मिति २०८२।०५।१५ गते देखि ऐ.१६ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०५-१६
- A
- A-
- A+
कर्तव्य ज्यान,
सिन्धुली, दुधौली न.पा.१४ भौडी
बस्ने अं.वर्ष ४० को तुला राज सुनुवारले निजकै आमा वर्ष ६५ की फाल कुमारी
सुनुवारसंग अंशबन्डाको विषयलाई लिई वादविवाद हुँदा निज तुला राज सुनुवारले आमालाई
फलामको खन्तीले टाउको र छातीमा प्रहार गरी आफ्नै घरको आगनमै मृत्यु भएको भनि
प्र.चौ दुधौलीमा ऐ.१४:१० बजे जानकारी प्राप्त हुनासाथ प्र.चौ.दुधौलीबाट प्र.ह.को
कमाण्डमा टोली खटी गई तुला राज सुनुवारलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,थप अनुसन्धान तथा कानूनी प्रकृयाको लागि इ.प्र.का.डकाहाबाट प्र.नि.को
कमाण्डमा टोली खटी गई कानुनी प्रकृया पुरा गरी शव पो.मा.को लागि प्रादेशिक अस्पताल
कटारी पठाएको ।
बाँके, खजुरा गा.पा.६ गिजरा स्थित ऐ.बस्ने अं.वर्ष २९ को दिनेश रमजालीले निजको सालो पर्ने ऐ. बस्ने अं.वर्ष २२ को अर्जुन राना मगरलाई घरायसी बिषयमा बादबिबाद हुँदा बियरको बोतल प्रहार गरी घाईते भई उपचारको लागि सञ्जीवनी कलेज अफ मेडिकल साईन्स अस्पताल नेपालगंज पठाईएकोमा ऐ.१९:३० बजे उपचारको क्रममा डाक्टरले मृत्यु घोषणा गरेको, उक्त स्थानमा इ.प्र.का.धनौली बाँकेबाट प्र.नि.को कमाण्डमा टोली खटी गई निजको साथबाट खुकुरी थान १ र फलामको त्रिशुल थान १ बरामद गरी निज दिनेश रमजालीलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको ।
भरूवा बन्दुक सहित मानिस नियन्त्रणमा,
ललितपुर , मिति २०८२।०५।१२ गते अं.
०६:०० बजे, बाग्मती गा.पा.३ ढुंगेपानी घर भई बस्ने वर्ष ५० को मान ब. जिम्बा आफ्नो घर नजिकै
अं.१०० मिटर टाढा रहेको मकै बारीमा गएको अवस्थामा बँदेललाई थापेको पासोमा परी
घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ. भट्टेडाडाबाट प्र.व.ना.नि.को
कमाण्डमा टोली खटी गई बुझ्दा बँदेललाई मार्नको लागी भरुवा बन्दुकमा टार्गेट फिक्स
गरी टेगरमा धागोले बाधी राखेको अवस्थामा घास काटन भनि मान बहादुर जिम्बा जाँदा
खेरी धागो हल्लिन गई टेगर आफै छड्किएर भरुवा बन्दुक पड्किन गई निज मान बहादुर
जिम्बाको बाया खुट्टाको घुडामा चोट लगेको बन्दुक पड्केको आवाज सुनि किशोर भोलन
हेर्न जादा मान्छेलाई लागेको देखी किशोर
भोलनले बन्दुक लिई फरार भएको ऐ.१५:४५ बजे
मनमोहन अस्पताल महाराजगंज काठमाण्डौ पठाइएकोमा सामान्य उपचार पश्चात थप उपचारको
लागि ट्रमा सेन्टर पठाईएको,भरुवा बन्दुक सहित फरार
व्यक्तीलाई ऐ.१५ गते १८:१० बजे जि. ललितपुर बाग्मती गाँउपालिका ०२ माल्टा बाट ऐ.
