मिति २०८२।०५।१७ गते देखि ऐ १८ सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०५-१८
- A
- A-
- A+
अपहरण शरीर बन्धक/ज.ज.क.,
सुर्खेत, चिङगाड गा.पा.६ घर भई
हाल भेरीगंगा न.पा.११ रामघाट आफ्नै सहोदर दिदीको घरमा बिगत १ वर्ष पहिले देखी
बस्दै आएकी वर्ष २४ की महिलालाई ऐ.भेरीगंगा न.पा.१२ बस्ने वर्ष २८ को कमल रेग्मीले
ऐ.०५/१३ गते राती अं.११:३० बजे ज.ज.क.गरेको भनि पीडितले ऐ.०५/१७ गते
इ.प्र.का.छिन्चु सुर्खेतमा लिखित जाहेरी दिएकोले प्र.नि.को कमाण्डमा टोली खटी गई
पीडकलाई ऐ.रामघाट बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई
इ.प्र.का.छिन्चुमा राखी आ.अ.भईरहेको ।
दाङ, घोराही उ.म.न.पा.१० अम्रई बस्ने वर्ष १४
को बालकले ऐ.उ.म.न.पा.२ बालापुर बस्ने वर्ष १६ की बालिकालाई ऐ.०५।१६ गते अं.१३:००
बजे पीडितकै घरकोठामा बोल्न कराउन नदिई जबरजस्ती करणी गरेको भनी ऐ.२१:०० बजे
जि.प्र.का.मा जानकारी प्राप्त हुनासाथ प्र.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई
ऐ.उ.म.न.पा.२ बालापुर स्थित सडक बाटोमा फेला पारी पक्राउ गरिएकोमा ऐ.०५।१७ गते
पीडितको आमाले बालक बिरुद्ध जबरजस्ती करणी कसुर मुद्दामा किटानी जाहेरी दरखास्त
दिए पश्चात पीडित तथा पिडकको बिस्तृत स्वास्थ्य परीक्षण गराई पीडितलाई आमाको
जिम्मा लगाई पठाईएको,
अवस्था समान्य रहेको, पीडकलाई सम्मानित जिल्ला
अदालत दाङमा उपस्थित गराई ऐ.०५।१६ गते देखी लागु हुने गरी दिन ५ (पाँच) म्याद थप
भई बाल निग्रानी कक्षमा राखी अनुसन्धान कार्य भईरहेको ।
बर्दिया, बढैयाताल गा.पा.८ टेशनपुर बस्ने वर्ष १८ की सुस्त मनस्थिति भएकी र ऐ.बस्ने वर्ष १४ की बालिकाहरू घरबाट ऐ.०४।१७ गते अं.०९:०० बजे निस्किएकोमा दुबै जनालाई खो.त.को लागि इ.प्र.का.मैनापोखर बर्दियामा मौखिक जानकारी गराई तत्पश्चात पीडितहरुलाई खो.त.गर्दै जाँदा ऐ.०५।१४ गते ऐ.गुलरिया न.पा.७ खाले गुलरिया स्थित ऐ.बस्ने अं.वर्ष ६५ को कल्लुराम यादव र ऐ.बस्ने अं.वर्ष ५५ को राम सागर यादवको घरबाट फेला पारी निज पीडितहरुलाई सोधपुछ गर्दा ऐ.०४।१७ गते १०:०० बजे ऐ. गुलरिया न.पा.११ गणेशपुर स्थितमा दुबै जना घुमफिर गरेको अवस्थामा ऐ. गुलरिया न.पा.७ खाले गुलरिया बस्ने अं.वर्ष २६ को विनोद यादवले पैसाको प्रलोभनमा पारी ललाई फकाई गरी अटोमा राखी ऐ. गुलरिया न.पा. ७ खाले गुलरिया स्थितमा रहेको आफ्नो छिमेकी कल्लुराम यादव र राम सागर यादवको घरमा पुर्याई निजहरु दुबै जनालाई सोही घरको कोठाभित्र राखी लगातार रुपमा बन्धक बनाई राखेको अवस्थामा राम सागर यादवले सोही अवधिमा विभिन्न मितिमा वर्ष १८ की बालिकालाई ४ पटक र अन्तिम पटक ऐ.०५।१२ गते रातको समयमा समेत गरी पीडितलाई ५ पटक सम्म ज.ज.क.गरेको र पीडित वर्ष १४ की बालिकालाई निज बिनोद यादवले ज.ज.क.गर्न खोज्दा पीडितले प्रतिकार गरि करणी गर्न नसकेको भनि ऐ.०५।१७ गते अं.१५:०० बजे पीडितको आफन्तले जि.प्र.का.बर्दियामा जाहेरी दरखास्त दिए पश्चात प्र.नि.को कमाण्डमा टोली खटी गई निज तिनै जना पिडकहरुलाई निजहरुकै घरवतनबाट नियन्त्रणमा लिई थप अनुसन्धानको लागि दिन ५ म्याद थप गरी जि.प्र.का.राखिएको र दुबै जना पीडितहरुलाई स्वास्थ्य परीक्षण गरी माईती नेपाल शाखा गुलरिया बर्दिया बुझाईएको, अवस्था सामान्य रहेको ।
