.६ गते १३:१५ बजे खबर प्राप्त हुनासाथ प्र.चौ.अर्घातोषबाट प्र.स.नि.को कमाण्डमा र इ.प्र.का.खनबाट प्र.नि.को कमाण्डमा टोली खटी गई निज मेगराज नेपालीलाई नियन्त्रणमा लिई आ.अ.भइरहेको

 

ईलाम, सुर्योदय न.पा.३ घर भई हाल ऐ.न.पा.९ बरबोटे स्थित मोहन भण्डारीको घरमा डेरा गरि वस्ने (साङ्केतिक नाम ०८२/८३ पशुपति ग-१) को छोरी बर्ष अं.१६ की सांङ्केतिक नाम (०८२/०८३ पशुपति ग) लाई ऐ.ऐ.बस्ने वर्ष अं.२२ को अमित गुरुङले आफ्नो घरमा कोही नभएको अवस्थामा ललाई फकाई गरी ज.ज.क. गरेको भनि पिडितको बुबाले मिति २०८२।०५।०६ गते अं.१४:३० बजे इ.प्र.का. पशुपतिनगर इलाममा जाहेरी दरखास्त दिन साथ प्र.चौ. फिक्कल इलामबाट प्र.ना.नि. बिष्णु सापकोटा ( ९८५२०९०९९४ ) को कमाण्डमा प्रहरी टोली खटीगई पिडक अमित गुरुङलाई फेला पारी नियन्त्रणमा लिई इ.प्र.का. पशुपतिनगरमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

 

बाँके, कोहलपुर न.पा. ७ लखनापुर शान्ति टोल बस्ने वर्ष अं. २६ कि संकेत न. ६५ कोहलपुर ०८२/०८३ (६) पिडितले दिएको निवेदन अनुसार निज पिडितको घरबाट अ. ५०० मिटर पुर्वमा रहेको आफ्नै मकै बारिमा मकै हेर्न गएको अवस्थामा एक्कासी नाम थर वतन नखुलेको मधेशी मुलको जस्तो देखिने अ. ४०।४५ वर्ष को कालो बर्ण ,लामो कपाल ,छोटो दारी भएको पुरुष व्यक्तिले सोही मकै बारिमा ज.ज.क. गरी फरार रहेको भनी पिडित र पिडितको आफन्तले मिति २०८२।०५।०७ गते अ. १६:३० बजेको समयमा अ.प्र.चौ. हवल्दारपुर बाँकेमा जानकारी गराए पश्चात उक्त स्थानमा अ.प्र.चौ. हवल्दारपुर बाँके बाट प्र.स.नि. को कमाण्डमा २ जनाको टोली र इलाका प्रहरी कार्यालय कोहलपुर बाँके बाट प्र.नि. को कमाण्डमा SOCO सहित ५ जनाको टोली खटि गइ घटनास्थल लगायतका कार्य पुरा गरी पिडित लाइ विस्तृत स्वास्थ्य परीक्षणको लागी भेरी अस्पताल नेपालगंज पठाइएको अवस्था सामान्य रहेको, फरार ब्यक्तिको खो.त भइ रहेको ।

 

नवलपरासी पश्चिम, रामग्राम न.पा.१० नदवा स्थित बुद्धिमान चौधरीको घरमा भाडामा बस्ने जि.कपिलवस्तु कपिलबस्तु न.पा.९ बस्ने महिला बिहान बालजी ग्रेनेट फ्याक्ट्रीमा काम गर्न गएको अवस्थामा निजको छोरी वर्ष अं.५ की बालिकालाई सोही घरमा डेरा गरी बस्ने जि.बारा कोल्हबी न.पा.१० बरेवा बस्ने श्याम ठाकुर काम बिशेषले परासी तर्फ गएको र निजको श्रीमती मिलानो चप्पल फ्याक्ट्रीमा काम गर्न गएको अवस्थामा श्याम ठाकुरको भान्जा ऐ.बस्ने वर्ष अं.२२ को विकाश ठाकुरले घरमा कोही नभएको अवस्थामा निज बालिकालाई ललाई-फकाई गरी मामाको कोठामा लगेर बाल यौन दुर्ब्यबहार गरी फरार भएको भनी बालिकाको आमाले ऐ.१९:०० बजे प्र.चौ.तोनवामा जानकारी गराएको हुँदा प्र.स.नि.को कमाण्डमा टोली खटी गई आ.अ.भइरहेको, घटनामा संलग्न व्यक्तिको खो.त.भइरहेको ।

 

सुन जास्तो देखिने पदार्थ बरामद,

चितवन, भरतपुर म.न.पा.१ भृकुटिपथ स्थित बा १५ च ६९२ नं.को Grand कारलाई जि.प्र.का.चितवनबाट प्र.नि.को कमाण्डमा खटिएको टोलीले शङ्का लागी चेकजाँच गर्दा सुनजस्तो देखिने पहेलो धातुको टुक्रा १४५.६ ग्राम र नगद रु.९ लाख (ने.रू.) फेला परेकोले उक्त सुनजस्तो देखिने धातुको टुक्रा, कार र नगद सहित ऐ.भरतपुर म.न.पा.२ बस्ने वर्ष ४३ को टक बहादुर बि.क.समेत २ जनालाई नियन्त्रणमा लिई  जि.प्र.का.मा राखी आ.अ.भइरहेको ।

सुधार गृहबाट मानिस भागेको,

कैलाली, धनगढी उ.म.न.पा.३ बोराडाडी स्थित रिसमोन फेलोसिभ सुधार गृहबाट ऐ.१ बस्ने वर्ष ४२ को राज कुमार नेपाली र ऐ.गोदावरी न.पा.२ तेघरी बस्ने वर्ष २७ को सन्तोश बोहरा भागेको भनी ऐ.०८:२० बजे सुधार गृहका संचालक राम बहादुर रजकले जानकारी गराएको हुँदा जि.प्र.का.बाट प्रहरी टोली खटी गई खो.त.भइरहेको।

 

ला.औ.,

पर्सा, पटेर्वा सुगौली गा.पा.५ देउरिया स्थित चरेश गाँजा लुकाई छिपाई राखेको छ भन्ने खबर इ.प्र.का.पटेर्वा सुगौलीमा प्राप्त हुनासाथ प्र.नि. को कमाण्डमा टोली खटी गई संकास्पद घरहरुमा खानतलासी गर्दै जादा केही चिज वस्तु फेला नपरी फर्कने क्रममा ऐ. स्थित अं.वर्ष ४६ को रामायण चौधरीको धान खेतमा संकास्पद हेर्दा चेक जाँच गर्दा लुकाई छिपाई राखेको अवस्थामा, लागु औषध चरेस जस्तो देखिने बस्तु फेला पारी नियन्त्रणमा लिई इ.प्र.का.पटेर्वा सुगौलीमा ल्याई नाप तौल गर्दा ५४ किलो ४०० ग्राम रहेको, अन्य अनुसन्धान कार्य भई रहेको ।

 

बाँके, नेपालगंज उ.म.न.पा.१७ डिवामन्दिर नजिकै ला.औ. कारोबार भईरहेको भन्ने विशेष सुचनाको आधारमा जि.प्र.का.बाँकेबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई पँचपोखरा देखी नदै गाँउ तर्फ आउदै गरेको चालक जि.बाँके नेपालगंज उ.म.न.पा.१६ बस्ने वर्ष २० को रियाज खानले चलाएको UP 32 NU 7435 नं. को मो.सा.संका लागि चेकजाचँ गर्दा निजले लगाएको कट्टु भित्र लुकाई छिपाई राखेको ला.औ.ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ शुद्व तौल १०० ग्राम ७४० मिलि ग्राम बरामद गरी निजलाई मो.सा. सहित नियन्त्रणमा लिई जि.प्र.का.बाँकेमा ल्याई राखिएको ।

 

बारा,  जितपुर सिमरा उ.म.न.पा.२१ इ.प्र.का.अम्लेखगंज कार्यालय अगाडि चेक प्वाइन्टमा प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले चितवनबाट वीरगंज तर्फ आउँदै गरेको बा.प्र.०६-००१ ज ००४२ नं.को यात्रुबाहक ईभि गाडीलाई रोकी चेकजाँच गर्दा उक्त गाडीमा सवार जि.चितवन राप्ती न.पा.१ बस्ने वर्ष ४२ को सन्चलाल चेपाङलेको साथबाट ला.औ. गाँजा ७.३२० (प्लाष्टिक सहित) किलो ग्राम सहित निजलाई नियन्त्रणमा लिई इ.प्र.का.अम्लेखगंजमा ल्याई राखेको,

 

सुनसरी, इटहरी उ.म.न.पा.७ बालग्राम स्थित भोजराज कार्कीको घरमा ला.औ.ब्राउन सुगर बेचबिखान हुँदैछ भन्ने सुचनाको आधारमा इ.प्र.का.इटहरी र प्र.चौ.बालग्रामबाट प्र.ना.नि.को कमाण्डमा खटिएको संयुक्त टोलीले चेकजाँच गर्दा भोजराज कार्कीको घरमा डेरा गरी बस्ने जि.सुनसरी रामधुनी न.पा.६ बस्ने वर्ष २८ को विप्लब चौधरी र जि.ईलाम फाक्फोक्थुम गा.पा.६ बस्ने वर्ष २७ की सुस्मा राईको कोठामा लुकाई राखेको अवस्थामा ला.औ.ब्राउन सुगर प्लाष्टिक सहित तौल गर्दा ४८ ग्राम र नगद रु.७६,१००।फेला परेकोले उक्त नगद र ला.औ.सहित दुवै जनालाई नियन्त्रणमा लिई इ.प्र.का.इटहरीमा राखिएको।

सम्बन्धित समाचार
मिति २०८२।०६।२१ गते ०५:०० बजे देखि ऐ २२ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०६-२२

