मिति २०८२।०५।०९ गते देखि ऐ.१० गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०५-१०
- A
- A-
- A+
ज.ज.क / बाल यौन र्व्यवहार,
झापा, बुद्धशान्ति गा.पा.-१ होक्से स्थित
जि.ताप्लेजुङ सिदिङवा गा.पा.वडा नं. ३ बस्ने बिष्णु कट्वालको छोरा वर्ष अं.१९ को
जिवन कटुवालले सांकेतिक ठेगाना- ०३-०२-४ बस्ने वर्ष १४ की सांकेतिक नाम (०८२।०८३) “क”
लाई ज.ज.क. गरेको भनी पिडितको कान्छी आमा सांकेतिक ठेगाना- ०३-०२-४
बस्ने सांकेतिक नाम (०८२।०८३) - क-३ ले मिति २०८२।०५।०९ गते अ.१७:०० बजे इ.प्र.का.
धुलाबारी झापामा आई जाहेरी दरखस्त दिन साथ तत्काल इ.प्र.का. धुलाबारी झापाबाट
प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडक लाई नियन्त्रणमा लिई इ.प्र.का.धुलाबारी
झापामा ल्याई दुवै पक्ष लाई आबश्यक यौनजन्य स्वास्थ्य परिक्षणको लागी प्रादेशिक
अस्पताल भद्रपुर झापा पठाएको ।
रुपन्देही, तिलोत्तमा न.पा. १७
जमुहानि बस्ने वर्ष ४९ को चन्द्र भुवन प्रसाद थारुले जि. नवलपरासी पूर्व
मध्यबिन्दु गा.पा. ४ चोरमारा घर भई हाल मावल घर जिल्ला रुपन्देही तिलोत्तमा
नगरपालिका-१७ जमुहानि आएकि (बर्ष ३ कि)
परिवर्तित नाम ५०(०८२।०८३) भाद्र ९ लाई आफ्नो घर कोठामा लगि योनाङ्गमा
हातको औला राखेको सम्बन्धमा ऐ. १६:०० बजे जानकारी प्राप्त हुनासाथ
इ.प्र.का.मंगलापुरबाट प्र.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई निज चन्द्र भुवन
प्रसाद थारुलाई नियन्त्रणमा लिई इ.प्र.का.बुटवल पठाएको,अन्य
अनुसन्धान कार्य भईरहेको ।
काठमाडौं, जि.उदयपुर कटारी
न.पा.३ घर भई हाल जि. ललितपुर महालक्ष्मी न.पा.७ चाङगाथली बस्ने वर्ष ३७ की नाम
परिवर्तित २६ परिसर (३) ०८२।०८३ लाई जि. काभ्रेपलान्चोक पाँचखाल घर भई हाल का.जि.
का.म.न.पा.१७ ढल्कु बस्ने वर्ष २७ को उत्सब सापकोटाले निज जाहेरवालालाई बिवाह
गर्ने प्रलोभनमा पारी माया जाल समेतमा पारी धाक धम्की समेत दिई मिति २०८२।०२।१७
गते का.जि.का.म.न.पा.वडा नं.१७ ढल्कु स्थित पीडकको डेरा कोठामा दिउँसो १३:०० बजे
निज जाहेरवालाको ईच्छा बिपरीत जवरजस्ती करणी गरेको भन्ने ऐ.०९ गते दिनको १७:५० बजे
जिल्ला प्रहरी परिसर भद्रकालीमा जाहेरी दिएको ।
थुनुवा मृत्यु,
कैलाली, धनगढी उ.म.न.पा.१
स्थित कारागार कार्यालय धनगढी कैलालीमा मिति २०८२।०४।२९ गते देखि रहेको ज.ज.क.
