मिति २०८२।०५।१८ गते देखि ऐ १९ सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०५-१९
- A
- A-
- A+
ज.ज.क.,
रोल्पा, रुन्टिगढी गा.पा.५
दुबीडाँडा बस्ने संकेत नाम होलेरी (ग२)को श्रीमति बर्ष २० की २०८२/०८३ होलेरी(ग)ले
ऐ.ऐ.बस्ने निजकै ससुरा बर्ष ५५ को २०८२/०८३ होलेरी (ग२) ले मादक पदार्थ सेवन गरी
मेरो कोठामा आई ज.ज.क.गरेको भनी आज मिति २०८२/०५/१८ गते बेलुका अं.१८:०० बजेको
समयमा इ.प्र.का.होलेरी रोल्पामा किटानी जाहेरी दिना साथ प्रहरी टोली खटी गई निजको
खो.त.कार्य भईरहेको ।
मानव कंकाल फेला,
बारा, जितपुर सिमरा
उ.म.न.पा.२२ बिरमानडाँडा बस्ने अं.वर्ष ४६ को रमेश कार्कि मिति २०८२।०५।०७ गते
अं.१७:०० बजे आफ्नो घरबाट हराएकोमा आफन्त छर छिमेक समेतमा बुझ्दा कहिँ कतै फेला
नपरेको भनी निजको आमाले ऐ.१८ गते १८:२० बजे, इ.प्र.का.अम्लेखगंजमा आई मौखिक
जानकारी गराउनासाथ ऐ.२१ र २२ नं. को वडा अध्यक्ष ज्यू स्थानीय मानिसहरुले
खो.त.कार्य गर्दा ऐ.१८ गते अं.१७:२० बजे.ऐ.२२ स्थित रणकुमारी सामुदायिक वनको
विभिन्न स्थानमा टाउको, शरिरको कंकाल, छाला
तथा घुँडा मुनिको खुट्टा भएको फेला परेको, उक्त शव निज
हराएको मानिसको नै हो भन्ने एकिन नभएको, थप अनुसन्धान कार्य
भईरहेको।
गौवध,
प्युठान, ऐरावती गा.पा.५
बेल्टारी बस्ने राम बहादुर सार्कीको छोरा वर्ष २१ को प्रेम बहादुर सार्कीले आफ्नै
गोठमा बाँधेको २ वटा गाईलाई बन्चरो प्रहार गरी मारेको भनी ऐ.१८ गते ०७:३० बजे
जानकारी प्राप्त हुनासाथ प्र.चौ.बरौलाबाट प्रहरी टोली खटी गई घटनामा संलग्न प्रेम
बहादुर सार्कीलाई नियन्त्रणमा लिई आ.अ.भइरहेको ।
गोली पड्किई मानिस घाईते,
दैलेख, डुङ्गेश्वर गा.पा. ०२
त्रिपुले बस्ने अं.वर्ष ३९ को टेक बहादुर थापा मगरले भरुवा बन्दुक भर्ने क्रममा
एक्कासी सो बन्दुक पड्किन गई ऐ.बस्ने
अं.वर्ष १३ की नविना मगरको कम्मर भन्दा तल दुबै खुट्टाको घुँडा भन्दा माथि
साप्राको भागमा उक्त बन्दुकबाट पड्केको गोली लागी घाईते भई उपचारको लागि ऐ.१८:३०
बजे भेरी अस्पताल नेपालगंज बाँके ल्याई उपचार भईरहेको, अवस्था
मध्यम, साथमा निजको आमा रहेको भनी अस्पतालमा कार्यरत
प्र.क.ले ऐ. १८:४५ बजे जि.प्र.का.दैलेखमा जानकारी गराएको, उक्त
स्थानमा प्रहरी टोली खटी गएको,निज टेक बहादुर थापा मगर फरार
रहेको खो.त.कार्य जारी ।
कैदी/थुनुवा मृत्यु,
सुनसरी, झुम्का कारागार
सुनसरीमा ज.ज.क मुद्दामा बन्दी भुक्तान गरी रहेका जि.सप्तरी राजविराज न.पा. ८
बस्ने वर्ष ४६ को जलेश्वर यादव बहोस भई उपचारको लागि प्र.ह.को कमाण्डमा खटिएको
टोलीले जिल्ला अस्पताल ईनरुवा सुनसरीमा ल्याई उपचार भईरहेकोमा ऐ.१८:११ बजे
चिकित्सकले मृत घोषणा गरेको, आफन्तलाई जानकारी भएको, शव सोही अस्पतालमै रहेको ।
ला.औ.,
मोरङ, कानेपोखरी गा.पा.६
रमाइलो बस्ने अं.वर्ष २६ को मिन बहादुर बस्नेतले ला.औ. बेचबिखन गरिरहेको भन्ने खबर
प्राप्त हुनासाथ इ.प्र.का.पथरीबाट प्र.ह. र ला.औ.नि. ब्युरो बिराटनगरबाट
प्र.ना.नि.को कमाण्डमा टोली खटी गई चेकजाँच गर्दा निजको घरको कोठाबाट ला.औ. ब्राउन
सुगर जस्तो देखिने पदार्थ अं.४९ ग्राम ८६० मिलिग्राम फेला पारी उक्त ला.औ. सहित
निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।
काठमाडौं, का.म.न.पा. १६ बाईपास
अष्ठनारायण हल नजिक लागु औषधको कारोवार भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा
प्रहरी वृत्त बालाजुबाट सादा पोशाकमा टोली खटी गई जि.धादिङ मुरली भन्जाङ ६ घर भई
हाल का.म.न.पा. १६ बालाजु बस्ने अं.वर्ष ३५ को कौशल लामगाढेलाई चेकजाँच गर्ने
क्रममा निजको साथबाट लागु औषध खैरो हिरोईन जस्तो देखिने ४ ग्राम सहित र निज सँगै
रहेको जि.बारा कलैया उ.म.न.पा. ०३ घर भई हाल का.जि.असन बस्ने वर्ष २७ को रवि
शाहलाई सहित नियन्त्रणमा लिई प्रहरी वृत्त बालाजुमा राखिएको ।