कर्तव्य ज्यान,नुवाकोट, शिवपुरी गा.पा.७ सुनखानी ठुलापाटा स्थित ऐ.बस्ने अं.वर्ष ५० को जितमान तामाङले आफ्नै श्रीमती अं.वर्ष ४९ को सविना तामाङलाई घरायसी विवादको कारण धारिलो हतियार (खुकुरी) प्रहार गरि हत्या गरेको भन्ने खबर ऐ.२२ गते अं.१२:५० बजे अ.प्र.पोष्ट गुर्जेमा खवर प्राप्त हुनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई धारिलो हतियार (खुकुरी) प्रहार गर्ने व्यक्ति र धारिलो हतियार (खुकुरी) नियन्त्रणमा लिएको, उक्त घटनास्थलमा जि.प्र.का. नुवाकोटबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, ज.ज.क./बालयौन दुरुपयोग,मकवानपुर, बकैया गा.पा.५ सुकौरा स्थितमा वर्ष ५ की बालिकालाई मिति २०८२/०६/२० गते अं.१९:०० बजे आफ्‌नै घर अगाडी खेल्दै गरेको अवस्थामा ऐ.बस्ने वर्ष १८ को विजय थिङ भन्ने साने बहादुर थिङले घर नजिकै रहेको बनमाराको झाडीमा लगि यौन दुर्व्यवहार गरेको बखत ऐ.बस्ने वर्ष १५ को बालकले देखि कराउने क्रममा बालिकालाई छोडी निज साने बहादुर थिङ उक्त स्थानबाट भागी गएको, निजलाई पक्राउ गरी कानून बमोजिम कारबाही गरी पाँउ भनि पीडितको बुवाले जाहेरी दरखास्त ऐ.२१ गते १६:३० बजे जि.प्र.का. मकवानपुरमा दिएको हुँदा पीडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको, पीडित बालिकालाई अभिभावकको जिम्मा लगाईएको । कपिलवस्तु, मिति २०८२।०६।१६ गते राती अं. २३:५० बजे जि.कपिलवस्तु कपिलवस्तु न.पा.१ नयाँ हाटबजार स्थित तुल्सीराम कलवारको घरमा भाडा गरी बस्ने  देश भारत उत्तर प्रदेश थाना दरगाहा शरिफ जिल्ला बहराईच घर भएकी वर्ष ९ की बालिकालाई ऐ.१ नयाँ हाटबजार बस्ने वर्ष ५५ को जित बहादुर कहारले सुती रहेको ठाउँमा आई यौन दुर्व्यवहार गरेको हुँदा निज प्रतिवादीलाई कानून बमोजिम कारवाही गरी पाउँ भनि निजको बुबाले ऐ.१९ गते  जि.प्र.का.कपिलवस्तुमा जाहेरी दरखास्त दिए पश्चात जि.प्र.का.कपिलवस्तुबाट प्र.नि.को कमाण्डमा टोली खटी गई प्रतिवादीलाई नियन्त्रणमा लिई ऐ.२१ गते मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान भईरहेको, पीडितलाई स्वास्थ्य परिक्षण गरी आफन्तको जिम्मा लगाईएको, अवस्था सामान्य। बाँके, राप्तिसोनारी गा.पा.५ उर्लिहवा बस्ने वर्ष ३० को (विवाहित) प्रेम थारुले ऐ.बस्ने वर्ष १८ की महिलालाई आफ्नै कच्ची घरको थातीमा सुती रहेको अवस्थामा एक्कासी घरमा आई ज.ज.क.गरेको भनी ऐ.२१ गते अं.१६:३० बजे पीडितको बुवाले इ.प्र.का.बैजापुर बाँकेमा लिखित निवेदन दिनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज प्रेम थारुलाई नियन्त्रणमा लिई इ.प्र.का.बैजापुर बाँके ल्याई राखिएको, निज पीडित महिला आफ्नो घर परिवारसँग रहेको भनि ऐ.२१:४५ बजे जि.प्र.का.बाँकेमा जानकारी गराएको । हा.ह.बरामद,कैलाली, गोप्य सुचनाको आधारमा इ.प्र.का.सुखडबाट प्र.ना.उ.को कमाण्डमा खटिएको टोलीले घोडाघोडी न.पा. १ बेलार बर्ने वर्ष २३ को आकाश  शाहीको घर नजिकै रहेको निजको भान्सा घर भित्रबाट ५५०१०२३४ नं.को टाईप ५४ चाईनिज पेस्तोल थान १ (एक) र ऐ.को खाली म्याग्जिन थान १ सहित निजलाई नियन्त्रणमा लिई इ.प्र.का.सुखडमा ल्याई सोधपुछ गर्दा मिति २०८२/०५/२४ गते भएको GEN-Z आन्दोलनको क्रममा महानगरीय प्रहरी प्रभाग कोटेश्वर काठमाण्डौबाट लुकाई छिपाई ल्याएको भन्ने खुलेको । कैदी मृत्यु,कैलाली, मिति २०८२।०५।२६ गते १६;२० बजे कारागार कार्यालय बझाङबाट उपचारार्थ कारागार सुरक्षा गार्ड कैलालीमा स्थान्तरण भई आएको ज.ज.क.मुद्धाको कैदी जि.बझाङ खप्तडछान्ना गा.पा.७ बस्ने अं.वर्ष ७१ भरत बहादुर रोकाया श्वासप्रश्वास सम्बन्धी बिरामी भएकोले निज कैदी मिति २०८२।०५।२७ गते कैलालीमा पुगी  सोही दिनबाट मायामेट्रो अस्पताल धनगढी कैलालीको ICU मा राखि उपचार भईरहेकोमा ऐ.०६।२१ गते २०:३५ बजे उपचारको क्रममा मृत्यु भएको भनी सोही अस्पतालमा खटी गएको प्र.ब.ह.ले  जि.प्र.का.कैलालीमा जानकारी गराएको, मानिस मृत फेला, पर्सा, बीरगंज म.न.पा.१५ भानु चोक स्थित साह पराडाइज होटेलमा दोस्रो तल्लाको १११ नं.को कोठामा ऐ.०६।१९ गते देखि कोठा बुकिङ गरी बस्दै गरेको देश भारत त्रिपुरा घर भएको अं.वर्ष ६७ को साजल अचारजी र निजकै छोरा अं.वर्ष २५ को सागर अचारजी कोठा भित्रबाट ढोकाको चुकुल लगाई बुवा र छोरा मध्ये १ जना बेडमा उत्तानो परेको अवस्थामा र अर्को १ जना सिलिङ पंखा झुण्ड्याउने कडीमा कपडाको पासो लगाई झुण्डिएको अवस्थामा उक्त होटेलको स्टाफले भेन्टिलेसनबाट देखि ऐ.२१:०० बजे प्र.चौ.बसपार्कमा जानकारी गराउनासाथ प्र.ना.नि.को कमाण्डमा टोली खटी गई घटनास्थल सुरक्षित राखिएको, उक्त स्थानमा व.प्र.का.श्रीपुर पर्साबाट प्र.नि.को कमाण्डमा टोली खटी गई अनुसन्धान कार्य भईरहेको ।

मिति २०८२।०६।२० गते ०५:०० बजे देखि ऐ २१ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०६-२१

कर्तव्य ज्यान,प्युठान, मिति २०८२।०६।१७ गते राती अ.२३:५५ बजे, माण्डवी गा.पा.२ गोलवाङ बस्ने वर्ष ७१ की लाई ऐ.बस्ने वर्ष ५५ को जगत खड्काले घरमा कोही नभएको अवस्थामा ज.ज.क.गरेको र मिति २०८२।०६।१८ गते अ.११:०० बजे पिडकको श्रीमती वर्ष ४६ की सुनिता खड्काले पिडितलाई कुटपित समेत गरेको, पिडितको अवस्था गम्भिर रहेको भनि मिति २०८२।०६।१९ गते अ.१०:४० बजे पिडितको बुहारीले जानकारी गराए पश्चात उक्त स्थानमा प्र.चौ.तिरामबाट प्र.स.नि.को कमाण्डमा र इ.प्र.का.बिजुवारबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, पिडक जगत खड्का र निजको श्रीमती सुनिता खड्कालाई नियन्त्रणमा लिई जि.प्र.का.प्युठानमा ल्याई राखिएको र ऐ.१४:५० बजे निज पिडितलाई उपचारको लागी जि.अस्पताल बिजुवार प्युठानमा ल्याई सामान्य उपचार पश्चात थप उपचारको लागी लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको लागी रिफर भएकोमा ऐ.२० गते १७:१६ बजे निज पिडितको उपचारको क्रममा मृत्यु भएको, शव सोही अस्पतालमा रहेको । तनहुँ, मिति २०८२।०६।१७ गते अं.२३:०० बजे शुक्लागण्डकी न.पा.२ नर्सरी बस्ने वर्ष ३२ को अमृत जि.सी.ले ऐ.बस्ने वर्ष ३१ की बिनिता थापालाई मा.प.से.गरी सामान्य विवाद भई कुटपिट गर्दा निज बिनिता थापा घाईते भई ऐ.१८ गते अं.१४:०० बजे उपचारको लागि जि.पी.कोईराला राष्ट्रिय स्वास प्रस्वास उपचार केन्द्र बेलचौतारा पठाई समान्य उपचार थप उपचारको लागि ऐ.१९ गते अं.०६:३० बजे मणिपाल शिक्षण अस्पताल पोखरा लगि चेकजाँच गर्दा टाउको भित्र रगत जमेको कारण अप्रेशन गरी भेन्टिलेटरमा उपचार भईरहेकोमा ऐ.२१ गते ०४:१० बजे उपचारको क्रममा मृत्यु भएको, शव सोही अस्पतालमा रहेको, उक्त स्थानमा इ.प्र.का.बेलचौताराबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, कुटपिट गर्ने अमृत जि.सी.इ.प्र.का.बेलचौताराको नियन्त्रणमा रहेको । ज.ज.क.,उदयपुर, कटारी न.पा.९ लिम्पाटार बस्ने अं.वर्ष १६ की बालिकालाई घरको कोठाभित्र गई ऐ.बस्ने लिला बहादुर परियारको छोरा वर्ष १९ को भोजराज परियारले ज.ज.क.गरेको भनि ऐ.२० गते ०७:०० बजे इ.प्र.कटारी उदयपुरमा जाहेरी दरखास्त दिनासाथ प्र.ना.नि.को कमाण्डमा टोली खटी गई निज प्रतिवादी भोजराज परियारलाई नियन्त्रणमा लिएको, पीडितको अवस्था सामान्य रहेको । उदयपुर, मिति २०८२ भदौ महिनाको दोस्रो हप्ता (यकिन गते थाहा नभएको) अं.२३:३० बजे जि.उदयपुर चौदण्डीगढी न.पा.०२ चारघरे बस्ने अं.वर्ष १६ की बालिकालाई ऐ.बस्ने फागु सदाको छोरा वर्ष अं.१९ को संजय सदाले बिगत केही समय देखी विवाह गर्छु भन्दै ललाई फकाई आएकोमा निजलाई ऐ.रातको समयमा जबरजस्ती उठाई कुरा गर्दै बस्नु पर्छ भनी हात तान्दै घर नजिकै रहेको जंगलमा लगी कुराकानी गर्ने क्रममा भुईमा लडाइ ज.ज.क. गरेको भनी निज पीडितको आमाले ऐ.०६/२० गते अं. ११:३० बजे इ.प्र.का. बेल्टारमा जाहेरी दरखास्त दिनासाथ ज.ज.क.गर्ने संजय सदालाई पक्राउ गरी आवश्यक अनुसन्धान कार्य भईरहेको । धादिङ, मिति २०८१ साल फागुन महिनामा जि.धादिङ निलकण्ठ न.पा.२ साँखु पानधारे बस्ने वर्ष ४५ को विशाल सुनारले मा.प.से.गरी ऐ. बस्ने धादिङ २४ (९२) ०८२/०८३ की वर्ष ३७ की कान नसुन्ने र बोल्न नसक्ने (लाटी) महिलालाई ज.ज.क.गरी फरार रहेको भनि २०८२।०६।२० गते १७:३० बजे जि.प्र.का.धादिङमा पिडितको दाई धादिङ २४ (९३)०८२/०८३ मार्फत जाहेरी दरखास्त प्राप्त भएकोले मुद्दा दर्ता भई जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा ७ जनाको टोली खटी गई फरार व्यक्तिको खो.त.तथा थप आ.अ.भईरहेको, । भक्तपुर, जिल्ला नुवाकोट त्रिशुली गा.पा.घर भई हाल जि.काठमाण्डौ कोटेश्वर बस्ने वर्ष ६३ को जयराम तामाङले जिल्ला काभ्रे रोशी गा.पा.घर भई ऐ.चागुनारायण न.पा.२ झौखेल बस्ने वर्ष ५ की बालिकालाई ऐ.चागुनारायण न.पा.२ झौखेल स्थित मदन घिमिरेको निर्माणाधिन जस्ताको टहरामा ज.ज.क.गरेको भनी पीडित बालिकाकी आमाले ऐ.२१:०० बजे परिसर भक्तपुरमा दिएको जाहेरीको आधारमा निज जयराम तामाङलाई प्रभाग ब्यासीबाट खटिएको प्र.ब.ना.नि.को कमाण्डमा खटिएको टोलीले ऐ.झौखेलबाट नियन्त्रणमा लिई परिसर भक्तपुरमा ल्याई राखी थप अनुसन्धान भइरहेको । ला.औ., धनुषा, गणेशमान चारनाथ न.पा.वडा न.७ पोर्ताहा चेकप्वाईन्ट स्थितमा प्र.चौ.पोर्ताहा धनुषाबाट प्र.ना.नि. र तालुक इ.प्र.का.ढल्केवर धनुषाबाट प्र.नि.जटाशंकर यादवको कमाण्डमा खटिएको संयुक्त चेकिङ्ग टोलीले जिल्ला सिरहा बन्दिपुर तर्फबाट बिरेन्द्रबजार तर्फ आउदै गरेको बा.प्र.०३-००२ प २०८७ नं.को मो.सा. माथि शंका लागि रोकीचेकजाँच गर्दा उक्तमो.सा. पछाडी सवारजिल्ला सिरहा मिर्चौया न.पा.वडा नं. ७ बस्ने राजदेव यादवको छोरा अं.बर्ष २४ को निराजन यादवले साथमा बोकेको कालो प्लास्टिकले बेरेको पोका भित्र हेर्दानिम्न तौल भएको ब्राउनसुगर जस्तो देखिने खैरौ पदार्थबरामद भएको हुँदा,उक्तमो.सा. चालक जिल्ला सप्तरी राजबिराज न.पा.वडा नं.१ बस्ने अवधेश कुमार सिंहको छोरा अं.बर्ष ३१ को रोहन कुमार सिंह, मो.सा. र मो.सा.पछाडी सवार निराजन यादव समेतलाई नियन्त्रणमा लिई प्रहरी चौकी पोर्ताहा धनुषामा ल्याई राखिएको, ब्राउनसुगर जस्तो देखिने खैरौ पदार्थ ३७.९ ग्राम (प्लास्टिक बाहेक) र प्लास्टिक सहित ५१ ग्राम रहेको

