प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।०५।२० गते ०५:०० बजे देखि ऐ २२ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-०५-२२

  • A
  • A-
  • A+
Share

ज.ज.क./ज.ज.क.उद्योग,

कैलाली, लम्कीचुहा न.पा.०३ बल्चौर बस्ने अं.वर्ष ३२ को बुवाले आफ्नै छोरी वर्ष ११ की बालिकालाई मादक पदार्थ सेवन गरी आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा ओछ्यानमा गई ज.ज.क. गर्न खोजेको भनि ऐ.२० गते बिहान ०९:०० बजे स्थानीय नन्दराम वादीले टे.फो. मार्फत इ.प्र.का.चिसापानीमा जानकारी गराउनासाथ प्र.व.ना.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई पक्राउ गरी इ.प्र.का.लम्की कैलालीमा पठाईएको, पीडित बालिकालाई आफन्तको जिम्मा लगाएको, घटनास्थल इ.प्र.का.चिसापानी ७ कि.मि. पश्चिम पर्ने

 

मकवानपुर, बकैया गा.पा.१ रजुवा बस्ने बर्ष अं.१० की बालिकालाई ऐ. बस्ने बर्ष अं.६२ को प्रेम बहादुर ध्यावाले आफ्नै घरमा डर धम्कि देखाई ज.ज.क.गरेको भनि पिडित बालिकाको आमाले मिति २०८२।०५।२० गते जि.प्र.का.मकवानपुरमा आइ जाहेरी दिए पश्चात उक्त स्थानमा इ.प्र.का. निजगढबाट प्र.ना.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई निज पिडकलाई घर वतन बाटै नियन्त्रणमा लिई जि.प्र.का.मकवानपुरमा ल्याइ थप अनुसन्धान कार्य भइरहेको, बालिकालाई स्वास्थ्य परिक्षण गराइ सेफ हाउसमा राखिएको ।

 

इलाम, सुर्योदय न.पा.१२ तिनघरे बस्ने वर्ष वर्ष ४२ की महिलालाई ऐ.बस्ने वर्ष २४ को मनोज राईले पीडितकै घरको भान्सा घरमा कोही नभएको अवस्थामा हातपात गरी ज.ज.क.प्रयास गरेको भनी ऐ.२१:०० बजे प्र.चौ.तिनघरेमा पीडितले लिखित निवेदन दिएकोमा प्र.स.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई इ.प्र.का.पशुपतिनगरमा राखी आ.अ.भईरहेको ।

 

रोल्पा, रुन्टीगढी गा.पा..८ मेलटाकुरा बस्ने संकेत नाम होलेरी (घ३) को श्रीमती पीडित वर्ष २९ की होलेरी (घ) लाई मिति २०८२।०५।१८ गते राती अं.२३:४५ बजे ऐ.बस्ने निजकै सहोदर जेठाजु संकेत नाम वर्ष २९ को होलेरी (घ६) ले पीडितको सुत्ने कोठामा गई एक्लै सुतिरहेको अवस्थामा ज.ज.क. गरेको भनि पीडितले ऐ.२१ गते बिहान ०९:०० बजे इ.प्र.का.होलेरी रोल्पामा जानकारी हुनासाथ प्र.नि.को  कमाण्डमा टोली खटी गई ऐ.१६:०० बजे (संकेत नाम होलेरी (घ६) लाई निजकै घरबाट नियन्त्रणमा लिई स्वास्थ्य परिक्षण गरी इ.प्र.का.होलेरीमा राखिएको, पीडित वर्ष २९ की होलेरी (घ) ले इ.प्र.का.होलेरीमा ऐ.१८:०० बजे जाहेरी दिएको, पीडित प्रहरीको सम्पर्कमा, अवस्था सामान्य रहेको

 

कुटपिट

काठमाडौं, का.म.न.पा.८ पशुपती मन्दिर नजिक जि.मकवानपुर घर भई हाल का.जि.पशुपती बस्ने बर्ष ३८ को दिपक कुमार थिङले हाल नामथर,वतन नखुलेको पशुपती एरियामा बस्ने बर्ष अं.२५/३० को पुरुष व्यक्तीलाई काठको लठ्ठिले प्रहार गर्दा घाईते भई तत्काल के.एम.सि.अस्पताल लगी उपचार भईरहेको,टाउको र बायाँ हातमा चोट,बोल्न नसक्ने,अवस्था गम्भिर,उक्त स्थानमा वृत्त गौशाला मातहत अ.प्र.विट पशुपतीबाट प्र.स.ह.को कमाण्डमा २ जनाको प्रहरी टोली खटिगएको,प्रहार गर्ने व्यक्ती वृत्त गौशालाको नियन्त्रणमा रहेको ।

