मिति २०८२।०५।१९ गते ०५:०० बजे देखि ऐ २० गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०५-२०
- A
- A-
- A+
ज.ज.क.,
बाल यौन दुर्ब्यवहार,
उदयपुर ,मिति २०८२।०५।१८ गते १२:०० बजे
वेलका न.पा. ४ स्थित वर्ष १५ की बालिकालाई जि.सुनसरी देवानगन्ज गा.पा.४ बस्ने वर्ष
२२ को प्रमोद कुमार पालले जबरजस्ती करणी गरी भागी फरार भनी ऐ.१९ गते १२:०० बजे
इ.प्र.का.रामपुरठोक्सिलामा आई लिखित जाहेरी
दिएको हुँदा इ.प्र.का.रामपुरठोक्सिलाबाट
प्र.नि.को कमाण्डमा टोली खटी गई निज प्रतिवादीको खो.त.कार्य भईरहेको,
पीडित बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको हाल आफन्त सँगै
रहेको ।
बर्दिया ,ठाकुरबाबा न.पा.१
डुग्रेनि बस्ने वर्ष १५ की बालिकालाई आफ्नै भान्सा घर कोठामा सुतिरहेको अवस्थामा
छिमेकी ऐ.बस्ने वर्ष ५९ को गणेश प्रशाद जैसी खनालले उक्त बालिका सुतेको कोठाभित्र
प्रवेश गरी पीडितलाई अगांलो हाली संवेदनशिल अगंहरुमा छोई बाल यौन दुर्ब्यवहार
गरेको भनी ऐ.१६:०० बजे जाहेरी दरखास्त दिनासाथ इ.प्र.का.बग्नाहा भुरीगाउँबाट
प्र.व.ना.नि.को कमाण्डमा टोली खटी गई गणेश प्रशाद जैसी खनाललाई नियन्त्रणमा लिई
आवश्यक कारबाहीको लागि जि.प्र.का.पठाएको, पीडित बालिकालाई बिस्तृत
स्वास्थ्य परिक्षणको लागि बर्दिया अस्पताल गुलरीया पठाएको, अवस्था
सामान्य, ।
सुर्खेत, जाजारकोट भेरी न.पा.१
रिम्ना बस्ने वर्ष १६ की परिवर्तित नामथर (आ.व.२०८२/०८३) ६४ वीरेन्द्रनगर क १२ लाई
जि.दैलेख भगवतिमाई गा.पा.६ बस्ने बर्ष २१ को अम्मर बहादुर बि.क.ले जि.सुर्खेत
वीरेन्द्रनगर न.पा.६ मंगलगढी स्थित जनता होटेलको कोठा नं.३ मा मिति २०८२।०५।१७ गते
१२:०० बजे यौन दुरुपयोग गरेको भनी पीडित पक्षले ऐ.१९ गते १३:५० बजे जि.प्र.का.मा
जाहेरी दिएको हुँदा प्र.नि.को कमाण्डमा टोली खटी गई प्रतिवादी अम्मर बहादुर
बि.क.लाई नियन्त्रणमा जि.प्र.का.मा राखी आ.अ.भइरहेको ।
कैदी/बन्दी बिरामी/मृत्यु,
सुनसरी , मिति
२०८२।०५।१८ गते झुम्का कारागार सुनसरीमा रहेका विभिन्न मुद्धाका कैदी/बन्दीहरु जिउ
सुन्निने, श्वास फेर्न गाह्रो हुने जस्ता समस्या देखिएकोमा
हालसम्म जि.सप्तरी राजविराज न.पा.८ बस्ने वर्ष ४६ को जलेश्वर यादव लगायत ३ जनाको
उपचारको क्रममा मृत्यु भएको र १४ जना सोही रोगको कारण बिरामी भई वि.पी.कोईराला
स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाइएकोमा ७ जना उपचार पश्चार डिस्चार्ज
भएका, ७ जनाको सोही अस्पतालमा उपचार भइरहेको, उक्त रोगको चेकजाँचको लागि ऐ.१९ गते १२:०५ बजे ऐ.कारागारमा स्वास्थ्य
मन्त्रालय बिराटनगरका डा. समिर पराजुली (PHO), WHO संस्थाबाट
समेक्षा सुबेदी(IMO), धनकुटा स्वास्थ्य निर्देशानलयबाट
सुरक्षा खत्री (PHO) र जन-स्वास्थ्य कार्यालय ईनरुवा
सुनसरीका प्रमुख सागर प्रसाई लगायतका चिकित्सकहरु तथा सम्बन्धित निकायका
व्यक्तिहरु गरी अं.१० जनाको समुहले ७७ जना कैदी/बन्दीहरुलाई चेकजाँच गरी ऐ.१५:४५
बजे समाप्त भएको ।
मृत्यु
१) लाऔ मुद्दाको जिल्ला सप्तरी राजविराज न.पा. ८ बस्ने बर्ष
४६ को जलेश्वर यादव उपचारको क्रममा जिल्ला अस्पताल सुनसरीमा ऐ ०५।१८ गते १८:११ बजे मृत्यु भएको ।( सोहि
मितिको जाहेरीमा जाहेर भईसकेको)