मिति २०८२।०६।१९ गते ०५:०० बजे देखि ऐ २० गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०६-२०

कर्तव्य ज्यान,दाङ्ग, घोराही उ.म.न.पा.१ गैरागाउँ बस्ने बर्ष ६४ को ढाल बहादुर चौधरी लाई निजको श्रीमती बर्ष ६२ कि माँया चौधरीले घरायसी बिवादका कारण टर्च लाईटले टाउकोमा हान्दा ढाल बहादुर चौधरीको घटनास्थलमै मृत्यु भएको,लास सोही घर भित्र रहेको भनि मिति २०८२।०६।१९ गते ०६;४० बजे प्र.चौ रामपुर दाङमा स्थानिय लक्ष्मण(९८१०८२३८१६) घर्तिले टे.फो मार्फत जानकारी गराए पश्चात प्र.चौ रामपुर दाङबाट प्र.स.नि.को कमाण्डमा ४ जनाको टोलि खटिगई निज माँया चौधरीलाई नियन्त्रणमा लिईसकेको,र जि.प्र.का.दाङबाट प्र.नि.को कमाण्डमा ५ जनाको टोली खटिगएको, उक्त स्थान प्र.चौ रामपुर दाङबाट अं.२ कि.मि.पुर्ब पर्ने र जि.प्र.का.दाङबाट अं.९ कि.मि.पुर्व पर्ने । नोट;- घरमा श्रीमान,श्रीमती,निजको कान्छि बुहारी,नातिनी रहेको र कान्छो छोरा बिदेशमा रहेको,जेठो छोरा अर्को घरमा बस्दै आएको भन्ने बुझिएको । थप अपडेट;-ऐ.१०;०० बजे प्रारम्भिक कार्य पुरा गरी लास पो.मा.को लागि राप्ती स्वास्थ बिज्ञान प्रतिष्ठान घोराही दाङमा ल्याई शव गृहमा राखेको पो.मा.हुन बाकी र निज माँया चौधरीलाई जि.प्र.का दाङको हिरासत कक्षमा राखि अनुसन्धान कार्य भईरहेको । धादिङ, त्रिपुरासुन्दरी गा.पा.५ थापाकटेरी स्थित ऐ.बस्ने गोप बहादुर कडेलको छोरा वर्ष अं.३० को यम बहादुर कडेलले आफ्नै घरमा निजकै आमा बर्ष अं.५५ की राम मायाँ कडेललाई धारिलो हतियार (खुडा) प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.सल्यानकोटबाट प्र.स.नि.को कमाण्डमा ३ जनाको टोली खटी गई धारिलो हतियारले प्रहार गर्ने व्यक्ति हतियार सहित नियन्त्रणमा लिई घटनास्थल सुरक्षित राखेको, जि.प्र.का.बाट प्र.ना.उ.को कमाण्डमा ७ जनाको टोली खटी गई थप अनुसन्धान भईरहेको, धारिलो हतियार प्रहार गर्नुको कारण नखुलेको, ज.ज.क./बालयौन दुरुपयोग,प्युठान, माण्डवी गा.पा.२ गोलवाङ बस्ने वर्ष ७१ की महिलालाई ऐ.बस्ने वर्ष ५५ को जगत खड्काले मिति २०८२।०६।१७ गते २३:५५ बजे घरमा कोही नभएको अवस्थामा ज.ज.क.गरेको र ऐ.१८ गते अं.११:०० बजे पीडकको श्रीमती वर्ष ४६ की सुनिता खड्काले पीडितलाई कुटपित समेत गरेको, पीडितको अवस्था गम्भीर रहेको भनी ऐ.१९ गते १०:४० बजे पीडितको बुहारीले जानकारी गराए पश्चात प्र.चौ.तिरामबाट प्र.स.नि. र इ.प्र.का.बिजुवारबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको,पीडक जगत खड्का र निजको श्रीमती सुनिता खड्का प्रहरीको नियन्त्रणमा, ऐ. ११:५५ बजे निज पीडितलाई उपचारको लागि जिल्ला अस्पताल बिजुवार प्युठान पठाएकोमा थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लागि रिफर गरेको । प्रहरी कर्मचारी सम्बन्धि,मोरङ, बेलबारी नपा ११ लक्ष्मीमार्ग स्थित पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको मे १ च १९७८ न.को एम्बुलेन्सले विपरीत दिशाबाट आउदै गरेको प्रदेश १-०२- ०४७ प ६९२२ न.को मो.सा.लाई ठक्कर दिई दुर्घटना हुदा मो.सा. चालक जिप्रका झापामा कार्यरत प्रसह सुरेन्द्र सुब्बा लिम्बु (वतन जि.मोरङ केराबारी गापा २ आइडी कार्डमा खुल्न आएको) घाईते भई उपचारको लागि नोबेल अस्पतला बिराटनगर ल्याइकोमा डाक्टरले चेकजाच गर्दा मृत घोषणा गरेको लाश सोहि अस्पतालमा रहेको ठक्कर दिने एम्बुलेन्स चालक जि.झापा दमक नपा ९ बस्ने बर्ष४१ को बिष्णु प्रसाई ,एम्बुलेन्स र मो.सा. प्र.चौ .डागिहाटको नियन्त्रणमा आगलागि,न.प.(पूर्व), गैंडाकोट न.पा. १० सम्झना चोक बस्ने वर्ष ७९ की श्याम कुमारी श्रेष्ठ आफ्नै घर को कोठामा आगलागि भई मृत अबस्थामा रहेको ,आगो नियन्त्रणमा आई सकेको भन्ने खबर प्राप्त हुनासाथ तत्काल अ.प्र.पोष्ट वेल्डिहाबाट प्र.ना.नि. को कमाण्डमा ३ जनाको टोली खटि गई घटना स्थल सुरक्षित राखेको,थप अनुसन्धानको लागि इ.प्र.का. गैडाकोट बाट प्र.नि. को कमाण्डमा SOCO सहित ७ जनाको टोली खटि गई आवस्यक अनुसन्धान कार्य भईरहेको, आगलागीको कारण नखुलेको, निज घरमा एक्लै वस्ने गरेको भन्ने बुझिएको उक्त स्थान अ.प्र.पोष्ट वेल्डिहाबाट ३ कि.मि पुर्ब र इ.प्र.का.गैडाकोट बाट १० कि.मि. पश्चिम पर्ने । ऐ.०८:३० वजे थप अनुसन्धानको लागि जि.प्र.का.न.प.(पूर्व) बाट प्र.उ.सहित ९ जनाको टोली घटनास्थलको लागि खटिएको,ऐ.१७:३० बजे पो.मा.समाप्त पश्चात मृतकको छोरा निर ब.श्रेष्ठले बुझि लगेको । पक्राउ / नियन्त्रण, अछाम, मिति २०८२।०६।१८ गते अं.१७:०० बजेको समयमा धनगढी देखि अछामको लागि हिडेको चालक जिल्ला डोटी जोरायल गा.पा.२ गरुड बस्ने भिम बहादुर खत्रीको छोरा बर्ष अं.२३ को ललित खत्रीले चलाएको बा.प.प्र.०१-००२ ख ९१६९ नं.को ईलेक्ट्रोनिक भ्यान चालकले डडेल्धुराको स्याउँलेबाट दिपायल सम्म आउने सवार जिल्ला सुर्खेत पञ्चपुरी न.पा.३ बस्ने बर्ष अं.१७ कि युवतीलाई दिपायलमा छोडी दिन्छु भनी दिपायलमा ल्याई निज चालकले रातीको समयमा होटल पसलहरु सबै बन्द भएको र निज जाने स्थान कुनै पनि सवारी साधन नभेटिने भनि ललाई फकाई गरी आज मिति २०८२।०६।१९ गते अं.०७:०० बजेको समयमा मंगलसेन न .पा.५ स्थित कर्णाली गेष्ट हाउसमा राखि ज.ज.क गर्न खोजेको र ऐ.१५:०० बजेको समयमा निज महिलाका आफन्तले जिल्ला प्रहरी कार्यालय अछाममा जानकारी गराउना साथ,निज चालकलाई दिपायल तर्फ जादै गरेको अबस्थामा प्र.चौ.साँफेबजारबाट प्र.स.नि.दिलिप सिंह बडालको कमाण्डमा खटिएको प्रहरी टोलिले साँफेबगर न.पा.३ स्थित हाटबजारबाट नियन्त्रणमा लिई ऐ.२२:३० बजेको समयमा थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय अछाममा ल्याई राखेको र निज युवतीलाई जिल्ला प्रहरी कार्यालय अछामको महिला तथा बालबालिका सेलको संरक्षणमा राखीएको ।