 

जनावर आक्रमण,

सुनसरी, कोशी गाँउपालिका ०८ कोशी बान्द ३ नं. नोज स्थितमा माछा मार्न र दाउरा झिकन गएको ऐ. वडा नं. ७ बस्ने वर्ष अं. ४५ को सराचन सदा ऐ. बान्द नजिकै सुतिरहेको अबस्थामा हात्तीले ढाडमा टेकी जंगल तर्फ गएको, निजको ढाडमा चोट लागी कोशी हेल्थ केयर भाण्टावारीमा उपचार भईरहेकोमा थप उपचारको लागी ग्लोबल कार्डियो एण्ड न्युरो असस्पताल लगी डाक्टले चेकजाचँ गर्दा ऐ ०३:२४ बजे मृत्यु भएको भनि घोषणा गरेको , लाश पो.मा.को लागी जिल्ला अस्पताल ईनरुवा सुनसरीमा ल्याई शव गृहमा राखिएको, संगै गएका ऐ. बस्ने वर्ष ४४ को गणु सदा र ऐ. बस्ने वर्ष ३८ को सैनी सदा भागन सफल रहेको, दुबै जना उपचारमा संलग्न रहेको भनि ऐ. ०१:३० बजे इप्रका भाण्टावारीमा जानकारी प्राप्त हुनसाथ प्र.बा.ना.नि पुण्य अधिकारीको कमाण्डमा ४ जना प्रहरी टोली खटिगएको ।

 

प्रहरी कर्मचारी मृत्यु,

बाँके, मिति २०८२।०५।२१ गते गणेश मूर्ति बिसर्जन कार्यक्रम रहेकोले नेपालगंज बजार,फुल्टेक्रा, कान्तिताल,पुरैनी हुदैँ राप्ती नदीमा गणेश मूर्ति बिसर्जन कार्यक्रम रहेको हुँदा सोही कार्यक्रमको सुचना संकलन तथा वस्तुस्थिति बुझ्नका लागि व.प्र.का.नेपालगंजबाट जि.रोल्पा रोल्पा न.पा.१० घर भई हाल जि.बाँके नेपालगंज उ.म.न.पा.४ बसपार्क बस्ने इ.प्र.का.मोतिपुर बर्दिया दरबन्दी भई व.प्र.का.नेपालगंज बाँकेमा कार्यरत वर्ष ४७ को प्र.ना.नि.धन बहादुर थापा(कम्युटर कोड ३०६६६३, संकेत नं.C-०००४३८३७) जि.बाँके नेपालगंज उ.म.न.पा.२२ कान्तिताल स्थित ऐ.०६:०५ बजे अचानक बेहोस भई ढलेको हुँदा उपचारको लागि व.प्र.का.नेपालगंज बाँकेबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले भेरी अस्पताल नेपालगंज ल्याएकोमा ऐ.०६:३० बजे ECG गर्दा डाक्टरले मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको,

 

बाँके, मिति २०८२।०५।१९ गते ०९:०० बजे जि.सुर्खेत गुर्भाकोट न.पा.१४ स्थाई वतन, प्रहरी चौकी डिल्लीचौर जुम्ला दरबन्दी भई नेपाल प्रहरी विशेष सुरक्षा गण कोहलपुर बाँकेमा कार्यरत प्र.स.ह. प्रकाश पुन मगर कार्यालयको मुल गेटमा बिहान ०६:००-१०:०० बजेसम्मको डिउटी खटिएकोमा भुँईमा लढेर बेहोस भई उपचारको लागि लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगंज पठाई सामान्य उपचार पश्चात ऐ.२१ गते ०६:२५ बजे (नर्सिङ होम) संजिवनी अस्पताल नेपालगंज रिफर गरिएकोमा ऐ.०७:२० बजे डाक्टरले मृत घोषणा गरेको भनी नेपाल प्रहरी विशेष सुरक्षा गण कोहलपुरबाट जानकारी प्राप्त भएको, शव सोही अस्पतालमा रहेको ।

