मिति २०८२।०५।०८ गते देखि ऐ.०९ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०५-०९
- A
- A-
- A+
ज.ज.क./ज.ज.क प्रयास,
झापा , मिति २०८२।०५।०५ गते १८:०० बजे जिल्ला झापा कचनकवल गाँउपालिका ७ बालुबाडी टोल बस्ने वर्ष १६ की नाबालिकालाई
जिल्ला झापा कचनकवल गा.पा. ७ बस्ने बर्ष अ. ७१ को र ऐ. बस्ने बर्ष अ. ५५ को पुरुषहरुले ऐ. पाथीभरा सामुदायिक वनमा ललाई
फकाई जवरजस्ती करणी गरेको भनि ऐ. ८ गते १६:३० बजे जिप्रका झापामा आई निज पिडितको
आमाले जाहेरी दरखास्त दिन साथ इ.प्र.का बनियानीबाट प्रहरी टोली खटी गई दुबै
पिडकलाई नियन्त्रणमा लिई इ.प्र.का बनियानीमा ल्याई थप अनुसन्धान तथा आवश्यक
कारबाहीको लागी जिप्रका झापा पठाईएको ।
नुवाकोट , मिति
२०८२।०३।१५ गते १९:०० बजे म्याघाङ गा.पा.३ चिउरीभन्ज्याङ स्थित पन्च ब.सुनारको
कोदो बारीमा ऐ.बस्ने वर्ष १५ की बालीकालाई ऐ.बस्ने वर्ष २२ को श्याम सुनारले ज.ज.क.गरेको, ऐ.२० गते ०९:०० बजे निज पीडितलाई ऐ.स्थित देउराली प्राथमिक स्वास्थ्य
निर्माणाधिन अवस्थामा रहेको भवनको शौचालयमा
ऐ.बस्ने वर्ष १९ को विकेश वि.क.ले ज.ज.क.गरेको, ऐ.२४
गते २१:०० बजे निज पीडितलाई ऐ.स्थित पन्च ब.सुनारको कोदो बारीमा ऐ.बस्ने वर्ष १४ को बालकले ज.ज.क.गरेको, ऐ.२७ गते २३:५५ बजे निज पीडितलाई ऐ.स्थित पन्च ब.सुनारको कोदो बारीमा
ऐ.बस्ने बर्ष १४ को बालकले ज.ज.क.गरेको
भनी ऐ.०५।०७ गते ऐ.१६:०० बजे प्र.चौ.देउरालीमा निवेदन प्राप्त हुनासाथ प्र.स.नि.को
कमाण्डमा टोली खटी गई ज.ज.क.गर्ने ४ जना
मध्ये ३ जनालाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भइरहेको,
श्याम सुनार फरार रहेकोले खो.त.कार्य भईरहेको, बालिकाको अवस्था सामान्य रहेको ।
नुवाकोट, मिति २०८२/०४/२५ गते अं.१६;०० बजे
जिल्ला नुवाकोट बिदुर न.पा.३ मैरीटार स्थित अन्तिमपटक मामाघरमा र बिगत २/३ बर्ष
देखि हाल सम्म ऐ. बस्ने बर्ष अ.३५ को पुरूषले ऐ.वस्ने वर्ष १५ की नाबालिकालाई
ज.ज.क गरेको भनि पिडितको आफन्तले मिति २०८२/०५/०८ गते अ.१८:०० बजे जि.प्र.का.
नुवाकोट आई निबेदन दिए पश्वात उक्त स्थानमा प्र.चौ.देबिघाटबाट प्र.स.नि.को
कमाण्डमा ४ जनाको टोली खटि गई पिडकलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप
अनुसन्धान कार्य भईरहेको ।
नुवाकोट ,मिति
२०८२/०५/०७ गते अं.१८;३० बजे जिल्ला नुवाकोट शिबपुरी गा.पा.७
पुछारटोल स्थित ऐ. बस्ने बर्ष अ.५६ को लालसिङ तामाङले ऐ.बर्ष अ.६ कि नाम (गोप्य)
बालिकालाई आफनै घरमा ज.ज.क प्रयास गरेको भनि पिडितको आफन्तले ऐ.०८ गते अ.१९;०० बजे जि.प्र.का. नुवाकोटमा फोन मार्फत जानकारी दिए पश्वात उक्त स्थानमा
अ.प्र.पोष्ट गुर्जेभन्ज्याङबाट प्र.स.नि.को कमाण्डमा २ जनाको टोली खटि गई पिडकलाई
नियन्त्रणमा लिई थप सोधपुछ तथा अनुसन्धान कार्य भईरहेको ।
झै झगडा/ कुटपिट,
सप्तरी, मिति २०८२।०५।०४ गते
अं.१०:०० बजे खड्क न.पा.७ कल्याणपुर बस्ने अं. बर्ष-४० की जिबछी देबि साह र निजको
(देउरानी) ऐ.ऐ.बस्ने अं. बर्ष-३५ की ललिता देवी साह बाटोमा ईँट्टा राखेको बिषयलाई
लिएर बादबिबाद भई कुटपिट हुँदा ललिता देवी साहको पेटमा भित्री चोट लागी घाईते भएको, तत्काल
अवस्था सामान्य रहेकोले घरमानै बसेकोमा
ऐ.०८ गते अं.१७:०० बजे एक्कासि पेट दुखी बिरामी भई राजबिराज स्थित गजेन्द्र
नारायण सिंह अस्पताल राजबिराज सप्तरीमा ल्याई उपचार भईरहेको भन्ने सोही अस्पतालका