मिति २०८२।०६।१८ गते ०५:०० बजे देखि ऐ १९ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०६-१९

ज.ज.क. , बालयौन दुरुपयोग,बाके,कोहलपुर न.पा २ बर्दहवा स्थित ऐ. बस्ने बर्ष अं. ६२ को काशिराम थारुले नाबालिका बर्ष अं. ८ की परिबर्तित नामथर संकेत ६५ कोहलपुर (०८२/०८३) ८ लाइ ज.ज.क गरेको भनी ऐ. १७:०० बजे निज पिडितको आफन्तले प्रहरी बिट कौशिलानगर बाँकेमा जानकारी गराउन साथ उक्त स्थानमा प्रहरी बिट कौशिलानगर बाँके बाट प्र.स.नि को कमाण्डमा २ जना र इ.प्र.का. कोहलपुर बाँके बाट प्र.नि को कमाण्डमा SOCO सहित ७ जनाको टोली खटी गइ निज काशिराम थारु लाइ नियन्त्रणमा लिइ इ.प्र.का कोहलपुर बाँकेमा ल्याइ बिस्तृत स्वास्थ्य परिक्षणको लागी प्र.स.नि को कमाण्डमा ५ जना टोलीले दुबै जनालाइ भेरी अस्पताल नेपालगंज बाँकेमा पठाइएको, आवश्यक अनुसन्धान भइरहेको । कुटपिट,बांके, जानकी गा.पा ६करातिपुर गाँउ बस्ने ऐ. चामार टोल बस्ने बर्ष अं.३६ को प्रदिप गडरियाको मोबाइल ऐ. करातिपुर टोल बस्ने राहुल हरिजनले मोबाइल लिएको बिषयलाइ लिइ निज दुइ जना ब्यक्ति बिच भएको बादबिबाद तथा झै-झगडाको बिषयलाइ लिइ करातिपुर टोलका स्थानिय अं. ३०/४० जनाको संख्यामा चमारटोलमा आइ निज प्रदिप गडरिया लाइ कुटपिट गरी बेहोस अबस्थामा बनाएको बाहिरी चोट नदेखिएको भन्ने खबर प्राप्त हुनसाथ प्र.चौ.गनापुर बाँके बाट प्र.ह को कमाण्डमा ४ जनाको टोली खटी गइ घाइतेलाइ उपचारको लागी एम्बुलेन्स द्धारा मेडिकल कलेज कोहलपुर बाँकेमा पठाइएको अवस्था सिरियस कुटपिटमा संलग्न ब्यक्तिहरुको खो.त तथा पक्राउको लागी इ.प्र.का कोहलपुर बाँके बाट प्र.स.नि को कमाण्डमा ९ जनाको टोली गएको उक्त स्थान प्र.चौ. गनापुर बाँके बाट अं. १.५ कि.मि पश्चिम दक्षिण पर्ने । ला.औ.,कैलाली, प्र.चौ.त्रिनगरबाट प्र.ह.देव बहादुर चन्द को कमाण्डमा खटिएको ३ जनाको प्रहरी टोलिले जिल्ला कैलाली धनगढी उपमहानगरपलिका २ त्रिनगर व्यारेल स्थित ऐ.ऐ. ५ बस्ने बर्ष ३० को यलसन चौधरीले चलाएको सु.प.प्र.०१-००१ प २५६८ नं.को मो.सा.लाई चेकचाँच गर्दा सोही मो.सा.पछाडी सवार ऐ.ऐ.घोडाघोडी न.पा.११ घर भई ऐ.धनगढी उ.म.न.पा.५ कोठा गरी बस्ने बर्ष १९ को पर्शुराम कठरियाको हातमा लुकाई छिपाई राखेको शुद्ध तौल १ ग्राम ४४० मिलिग्राम ला.औ. ब्राउन सुगर फेला पारी बरामद गरी मो.सा. सहित निजहरुलाई समेत नियन्त्रणमा लिइ थप अनुसन्धानको लागि जि.प्र.का.कैलालीमा ल्याई राखिएको, उक्त स्थान प्र.चौ.त्रिनगर ३०० मिटर उत्तर पर्ने, । दार्चुला, यस कार्यालय बाट प्र.नि. ईश्वर बहादुर थापा (९८४३५२०४६०)को कमाण्डमा खटी गएको प्रहरी टोलीले जिल्ला दार्चुला दुहु गा.पा. वडा न. ५ स्थित रहेको झोलुङ्गे पुलमा पैदल हिडी आई रहेको ऐ.ऐ. वडा न. १ बस्ने बर्ष ५६ को हर्क बहादुर बमलाई शंका लागी रितपुर्वक तलासी गर्दा निजले शरिरमा भिरेको निलो कालो रंगको झोला भित्र रहेको कालो प्लाष्टिकमा लुकाई छिपाई राखेको शुद्व तौल ४८० ग्राम लौ.औ. (चरेश) जस्तो देखिने कालो पदार्थ फेला पारी बरामद गरी निज हर्क बहादुर बम लाई पक्राउ गरी यस कार्यालयमा ल्याई राखिएको उक्त स्थान जिप्रका दार्चुला बाट १७ कि.मि. उत्तर पर्ने डुवान,पर्सा, बिरगंज म.न.पा.१६ स्थित रहेको प्र.चौ.बसपार्क भित्र अबिरल बर्षाको कारण पानी निकास सानो भएको र पुर्ण रुपमा पानी निकास हुन नसकेकोले कार्यालय भित्र २ फिट पानी पसि डुवानमा परेकोले चौकीमा कार्यरत प्र.क.,हात हतियार, संचार साधन, लत्ता कपडा, अन्य असभावका सामानहरु सहित बसपार्क टर्मिनल भवनको दोस्रो तल्लामा सरेको, हातहतियार तथा असभावका सामानहरु तालुक व.प्र.का. श्रीपुरमा पठाउने कार्य भइरहेको, उक्त स्थान प्र.चौ. बसपर्कबाट अं. १०० मिटर पश्विम पर्ने । काठमाण्डौ, का.म.न.पा.११ र १४ मा अविरल बर्षाको कारण बिभिन्न ठाँउमा खोला किनारामा रहेको सुकुम्बासी बस्तिहरुमा मजकुर कार्यालय र प्रहरी वृत्त,कालीमाटीबाट प्र.ना.उ. सहितको टोलि खटि गई उद्दार गरिएको ।बल्खु सुकुम्बासीमा रहेको ४१७ घरधुरीको अं १२०० जना मानिस मा ३०० जना बल्खु स्थित रहेको जनबिकास मा.बि. बसेको र अन्य बिभिन्न ठाँउमा आफन्तकोमा बसेको र टेकु बंशिघाट स्थित रहेको सुकुम्बासी बस्तीको अं १९७ घर धुरीमा १०० जना भन्दा बढि मानिस त्रिपुरेश्वर स्थित रहेको बिश्व निकेतन स्कुलमा बसेको र अन्य मानिसहरू आफन्तको घरहरुमा बसेको अन्य उद्धार कार्य जारी रहेको । बगाई डुबी बेपत्ता,बांके, खजुरा गा.पा.४ खजुरा गाउँपालिका भवन पछाडी रहेको बाबाकुटी तलाउमा पौडी खेल्ने क्रममा ऐ. बस्ने बर्ष अं.५१ को पोम बहादुर थापा उक्त तलाउमा डुबी बेपत्ता भएको भन्ने खबर यस इ.प्र.का.धनौली बाँकेमा जानकारी प्राप्त हुन साथ यस इ.प्र.का.धनौली बाँके बाट प्र.नि.पुर्ण बहादुर के.सि. ( ९८५८०९०६०६ ) को कमाण्डमा ७ जनाको टोली ऐ. १७;५० बजे खटि गई ऐ. १८;०० बजे घट्ना स्थलमा पुगि खो.त.कार्य भई रहेको । काठमाण्डौ, का.म.न.पा.२६ म्हैपी पुल नजिकै जि.बाँके घर भई हाल नयाँबसपार्क बस्ने वर्ष अं.२५।२६ को श्याम बुढाथोकी र निजको श्रिमती जि.काभ्रे पाँचखाल न.पा.१३ घर भई हाल नयाँबसपार्क बस्ने वर्ष २२ की ऋतु रोक्का दुईजना श्रिमान श्रिमती बिच झगडा हुँदा दुबै श्रिमान श्रिमतीले रानीबारीबाट बग्ने म्हैपी खोलामा हाम फालेको देखेर जि.धादिङ ज्वालामुखी गा.पा.०३ घर भई हाल म्हैपी बस्ने वर्ष २४ को अमन तुन्सिंह मगरले श्रिमान श्याम बुढाथोकीलाई सकुसल उद्धार गरे पश्चात पुन: ऋतु रोक्कालाई पनि उद्धार गर्नका निमित्त खोलामा गई उद्धार गरीरहँदा निजलाई नै बगाईरहेको अवस्थामा प्रहरी प्रभाग नयाँबसपार्कबाट प्र.नि.र प्रहरी वृत्त, लैनचौरबाट प्र.स.नि. को कमाण्डमा खटिई गएको टीली र स्थानियद्धारा सकुसल उद्धार गरिएको,श्रिमती ऋतु रोक्का मगर हाल सम्म फेला नपरेको,आफन्त सम्पर्कमा निजको आमा सरस्वती रोक्का मगर,खोजतलास कार्य जारी । ( श्रिमान श्याम बुढाथोकी उद्धार पश्चात प्रहरीको सम्पर्कमा नआई श्रिमतीलाई खोज्छु भनि विष्णुमती खोलाको किनारै किनारमा ढल्कु तर्फ लागेको भन्ने बुझिएको) । ‍प्रहरी वृत्त लैनचौरबाट प्र.ना.उ.को कमाण्डमा ८ जनाको टोली खटिई गएको ।घटनास्थलबाट अं. ८०० मि.उत्तर पर्ने । भवितव्य मृत्यु,पर्सा, बिरगंज म.न.पा.२५ स्थित रहेको मनाव सेवा आश्रममा लगभग ३० महिना देखि आश्रित महिला अं.८० बर्षकी पुतलीको मृत्यु भएको (नाम थर ठेगना नखुलेको) भनि ऐ.१८;१० बजेको समयमा प्र.चौ. सिर्सिया पर्सामा जानकारी गराउन साथ प्र.ना.नि.को कमाण्डमा टोलि खटिगएको, अन्य कानुनि प्रकृयाको तालुक व.प्र.का. श्रीपुर पर्साबाट प्र.नि.को कमाण्डमा SOCO सहितको टोलि खटिगएको, उक्त स्थान प्र.चौ. सिर्सिया, पर्साबाट अं.२ कि.मि. दक्षिण पुर्व पर्ने ।  नवलपुर(वर्दघाट सुस्ता पुर्व), कावासोती न.पा. १७ चिसापानी बस्ने बर्ष ५२ को दिल बहादुर खत्री आफ्नै घरको पछाडी (कर्सामा)लडिरहेको अवस्थामा निजको छोरी कोपिला खत्रीले देखी उपचारको लागी मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा ल्याएकोमा ऐ. २२;४५ बजे मृत्यु भएको शरिरमा घाउचोट केही नभएको उक्त स्थानमा प्र.चौ. कोल्हुवा बाट प्रसनि कल्याण यादवको कमाण्डमा २ जनाको टोली खटिगइ थप बुझ्ने कार्य भइरहेको घटनास्थल प्र.चौ.कोल्हुवा बाट ८ किमि उत्तर पर्ने ।