गाँउपालिका ०३ ढुंगेपानी घर भई बस्ने बर्ष ५९ को किशोर भुलुनलाई भरुवा बन्दुक सहित
प्र.चौ. भट्टेडाडाबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिएको टोलीले नियन्त्रणमा लिई
प्रहरी वृत्त चापागाँउमा ल्याई राखिएको ।
ज.ज.क.,
तेह्रथुम , फेदाप गा.पा. ५ ईसिबु
बस्ने वर्ष १२ की बालिकालाई निजकै घरमा सानै उमेर देखि (मावली) बस्दै आएको वर्ष
अं. १८ को बालकले मिति २०८२।०५।१४ गते अं.१८:०० बजे, ज.ज.क.गरेको
भनी प्र.चौ.सम्दुमा जानकारी गराउनासाथ प्र.चौ.सम्दुबाट प्र.ह. र इ.प्र.का.आठराईबाट
प्र.स.नि.को कमाण्डमा टोली खटी गई निजलाई नियन्त्रणमा लिई ऐ.१५ गते ५ दिनको म्याद थप गरी जि.प्र.का.तेह्रथुमको
हिरासतमा राखिएको ।
उदयपुर , बेलका न.पा.२ कंचनजघा स्थित
मिति २०८२।०५।१४ गते अं.१०:४५ बजे, हिमशिखर सामुदायिक ईङलिस
बोडिङ स्कुलको अफिस कोठामा सोही स्कुलका
प्रधानाध्यापक ऐ.शिवालय टोल बस्ने अं.वर्ष ४७ को युवराज श्रेष्ठले सोही
स्कुलको कक्षा ७ मा अध्यनरत छात्रा ऐ.बस्ने अं.वर्ष १४ की बालिकालाई ज.ज.क.गरेकोले
निजलाई आवश्यक कारवाही गरी पाउँ भनी इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा ऐ.१५
गते अं.१८:०० बजे लिखित जाहेरी प्राप्त हुनासाथ प्र.नि.को कमाण्डमा टोली खटी गई
ऐ.२०:३० बजे निज युवराज श्रेष्ठलाई नियन्त्रणमा लिई थप आ.अ.भईरहेको, पीडित बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको ।
भेलाजम्मा पश्चात झडप, हवाई
फायरिंङ,
धनुषा , मिति २०८२/०५/१४ गते
अं.१३:५५ बजे जनकपुर उ.म.न.पा.२० रूपैठा स्थित रन चोकमा श्री गणेश पुजाको मुर्ती
सेलाउने(विसर्जन गर्ने ) बिषयमा बसहिया मोडमा मुस्लिम समुदायको झण्डालाई हटाई
हिन्दुको झण्डा लगाएको विषयमा दुवै पक्ष विच वादविवाद भई झडप भएको बिषयमा मिति
२०८२।०५।१५ गते ज.उ.म.न.पा.२० रन चोक स्थित हिन्दु मुस्लिमको झण्डाको बिषयमा
जिल्ला प्रशासन कार्यालयमा दुवै पक्षका मानिसहरु आई छलफल गरी सार्वजनिक स्थानमा
रहेको झण्डा हटाई सो क्षेत्रमा सामाजिक सदभाव कायम राख्ने निर्णय बमोजिम
जि.प्र.का.बाट प्र.ना.उ.को कमाण्डमा २२९ जना र स.प्र.ना.उ.को कमाण्डमा ८७ जनाको
टोली गरी जम्मा ३१६ जनाको टोली खटी गई दुबै पक्षको झण्डा हटाउन खोज्दा उक्त झण्डाको
विषयलाई लिएर ऐ.१६:५० बजेबाट हिन्दुवादी समर्थक राष्ट्रिय एकता अभियानका केन्द्रीय
कोषाध्यक्ष मनिष पूर्वेको नेतृत्वमा ४००/५०० जना हिन्दुवादी युवाहरू रन चोकमा भेला
जम्मा भई झण्डा हटाउन नदिई विरोध गरिरहेको, ऐ.१७:४० बजे
प्रहरी माथि ढुङ्गामुढा गर्दा स्थितिलाई नियन्त्रणमा लिनको लागि नेपाल प्रहरीबाट Tear
ग्याँसबाट ३१ राउण्ड, SLR बाट ब्ल्याङ्क १४
राउण्ड, ईन्सासबाट ५ राउण्ड, सानो
पेस्तोलबाट ११ राउण्ड गरी जम्मा ६१ राउण्ड हवाई फायर र सशस्त्र प्रहरी बल नेपालबाट
७ राउण्ड Tear ग्यास फायर भएको,उक्त
झडपमा पर्दशनकारी तर्फ जनकपुर उ.म.न.पा.२० रुपैठा बस्ने वर्ष २९ को लक्ष्मण मुखियाको दुवै खुट्टाको घुँडा
मुनि गोली लागी घाईते भई प्रादेशिक अस्पताल जनकपुरमा उपचार भईरहेकोमा ऐ.२२:४० बजे
थप उपचारको लागि ट्रमा सेण्टर काठमाडौं रिफर भएको,अवस्था
मध्यम, र प्र.क.तर्फ
प्र.ना.उ.बरुण बहादुर सिंह सहित ४ जना र
स.प्र.क. तर्फ १ जना गरी जम्मा ५ जना घाईते भई सामान्य उपचार पश्चात डिस्चार्ज सबै
जना भएका, हालको
अवस्था सामान्य रहेको, सम्झाई बुझाई कार्य भईरहेकोमा ऐ.