प्र.क.मार्फतखबर प्राप्त हुनासाथ इ.प्र.का.कल्याणपुर सप्तरीबाट प्र.स.नि.को
कमाण्डमा टोलि खटि घटनाबारे बुझ्दा ऐ.१९:०० बजे- बिरामी ललिता देबी साहको पेटमा ५
महिनाको गर्भ (छोरा) रहेकोमा उक्त गर्भ खेर गएको ,उक्त मृत
शिशु र आमा सोहि अस्पतालमा रहेको, कानुनि प्रकृयाको लागी
आवश्यक कार्य भईरहेको, कुटपिट गर्ने जिबछी देबि साह तत्काल
घरमा नभएको, खो.त.कार्य भई रहेको ।
ला.औ.,
मकवानपुर , हेटौडा
उ.म.न.पा.१५ रातोमाटे चेकपोईन्ट स्थित पुर्व पश्चिम सडकखण्डमा बिशेष सुचनाको
आधारमा प्र.चौ.रातोमटे मकवानपुरबाट प्र.ह.को कमाण्डमा खटी गएको प्रहरी टोलीले
भारतको रक्सौलबाट काठमाण्डौँ तर्फ आउदै गरेको BR 01 PB
1802 नं.को सुमोलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त सुमोको पछाडी
तर्फको दुईवटै साईडको वडी भित्र लुकाई छिपाई ल्याएको कालो प्लाष्टिकको ३९ पोकामा
रहेको DIAZEPAM 2ML को १९५० एम्पुल,
NOOPHIN 2ML को १९५० एम्पुल,PHENERGAN 2ML को १९५० एम्पुल (जम्मा ५८५० एम्पुल )र Tramadol
२४ पत्तामा २४० क्याप्सुल
फेला पारी सुमो चालक देश भारत उत्तर प्रदेश राज्य बहराईच जिल्ला बलाई गाँउ
बस्ने वर्ष ३५ को किस्मत अलि र सहचालक ऐ.बस्ने वर्ष २८ को शाहरुख अलि सहित
नियन्त्रणमा लिई प्र.चौ.रातोमाटेमा ल्याई राखिएको ।
मोरङ बिराटनगर म.न.पा.१५ मण्ठापोखरी मन्दिर
अगाडी सार्वजनिक सडक-खण्डमा इ.प्र.का.रानी र ला.औ.नि.ब्युरो बिराटनगरबाट
प्र.ना.नि.को कमाण्डमा खटिएको संयुक्त टोलीले देश भारत राज्य दिल्ली जिल्ला कटिहार
शिवानापुर ४ बस्ने वर्ष ३० को मोहमद सद्दाम हुसेन र ऐ. जिल्ला कटिहार खरसोता ५
बस्ने बर्ष ३२ को बमकिम कर्मकारलाई शंकास्पद रुपमा गफगाफ गरिरहेको अवस्थामा शंका
लागि चेकजाँच गर्दा निजहरु मध्ये मोहमद.सद्दाम हुसेनले बोकेको झोलाभित्र रहेको
पाईन्टको गोजीभित्र लुकाई ल्याएको ला.औ.खैरो हिरोइन जस्तो देखिने पदार्थ १४७ ग्राम
फेला पारेकोले ला.औ.सहित दुवै जनालाई नियन्त्रणमा लिई इ.प्र.का.रानीमा ल्याई
आवश्यक अनुसन्धान कार्य भईरहेको ।
झापा भद्रपुर नगरपालिका वडा
नं. ८ बस्ने खुश बाबु श्रेष्ठको छोरा राज श्रेष्ठले आफ्नो घरबाट प्रतिबन्धित लागू
औषध (ब्राउन सुगर) बिक्री वितरण गरि रहेको भन्ने सूचनाको आधारमा जिप्रका झापा बाट
प्रनि को कमाण्डमा खटिएको प्रहरी टोलीले निम्न स्थान बस्ने मानिसहरु लाई र लागू
औषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ प्लाष्टिक सहित २१ ग्राम छ सय
पचास मिलीग्राम प्लाष्टिक बाहेक २०.४८ (बिस ग्राम चार सय असी मिलीग्राम),बिभिन्न
कम्पनीको मोवाइल थान ८, नगद रु १४१७०। (चौध हजार एक सय
सत्तरी) खुकुरी थान १, पिलास थान १, स्क्रु
डाईभर थान १ सहित पक्राउ गरि निजहरु लाई जिप्रका झापामा ल्याइ थप अनुसन्धान कार्य
भइ रहेको निम्न :- १. जिल्ला झापा भद्रपुर नगरपालिका वडा नं. १० बस्ने बसिब सेखको
छोरा बर्ष २३ को अलताप सेख । २. ऐ.ऐ. वडा नं. ७ बस्ने सन्तोष राजवंशीको छोरा बर्ष
१९ को रमित राजवंशी । ३. ऐ.ऐ. बस्ने गणेश पासीको छोरा बर्ष २९ को सुमित पासी । ४.
ऐ.ऐ. वडा नं ८ बस्ने खुश बाबु श्रेष्ठको छोरा बर्ष २१ को राज श्रेष्ठ । ५. जिल्ला
धार्दिङ्ग रुवीभ्याली गाउँपालिका वडा नं. ५ बस्ने रुप्चा तामाङको छोरा बर्ष २४ को
गुम लामा । ६. जिल्ला काठमाण्डौ तारकेश्वर नगरपालिका वडा नं. ६ बस्ने नारायण
तामाङ्गको छोरा बर्ष १९ को न्यान्जी तामाङ ।