मिति २०८२।०६।१७ गते ०५:०० बजे देखि ऐ १८ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०६-१८

सवारी दुर्घटना ,उदयपुर, बर्दिबास न.पा.११ स्थित भित्रि सडक खण्डमा खयरमाराबाट काठमाण्डौ तर्फ गईरहेको ना.६ ख.१४६४ नं.को यात्रुवाहक बस पल्टिन गई सवारी दुर्घटना भएको भनी जानकारी प्राप्त हुनासाथ प्र.चौ.खयरमाराबाट प्र.ब.ह.को कमाण्डमा ३ जना र इ.प्र.का.बर्दिबासबाट प्र.ना.उ.को कमाण्डमा ११ जनाको टोली खटी गई बुझ्दा पैदल यात्री ऐ.बर्दिबास न.पा.१० बस्ने अं.वर्ष ७३ को चुलाही चौधरीको घटनास्थलमै मृत्यु भएको, शव घटनास्थलमा नै रहेको, बसमा सवार  अं.४१ जना यात्रीहरु  घाइते भई उपचारको लागि शुभ स्वस्तिक अस्पताल बर्दिबास पठाएकोमा १ जना घाईतेलाई उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको, दुवै शव पो.मा.को लागि सरकारी अस्पताल बर्दिबास पठाईएको, ४ जनाको अवस्था गम्भीर, ऐ.१२ बस्ने  नेपाल प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नं. १ नक्साल दरवन्दी भई प्रहरी वृत्त गौशालामा कार्यरत बर्ष ३७ की प्रहरी हवल्दार शान्ती संजेल समेत १७ जना मध्यम, १९ जना सामान्य रहेकोमा, ३ जना सामान्य उपचार पश्चात डिस्चार्ज भएका, घाईतेहरुको  शुभ स्वस्तिक, जनसेवा  अस्पताल र CT कियर अस्पतालमा उपचार भईरहेकोमा गम्भिर घाईते ५ जनालाई नेपाली सेनाको हे.क.द्वारा थप उपचारको लागि काठमाण्डौं पठाईएको, घटनास्थलबाट बस निकाली श्री लक्ष्मी नारायण जनता मा.वि.विद्यालयमाको ग्राउण्डमा ल्याई राखिएको,उक्त स्थान प्र.चौ.खयरमाराबाट  अं.२ कि.मि.दक्षीण पर्ने  । ज.ज.क. , बालयौन दुरुपयोग,उदयपुर, उदयपुर १६ गते अ.२२:०० बजेको समयमा कटारी न.पा.वडा नं ६ चुहाड स्थित साँघुरी पुल नजिक जंगलमा जिल्ला उदयपुर कटारी न.पा. वडा नं ४ बस्ने परिवर्तित नाम कटारी C1 (२०८२/२०८३) को श्रीमति वर्ष २७ कि परिवर्तित नाम C (२०८२/२०८३) लाई जिल्ला उदयपुर कटारी न.पा. वडा नं ६ सोमबारे बस्ने अ.वर्ष २६ को न्युजन राई र ऐ.ऐ.बस्ने बर्ष २२ को भोज कुमार पाण्डे समेत गरी जम्मा २ जनाले जवरजस्तिकरणी गरेको भनी आज मिति २०८२।०६।१७ गते १६;०० बजे पिडित इ.प्र.का.कटारी उदयपुरमा आई जाहेरी दरखास्त दिन साथ तत्काल इ.प्र.का.कटारी उदयपुरबाट प्र.ना.नि. इन्द्र कुमार श्रेष्ठको कमाण्डमा प्रहरी टोली खटी गई, न्युजन राई र भोज कुमार पाण्डेलाई नियन्त्रणमा लिई इप्रका कटारी उदयपुरमा ल्याई थप अनुसन्धान कार्य भई रहेको, पिडितको अवस्था सामान्य रहेको , उक्त घटनास्थल इ.प्र.का.कटारी उदयपुरबाट अ.९ कि.मि. पुर्व पर्ने । झापा, जिल्ला ०४-४-१६ न.पा.वडा न.(ज) बस्ने परिवर्तित नाम B को छोरी जिल्ला ०४-४-१६ न.पा.वडा न.(ज) बस्ने परिवर्तित नाम २०८२/०८३ झिलझिले B1 लाई आफ्नै घरको माथि पट्टी रहेको वरण्डाको भागमा सुतिरहेको अवस्थामा जिल्ला झापा शिवसताक्षी न.पा. वडा नं. ७ तुम्देन चौक बस्ने वर्ष ३५ को राकेश भन्ने युक्फोदेन शेर्माले जवरजस्ती करणी गरिरहेको अवस्थामा निज पिडितको आमा जिल्ला ०४-४-१६ न.पा.वडा न.(ज) बस्ने परिवर्तित नाम २०८२/०८३ झिलझिले B2 ले देख्न साथ निज फरार भएको हुदा निजलाई पक्राउ गरी कानुन बमोजिम कारबाही गरि पाँउ भनि निजको बुबा परिवर्तित नाम B ले मिति २०८२।०६।१७ गते १३:०० बजे इप्रका झिलझिलेमा जाहेरी दिइएको हुदा उक्त स्थानमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रसनि को कमाण्डमा प्रहरी टोली खटि गई निज राकेश भन्ने युक्फोदेन शेर्मालाई ऐ.१५:०० बजे निजको वतनबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय झिलझीलेमा ल्याई अनुसन्धान भईरहेको, उक्त स्थान इप्रका झिलझिलेबाट अ.४.५ किलोमिटर दक्षिण पर्ने । धारिलो हतियार प्रहार,रुपन्देही, सिद्धार्थनगर.न.पा ०८ लुम्बिनि रोड होटल सन स्टार भित्र जि. रुपन्देहि मायादेबि -०८ मतखोला बस्ने बर्ष २२ को ओमकार पर्थरकट्टा भन्ने ब्यक्तिले धारिलो हतियार (खुकुरी ) प्रहार गर्दा ऐ सि.न.पा ०३ बस्ने बर्ष २४ को बिमल आले मगर (९८२३८८१२७०) को निधारमा चोट , अबस्था सामान्य , उपचारको लागि भिम अस्पताल भैरहवा पठाएको , घटनास्थलमा व.प्र.का बाट प्र.स.नि जबर सिहं सुनारको कमाण्डमा ४ जनाको टोलि खटि गएको चक्कु प्रहार गर्नेको खो.त.भैरहेको , घटनास्थल यश व.प्र.का बाट १.५ कि.मि पश्चिम पर्ने । झापा, बिर्तामोड नपा वडा न.९ हल्दिवारी जाने बाटोमाऐ.७ गरामनी बस्ने सप्नी राजबंशीको छोराबर्ष अ.१८ को बर्षात राजबंशीलाई एक्कासी तत्काल नामथर नखुलेको के कुन मानिसले कुटपिट तथा धारिलो हतियार छुराले प्रहार गरी घाईतेबनाई तत्काल प्रादेशीक अस्पताल भद्रपुर झापामा सामान्य उपचार पश्चात थप उपचारको लागी बिएनसि अस्पताल बिर्तामोड तर्फ पठाएको,पिठ्युमा चोट,अबस्था मध्यम,उपचारमा निजकै आमा ९८१६९८४३६२ संलग्न रहेको भन्ने ऐ.२०;२५ बजेको समयमा सोही अस्पतालमा खटेको प्रकले इप्रका अनारमनीमा जानकारी गराउना साथ तत्काल अप्रचौ गरामनीबाट प्रसनि को कमाण्डमा ३ जनाको टोलि खटि गई कुटपिट तथा छुरा प्रहार गर्ने मानिसहरुको पहिचान तथा खोजतलास भईरहेको । कास्की, मिति २०८२।०६।१७ गते अं.२२:०० बजे जि.कास्की अन्नपूर्ण गा.पा. १ नौडाडा बस्ने बर्ष १७ को आशिष बि.क.ले मा.प.से. गरी साथीको घरमा आएकी जि.कास्की पोखरा म.न.पा. १४ छिनेडाडा बस्ने बर्ष २५ की सम्झना बि.क.लाई हसिया प्रहार गर्दा घाईते भई उपचारको लागी पश्चिम क्षेत्रीय अस्पताल पठाएको, बाया हातमा चोट, अवस्था मध्यम, उपचारमा साथी अस्मिता वि.क.(९७०९६१५८५३) संलग्न, उक्त स्थानमा प्र.चौ.नौडाडाबाट प्र.स.ह.नारायण श्रेष्ठ (९८५६००१७२८) को कमाण्डमा ३ जनाको टोली खटि गएको, आशिष बि.क. हसिया सहित जि.प्र.का. कास्कीको नियन्त्रणमा, ऐ.१८ गते ००:३० बजे आफुखुसी निस्की हिडेको । ताप्लेजुङ, आठराई त्रिबेणी गापा-४ छ ढुङ्गे बस्ने बर्ष अ. ७५ को ददिराम श्रेष्ठले के कुन कारण मापसे गरी धारिलो हतियार खुकुरीले आफ्नै वाया पट्टीको घाटीमा रेटी घाइते भएकोले उपचारको लागी ऐ. २२;३० बजेको समयमा जिल्ला अस्पताल ताप्लेजुङमा ल्याई उपचार भई रहेको, घाइतेको वाँया पट्टी घाटीमा चोट लगेको, अवस्था मध्यम सामान्य बोल्न सक्ने, उपचरमा निजको छोरा लोक बहादुर श्रेष्ठ (९८६३७२९३२६) संलग्न रहेको भनि सोही अस्पतालमा खटिएको प्रकले जानकारी गराएको, उक्त स्थानमा इप्रका दोभान बाट प्रनिको कमाण्डमा ५ जनाको टोली खटी गएको । चोरी,झापा, हल्दीवारी गा.पा. वडा नं.२ सुर्य होली चौक स्थितमा ऐ.ऐ. बस्ने केदार प्रसाद रिजालको १ तल्ले घरमा कोही नभएको समयमा घरको दक्षीण पट्टिको ढोकाको कब्जा फुटाई चोरी भएको भन्ने जानकारी प्राप्त हुन साथ प्र.स.नि. ज्ञान ना. श्रेष्ठको कमाण्डमा टोली खटि गई बुझ्दा सुनको बिभिन्न गर-गहना तथा नगद रु.५०,०००।– समेत गरी जम्मा अमुरु.१३,००,०००।– बराबरको चोरी भएको, चोरी गर्ने ब्यक्तीको पहिचान तथा खो.त. लगायतको कार्य भई रहेको शीशु वेवारिसे फेला,बारा, जिल्ला बारा सिम्रौनगढ न.पा.९ बसवरीया स्थित जोगिन्द्र साहको खाली घर अगाडी रहेको झाडिमा अं.५\६ दिनको नवजात शिशु कपडाले बेरेको बेवारीसे अवस्थामा छ भन्ने खबर प्राप्त हुन साथ प्र.चौ.कचोर्वा बारा बाट प्र.स.नि.बल बहादुर तमाङ(९८५११९८२५७)को कमाण्डमा टोली खटी गई निज बेवारीसे नवजात शिशु लाई तत्काल प्र.ज.अर्जुन यादवको जिम्मा लगाई एम्बुलेन्स मार्फत प्रादेशिक अस्पताल कलैया बारा तर्फ पठाईएको , नवजात शिशु अवस्था सामान्य देखिएको ,उक्त स्थान प्र.चौ.कचोर्वा बारा अं.८०० मि.पश्चिम पर्ने अन्य वि.वि. पछी(०) , ला.औ.,सिराहा, कल्याणपुर न.पा.३ ईटाई प्रसाई बस्ने जगदिश यादवको छोरा अं बर्ष २२ को श्याम कुमार यादवले आफ्नै घर अगाडि काठको घुम्तीमा (कठघेरा) मा पसल गरी बसेकोमा शंका लागी इ.प्र.का. कल्याणपुरबाट प्र.ना.नि.को कमाण्डमा खटिएको गस्ती टोलिले चेकजाँच गर्दा पसल भित्र रहेको ब्यागभित्र कालो प्लाष्टिकमा प्लाष्टिक सहित गाँजा १२० ग्राम, प्लाष्टिक बाहेक ११० ग्राम गाँजा फेला पारी गाँजा सहित मानिस नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी इ.