 

सुनसरी , नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी सुनसरी दरबन्दी भई कार्यरत कम्प्युटर कोड (३७४७९७) वर्ष ३८ को प्र.ह.सबिर कुमार खाँ मिति २०८२।०५।१६ गते रातको (१२:००-०३:००) ड्यूटी सकेर ब्यारेक तर्फ फर्कदै गरेको अवस्थामा अचानक बाँया खुट्टाको घुँडा भन्दा मुनि पोल्ने दुख्ने भई श्वासप्रश्वास समेतमा कठिनाई आउँदा बेहोस भई लडेकोमा बिराटनगर स्थित बिराट टिचिङ अस्पतालमा उपचार भईरहेकोमा ऐ.२१ गते १६:३७ बजे उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, निजको श्रीमति प्रहरी हवल्दार रेनु कुमारी लेखी र परिवार सहित सोही अस्पतालमा रहेको, कानुनी प्रकृयाको जि.प्र.का.मोरङसंग समन्वय भएको ।

 

ला.औ.,

कपिलवस्तु, कृष्णनगर न.पा.२ लिङ्गेट स्थितमा अ.प्र.पोष्ट लिङ्गेटबाट प्र.ना.नि.को कमाण्डमा खटिएको ३ जनाको टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका पैदल यात्री जिल्ला कपिलवस्तु बुद्धभुमी न.पा.२ गोरुसिंगे बस्ने हरि प्रसाद घिमिरेको छोरा बर्ष २२ को सुदिप घिमिरेलाई शंका लागी रोकी चेकजांचगर्दा निजले लगाएको कालो रंगको हाप पाइन्टको पछाडी दायाँ तर्फको गोजीमा ROYAL ENFILED लेखिएको कालो रंगको पर्स भित्र कालो रंगको प्लाष्टिकको पोका भित्र लुकाई छिपाई राखेको लागु औषध (खैरो हिरोईन) जस्तो देखिने खैरो गिलो पदार्थ प्लाष्टिक सहित तौल गर्दा १० ग्राम ५२० मिलिग्राम र प्लाष्टिक हटाई तौल गर्दा शुद्ध तौल १० ग्राम ६० मिलिग्राम फेला पारी ला.औ. सहित निजलाई नियन्त्रणमा ल्याई इ.प्र.का.कृष्णनगरमा राखिएको,थप अनुसन्धान कार्य भईरहेको

 

तनहुँ, म्याग्दे गा.पा.४ थर्पु बजार स्थित पृथ्वि राजमार्ग सडक खण्डमा प्र.चौ.थर्पु तनहुँबाट प्र.ना.नि.को कमाण्डमा खटिएको ट्राफिक सहीत ५ जनाको चेकिङ टोलीले धादिङबाट पोखरा तर्फ जाँदै गरेको बा ९२ प ५४२८ न.को मो.सा.चेकजाँच गर्ने क्रममा मो.सा.चालक जिल्ला धादिङ गजुरी गा.पा.-१ बस्ने बर्ष ३८ को अक्कल बहादुर तामाङ र मो.सा.पछाडी सवार ऐ.रोराङ गा.पा.-१ बस्ने बर्ष ४५ को दिल बहादुर तामाङले ४ वटा पोकामा लुकाइ छिपाइ ल्याएको २५ के.जी.२९० ग्राम(कुल तौल गर्दा) लागु औषध(गाँजा)बरामद गरेको भन्ने खबर प्राप्त हुन साथ थप अनुशन्धानको लागी जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा ७ जनाको टोली खटी गएको मो.सा.र मो.सा.मा सवार दुबै जनालाइ नियन्त्रणमा लिइ आ.अ.को लागी जि.प्र.का.मा ल्याएको

 

