मिति २०८२।०५।१० गते देखि ऐ.११ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०५-११
- A
- A-
- A+
धारीलो हतियार प्रहार,
कालीकोट , तिलागुफा
न.पा.३ फोईमहादेबमा झै- झगडा भएको भनि स्थानियले टे.फो.मार्फत गते अं.१७:०० बजे
खवर गरे प्रश्चात प्र.चौ.नाग्मागार्डबाट प्र.स .नि.को कमाण्डमा टोली खटी गई बुझ्दा
ऐ.३ बस्ने वर्ष २७ को अर्जुन शाहीले आफ्नो श्रीमती सँग अवैध सम्बन्ध राखेको भनि
बिबादका कारण ऐ.३ बस्ने अं.वर्ष ३० को धर्म राज शाहीलाई धारीलो हतियार बन्चरो
प्रहार गरी निजको टाउको ,घाँटि र बाँया हातको पाखुरामा गहीरो
काटिएको,अबस्था गम्भीर रहेको घाईतेलाई उपचारको लागी कर्णाली
स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा पठाईएको कुटपिट गर्ने ब्यक्ति फरार रहेको
खो.त.भईरहेको ।
कञ्चनपुर , बेदकोट न.पा.२ जडेपानी
स्थित राधाकृष्ण मन्दिरका पुजारी वर्ष ६२ को बिर्ख राज पन्तलाइ सोही मन्दिरमा पूजा
गरिरहेको अवस्थामा ऐ. बस्ने वर्ष ५६ को प्रसाद जोशीले मन्दिरबाट बाहिर बोलाई
एक्कासि धारिलो हतियार प्रयोग गरी घाइते बनाएको, घाइतेको
निधार, अनुहार र बाँया गालामा चोट, अवस्था
गम्भीर, उपचारको लागि महाकाली प्रादेशिक अस्पताल पठाएकोमा थप
उपचारको लागि ऐ.२३:०० बजे मायामेट्रो अस्पात धनगढी रिफर, साथमा
निजको छोरा तारा दत्त पन्त रहेको, , कुटपिट गर्ने प्रसाद
जोशी प्रहरीको नियन्त्रणमा ।
शीशु मृत्त फेला,
ललितपुर म.न.पा. २१ सानोखोकना
आर्मी ब्यारेक टोल स्थित बाग्मती खोला किनारमा प्लाष्टिकमा पोका पारेको अवस्थामा
लिङ्ग नखुलेको सडिगली सकेको नवजात शिसु बालिकाको शव सालनाल सहित बगिरहेको अवस्थामा
फेला परेको भनी स्थानियले प्रहरी लाई खबर गरे पश्चात तत्काल प्रहरी प्रभाग
बुंग्मती बाट प्र.नि. शसिधर शर्मा (९८५१२९१०३०) को कमाण्डमा ५ जना प्रहरी टोली खटी
घटनास्थल लाश जाँच मुचुल्का कार्य सम्पन्न गरेको ,बालिकाको शव पो.मा. को
लागी पाटन अस्पताल पठाएको ।
ला.औ.,
कैलाली , धनगढी उ.प.म.न.पा.१०
जुगेडा स्थित ला.औ.नि.ब्युरो धनगढी शाखाबाट प्र.स.नि.कप कमाण्डमा खटिएको प्रहरी
टोलीले ऐ. बस्ने वर्ष २० को आकाश रानालाई संका लागी चेकजाच गर्दा निजको साथबाट ९
ग्राम ५० मिलिग्राम लागु औषध खैरो हिरोईन फेला पारी मानिस सहित नियन्त्रणमा लिई
जि.प्र.का.कैलालीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।
बाजुरा , बडिमालिका न.पा. ८
मार्तडी बजारको कपड हल नजिकै ऐ.९ बस्ने वर्ष अं.२७ को लक्ष्मण बि.क.र जि.कैलाली
गौरीगंगा न.पा.१ चौमाला बस्ने वर्ष अं.३१ को दिपेन्द्र घर्ति मगर दुबै जनाले लागु
औषध सेवन गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा जि.प्र.का.बाट प्र.स.ह.को कमाण्डमा
खटिएको टोलीले खानतलासी गर्दा निजहरूको साथबाट चरेस जस्तो देखिने कालो पदार्थ
अं.१० ग्राम र खैरो हेरोइन जस्तो देखिने पदार्थ अं.१०० मिलिग्राम फेला परेकोले
उक्त ला.औ.सहित दुवै जनालाई नियन्त्रणमा लिई जि.प्र.का.मा राखी आ.अ.भइरहेको,
।