प्र.का.मिर्चैयामा ल्याई राखिएको,उक्त स्थान इ.प्र.का.कल्याणपुरबाट अं.४ कि.मि.दक्षिणपर्ने ।    बर्दिया, राजापुर न.पा. ४ सरस्वती सामुदायिक वन स्थित प्र.स.नि.को कमाणडमा खटिएको गस्ति टोलिले कैलाली देखी बर्दिया राजापुर बजारतर्फ शंकास्पद रुपमा पैदल आउदै गरेको ऐ.अस्पताल टोल बस्ने बर्ष अं.२१ को राहुल लोनिययालाई शंका लागी चेकजाँच गर्ने क्रममा निजको साथबाट प्लाष्टिकको पुरिया बनाई लुकाई छिपाई राखेको प्लाष्टिक सहित १ ग्राम १२० मिलिग्राम र शुद्द तौल ९४० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने खैरो गिलो पदार्थ ला.औ.फेला पारी नियन्त्रणमा लिई यस का. को हिरासतमा राखिएको उक्त स्थान इ.प्र.का.राजापुर बर्दियाबाट अं.२ कि.मि.पश्चिम पर्ने मकवानपुर,मिति २०८२।०६।१७ गते अं.१८:०० बजेको समयमा जि.मकवानपुर हेटौडा उ.म.न.पा.१५ रातोमाटे चेकपोईन्ट स्थित पुर्व पश्चिम सडक खण्डमा बिशेष सुचनाको आधारमा प्र.चौ.रातोमाट मकवानपुरबाट प्र.ब.ना.नि. श्याम किशोर यादव (९८५५०३२७८९) र तालुक जि.प्र.का.मकवानपुरबाट प्र.ह.डिल्लिराम सिवाकोटिको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले बिरगंजबाट हेटौडा बजार तर्फ आउदै गरेको म.प्र.०३-००१ ज ०६७० नं. को ई.भि. गाडीलाई चेकजाँच गर्दा सोही गाडीमा सवार भई आएका जि. मकवानपुर मनहरी गा.पा.३ बस्ने वर्ष अं.२० को रुपेश पौडेलले बोकेको सेतो प्लाष्टिकको झोला भित्र चकलेटको खोल भित्र लुकाई छिपाई ल्याएको ला.औ. खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ (प्लाष्टिक सहित तौन गर्दा) ११ ग्राम फेला पारी निज संगै सोही स्थान बस्ने बर्ष अं.१५ को इस्मात तिमिल्सिना समेतलाई नियन्त्रणमा लिई ला.औ. सहित दुबै जनालाई थप अनुसन्धान तथा आवश्यक कार्बाहिको लागी तालुक जि.प्र.का. मकवानपुर पठाएको, ई.भि.गाडी गन्तब्य तर्फ पठाएको, उक्त स्थान प्र.चौ.रातोमाटे मकवानपुरबाट अं. ५० मिटर पुर्व पर्ने । मकवानपुर, मिति २०८२।०६।१७ गते अं.२०:३० बजेको समयमा जि.मकवानपुर हेटौडा उ.म.न.पा.८ सनोटकोलेनि स्थित भित्रि सडक खण्डमा बा.प्र.०३-००१ च ११२८ न.को डिआई पिकअप गाडि रोकि ला.औ.बिक्रि वितरण भईरहेको छ भन्ने विशेष सुचनाको आधारमा जि.प्र.क.मकवानपुरबाट प्र.ह.डिल्लिराम शिवाकोटी (९८४५७१८५४५) को कमाण्डमा टोलि खटि गई चेकजाच गर्दा उक्त गाडिको चालक सोहि स्थान बस्ने बर्ष अं.२६ को दिपेश खड्काको साथबाट ला.औ.खैरोहिरोईन जस्तो देखिने धुलो पदार्थ ३ ग्राम ८६० मिलिग्राम (तौल भएको) फेला परेको हुदा सोहि गाडिमा सवार सोहि स्थान बस्ने बर्ष अं.३८ को दिपेश घिमिरे , बर्ष अं.३४ को रामहरी अधिकारी सहित ३ जना,ला.औ.र गाडिलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जि.प्र.का. मकवानपुरमा ल्याई राखिएको,उक्त स्थान जि.प्र.का.मकवानपुरबाट अं.४ कि.मि.पुर्व पर्ने बगाई डुबी बेपत्ता,जाजरकोट, भेरी न.पा.वडा नं.१ रिम्ना बस्ने नरेन्द्र रानाको छोरा बर्ष अ.२२ को चित्र बहादुर राना लगायत ६ जना साथीहरु भेरी नदीमा माछा मार्न गएकोमा निज चित्र बहादुर रानाको भेरी नदीले चप्पल बगाई चप्पल छोप्ने क्रममा भेरी नदीले बगाई बेपत्ता भएको भनि निजको साथी ऐ.बस्ने धन बहादुर शाही र दिवाकर बाठा मगरले ऐ. १६:३५ बजेको समयमा इलाका प्रहरी कार्यालय रिम्ना जाजरकोटमा जानकारी गराउना साथ इलाका प्रहरी कार्यालय रिम्ना जाजरकोटबाट प्र.ना.नि.को कमाण्डमा ७ जनाको प्रहरी टोली खटि गएको,स्थानिय र प्रहरीद्वारा खो.त. भईरहेको । Gen-z आन्दोलनका  फरार प्रतिवादी/थुनुवा पक्राउ,उदयपुर, उदयपुर १७ गते अ.१६:३० बजेको समयमा बेलका न.पा.०९ कमलावारी बस्ने बर्ष अ.२८ को नरेश बि.क. लागु औषध मुद्धामा झुम्का कारागार सुनसरीमा थुनामा रहेको बन्दी मिति २०८२।०५।२४ गते जेन्जि आन्दोलनको क्रममा भागि गाँउ घरमा लुकिछिपि बसिरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. रामपुर ठोक्सिला उदयपुरबाट प्र.नि सहितको प्रहरी टोलि खटि गई निजलाई घर वतनमा फेला पारी पक्राउ गरी इ.प्र.का. रामपुर ठोक्सिलामा ल्याई इ.प्र.का. रामपुरठोक्सिलामा कार्यरत प्र.स.नि.-४ जना प्रहरी टोलिले अड्डासार गरी इ.प्र.का. मेहेन्द्रनगर सुनसरी बुझाउन प्रहरी भेनमा राखि लिई गएको, उक्त स्थान इ.प्र.का. रामपुर ठोक्सिला उदयपुरबाट अ.२ कि.मि. पूर्व । नुवाकोट, जिल्ला नुवाकोट लिखु गा.पा.१ राम्चे स्थित ऐ.ऐ. बस्ने बर्ष अ.३० को सागर तामाङ कर्तब्य ज्यान मुद्धामा कारागार कार्यालय तनहुमा कैद भुक्तान गरिरहेकोमा मिति २०८२/०५/२४ गते भागि आफ्नै घरमा आएको छ भन्ने खबर प्राप्त हुनसाथ उक्त स्थानमा इ.प्र.का. ढिकुरे नुवाकोटबाट प्र.ना.नि.कृष्ण आचार्य(९८५१२८३२६३)को कमाण्डमा टोली खटि गई नियन्त्रणमा लिई कैद भुक्तानको लागि केन्द्रिय कारागार कार्यालय खम्पाक्याम्प नुवाकोटमा पठाएको, उक्त स्थान इ.प्र.का.ढिकुरेबाट अ.४ कि.मि.पश्चिम पर्ने  । दाङ,.प्र.का.सिसहनिय दाङबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिईएको प्रहरी टोलीले जेन्जि आन्दोलनको क्रममा तुलसीपुर कारागार दाङबाट भागेको कर्तब्य ज्यान मुद्दाको कैदी जिल्ला दाङ राप्ती गा.पा.-८ पिपरी बस्ने बर्ष २८ को बुद्धिराम चौधरी भन्ने बुधराम चौधरीलाई निजको घरबाट नियन्त्रणमा लिई,इ.प्र.का.सिसहनिया दाङमा ल्याई राखेको । थपअपडेट:- ऐ.१०:२० बजे प्र.स.नि.मदन एम.सी.को कमाण्डमा २ जनाको टोलि निज कैदिलाई तालुक इ.प्र.का.भालुवाङ दाङमा ल्याई बुझाएको । रोल्पा, मिति २०८२।०६।१७ गते अं.१०;३० बजेको समयमा रुन्टिगढि गाउँपालिका वडा नं.४ मसिना बस्ने ज.ज.क. मुद्धाको कैदि बर्ष १८ को किशन परियार ललितपुर जिल्ला अदालतमा मुद्धा चलेकोमा मिति २०८२।०५।२४ गतेको GEN-J आनदोलनको क्रममा बाल सुधार गृह भक्तपुर बाट भागि फरार रहेको हुदाँ निजको ठुलोबुवा सेते दमाईले अ.प्र.पोष्ट सुर्पाल रोल्पामा ल्याई बुझाएको,निज कैदिलाई ऐ.१२;२० बजेको समयमा इ.प्र.का.होलेरी रोल्पामा ल्याई राखिएको । उदयपुर, उदयपुर ०६।१७ गते अ.२२:५५ बजेको समयमा जिल्ला उदयपुर त्रियुगा न.पा. वडा नं ०२ शिवालय मन्दिर नजिक झै-झगडा भएको भन्ने खबर प्राप्त हुनसाथ तत्काल प्रचौ. जोगिदह उदयपुरबाट प्र.स.नि. दिनेश कुमार साह (९८५२८३५५१७) को कमाण्डमा प्रहरी टोलि खटि गई बुझ्दा ऐ. त्रियुगा न.पा. वडा नं १ घर भई बर्ष अ. ३१ को दिलिप परियार (ज.ज.क. मुद्धामा नख्खु कारागार ललितपुरमा थुनामा रहेको बन्दी मिति २०८२।०५।२४ गते GEN-Z आन्दोलनको क्रममा भागी ऐ. ऐ. बस्ने वर्ष अ.५१ को भिम बहादुर परियार सानो बुवा नाता पर्नेको घरमा लुकिछिपि बस्दै आएको) र ऐ.त्रियुगा न.पा. वडा नं १ बस्ने मन कुमार परियारको छोरा वर्ष अ. १७ को विजय परियारले बाटोमा हिड्दै गरेको ऐ. त्रियुगा न.पा. २ बस्ने उदिम राईको छोरा वर्ष अ.१५ को सन्देश राई र निजकै घरमा पाहुना आएकी जिल्ला सर्लाही लालबन्दी न.पा.वडा नं ०७ बस्ने वर्ष अ. ३४ की कविता बस्नेत दुबै जनालाई हातपात गरेको निज कविता राईको टाउकोमा टुटुल्को उठेको, र सन्देशको आँखामाथि चोट दुबै जनालाई उपचारको लागी जिल्ला अस्पताल उदयपुर गाईघाट पठाएको, दुबै जनाको अवस्था सामान्य रहेको, कुट्ने व्यक्ति दुबैजना मानिस जिप्रका उदयपुरमा ल्याई थप अनुसन्धान भइरहेको,उक्त स्थान प्र.चो. जोगिदह उदयपुरबाट अ.२ कि.मि. पुर्व । काठमाडौं, मिति २०८२।०५।२३ र २४ गते जेन्जि आन्दोलनको क्रममा वृत्त नयाँ बानेश्वरको हिरासतमा रहेका प्रतिवादीलाई खोज तलासकोक्रममा चोरी सम्बन्धी कसुर मुद्दामा अनुसन्धमा रहेको प्रतिवादी जिल्ला काभ्रपलान्चोक धुलिखेल न.पा.०८ स्थायी वतन भई बस्ने बर्ष ३२ को सरोज भुजेललाई मिति २०८२।०६।१७ गते अं. १८:४५ बजे का.जि.का.म.न.