मिति २०८२।०५।१३ गते देखि ऐ.१५ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०५-१५
- A
- A-
- A+
धारिलो हतियार प्रहार,
भोजपुर, पौवादुङमा
गा.पा. १ खोलाखर्क बस्ने स्व.भुपाल राईको छोरा अं.वर्ष ४० को प्रताप राईले के-कुन
कारण आफ्नै घर आगनमा निजले आफ्नै आमा, भाई र श्रीमतिलाई खुकुरी प्रहार
गरी घाईते बनाएको भनि खबर प्राप्त हुनासाथ इ.प्र.का.तिवारीभञ्ज्याङबाट प्र.स.नि.को
कमाण्डमा टोली खटि गई खुकुरी प्रहार गर्ने
प्रताप राईलाई नियन्त्रणमा लिई निज घाईतेहरुलाई उपचारको लागि जिल्ला
अस्पताल भोजपुर पठाएको (१ जनाको अवस्था गम्भीर, २ जनाको
मध्यम रहेको) र ऐ. १०:५० बजे थप अनुसन्धानको लागि इ.प्र.का.तिवारीभञ्ज्याङबाट
प्र.नि.को कमाण्डमा टोली खटी गएको, ।
महोत्तरी, पिपरा गा.पा.५ चांदनी चौक
स्थित ऐ.बस्ने राजेन्द्र महराको छोरा वर्ष २७ को राम अवतार राम र ऐ.बस्ने रत्न
मुखियाको छोरा वर्ष ३० को सुरेन्द्र मुखिया बीच के-कुन कारण झै झगडा हुदा
सुरेन्द्र मुखियालाई राम अवतार महराले पिठ्युमा चक्कु प्रहार गरी घाइते बनाएकोमा
जानकी हेल्थ केयर जनकपुरमा लगि उपचार भईरहेको, अवस्था गम्भीर,
उपचारमा निजको दाई विशेश्वर मुखिया संलग्न, उक्त
स्थानमा इ.प्र.का. सहोड्वाबाट प्र.ब.ना.नि.को कमाण्डमा प्रहरी टोली खटी गई चक्कु
प्रहार गर्ने राम अवतार रामलाई नियन्त्रणमा लिई जि.प्र.का.महोत्तरी पठाइएको ।
प्र.क. मृत्यु,
ताप्लेजुङ, जिल्ला झापा धुलाबारी
न.पा.१० धुलाबारी स्थाई वतन भएको जि.प्र.का.ताप्लेजुङ कन्ट्रोल रुम दरबन्दी भई
कार्यरत वर्ष अं.४५ को प्र.स.नि. इन्द्र बहादुर भुजेल (क.कोड ३०८८६३) डिउटी जाने
क्रममा शौचालय जादै गर्दा अचानक लडि उपचारको लागी जिल्ला अस्पताल ताप्लेजुङमा
लगेकोमा ऐ.०९:३० बजे उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको, ऐ.०९:४०
बजे निज मृतकको श्रीमति इ.प्र.का.धुलाबारीमा कार्यरत प्र.स.नि. बिनिता शेर्पालाई
घटनाबारे जानकारी गराई, जि.प्र.का. ताप्लेजुङबाट प्र.नि.को
कमाण्डमा टोली खटी गई कानुनी प्रकृया पुरा गरी आफन्त आई पुग्न समय लाग्ने भएकोले
सहजिकरणको लागि जि.प्र.का. झापासंग आवश्यक समन्वय गरी लास पो.मा.को लागि ऐ. १०:३५
बजे झापा पठाएको साथमा प्र.स.नि. सहित २ जना प्र.क.गएको ।
ज.ज.क.,
दाङ, घोराही उ.म.न.पा.१८ फुर्सेखाली
बस्ने वर्ष ५८ को बिष्णु परियार (ऐ.बंगलाचुली गा.पा.१ खाडा स्थित आफ्नो ससुराली
घरमा आएको अवस्थामा) ले मिति २०८२।०५।०६ गते १४:०० बजे ऐ.बंगलाचुली गा.पा.१ खाडा
स्थित पीडित अं.वर्ष ६ की नावालिकालाई निजको हजुरबुवाको घरमा गएको अवस्थामा
ज.ज.क.गरेको भनी ऐ.१२ गते १५:०० बजे जानकारी प्राप्त हुनासाथ जि.प्र.का.बाट