मुद्दाको थुनुवा टिकापुर न.पा.४ बस्ने वर्ष ५६ को राम किसन चौधरी एक्कासी ढली
बेहोस भई उपचारको लागि सेति प्रादेशिक अस्पताल धनगढीमा पठाएकोमा ऐ.१४:२० बजे
डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको, निज मृतक प्रेशर सम्बन्धी
विरामी रहेको, उक्त स्थानमा का.सु.गार्ड धनगढी कैलालीबाट
प्र.ह. र जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, शव
पो.मा.को लागि सोही अस्पतालको लाश घरमा राखेको,आफन्तलाई खबर
भईसकेको, थुनामा पर्वपक्षको लागि रहेको ।
विदेशी नागरिक मृत्यु,
चितवन, रत्ननगर न.पा. ६
हात्तीचोक स्थितमा रहेको थारू लजको कोठा नं. १ मा बिगत डेडमहिना देखी बस्दै आएको पासपोर्ट
नं. XDD460021 भएको अं. वर्ष ७४ को स्पेन नागरीक FERRAN PUIG BARBER आज बिहान मन्दिर गई फर्की बसेकोमा हाल सम्म कोठाको ढोका नखोलेको कारण शंका
लागी उक्त लज संचालक ऐ.बस्ने वर्ष ३५ की गंगा चौधरीले झ्यालबाट हेर्दा खाट मुनी
मृत अबस्थामा रहेको भनि प्र.चौ.बछौलीमा खबर प्राप्त हुनासाथ प्र.चौ.बछौलीबाट
प्र.ना.नि. र पर्यटक प्रहरी सौराहाबाट प्र.ना.नि.को टोली समेत खटी गएको र
इ.प्र.का.रत्ननगरबाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गई कानुनी प्रकृया पुरा गरी शव
पो.मा.को लागि सरकारी अस्पताल भरतपुर पठाईएको ।
ला.औ.,
मकवानपुर, कैलाश गा.पा.७ सुकु
भञ्ज्याङ स्थित भित्री सडकखण्डमा प्र.चौ.भार्ताबाट प्र.व.ना.नि.को कमाण्डमा खटिएको
टोलीले गस्ती गर्दै जाने क्रममा ऐ.बिलौनीबाट सुकु भञ्ज्याङ तर्फ आउँदै गरेको नम्बर
नखुलेको कालो रातो पल्सर मो.सा.लाई शंका लागी चेकजाँच गर्न खोज्दा मो.सा.पछाडि
सवार नामथर वतन नखुलेको पुरुष ब्यक्तिले आफूले भिरेको झोला प्रहरीलाई देख्ना साथ
बाटोमा फालेको र मो.सा.फरार भएकोमा उक्त झोला खोली हेर्दा ला.औ.अफिम जस्तो देखिने
गिलो कालो पदार्थ अं.७/८ के.जी.फेला परेकोले बरामद गरी उक्त ला.औ. अफिम जस्तो
देखिने पदार्थ जि.प्र.का.मा ल्याई तौल गर्दा १० के.जी. ५८० ग्राम
(प्लाष्टिक सहित) रहेको,
मो.सा.र मो.सा.मा सवार मानिसहरूको खो.त.भइरहेको ।
सुनसरी, बराहक्षेत्र
न.पा. ११ काफ्ले टोल स्थित प्र.चौ.मघुवनबाट प्र.स.नि.को कमाण्डमा खटी गएको गस्ती
टोलीले लौकहीबाट प्रकाशपुर तर्फ आउँदै गरेको प्रदेश १-०२-१६ प १२८७ नम्बरको मो.सा.
रोकी चेक-जाँच गर्ने क्रममा उक्त मो.सा.मा लुकाई छिपाई ल्याँउदै गरेको TRAMOL-50
(TRAMADOL HYDROCHLORIDE CAPSULES I.P) १२६० पत्तामा १२,६०० पिस ट्याब्लेट लागु औषध फेला परेकोले मो.सा. चालक जिल्ला सुनसरी कोशी
गा.पा.०६ बस्ने वर्ष २१ को सुनिल मुखिया र पछाडि सवार देश भारत बिहार राज्य सुपोल
जिल्ला कसहर ग्राम पंचायत ११ बस्ने वर्ष अं. १५ को सुजन मुखिया गरी दुबै जना सहित
उक्त मो.सा. र लागु औषध नियन्त्रणमा लिई प्र.चौ. मघुवनमा ल्याई राखिएको ।