सिरहा, गोलबजार न.पा.०३ गाग्न खोला स्थित पूर्व पश्चिम लोकमार्गमा गोप्य सूचनाको आधारमा ई.प्र.का.गोलबजारबाट प्र.स.नि. र लागु.औ.नियन्त्रण ब्युरो गोलबजारबाट प्र.स.नि.को कमाण्डमा खटिएको संयुक्त टोलिले कसहाबाट गोलबजार तर्फ आउदै गरेको स ७ प २५९५ नं.को मो.सा.लाई शंकाको आधारमा चेकजाँच गर्दा मो.सा.चालक जिल्ला गोलबजार न.पा.१ बल्डडा बस्ने सहदेव यादवको छोरा अं.वर्ष २२ को दिप कुमार यादव र सोही मो.सा.पछाडि सवार जिल्ला सिरहा नरहा गा.पा.०५ बस्ने देवशरण यादवको छोरा अं.वर्ष ३० को ईन्द्रजित कुमार यादव दुबै जनाको शरीरको खानतलासी गर्दा मो.सा.चालक दिप कुमार यादवले लगाएको हरियो शर्टको अगाडिको बायाँ खल्तीमा २ वटा स-साना प्लास्टिकको पोकामा ला.औ.ब्राउन सुगर जस्तो देखिने पदार्थ (प्लाष्टिक सहित तौल गर्दा १७ ग्राम १४० मिली ग्राम, प्लाष्टिक बाहेक तौल गर्दा १६ ग्राम १०० मिली ग्राम) फेला परेको हुँदा निज दुबै जनालाई मो.सा.सहित नियन्त्रणमा लिई ई.प्र.का.गोलबजारमा ल्याइ थप अनुसन्धान कार्य भइरहेको

 

बाँके, जानकी गा.पा. ५ वुडियागाउँ बस्ने वर्ष ४१ को नईम खाँले ला.औ. कारोबार गरि रहेको छ भन्ने गोप्य सुचनाको आधारमा इ.प्र.का. कोहलपुर बाँकेबाट प्र.स.नि. को कमाण्डमा २ जना र ला.औ. नि. ब्युरो नेपालगंज बाँके बाट प्र.‍ह. को कमाण्डमा २ जनाको सयुक्त टोली खटि गई जिल्ला बाँके कोहलपुर  न.पा. १४ पार्वतीपुर नजिकै नईम खाँलाई भे १० प ३५३५ नं. को मो.सा.सहित फेला पारी उक्त मो.सा. र निजलाई रितपुर्वक खानतलासी गर्दा निज नईम खाँले लगाएको पाईन्टको दाहिने खल्ती भित्र लुकाई छिपाई गरि राखेको ला.औ. जस्तो देखिने खैरो धुलो पदार्थ शुद्ध तौल ३३ ग्राम  ९१० मिलिग्राम र मोबाइल थान-१ फेला पारी भे १० प ३५३५ नं. को मो.सा. सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागी इ.प्र.का. कोहलपुर बाँकेमा ल्याई राखेको ।

 

धादिङ, गजुरी गा.पा.२ बिहानी पेट्रोल पम्प स्थितमा चालिसेबाट मलेखुतर्फ जाँदै गरेको मे १ च १५२२ न.को दुर्गा प्र.बज्राचार्य स्मृति समाज लेखेको एम्बुलेन्समा लागु औषध गाँजा  छ भन्ने गोप्य सुचनाको आधारमा  इ.प्र.का गजुरीबाट प्र.ना.उ. विकास थापाको (९८५१२९८३००) कमाण्डमा खटिएको टोलिले चेकजाँच गर्ने क्रममा एम्बुलेन्सको फल्स बटम बनाई फल्स बटम भित्र लुकाई छिपाई राखेको  रातो टेपले बेरी पोका पारेको अबस्थामा (८) पोकामा ९०.६४ kg  (नव्बे पईन्ट छयालिस) किलो लागु औषध गाँजाको बरामद गरी निम्न मानिसहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।

निम्न मानिसहरु

१)      जिल्ला धादिङ मकवानपुर राक्सिराङ गा.पा. ९ खैराङ बस्ने बर्ष अ. २५ को प्रेम तामाङ ।

२)      एम्बुलेन्स चालक जिल्ला काठमाण्डौ का.म.न.पा १४ बल्खु बस्ने बर्ष अ. २४ को  सन्तोष राई

सम्बन्धित समाचार
मिति २०८२।०८।०१ गते ०५:०० बजे देखि ऐ ०८।०२ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०८-०२