प्र.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिएकोमा ऐ.१३ गते पीडितको
आमाले ज.ज.क.कसुर मुद्दामा किटानी जाहेरी दरखास्त दिएको हुँदा पीडित र पीडक दुबै
जनाको बिस्तृत स्वास्थ्य परीक्षण गराई पीडितलाई आफन्तको जिम्मा लगाई पठाइएको,
बिष्णु परियारलाई सम्मानित दाङ जिल्ला अदालतबाट ७ दिनको म्याद थप
गरी आ.अ.भइरहेको ।
मकवानपुर, बकैया गा.पा.८ वंदह
बस्ने अं.वर्ष १८ की किशोरीलाई मिति २०८२।०५।०१ गते दिउँसोको समयमा ऐ.बकैया
गा.पा.९ चिउलीबास बस्ने अं.वर्ष ३८ को किरण बज्यु(विवाहित)ले ललाई फकाई गरी घरबाट
लिई गएको भनी ऐ.२ गते प्र.चौ.हात्तिसुडेमा खो.त.को लागि निवेदन दिएकोमा खो.त.गर्ने
क्रममा ऐ.१३ गते प्र.ना.नि.को कमाण्डमा खटिएको टोलीले आफन्तहरूको सहयोगमा केटाको
घरमा दुबैजनालाई फेला पारी आ.अ.को लागि जि.प्र.का.मकवानपुरमा ल्याएकोमा ऐ.१४:००
बजे किशोरीको आफन्तले ज.ज.क.सम्बन्धि जाहेरी दिएको हुँदा पीडकलाई जि.प्र.का.को
हिरासतमा राखिएको, पीडितलाई सेफ हाउसमा लगेर राखिएको ।
मकवानपुर, इन्द्रसरोवर गा.पा.३
अदुवा बारी बस्ने वर्ष अं.१५ की बालिकालाई मिति २०८२।०५।०९ गते ऐ.भीमफेदी गा.पा.९
खडदार बस्ने वर्ष अं.३५ को मिलन मोक्तानले ललाई फकाई गरी भगाई लगेकोमा ऐ.१२ गते
निज बालिकालाई बालिकाको घरमा ल्याई बुझाएकोमा बालिकाको आमाले ऐ.१३ गते १८:४० बजे
प्र.चौ.सिस्नेरीमा आई मेरो छोरीलाई मिलन मोक्तानले ज.ज.क.गरेको भनी निवेदन दिएको
हुँदा प्र.स.नि.को कमाण्डमा टोली खटी गई दुबै जनालाई प्र.चौ.सिस्नेरीमा ल्याएकोमा
बालिकालाई ऐ.गाउँपालिका उपाध्यक्षको रोहवरमा आफन्तको जिम्मा लगाई पठाएको, स्वास्थ्य अवस्था सामान्य रहेको, मिलन मोक्तानलाई
आ.अ.को लागि इ.प्र.का.भिमफेदी पठाइएको ।
कैलाली, कैलारी गा.पा.७ रामपुर बस्ने
वर्ष ७२ को बग्गीराम चौधरी डगौराले मिति २०८२।०५।१० गते २०:०० बजे ऐ.वर्ष ३० की
महिला (अबिबाहित,बोल्न नसक्ने,मानसिक
अवस्था कमजोर भएकी) लाई ललाइफकाइ आफू बस्ने घरको कोठामा लगेर जबरजस्ती हातपात गर्न
लागेको(ज.ज.क.उद्योग) अवस्थामा पीडितको सहोदर दाजुले देख्नासाथ पीडक फरार भएको
हुँदा पीडकलाई आवश्यक कारवाही गरी पाऊँ भनी ऐ.१३ गते १६:०० बजे पीडितको दाजुले
इ.प्र.का.रामपुरमा लिखित निवेदन दिएको हुँदा प्र.स.नि.को कमाण्डमा टोली खटी गई
ऐ.१९:०० बजे नियन्त्रणमा लिई आ.अ.को लागि जि.प्र.का.पठाइएको ।
कैदी मृत्यु,
काठमाण्डौं, का.म.न.पा.११
जगन्नाथदेवल स्थित केन्द्रीय कारागार अन्तर्गत भद्र बन्दी सुधार गृहमा जि.बझाङ
मष्ट गा.पा.०४ स्थायी वतन भएको वर्ष २६ को ज.ज.क.मुद्दामा कैद भुक्तान गरिरहेका
गोबिन्द बहादुर कठायत हातको क्यान्सर सम्बन्धी बिरामी भई मिति २०८२।०४।२९ गते
