मिति २०८२।०५।१६ गते देखि ऐ १७ सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०५-१७
- A
- A-
- A+
कर्तव्य ज्यान,
अर्घाखाँची, छत्रदेव
गा.पा.४ पातले वस्ने वर्ष ३६ को कीरण गुरुङको श्रीमती वर्ष ३४ की सुमित्रा कुमाल
गुरुङ ४/५ दिनदेखी घरमा नदेखिएको हुँदा माईती पक्षले खो.त.गर्दा किरण गुरुङले
श्रीमती सुनिता कुमाल गुरुङलाई मारी लुकाएको भनी शंका लागेकोले खो.त.गरी पाऊँ भनी
प्र.चौ.वल्कोटमा मौखिक जानकारी गराएपश्चात प्र.व.ना.नि.को कमाण्डमा ४ जनाको टोली
खटी गई खो.त.गर्दा निज कीरण गुरुङले श्रीमती सुनिता कुमाल गुरुङलाई मारी कम्वलमा
पोको पारी भान्सा कोठामा खाडल खनेर गाडेको अवस्थामा फेला परेको, मृतकको
श्रीमान कीरण गुरुङ प्रहरीको नियन्त्रणमा, थप अनुसन्धानको
लागि जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, हत्याको
कारण नखुलेको ।
प्र.क. मृत्यु,
कञ्चनपुर, बेल्डाडी
गा.पा.२ चौवन्नी खल्ला बस्ने वर्ष ३० को नेपाल प्रहरी विषेश सुरक्षा गण
महेन्द्रनगर कञ्चनपुरमा कार्यरत प्र.ज. दिपेन्द्र राना मिति २०८२/०५/१२ गतेबाट दिन
१० (दश) घर बिदा आएकोमा ऐ.१५ गते २२:०० बजे घरबाट हराई बेपत्ता भएकोमा आफन्तले
खो.त.गर्ने क्रममा ऐ. १६ गते ०६:३० बजे घरबाट अं.१०० मि. टाढा नरेश रानाको खेतमा
रहेको बकाइनाको रुखमा प्लाष्टिकको डोरीको पासो लगाई झुण्डी मृत्यु भएको अवस्थामा
फेला परेको भन्ने खबर प्राप्त हुनसाथ इ.प्र.का.बेल्डाडीबाट प्र.नि.को कमाण्डमा
टोली खटी गई कानुनी प्रकृया पुरा गरी पो.मा.को लागि प्राथमिक स्वास्थ्य केन्द्र
वेलौरी पठाईएको ।
कैदी/बन्दी मृत्यु,
सुनसरी, मिति
२०८२।०५।१४ गते १६:२० बजे झुम्का कारागार सुनसरीमा
ला.औ. मुद्दाको पुर्पक्षमा रहेको बन्दी वर्ष २४ को सागर राइ बान्ता हुने, शरीर
नचल्ने समस्या भई प्र.ह.को कमाण्डमा खटिएको टोलीले उपचारको लागि वि.पि. कोइराला
स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा लगकोमा ऐ.१६ गते ०८:३० बजे, उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको, मृतकको
आफन्तहरु साथमै रहेको ।
ला.औ.,
सर्लाही, ईश्वरपुर न.पा.४
पूर्व-पश्चिम राजमार्गको दोस्रो लच्का नजिकै ला.औ.ओसारपसार भइरहेको भन्ने गोप्य
सूचनाको आधारमा जि.प्र.का.र इ.प्र.का.केशगरंजबाट प्र.नि.को कमाण्डमा खटिएको
संयुक्त टोलीले सडक किनारामा बसिरहेको ऐ.ईश्वरपुर न.पा.१२ घारी बथान बस्ने राज
कुमार भुजेलको छोरा अं.वर्ष ३२ को संजिव भुजेललकाई शंका लागी चेकजाँच गर्दा निजले
ऐ.स्थानमा तीनवटा प्लाष्टिकको बोराभित्र परालले छोपेर लुकाईछिपाई राखेको अवस्थामा
अं.५५ के.जी.२२० ग्राम(बोरा सहित) ला.औ.गाजाँ फेला परेको हुँदा उक्त गाँजा सहित
निजलाई नियन्त्रणमा लिई आ.अ.को लागि इ.प्र.का.केशगरंजमा राखिएको ।
कञ्चनपुर, इ.प्र.का.रैकवारबाट
प्र.ना.नि.को कमाण्डमा खटी गएको ४ जनाको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा
जि.कञ्चनपुर कृष्णपुर न.पा. ७ कलुवापुर बस्ने वर्ष २८ को मनोज रानालाइ शंका लागी
चेक जाच गर्दा निजले लगाएको पाइन्टको गोजिमा सेतो प्लास्टिकमा लुकाइ छिपाइ राखेको
ला.औ.खैरो हिरोइन जस्तो देखिने पदार्थ १६.६७ ग्राम पलास्टिक सहित र शुद्द तौल
१४.८६ ग्राम फेला पारी निज मनोज राना समेतलाइ नियन्त्रणमा लिइ इ.प्र.का.झलारीमा
राखेको ।