पा. ३२ गैरीगाउँ तिनकुने स्थित निजलाई फेला पारी निजलाई पक्राउ गरि आवश्यक कारबाहीका लागी जिल्ला प्रहरी परिसर काठमाण्डौमा पठाईएको । उक्त स्थान वृत्त नयाँ बानेश्वरबाट ५०० मिटर पुर्ब । निजको साथबाट बरामद भएका सामानहरुः-१) हातमा लगाउने फलामकोनक । २) लागु औषध जस्तो देखिने पदार्थ २ पिस । ३) बिलेट थान-१ । बालबालिका हराई बेपत्ता,ललितपुर, महालक्ष्मी नगरपालिका वडा नम्बर ०८ लुभु ज्याकटा स्थित voice 0f children नामक बालसुधार गृहबाट निम्न नामथर हुलिया अमन गुरुङ ,उमेर :- १५ वर्ष, उचाई :- ६ फिट, बर्ण :- गहुगोरो, हुलिया :- खैरो कलरको बक्स पाइन्ट, सेतो र कालो मिक्स कलरको टिसर्ट, जुत्ता लगाएको र नाम :- मनोज थापा, उमेर :- १५ वर्ष, उचाई :- ५.३ फिट, बर्ण :- गहुगोरो, हुलिया :- कालो कलरको बक्स पाईन्ट, सेतो र कालो कलरको मिक्स भेष्ट लगाएको बालकहरु हराएको भनि पिडित (कर्मचारी) देव राज बराल (९८४५६०१४०९) ले मिति २०८२।०६।१७ गते १५:५० बजेको समयमा प्रहरी प्रभाग लुभु मा आई मौखिक जानकारी गराएको । उक्त स्थान प्रहरी प्रभाग लुभुवाट अं. १ कि.मि. पुर्व पर्ने । कैलाली, धनगढी उप-महानगरपालिका १ स्थित रहेको कारागार कार्यालय कैलालीबाट Gen-Z समुहको आन्दोलनको क्रममा मिति २०८२।०५।२४ गते भागी फरार रहेको जि.कैलाली चुरे गा.पा.६ सहजपुर बस्ने बर्ष २९ कि कल्पना राना कर्तव्य ज्यान मुद्दाकि कैदी स्वयम कारागारमा आई बसेको भनि सोही गार्डमा खटिएको प्र.ब.ना.नि. ले जानकारी गराएको, उक्त स्थान जिल्ला प्रहरी कार्यालय कैलालीबाट अं.५०० मिटर पश्चिम दक्षिण पर्ने । कैलाली, धनगढी उप-महानगरपालिका १ स्थित रहेको कारागार कार्यालय कैलालीबाट Gen-Z समुहको आन्दोलनको क्रममा मिति २०८२।०५।२४ गते भागी फरार रहेको जि.कैलाली गोदावरी न.पा.५ बस्ने बर्ष २६ को मनोज राना ला.औ. मुद्दाको थुनुवा स्वयम कारागारमा आई बसेको भनि सोही गार्डमा खटिएको प्र.ब.ना.नि.ले जानकारी गराएको, उक्त स्थान जिल्ला प्रहरी कार्यालय कैलालीबाट अं.५०० मिटर पश्चिम दक्षिण पर्ने। झै-झगडा,धनुषा , जनकपुर उ.म.न.पा.२० देवपुरा रुपैठा स्थितमा रहेको दुर्गा मन्दिरबाट अं.३००/३५० जनाको संख्यामा दुर्गा माताको मुर्ती सेलाउनको लागी र्याहली शुरु भएको,उक्त र्या५ली सोही स्थानबाट सिक्स लाईन-बसैयामोड-रुपैठा-भिसा महला-झण्डा पोखरी-ब्राह्मण टोल-तेलिया पोखरी-जनताचोक-साहुजी पट्टी-निमचोक-गंगुलीपुल स्थित जलद नदीमा मुर्ती सेलाउने भन्ने बुझिएको,उक्त स्थानमा प्र.चौ.हनुमाननगरबाट प्र.ना.नि.को कमाण्डमा ४ जना, तालुक जि.प्र.का.धनुषाबाट प्र.नि.को कमाण्डमा ५६ जना र स.प्र.ना.नि.को कमाण्डमा २१ जना गरी जम्मा ८१जानको टोली खटि गएको,उक्त स्थान प्र.चौ.हनुमाननगरबाट अं.३ कि.मि.दक्षिण पश्चिम पर्ने । थप टिपोटः-माथि उल्लेखित बिषयमा रूपैठाको मस्जिद अगाडी पुग्दाऐ.१६:१५ बजेको समयमा हिन्दु र मुस्लिम दुई समुदायका अं.५०० /७०० जनामानिसहरूको संख्यामा भोजपुरी गित बजाएको बिषयलाई लिई दुबै पक्ष बिच बादबिवाद भई उक्त भिडको मानिसहरुले प्रहरी माथि ढुंगा मुडा गरिरहेको, सम्झाई बुझाई कार्य भई रहेको उक्त स्थानमा इ.प्र.का.खजुरी धनुषाबाट प्र.नि.को कमाण्डमा थप २५ जना गरी जममा १०६ जनाको टोली खटिएको हालको अवस्था तनाब पुर्न रहेको। थप टिपोटः- माथि उल्लेखित झडपमा निम्न प्र.क.र स्थानियहरु घाईते भई प्रादेशिक अस्पताल जनकपुरमा उपचार भईरहेको,उक्त स्थानमा भिडलाई नियन्त्रणमा पार्नको लागी नेपाल प्रहरीको तर्फबाट २३ सेल Tear ग्यास फायर भएको २३ राउण्ड मध्ये जि.प्र.का.धनुषाको १३ , इ.प्र.का.खजुरीको २ , तालुक मधेश प्रदेश प्रहरी गण जनकपुरको ८ राउण्ड फायर भएको र घर र पसलहरुमा क्षति र आगजनी समेत भएको,क्षतिको विवरण आउन बाँकी रहेको,उक्त स्थानमा जि.प्र.का.धनुषा,मधेश प्रदेश प्रहरी गण जनकपुर,नेपाल प्रहरी विशेष सुरक्षा गण ढल्केवर,विपद प्रहरी गुल्म धनुषा र मातहत समेत गरी प्र.नि.को कमाण्डमा जम्मा १७५ जना र सशस्र प्रहरी वल नं.८ गण हे.क्वा,मुजेलियाबाट स.प्र.ना.उ.को कमाण्डमा १०० जना गरी जम्मा २७५ जनाको टोली खटि गएको,हालको अवस्था सामान्य रहेको साथै उक्त झडप भएको स्थानमा निषेधज्ञा जारी भएको पत्र यसै साथ संलग्न राखी पठाईएको,मुर्ती सेलाउने स्थानमा पुगी सेलाउने कार्य भईरहेकोअन्य वि.वि.पछि निम्नः- १) प्र.प्र.नि.विवेक रसाईलीको अनुहारमा चोट लागी सामान्य घाईते भई प्रादेशिक अस्पताल जनकपुरमा सामान्य उपचार पश्चात डिस्चार्ज भई जि.प्र.का.धनुषामा आएको । २) प्र.नि.संजिव कुमार यादवको I-phone मोवाईल थान-१ फुटेको । ३) स.प्र.ज.शन्त बहादुर वाईवा सामान्य घाईते भई उपचार पश्चात कार्यालयमा रहेको । ४) जिल्ला धनुषा जनकपुर उ.म.न.पा.२० बस्ने नथुनी मण्डलको छोरा अं.वर्ष ६५ को रामपृत मण्डलको टाउको,ढाड र शरिरको विभिन्न भागमा चोट,अवस्था मध्यम रहेको । ५) ऐ.ऐ.बस्ने वुद्धन पंडितको श्रीमती अं.वर्ष ४५ की उर्मिला पंडितको टाउको,ढाड र शरिरको विभिन्न भागमा चोट,अवस्था मध्यम रहेको । थप टिपोटः- माथि उल्लेखित मुर्ती ऐ.१९;३० बजेको समयमा मुर्ती सेलाउने स्थानमा सेलाएको । सर्लाही, गोडैता न.पा.७ स्थित बाटोमा जि.सर्लाही रामनगर गा.पा.५ बस्ने अं.बर्ष ३५ को अनिल यादब (ठेकेदार) र ऐ.गोडैता न.पा.६ बस्ने कारिल यादब संग दुर्गा पुजाको चन्दाको बिषयमा वादबिवाद भई झगडा हुँदा कारिल यादब घाईते भएकोले उपचारार्थ प्रादेशिक अस्पताल मलंगवा तर्फ पठाईएको र सोही बिषयलाई लिएर ऐ.१८;३५ बजेको समयमा अनिल यादबलाई छलफलको लागी प्र.चौ. गोडैतामा बोलाएकोमा सोही समयमा ऐ.वडा न.७ का वडा अध्यक्ष छोटेलाल भन्ने दिनेश यादब र निजको भाई समेतले स्थानिय मानिसहरुलाई साथमा लिई आई चौकी भित्र प्रवेश गरी अन्धाधुन्ध ढुङगामुढा प्रहार गर्दा चौकीमा कार्यरत (दरवन्दी जि.प्र.का. सप्तरी अ.अ. शाखा, कम्प्युटर कोड नं.४३७७५३) प्र.ना.नि. अवधेश प्रसाद यादबको मुखमा चोट लागी २ वटा दाँत भाँचिनुका साथै निम्न प्रहरी कार्मचारी समेत घाईते भएको र कार्यालयको मो.सा.मा क्षती पुगेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. गडहिया बाट प्र.नि. उज्जवल कार्की (९८५४०७९४४४) को कमाण्डमा खटिएको टोलीले घाईते प्र.ना.नि.लाई तत्कालै उपचारको लागी प्रादेशिक अस्पताल मलंगवा तर्फ पठाईएको, उक्त स्थान जि.प्र.का. सर्लाही बाट अं.१० कि.मि. पश्चिम पर्ने । निम्नः- (स्थानिय मेडिकलमा उपचार पश्चात कार्यालयमा फिर्ता भएको) १. प्र.ब.ह. होरिल प्रसाद यादबको दाहिने तिघ्रामा चोट, अवस्था सामान्य । २. प्र.स.ह. जय प्रकाश नारायण साहको बाँया हातमा चोट, अवस्था सामान्य । ३. प्र.स.ह. नन्दलाल ठाकुर दाँया हातको पाखुरामा चोट, अवस्था सामान्य । ४. प्र.ज. प्रकाश यादबको दाहिने खुट्टामा चोट, अवस्था सामान्य । ५. प्र.ज. शिवजी रायको दाहिने पंजामा चोट र बाँया हातको पंजामा चोट अवस्था सामान्य ।  बांके, बाँके जिल्लाको बिभिन्न स्थानहरुमा स्थापना गरिएका दुर्गा मुर्तिहरु राप्ति नदी तथा बिभिन्न घाटहरुमा बिसर्जनका लागि स्थापना गरेको स्थान देखि उठाउने कार्य शुरु भएको, उक्त स्थानहरुमा जि.प्र.का.बाट प्र.उ.को कमाण्डमा ११०० जना लुम्बिनी प्रदेश स.प्र. गण खजुराबाट प्र.नि. को कमाण्डमा १५० जना, नेपाल प्रहरी बिशेष सुरक्षा गण सुर्खेत हाल कोहलपुरबाट प्र.ना.नि.को कमाण्डमा ५० जना गरी जम्मा १३०० जनाको प्रहरी टोली र ३० नं. गण हे.क्वा. बाग्यश्वरीबाट स.प्र.उ.को कमाण्डमा ३४७ जनाको टोली समेत खटिएको, कुल मुर्ति स्थापना संख्या ४०३ रहेकोमा ऐ.१५:२० बजे जि.बाँके नेपालगंज उ.म.न.पा.१५ सुइया स्थित दुर्गा मुर्ति ल्याई परिक्रममा गर्ने क्रममा हिन्दुहरुले मुस्लिम समुदायको मस्जिदतमा अबिर फालेको बिषयलाई लिएर विवाद भइ ढुंगामुडा हुँदा दुवै पक्षका ३० जना मानिसहरु घाइते भएको, उक्त स्थानमा इ.प्र.का.जमुनाहबाट प्र.नि.को कमाण्डमा ४५ जना टोली खटी गएको, घाईतेहरूको उपचार पश्चात २६ जना डिस्चार्ज भएको र बाँकी ४ जनाको उपचार भईरहेको, अवस्था १ मध्यम ३ सामान्य रहेको,  प्र.क. तर्फ प्र.नि. सहित ५ जना घाईते भएकोमा उपचार पश्चात डिस्चार्ज भएको, हालको अवस्था सामान्य रहेको ।