पक्राउ नियन्त्रण,
भक्तपुर, चाँगुनारायण न.पा.४
दुवाकोटबेसी स्थित मनहरा पुलमा अस्थायी प्रहरी पोष्ट दुवाकोट बेसी बाट खटिएको
प्र.स.नि.को टोलीले भक्तपुरबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा ५७ प २४३१ नं.को
स्कुटर चेकजाँच गर्ने क्रममा सो स्कुटरको बिचमा कपडाको कालो झोलामा कागजपत्र
बिनाको अं. २१ के.जि.३९० ग्राम (झोला सहित )बुद्धचित्तको दाना फेला परेकोले जिल्ला काभ्रे पनौती न.पा.११ घर भई हाल
काठमाण्डौ बौद्ध बस्ने वर्ष २५ को राजु तामाङ (मा.प.से.) स्कुटर चालक र जिल्ला
काभ्रे तेमाल गा.पा.८ घर भई हाल काठमाण्डौ बौद्ध
बस्ने वर्ष ४५ को दिल बहादुर तामाङ (मा.प.से.) पछाडी सवार मानिसहरुलाई
स्कुटर सहित नियन्त्रणमा लिई बृत्त ठिमीबाट प्र.नि. को कमाण्डमा SOCO सहितको टोली खटि गई मुचुल्का
कार्य गरी थप कार्बाहीको लागी वृत्त ठिमीमा ल्याई हिरासतमा राखिएको ।
हातहतियार सहित मानिस नियन्त्रणमा,
काठमाण्डौ, काठमाण्डौ म.न.पा.२६
ठमेल स्थित रहेको जि. दोलखा भिमेश्वर न.पा.३ फुलाना बस्ने वर्ष ५७ को रमेश खड्काले
संचालन गरेको न्यु भान्सा होटलमा हातहतियार लुकाई छिपाई राखेको भन्ने गोप्य
सुचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट प्र.नि.र प्रहरी परिसर काठमाडौ, भद्रकालीबाट
प्र.व.ना.नि.को कमाण्डमा खटिएको टोलीले उक्त होटलको चौथो तलाको नम्बर नखुलेको
कोठामा सिरक भित्र पोको पारेको अवस्थामा ऐ. होटेलमा बस्ने जि. मुस्ताङ वारागुङ
मुक्तिनाथ क्षेत्र गा.पा.१ घर भई हाल का.जि.का.म.न.पा.१५ स्वयम्भु बस्ने वर्ष २१
को कर्म साङ्पो ठकुरीले हर्नेट जस्तो
देखिने 1976 model को
TM-07K.K mdtsushirso JAPAN and foreign
patents pending made in japan लेखेको थान १ लुकाई राखेको अवस्थामा
फेला परेकोले निजलाई नियन्त्रणमा लिएको, थप आवश्यक
सोधपुछको लागि होटल संचालक रमेश खड्का
सहित ३ जनालाई नियन्त्रणमा (कुल ४ जना) लिई आ.अ.भईरहेको ।
संखुवासभा, पाँचखपन न.पा. ०४ घतानि
गाँउ बस्ने बर्ष ४३ को राम बहादुर श्रेष्ठको घरमा १ वटा बिना लाईसेनको भरुवा
बन्दुक रहेको भन्ने गोप्य सुचनाको आधारमा इप्रका वाना संखुवासभाबाट प्रसनिको
कमाण्डमा ५ जनाको प्रहरी टोलि खटि गई बुझ्दा निजको बाँसको भाटा र जस्ताले बनेको
टिनको छानो भएको १ तले घरमा आफु सुत्ने कोठाको बेडको ओछ्यान मुनि लुकाई छिपाई
राखेको अवस्थामा १ थान लोड गरेको भरुवा बन्दुक फेला परेको हुदा, उक्त
भरुवा बन्दुक र निज बर्ष ४३ को राम बहादुर श्रेष्ठलाई नियन्त्रणमा लिई आवश्यक
अनुसन्धान भईरहेको ।
बरामद,
काठमाण्डौ, का.म.न.पा. वडा न. २६