केन्द्रीय कारागार अस्पताल त्रिपुरेश्वरमा भर्ना भई उपचार भइरहेकोमा मिति २०८२।०५।१३
गते १८:०० बजे उपचारक क्रममा मृत्यु भएको, शव सोही अस्पतालमा
रहेको । (कारागार दाखिला मिति:-२०७९।१२।२५ गते, सजाय १२ वर्ष,
मुद्दा चलाउने निकाय:-बझाङ जिल्ला अदालत) ।
धनकुटा, धनकुटा नपा-६ परिचयमोड
स्थित रहेको जिल्ला कारागार धनकुटामा जजक मुद्धामा पुर्पक्षका लागि कारागारमा
रहेका थुनुवा जिल्ला धनकुटा छथरजोरपाटी गापा-४ घर भएको वर्ष ४९ को ईन्द्र बहादुर
लिम्बु मुटु सम्बन्धी बिरामी भइ स्वासप्रस्वासमा समस्या आई उपचारको लागि जिल्ला
धनकुटा पठाईएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान
घोपा धरान पठाएकोमा ऐ.१९:१३ बजे उपचारको क्रममा मृत्यु भएको, जिप्रका
धनकुटाबाट प्रसनि अजय राईको कमाण्डमा २ जनाको टोली खटि गएको ,मृतकको बारे आफन्त हरुलाई समेत जानकारी गराई सकेको, लास
ऐ. अस्पतालको शव गृहमा रहेको ।
सुनसरी, झुम्का कारागार सुनसरीमा
कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरीरहेका जि. सुनसरी गढी गापा ०६ बस्ने बर्ष
४८ को रामदेव उरावलाई श्वास फेर्न गारो भएको हुदा उपचारको लागी प्र.ब.ह.को
कमाण्डमा २ जनाको टोलिले बाप्र ०१-००२झ ७१२५ नं. को भ्यानमा बि.पि.कोइराला
स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान, सुनसरीमा लगेकोमा १५ गते अं.
००:०० बजे डाक्टरले चेकजाच गर्दा निज बिरामीलाई मृत घोषणा गरेको, मृत लाश सोही अस्पतालमा रहेको ।
धारिलो हतियार प्रहारद्वारा आत्महत्या,
अर्घाखाँची, मिति २०८२।०५।१३ गते
अं.१४:३५ बजे जि.अर्घाखाँची शितगंगा न.पा.१४ पावरा बस्ने अं.वर्ष २९ को पुर्ण बहादुर मुखियाले
आफ्नै घरमा कोही नभएको समयमा आफ्नै घाँटिको अगाडीको भागमा हसिँया प्रहार गरी मृत
अवस्थामा रहेको भनी स्थानिय मार्फत जानकारी हुनासाथ प्र.स.नि अवदेश कुमार दसौदी
शर्माको कमाण्डमा २ जना खटिगई घटनास्थल सुरक्षित राखेको, आफै
हसियाँ प्रहार गर्नुको कारण नखुलेको, घरमा आमा छोरा मात्र
वस्दै आएको, दिदि बहिनीको विवाह भई सकेको भन्ने बुझिएको ।
नवजात शिशु फेला,
मोरङ, उर्लाबारी न.पा.५ स्कुलडाँडा स्थित अरनिको
अस्पताल उर्लाबारीको महिला शौचालयमा अं.६ महिनाको नवजात शिशु (छोरा) फेला परेको
भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.उर्लाबारीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई
नवजात शिशुलाई उद्दार गरी ऐ. अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि
ऐ.१०:४५ बजे ऐ.अस्पतालको कर्मचारी संगीता थापाको जिम्मामा किओच बाल अस्पताल दमक
पठाएको, अवस्था सामान्य रहेको, उक्त नवजात शिशु को-कस्को