मिति २०८२।०६।१४ गते ०५:०० बजे देखि ऐ १५ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०६-१५

कर्तव्य ज्यान,पर्सा, विरगंज म.न.पा.१० गिता मन्दिर नजिकै अपरिचित व्यक्तीहरु विच झै-झगडा तथा कुटपिट हुँदा हाल ठेगाना नखुलेका गोल्डेन भन्ने अं. वर्ष २४ को पुरुष ब्यक्ती कुटपिटमा घाईते भई उपचारको लागि नारायणी अस्पताल ऐ.२३:४० मा ल्याएकोमा उपचारको क्रममा ऐ.२३:५० बजे डाक्टरले मृत घोषणा गरेको र शव सोही अस्पतालमा रहेको भन्ने खबर व.प्र.का.बिर्तामा जानकारी प्राप्त हुनासाथ प्र.नि.को कमाण्डमा टोली घटनास्थलमा खटी गएको र जि.प्र.का. पर्साबाट थप अनुसन्धानको लागि प्र.उ.को कमाण्डमा टोली खटी गएको, कुटपिट गर्ने शंकास्पद जि.पर्सा बि.म.न.पा.१० अशोक बाटिका बस्ने रुपन साहको छोरा अं.वर्ष १७ को भोला साह सहित ३ जनालाई जि.प्र.का.को नियन्त्रणमा र जि.पर्सा बि.म.न.पा.१६ बोखार चौक बस्ने महेस राउतको छोरा अं.वर्ष १३ को सावन कुमार राउत सहित ३ जना मानिसहरुलाई व.प्र.का. बिर्ताको नियन्त्रणमा राखी थप अनुसन्धान कार्य भईरहेको । प्रहरीलाई हातपात,सिरहा, नरहा गा.पा.३ चौहर्वा स्थितमा इ.प्र.का.मिर्चैयाबाट प्र.ह.को कमाण्डमा खटिएको पिकेट डिउटीलाई लहान-जनकपुर चल्ने  यात्रुवाहक प्र.०१-००१ज ०१७६ नं.को winger चालक ऐ. गोलबजार न.पा.६ बस्ने अं.वर्ष  ३६ को रन बहादुर कानुले विङ्गर बाटोमा रोकी राखेको अवस्थामा प्रहरीले देखी बाटो साईडमा राख्नु भनि सम्झाउन गएकोमा निज प्र.ह.दिपेन्द्र प्रसाद चौधरीलाई सामान्य हातपात गरेको,  ऐ.बस्ने विङ्गर साहु अं.वर्ष २३ को विष्णुलाल ठाकुरलाई निज प्र.ह.ले चालकलाई सम्झाउन भनि भनेकोमा चालकलाई नसम्झाई उल्टै प्रहरीसँग बादबिवाद गरेकोले दुबै जनालाई विङ्गर सहित इ.प्र.का.मिर्चैयाबाट प्र.स.नि.को कमाण्डमा खटिएको मोबाइल टोलीले नियन्त्रणमा लिई इ.प्र.का.मिर्चैयामा ल्याई राखेको । नवजात शीशु मृत फेला, हुम्ला, सर्केगाड गा.पा.४ स्थित ओख्ले भन्ने स्थानमा सालनाल सहित ढुङ्गा मुनि च्यापिएको अवस्थामा नवजात शीशु(बालक) को शव फेला परेको भन्ने खबर प्राप्त हुनासाथ  प्र.चौ.सर्केदेउ हुम्लाबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई शव माथि रहेको ढुङ्गा हटाई  घट्नास्थल सुरक्षित राखेको, नवजात शीशु कस्को भन्ने नखुलेको, शवको प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी पो.मा.को लागि जिल्ला अस्पताल सिमकोट पठाएको । ला.औ.,मकवानपुर, हेटौडा उ.म.न.पा.१५ रातोमाटे चेकपोईन्ट स्थित पूर्व-पश्चिम सडक खण्डमा विशेष सुचनाको आधारमा प्र.चौ.रातामाटेबाट प्र.ब.ना.नि. को कमाण्डमा खटी गएको टोलीले बिरगञ्जबाट हेटौँडा बजार आउँदै गरेको प्र.३-०३-००२ प २७९० नं.को स्कुटरलाई रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जि.मकवानपुर हेटौँडा उ.म.न.पा. १५ भोर्ले बस्ने अं.वर्ष २८ को साजन भोम्जनको दाहिने तर्फको खल्तिबाट २ वटा प्लाष्टिकको पोकामा ११ ग्राम (प्लाष्टिक सहित तौल गर्दा) ला.औ. खेरो हिरोईन जस्तो देखिने धुलो पदार्थ फेला परेकोले सोही स्कुटरको पछाडी सवार ऐ.बस्ने अं.वर्ष २० को बिबेक थिङ समेतलाई नियन्त्रणमा लिई प्र.चौ. रातामाटेमा राखिएको ।  बाँके, नेपालगंज उ.म.न.पा. १४ उदयपुरवा स्थित ला.औ. वेचविखन भईरहेको भन्ने विशेष सुचनाको आधारमा इ.प्र.का. हिरिमिनिया बाँकेबाट प्र.ना.नि.को कमाण्डमा खटी गएको टोलीले देश भारत उत्तर प्रदेश बहराईच जिल्ला रुपैडिया थाना नानपारा नवागाउँ चर्दा घर भई जि.बाँके नेपालगंज उ.म.न.पा.१४ उदयपुरवा स्थित दिदी जलेवा खटीको घरमा बस्ने वर्ष २५ की सन्तोषी खटिकलाई शंकास्पद अवस्थामा देखी निज तर्फ जाँदा निजले प्रहरीलाई देखी घरको छतमा गई सेतो प्लाष्टिकको डिब्बा लुकाउँदै गर्दाको अवस्थामा निजलाई नियन्त्रणमा लिई शरिर तथा लुकाउँदै गरेको डिब्बा तलासी लिँदा रातो र निलो प्लाष्टिकका स-साना पुडिया बनाई राखिएको ४१ पुडिया प्लाष्टिक सहित तौल गर्दा १२ ग्राम ८१० मिलीग्राम र शुद्व तौल गर्दा ७ ग्राम ७५० मिलि ग्राम ला.औ. (ब्राउन सुगर) जस्तो देखिने खैरो रङको धुलो पदार्थ रितपुर्वक बरामद गरी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जि.प्र.का.बाँके पठाईएको ।