२२:३० बजे सबै जना तितर वितर भएको ।
गौबध,
कास्की , पोखरा म.न.पा. २५ याम्दी स्थित
सेती नदीको किनारामा अं. ५ वर्षको गाई मारेको छ भन्ने स्थानीय मार्फत सूचना
प्राप्त हुनासाथ अ.प्र.पोष्ट हेम्जाबाट प्र.ह.को कमाण्डमा खटी गएको टोलीले हथौडा
प्रयोग गरी गाई मार्ने जि.धादिङ घई भई हाल जि.कास्की पोखरा म.न.पा. १८ धारापानी
मार्ग बस्ने वर्ष ४८ को गंगा बहादुर गुरूङलाई हथौडा सहित नियन्त्रणमा लिई
व.प्र.का.बगर ल्याईएको, गाई धनी नखुलेको, गाई घटनास्थलमा रहेको, थप अनुसन्धान कार्य भईरहेको ।
कैदि थुनुवा बिरामी,
सुर्खेत , जि.प्र. का. सुर्खेतको
हिरासत कक्षमा रहेको जि. सुर्खेत विरेन्द्रनगर न..पा. १२ नेवारे बस्ने वर्ष २८ को
लागु औषध मुद्दाको थुनुवा ( मिति २०८२।०५।१४ गते १९;३० बजे
नियन्त्रणमा लिई ऐ १५ गते ५ दिन म्याद गरेको ) निरज बाबु राई एक्कासी बेहोस भई
उपचारको लागि प्र.स.नि. डम्मर खत्रीको कमाण्डमा ५ जनाको प्रहरी टोलिले कर्णाली
प्रदेश अस्पताल कालागाउ सुर्खेतमा पुर्याई वेड भर्ना गरी उपचार भईरहेको अबस्था
सिरियस, थप अपडेट ;- ऐ २०;३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्र.नि. को कमाण्डमा थप
५ जनाको टोलि खटिएको थुनुवाकोको श्रीमती पबित्रा रावल (९८४८०३६४९६ ) ,बहिनि र दाजु समेत साथमा रहेको।थप अपडेट ;- ऐ २१;३० बजे निज थुनुवाको सिटिस्क्यान गरी कर्णालि प्रदेश अस्पतालको
भेन्टिलेटरमा राखि उपचार भईरहेको अबस्था सिरियस अन्य बि.बि. पछी ।
ला.औ.,
सुनसरी , रामधुनी
न.पा.५ बस्ने वर्ष ३० को सागर राईले खैरो हिरोईनको कारोबार गरीरहेको छ भन्ने गोप्य
सुचनाको आधारमा लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको टोली, प्रस्तावित इ.प्र.का. रामधुनीबाट प्र.नि.को कमाण्डमा र इ.प्र.का. पकलीबाट
प्र.स.नि.को कमाण्डमा खटिएको संयुक्त टोलीले निजलाई ऐ.ऐ.बस्ने निजकै दिदी रीना
राईको घरमा बसिरहेको अबस्थामा अं.१०० ग्राम प्लाष्टिक सहित खैरो हिरोई जस्तो
देखिने लिसाईलो पदार्थ र निज सागर राईलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि
इ.प्र.का. पकलीमा लगि राखेको । उक्त खैरो हिरोई जस्तो देखिने लिसाईलो पदार्थ
प्लाष्टिक सहित ११८.३ ग्राम रहेको र प्लाष्टिक बाहेक १०५.५६ ग्राम रहेको ।
मकवानपुर , हेटौडा
उ.म.न.पा.३ च्यानडाडाँ स्थित भित्री जंगलको बाटोमा ला.औ.गाँजा ल्याएको छ भन्ने खबर
प्राप्त हुनासाथ प्र.स.नि. को कमाण्डमा दुई वटा मो.सा.मा ४ जना जाँदै गर्दा
राक्सिराङ तर्फ बाट पूर्व पश्चिम सडक खण्ड बसामाडी हाइवे तर्फ बोरामा ला.औ.गाँजा
बोकी आउँदै गरेको ७/८ जना मानिसले प्रहरी टोलीलाई देख्नासाथ आफुले बोकेको बोरा
फाली जंगल तर्फ भागेको, उक्त बोरामा ला.औ.गाँजा १४ पोका
रहेको अं.१२० देखि १४० kg रहेको (तौल गर्न बाँकी), फरार मानिसहरूको खो.त.भईरहेको, ला.औ.गाँजा जिल्ला
प्रहरी कार्यालय मकवानपुर पठाईएको ।