सामाखुशी आत्मज्ञान नजिक बर्ष ७८ को विनोद कुमार श्रेष्ठको साढे २ तले आफ्नै घरको
दोस्रो तलामा दराज तथा लकर भित्र श्रोत नखुलेको नगद तथा धनमालहरु लुकाई छिपाई
राखेको भन्ने बिशेष सूचानाको आधारमा काठमाण्डौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, जिल्ला
प्रहरी परिसर भद्रकाली, प्रहरी वृत्त महाराजगंज तथा मुचुल्का
टोली साथै प्रहरी प्रभाग गोँगबुको प्रहरी टोली खटि गई उक्त घर खानतलासी गर्दा नेपाली नगद रु ४,२५,५०,०००।– अक्षेरुपी (चार करोड
पच्चिस लाख पचास हजार), पहेंलो धातुले बनेको सुन जस्तो
देखिने विभिन्न किसिमको गर-गहनाहरु मान्यता प्राप्त तराजुले एकमुष्ठ तौल गर्दा
९८३७.९६ ग्राम र सेतो धातुले बनेको चाँदी जस्तो देखिने विभिन्न किसिमको गर-गहनाहरु
मान्यता प्राप्त तराजुले एकमुष्ठ तौल गर्दा ३२१८.९२ ग्राम बरामद गरी रितपुर्वक
मुचुल्का कार्य सम्पन्न गरी निज घर धनीलाई समेत नियन्त्रणमा लिई थप अ.अ. कार्यको
लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाण्डौंमा पठाईएको ।
ला.औ.,
महोत्तरी, बर्दिवास न.पा.३
अ.ट्रा.प्र.पोष्ट गौरीडाडाँ स्थित वि.पि. राजमार्गमा प्र.ना.नि.को कमाण्डमा खटी
गएको संयुक्त टोलीले सिरहाबाट काठमाण्डौ तर्फ जाँदै गरेको जि.सिराहा सिराहा न.पा.-११ बस्ने वर्ष ४५ को सुरेश पासवानले चलाएको बा.४ ख ६९१ न.को
यात्रु वाहक हायस गाडीको अन्तिम सिटमा सवार जि.सिराहा सुखिपुर न.पा.०२ बस्ने वर्ष
२४ को राजीव राज महतोलाई शंका लागी चेकजाँज गर्दा निजको साथबाट लुकाई छिपाई गरी
राखिएको अवैध लागु औषध (खैरो हिरोईन) जस्तो देखिने पदार्थ तौल गर्दा प्लास्टिक
सहित ५० ग्राम र प्लास्टिक बाहेक ४२ ग्राम फेला परी निजलाई ला.औ. सहित नियन्त्रणमा
लिई आवश्यक कारवाहीको लागि इ.प्र.का.बर्दिवासमा ल्याई राखिएको ।
मोरङ, सुनवर्षी न.पा.९ स्थित
प्रनि को कमाण्डमा खटिएको प्रहरी टोलीले BR11V6734
नं. को भारतीय मो.सा. मा २ जना सवार संकास्पद रुपमा आएको देखि रोक्न खोज्दा
नरोकेकोले संकेत नं.C-00103632 कम्प्युटर कोड नं.४०११९९
प्र.चौ. घुर्मी उदयपुर दरबन्दीको प्रसह धर्मध्वोज कार्की र संकेत नं.C-00103416 कम्प्युटर कोड नं.४०१०९७ उच्च अदालत समन्वय तथा सुरक्षा प्रहरी
इकाई फैसला कार्यान्वयन इलाम दरबन्दीको प्रसह किरण अधिकारीले प्र.१-०२-०४५ प ३३९२
नं. को मो.सा. ले पिछा गर्दै जादा दुई वटै मो.सा. ठक्कर खाई धानवारीमा लड्दा दुबै
जना प्रकहरुको दाहिने खुट्टामा चोट लागी घाईते भई उपचारको लागी रंगेली अस्पताल
रंगेलीमा उपचार भईरहेको अबस्था सामान्य रहेको निजहरुको मोवाईल पानीमा झरी क्षती
भएको, उक्त भारतिय मो.सा. मा सवार मानिसहरु उक्त स्थानबाट
भागी फरार रहेकोले खो.त. भईरहेको मो.सा. बाट TRAMADOL क्याप्सुल
१७,९४०।- ( सत्र हजार नौ सय चालिस ) (१ पत्तामा १० वटा
क्याप्सुलको दरले १,७९४ पत्ता ) ला.औ. फेला परेकोले बरामद
गरी मो.सा. नियन्त्रणमा लिई इप्रका रंगेलीमा ल्याई राखिएको ।