मिति २०८२।०५।१२ गते देखि ऐ.१३ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०५-१३
- A
- A-
- A+
कर्तव्य ज्यान,
काठमाडौं, का.म.न.ना ३२
कोटेश्वर जडिबुटी स्थित मिति २०८२।०५।०७ गते २३:३० बजे, Burger House बाट पेप्सीकोला तर्फ (पैदल) जाने क्रममा यकिन नं.नखुलेको मो.सा.मा सवार ३
जना ब्यक्तिले जि.सखुवासंभा धर्मादेबी न.पा.२ घर भई हाल जि.भक्तपुर बालकोट
चित्रापुर बस्ने वर्ष ४३ को गिरीराज खड्का र निजको साथी जि. काभ्रे रोसि गा.पा ११
घर भई हाल जि. भक्तपुर बस्ने वर्ष ३६ को
लाल तामाङलाई कुटपिट गरी तरकारी बजार तर्फ फरार भएको भन्ने खबर प्राप्त
हुनासाथ प्रभाग कोटेश्वरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई घाईतेलाई उपचारको लागि
महांकाल स्थित ट्रमा सेन्टर पठाईएकोमा ऐ.१२ गते २३:१२ बजे,उपचारको
क्रममा निज गिरीराज खड्काको मृत्यु भएको, शव सोही अस्पतालमा
रहेको, घाईते लाल तामाङको सोही अस्पतालमा उपचार भईरहेको,अवस्था मध्यम, कुटपिट गर्ने व्यक्तिहरु फरार
खो.त.भईरहेको ।
ज.ज.क,
ओखलढुंगा, चिसंखुगढी गा.पा.६
स्थित वर्ष ४ की बालिकालाई मिति २०८२।०५।११ गते १२:३० बजे ऐ.बस्ने वर्ष १५ को
बालकले जाहेरवालाको मतान घरमा लगेर ज.ज.क.गरेको भनी ऐ.१२ गते ०७:०० बजे लिखित
जाहेरी प्राप्त भएको हुँदा प्र.चौ.निशंखेबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई
पीडकलाई नियन्त्रणमा लिई पीडित समेतलाई यौनजन्य स्वास्थ्य परीक्षणको लागि जिल्ला
अस्पताल रुम्जाटार पठाएको ।
दाङ, घोराही उ.म.न.पा.१९ सैघा बस्ने वर्ष ४०
को मंगल बहादुर घर्ती मगरले ऐ.बस्ने बर्ष २५ की महिलालाई आफ्नै घर कोठामा आई मलाई
करणी गर्ने मनसायले मेरो स्तनको भागमा समातेको भनी ऐ.२०:०० बजे मौखिक जानकारी गराए पश्चात जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गई निज मंगल
बहादुर घर्ती मगरलाई पक्राउ गरी ज.ज.क.उ. कसुरमा मिति २०८२।०५।१२ गते किटानी
जाहेरी दरखास्त दिएको हुँदा पीडित तथा प्रतिवादी दुबै जनालाई बिस्तृत स्वास्थ्य
परिक्षण गराई पीडितलाई हाल आफ्नो बुवाको जिम्मामा पठाईएको र निज प्रतिवादीलाई
सम्मानित दाङ जिल्ला अदालतमा मिति २०८२।०५।१२ गते उपस्थित गराउदा पहिलो पटक मिति
२०८२।०५।११ गते देखि लागु हुने गरी ५ (पाँच) दिन म्याद थप भई प्रतिवादीलाई प्रहरी
हिरासतमा राखी थप अनुसन्धान कार्य भईरहेको ।
बिदेशी नागरिक मृत्यु,
काभ्रे, भारत बैंगलौर कर्नाटक
बस्ने अं.वर्ष ६२ की भर्मलक्ष्मी नरशिम्मा शेट्टी AUGUST 12 तारिखमा नेपाल
आई कैलाश मानसरोबर दर्शन गरी फर्कने क्रममा जिल्ला सिन्धुपाल्चोक कोदारी नाकामा
एक्कासी बिरामी भई कोदारी स्थानीय अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागी
धुलिखेल अस्पताल काभ्रे ल्याईएकोमा ऐ.२१:२५बजे,डाक्टरले
मृत्यु घोषणा गरेको भनी सोही अस्पतालमा खटिएको प्र.क.मार्फत जानकारी गराएको,उक्त स्थानमा जि.प्र.का.काभ्रेबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको।
ला.औ.,
सर्लाही, लालबन्दी
न.पा.८ खतिवडा चोक नजिकै ला.औ. ओसार पोसार भएको भन्ने गोप्य सुचनाको आधारमा
इ.प्र.का.लालबन्दीबाट प्र.नि.को कमाण्डमा ७ जनाको टोली खटी गई चेकजाँच गर्ने
क्रममा पत्थरकोटबाट लालबन्दी तर्फ दुई वटा झोला बीचमा राखी दुई जना सवार गरी आउँदै गरेको बाग्मती प्रदेश -०२-०४२ प ४०५३ नं.को मो.सा.लाई शंका लागी रोक्न खोज्दा
उक्त मो.सा.मा सवार दुई जना मो.सा. र झोला फाली ऐ.स्थित पश्चिम तर्फ खेततिर
भागेकोमा प्रहरी टोली पछ्याउदै जाँदा दुई जना मध्ये एक जना ऐ.लालबन्दी न.पा.१४
कामिटार बस्ने वर्ष २० को सन्ते ब्लोनलाई
नियन्त्रणमा लिएको,
एक जना फरार खो.त. कार्य भईरहेको,उक्त दुई वटा
झोला खोली हेर्दा अं.२५ के.जि.बराबरको ला.औ.गाँजा फेला पारी इ.प्र.का.लालबन्दीमा
ल्याई राखिएको।
धादिङ, गल्छी गा.पा.६
महेश दोभान स्थित पृथ्वी लोकमार्गमा बैरेनीबाट पोखरा तर्फ जाँदै गरेको जि.कास्की
पोखरा उ.म.न.पा.९ बस्ने वर्ष २८ को संजय के.सी.ले चलाएको ग २० प ४७२६ नं.को
स्कुटीलाई प्र.चौ.बैरेनीबाट प्र.ना.नि.को कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्ने
क्रममा उक्त स्कुटीमा राखेको जेब्रा झोला भित्र ८ पोका अं.११ किलो ला.औ.गाँजा सहित
स्कुटी र चालकलाई नियन्त्रणमा लिई अनुसन्धन कार्य भईरहेको।
सुनसरी, धरान
उ.म.न.पा.२० बाम्रे खोला स्थित कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटी गएको RIT टोली
र अ.प्र.चौ.बिष्णुपादुकाबाट खटी गएको प्र.स.नि.को कमाण्डमा खटी गएको टोलीले
चेकजाँच गर्ने क्रममा चाँदीबगरबाट धरानतर्फ आउँदै गरेको को ९ प ६८६९ नं. को
मो.सा.मा बोरामा अं. १७ के.जि. ला.औ. गाँजा लोड गरी ल्याउँदै गरेको अवस्थामा फेला
पारी मो.सा. चालक ऐ.२० बस्ने वर्ष २९ को संगम राई र ऐ.बस्ने वर्ष ३४ को नन्द कुमार
राई समेतलाई नियन्त्रणमा लिई अ.प्र.चौ.बिष्णुपादुकामा ल्याई राखिएको, निजहरुलाई ला.औ.गाँजा र मो.सा.सहित इ.प्र.का.धरान पठाएको ।