कर्तव्य ज्यान,महोत्तरी, जलेश्वर न.पा.९ आगेपुर स्थित ऐ.बस्ने अं.वर्ष ६० को बेचन राईनलाई जि.धनुषा नगराईन न.पा.९ फुलगामा बस्ने अं.वर्ष १६/१७ को गुडु मण्डलले चक्कु प्रहार गरेको भन्ने खबर प्राप्त हुनासाथ अ.प्र.पोष्ट जलेश्वर र जि.प्र.का.महोत्तरीबाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गई घाईतेलाई उपचारको प्रादेशिक अस्पताल जलेश्वरमा पठाईएकोमा डाक्टरले चेकजाँच गर्दा ऐ.१९:३५ बजे मृत्यु भएको,शव सोही अस्पतालमा रहेको, चक्कु प्रहार गर्ने फरार रहेकोमा खो.त.गर्ने क्रममा ऐ.२०:१५ बजे जलेश्वर न.पा.९ आगेपुर स्थित भुकुलु थान नजिकै महोत्तरी तर्फ जाने बाटोमा भागदै गरेको अवस्थामा धारिलो हतियार प्रहार गर्ने जि.धनुषा जनकपुर उ.म.न.पा.१९ बेङ्गा शिवपुर बस्ने दायाराम मण्डलको छोरा अं.वर्ष २० को पप्पु भन्ने अनिल कुमार मण्डललाई नियन्त्रणमा लिई आ.अ.भईरहेको, ऐ.०९ भुकुलुथान बस्ने सुरेश मण्डल खत्वेको घरबाट १ थान खुकुरी फेला परेको । रामेछाप, मन्थली न.पा.१४ साजेटोल बस्ने अम्मर बहादुर खड्काको श्रीमती वर्ष ७२ की भिमा लक्ष्मी खड्कालाई ऐ.बस्ने जगत बहादुर खड्काको छोरा वर्ष २६ को दिलिप खड्काले धारिलो हतियार प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हनासाथ जि.प्र.का.रामेछापबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको,धारिलो हतियार प्रहार गर्ने व्यक्ति फरार खो.त.भईरहेको । ज.ज.क.ओखलढुङगा, मिति २०८२।०७।२७ गते अ.१०:०० बजे,सिद्विचरण न.पा.४ काफलबोट बस्ने टिका प्रसाद खतिवडाको छोरा अ.वर्ष १९ को सुनिल खतिवडाले ऐ.सिद्विचरण न.पा.४ काफलबोट बस्ने अलि प्रस्ट बोल्न नसक्ने वर्ष २२ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ बि.सु.गार्ड रुम्जाटारबाट प्र.ह.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । बारा, जितपुर सिमराउ.म.न.पा.१६ टाङिया बस्ती बस्ने वर्ष १२ की मानसिक अवस्था ठिक नभएकी बालिकालाई ऐ.बस्ने वर्ष ४० को सोम बहादुर भोलनले घर नजिकैको जंगलमा लगी ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.निजगढ बाराबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको, पिडितलाई स्वास्थय परिक्षणको लागी प्रादेशिक अस्पताल कलैया बारा पठाईएको । हातहतियार बरामद,दार्चुला, अपिहिमाल गा.पा. १ खायाकोट स्थित जंगलमा बेवारिसे अवस्थामा एक नाले भरुवा बन्दुक थान-२ लुकाई छिपाई राखिएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.खण्डेश्वरीबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई रित पुर्वक बरामदगरी नियन्त्रणमा लिईएको ।२०८२।०७।२८ गते १३:१० बजे नियन्त्रणमा लिएकोमा ऐ.०७।३० गते १५:०० बजे थप अनुसन्धानको लागि च.नं. ६७५७ को पत्रसाथ  परिसर भक्तपुरमा ल्याई बुझाएकोमा परिसर भक्तपुरको हिरासतमा राखिएको । ला.औ. पर्सा, जगरनाथपुर गा.पा.१ बिसनपुर्वा स्थित स.प्र.बल, नेपाल बि.ओ.पि. पिडारीगुठ्ठी पर्साबाट आई.डि.नं.३८१७५ का स.प्र.ना.नि.को कमाण्डमा खटीगएको गस्ति टोलीलाई देख्नासाथ अबैध रुपमा नेपालबाट भारत तर्फ मो.सा.मा बाँधेर लैजादै गरेको प्लाष्टिक सहित १० के.जि. (प्लाष्टिक बाहेक ०९ के.जि. ८०० ग्राम) लागुऔषध गाँजा जस्तो देखिने बस्तु छोडि ब्यक्ति मो.सा. सहित फरार भएको हुदाँ ला.औ.बरामद गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि इ.प्र.का.पटेर्वा सुगौलिमा ऐ.१४;३० बजे ल्याई बुझाएको, उक्त स्थानमा इ.प्र.का.पटेर्वा सुगौलिबाट प्र.ना.नि.को कमाण्डमा मुचुल्का सहितको टोली खटीगएको ।