२) लाऔ मुद्दाको बन्दी बर्ष २४ को सागर राईको उपचारको
क्रम्मा ०५/१६ गते बि.पि. कोईराला घोपा धरानमा ०८:३० बजेको समयमा मृत्यु भएको ।( सोहि मितिको जाहेरीमा जाहेर
भईसकेको)
३) कर्तब्य ज्यान मुद्धाको बर्ष ४८ को रामदेव उरावको
उपचारकको क्रम्मा ०५/१५ गते बि.पि. कोईराला घोपा धरानमा राती ००:१५ बजेको समयमा
मृत्यु भएको ।( सोहि मितिको जाहेरीमा जाहेर भईसकेको)
कर्तव्य ज्यान,
सिरहा, मिति २०८२।०४।२६ गते
अं.२२:२० बजे कल्याणपुर न.पा.९ डुमरी स्थित झै-झगडा भई रहेको छ भनि खबर प्राप्त
हुना साथ इ.प्र.का.कल्याणपुरबाट प्र.स.नि. को कमाण्डमा टोली खटिगई बुझ्दा ऐ.बस्ने
अं.बर्ष ३५ को सन्तोष यादब (एक पक्ष) र ऐ.बस्ने अं.बर्ष २५ को रबिन यादब, ऐ.बस्ने
निजको हजुर आँमा अं.बर्ष ७५ कि रामेश्वरी यादब (अर्को पक्ष) बिच पुरानो रिसिभीको
कारण बादबिवाद भई झै-झगडा तथा कुटपिट हुँदा उपचारको लागी सन्तोष यादवलाई मंगलम
अस्पताल मिर्चैया पठाईएको अवस्था सामान्य र रबिन यादव अवस्था सामान्य र निजको हजुर
आमा अवस्था (मध्यम) लाई अनुराधा मेडिकल
चौहर्वामा पठाईएको २ जनाको उपचार पश्चात डिस्चार्ज भएको, रामेश्वरी
यादबलाई थप उपचारको लागि ऐ.०५।१६ गते १८;३० बजे न्युरो
अस्पताल बिराटनगरमा ल्याएकोमा ऐ. १८ गते २२:०० बजे आफुखुसी घर तर्फ लगेको, ऐ.१९ गते ०५:०० बजे निजको मृत्यु भएको भनि खबर प्राप्त हुनासाथ इ.प्र.का.
कल्याणपुरबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई कुटपिट गर्ने सन्तोष यादबलाई
नियन्त्रणमा लिएको, कानुनी प्रकृयाको लागि इ.प्र.का.
मिर्चैयाबाट प्र.नि.को कमाण्डमा टोली खटी गई शव पो.मा.को लागि प्रादेशिक अस्पताल
लाहान सिरहा पठाईएको ।
विद्यार्थीहरु बिरामी भएको,
महोत्तरी, पिपरा गा.पा.६ स्थित आदर्श मा.वि.रतौलीमा
स्कुलका विद्यार्थीहरुलाई खाजाको लागि
हलुवा बनाई विद्यार्थीहरुले खाए पश्चात अचानक विद्यार्थीहरु बान्ता गरी
बिरामी भई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको भन्ने
खबर प्राप्त हुनासाथ प्र.चौ.भमरपुराबाट प्र.स.नि.र जि.प्र.का.बाट
प्र.ना.उ.को कमाण्डमा २० जनाको टोली खटी गएको, सोही स्कुलमा विद्यार्थीहरुको
आफन्त, स्थानीयहरु भेला जम्मा भई विद्यार्थीहरु के कसरी
बिरामी भएको भनी विद्यालयका सरहरुसँग सहकार्य गरीरहेका, अं.सख्या
१५०/२०० जना रहेको, हालको अवस्था सामान्य रहेको, ऐ.१८:२० बजे अभिभावकहरुलाई सम्झाई-बुझाई गरी विधार्थीहरुले खाएको हलुवाको
नमुना परिक्षणको लागि लिएर कार्यालय तर्फ फिर्ता भएको र हालसम्म विद्यार्थी लागि
८५ जना उपचारको लागि गएकोमा २ जनाको उपचार भइरहेको, बाँकी
सबैजना डिस्चार्ज भएका, अवस्था सामान्य रहेको,
ला.औ.,
झापा कमल गा.पा.५ पाडाजुगी चोक स्थित लागु औषध बिक्रि बितरण
भइरहेको भन्ने गोप्य सुचनाको आधारमा इ.प्र.का.दमकबाट खटिएको प्र.ब.ना.नि.को टोलीले
शंका लागी चेकजाँच गर्दा जि.मोरङ विराटनगर म.न.पा.८ घर भई हाल जि.झापा दमक न.पा८
बस्ने वर्ष ३१ को भोला अमात राय समेत ३ जनाको साथबाट लागु औषध ब्राउन सुगर जस्तो
देखिने पदार्थ शुद्ध तौल ५ ग्राम १७ मिलिग्राम फेला परेकोले उक्त ला.औ.सहित तिनै
जनालाई नियन्त्रणमा लिई इ.प्र.का.दमकमा राखिएको, ।