भन्ने नखुलेको, थप आ.अ.भईरहेको ।
नवजात शिशु मृत्यु,
काठमाण्डौ, काठमाडौँ म.न.पा.३२
नरेफाँट मनोहरा पार्क नजिक सडक पेटीको छेउमा नवजात शीशु (बालक) मृत अवस्थामा फेला
परेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग कोटेश्वरबाट प्र.नि.को कमाण्डमा
टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी पो..को लागि त्रि.वि.शिक्षण
अस्पताल महाराजगञ्ज पठाएको ।
ला.औ.,
भोजपुर, न.पा.९ पिङडाँडा स्थितमा गोप्य
सुचनाको आधारमा जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँच
गर्ने क्रममा को ११ प ७६६८ नं. को २२० सिसिको पल्सर मो.सा.को सिट मुनि लुकाई छिपाई
ल्याउँदै गरेको ब्राउन सुगर जस्तो देखिने लिसाईएलो पदार्थ प्लाष्टिक सहित तौल गर्दा २० ग्राम ६०० मिलि
ग्राम, प्लाष्टिक बाहेक तौल गर्दा १५ ग्राम ६५० मिलि ग्राम र
नाम नखुलेको सेतो कलरको ५२ चक्कि र निलो कलरको २६ चक्कि समेत फेला परी मो.सा.चालक
जि.भोजपुर भोजपुर न.पा. १२ बस्ने वर्ष ३० को रिजन श्रेष्ठ, मो.सा.मा
पछाडी सवार जि.भोजपुर टेम्केमैयुङ गा.पा.२ बस्ने वर्ष २८ को सनुप राई र मो.सा.
समेत नियन्त्रणमा लिई जि.प्र.का.भोजपुरमा
ल्याई अनुसन्धान कार्य भईरहेको ।
बारा, सिम्रौनगढ न.पा. २ नयका टोला
बाहीटोल स्थित ऐ.ऐ. बस्ने स्व. कृष्ण यादवको श्रीमती बर्ष अं. ३५ की रिता देवी
यादवले आफ्नो घर भित्र लागु औषध गाँजा लुकाई छिपाई राखेको भन्ने विशेष सुचनाको
आधारमा इ.प्र.का.सिम्रौनगढ बारा बाट प्र.नि. पवन पछाई (९८५५०४५२९९) को कमाण्डमा प्रहरी
टोली खटीगई निज रिता देवी यादवको घर भित्र प्रवेश गरी हेर्दा घरको कोठा भित्रको
खाट मुनी जुट र प्लाष्टिकको बोरा भित्र लुकाई छिपाई राखेको अवस्थामा मान्यता
प्राप्त तराजुमा तौल गर्दा उक्त बोरा सहितको १३८ किलो ७०० ग्राम लागु औषध गाँजा
बरामद गरी घर धनी जिल्ला बारा सिम्रौनगढ न.पा. वडा नं. २ बस्ने बर्ष अं. ३५ की
रिता देवी यादव समेतलाई पक्राउ गरी लागु औषध गाँजा सहित आवश्यक कारवाहीको लागि
तालुक जिल्ला प्रहरी कार्यलय बारामा पठाईएको ।
सुनसरी, ईनरुवा न.पा.४
बसचोक स्थितमा जि.प्र.का.सुनसरीबाट सादा पोसाकमा खटिएको टोलि र अ.प्र.पोष्ट
बसपार्कबाट प्र.ब.ह को संयुक्त चेकीङ टोलीले लौकहीबाट झुम्का तर्फ आउदै बा ४६ प
८४०२ नम्बरको मोसालाइ रोकी चेकजाँच गर्ने क्रममा मोसा चालक जिल्ला मोरङ बेलबारी
न.पा ४ बस्ने वर्ष ४० को इन्द्र बहादुर गुरुङको साथबाट प्लास्टिक बाहेक तौल गर्दा
१६.३५ ग्राम ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ फेला पारी मोसा सहित
नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागी जि.प्र.का.सुनसरीमा ल्याइ राखिएको।