मिति २०८२।०७।३० गते ०५:०० बजे देखि ऐ ०८।०१ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०८-०१

कर्तव्य ज्यान,अर्धखाँची, भुमिकास्थान न.पा.४ कल्लेरी थामाका चौर बस्ने बर्ष ३१ कि बिष्णु पौडेल मानसिक औषधि सेवन गर्नेले निजकै छोरी बर्ष ४ की आईङ्का पौडेललाई धारिलो हतियार हसियाले घाँटिको गर्दनमा हानि मृत्यु भएको भनि ऐ.०८:२० बजे खबर प्राप्त हुनासाथ उक्त स्थानमा प्र.चौ.धारापानी अर्घाखाँची बाट प्र.स.नि.को कमाण्डमा २ जनाको टोली खटि गई निजलाई नियन्त्रणमा लिएको उक्त स्थान प्र.चौ.धारापानी अर्घाखाँची बाट अं.३ कि.मी.दक्षिण पर्ने र निजको श्रीमान बेलिराम पौडेल कामको शिलसिलमा भारतको दिल्ली गएको । थप अनुसन्धानको लागी जि.प्र.का.अर्घाखाँची बाट प्र.नि.को कमाण्डमा सोको सहित ५ जनाको टोली खटि गएको । थप अपडेट:- ऐ. ११:१५ बजे घटनास्थल मुचुल्का पश्चात लास पो.मा.को लागी जिल्ला अस्पताल सन्धिखर्कको लागी पठाएको , निज हत्या गर्ने महिला र प्रहार गरिएको हतियार हसियासहित खटिएको प्र.नि.को टोलीले जि.प्र.का.अर्घाखाँची तर्फ ल्याउदै गरेको । दाङ, जि.रोल्पा परिवर्तन गा.पा.१ घर भई हाल जि.दाङ घोराही उ.म.न.पा.१८ गिठेपानी स्थित सरस्वती के.सी.को घरमा पुस्तक पसल गरी बस्ने अं.वर्ष २३ को सन्जु सुनारले आफ्नै श्रीमती अं.वर्ष २५ की सीता सुनारलाई  सामान्य बिवादको कारण घाँटी थिचि मारेको भनि निज आफैले व.प्र.का.घोराहीमा आई जानकारी गराउनासाथ तत्काल निजलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,  थप अनुसन्धानको लागि व.प्र.का.घोराहीबाट प्र.नि.को कमाण्डमा SOCO सहितको टोली खटी गएको, माईती पक्षलाई खबर भईसकेको, शव घटनास्थलमा रहेको, उक्त स्थानमा व.प्र.का.घोराहीबाट अं.५ कि.मि.पूर्व-उत्तर पर्ने । ज.ज.क./बालयौन दुर्व्यवहार,बर्दिया, बर्दिया गेरुवा गा.पा.१ वगहिपुर वस्ने वर्ष २१ को परीवर्तित नामथर संकेत न. ६६ बगहिपुर (र) ले आफ्नै भतिजी नाता पर्ने परीवर्तित नामथर संकेत न.६६ बगहीपुर (ए १) को छोरी बर्ष ६ कि परीवर्तित नामथर संकेत न. ६६ बगहिपुर (ए) लाइ आफ्नो घरमा लिइ ज.ज.क. गरेको भनी ऐ. १७:४५ बजेको समयमा यस का.मा जानकारी प्राप्त हुना साथ उक्त स्थानमा इ.प्र.का. पाताभार बर्दियाबाट प्र.नि. को टोलि खटी गएको, ज.ज.क.गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई पिडित र पिडक दुवै जनालाई विस्तृत स्वास्थ्य परिक्षणको लागि बर्दिया अस्पताल गुलरिया पठाइएको, पिडितको अवस्था सामान्य रहेको । कञ्चनपुर, मिति २०८२।०७।२९गते राति अं. २३:००बजेको समयमा जिल्ला कञ्चनपुर लालझाडि गा.पा.वडा न.२बागबाणि बस्ने जिवन रानाको छोरा बर्ष अ. २२ को दिपेन्द्र राना र ऐ.ऐ. बस्ने घुम्मन रानाको छोरा बर्ष २८ को सुरेश रानाले ऐ.ऐ. बस्ने बर्ष अ. ३५ कि परिवर्तित नाम कञ्चनपुर ७५ बेलौरी (क)भएकि महिलालाई घरमा एक्लै भएको मौका पारी घर भित्र पसि ज.ज.क. गरेको भनि पिडितले मिति २०८२/०७/३० गते १६;०० बजेको समयमा इ.प्र.का. शकरपुरमा जानकारी गराउना साथ उक्त स्थानमा प्र.स.नि. राम बहादुर चौधरीको कमाण्डमा २ जना र थप अनुसन्धानको लागी इ.प्र.का. बेलौरी बाट प्र.नि. कमल प्रसाद चौधारी(९८५८४९०६३)को कमाण्डमा ७ जनाको प्रहरी टोली खटि गइ निज दुवै जाना पिडकहरुलाइ नियन्त्रणमा लिई पिडित सहित तिनै जनालाई प्र.ब.ना.नि. बिर सिह धामिको कमाण्डमा ६ जनाको प्रहरी टोलिलेबिस्तृत स्वास्थ्य परिक्षणको लागी सेति प्रादेशिक अस्पताल धनगढी लगिएको । गोली लागि मानिस घाईते,संखुवासभा, खाँदबारी न.पा.१ हस्पिटल चोक स्थित पाँचखपन चुङखुरुङ होटलमा शंका लागी फरार प्रतिबादीहरुलाई पक्राउ गर्न खटिएको बिशेष प्रहरी टोलीले सोधपुछ गर्ने क्रममा ऐ.खाँदबारी न.पा.६ बस्ने वर्ष ३१ को रुद्र बहादुर बि.क.ले प्रहरी माथिनै हातपात तथा खुकुरी देखाई प्रहार समेत गर्न खोजेकोले आत्मरक्षाको लागि प्र.स.ह.दिगम राईसँग रहेको ठुलो चाइनिज पेस्तोलबाट १ राउण्ड गोली फायर गरी निजको बायाँ घुँडामा गोली लागी घाईते भई नियन्त्रणमा लिई उपचारको लागि जिल्ला अस्पताल खाँदबारी लगेको, उक्त स्थानबाट प्रहरीलाई प्रहार गर्न प्रयोग भएको १ थान प्रेशर कुकर र १ थान खुकुरी समेत बरामत गरेको, निज घाईतेलाई सामान्य उपचार पश्चात थप उपचारको लागि बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा क्याम धरान सुनसरी तर्फ पठाएको, निजको अवस्था बोल्न सक्ने मध्यम रहेको, प्रसह दिगम राई समेत घाईते भएको निजको पेट तथा हातमा सामान्य चोट निजको जिल्ला अस्पताल खाँदबारीमा उपचार भईरहेको, अवस्था सामान्य, निज रुद्र बहादुर बि.क बिभिन्न चोरी केशमा ९ पटक प्रकाउ परी सजाय समेत भोगेको जि.प्र.का.को अभिलेखबाट देखिएको, उक्त घटनास्थलमा  जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, उक्त स्थान जि.प्र.का.बाट  अं. ३०० मिटर उत्तर पर्ने । हातहतियार बरामद,भक्तपुर, सुर्यविनायक न.पा.६ सुर्यविनायकबाट मिति २०८२।०५।२३ गते र २४ गते GEN-Z आन्दोलनको क्रममा प्रहरी कार्यालयहरुबाट लुटिएका हतियार तथा गोली गठ्ठाहरु जि. कन्चनपुर कृष्णपुर न.पा.६ घर भई हाल जि. भक्तपुर सुर्यविनायक न.पा.६ बस्ने वर्ष १८ को कृष्टल भट्टले आफ्नो कोठामा लुकाई-छिपाई राखेको भन्ने विशेष सुचनाको आधारमा निजको कोठाबाट 2929301M नम्बरको Model:597MAGNUM समेत उल्लेख भएको म्याग्नम राईफल थान-१, ऐ.को म्याग्जिन थान-१, 91311लेखिएको गोली -२ राउण्ड, 1956 लेखिएको गोली -१ राउण्ड, हातमा लगाउने फलामको नक थान-१,सिमकार्ड सहितको मोबाईल थान-१ काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले फेला पारी हातहतियार सहित निजलाई मिति  २०८२।०७।२८ गते १३:१० बजे नियन्त्रणमा लिएकोमा ऐ.०७।३० गते १५:०० बजे थप अनुसन्धानको लागि च.नं. ६७५७ को पत्रसाथ  परिसर भक्तपुरमा ल्याई बुझाएकोमा परिसर भक्तपुरको हिरासतमा राखिएको । ला.औ.,धनुषा, विदेह न.पा.१ प्र.चौ.ठाडिझिझा अगाडि प्र.स.नि.को कमाण्डमा खटिएको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको पैदल यात्री ऐ.धनुषाधाम न.पा. ७ किसानपुर बस्ने वर्ष २५ को सिकेन्द्र रामलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट खैरो हेरोइन जस्तो देखिने तरल पदार्थ प्लाष्टिक सहित ८ ग्राम २७० मिलीग्राम फेला परेको  ।  सुनसरी, प्रहरी कार्यालय इटहरीबाट प्र.ना.न.को कमाण्डमा र प्रहरी चौकी खनारबाट प्र.ना.नि.को कमाण्डमा र जि.प्र.का.भोजपुरबाट प्र.ह.को कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले इटहरी १२ स्थितमा रहेको नसिव फार्मेसीमा लागु औषध ट्रामाडोल विक्री वितरण गर्ने उक्त फार्मेसीको संचालक ऐ.इटहरी उपमहानगरपालिका १२ वस्ने वर्ष अ. ५० को नसिव नारायण चौधरीलाई पक्राउको लागि प्रहरी टोली खटी जाने क्रममा निज नसिव नारायण चौधरीलाई निजकै घर आगनमा फेला पारी पक्राउ गरी निज बसोबास गर्दै गरेको घर कोठा समेत खान तलासी गर्न भनी प्रहरी टोली उक्त घर भित्र प्रवेश गर्न खोज्दा नसिव नारायण चौधरीको श्रीमती वर्ष २४ की सम्झना चौधरीले  कोठामा लुकाई छिपाई राखेको लागु औषध सिमेन्टको २ बोरा घरको छत माथीबाट फाल्दै गरेको अवस्थामा देखी कानुन वमोजिम उक्त फालिएको बोराहरु चेकजाँच गर्दा सो बोरा भित्र लागु औषध ट्रामाडोल १ पत्तामा १० क्याप्सुलको दरले  १९८० पत्तामा १९८०० क्याप्सुल र उक्त घरको निज नसिव नारायण चौधरी र सम्झना चौधरी सुत्ने कोठाको टेवलबाट औषधी जन्य पदार्थ डिकोलिक १ पत्तामा १० ट्यावलेटको दरले  ४०० ( चार सय)  पत्तामा ४००० (चार हजार) ट्यावलेट फेला परेकोले उक्त लागु औषध तथा औषधी जन्य पदार्थ फेला परेकोले फेला परेको लागु औषध तथा औषधी जन्य पदार्थ रित पुर्वक वरामद गरी नसिव फार्मेसीका संचालक नसिव नारायण चौधरी र निजको श्रीमती सम्झना चौधरीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय इटहरीमा ल्याई अनुसन्धान भईरहेको ।

मिति २०८२।०७।२९ गते ०५:०० बजे देखि ऐ ०७।३० गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०७-३०

कर्तब्य ज्यान,महोत्तरी , औरही न.पा.६ बैरिया बस्ने मनोज चौधरीले आफ्नै श्रीमती वर्ष २५ की कबिता देवी चौधरीलाई कपडा काट्ने कैँचीले छाती,घाँटी र पिठ्युमा प्रहार गरी गम्भीर घाईते भई उपचारको लागि जानकी एकेडमी हस्पिटल पठाएकोमा उपचारको क्रममा १२:५३ बजे मृत्यु भएको, शव मुचुल्का पश्चात पो.मा.को लागि सरकारी अस्पताल बर्दिबास पठाएको, उक्त स्थानमा प्र.उ.को कमाण्डमा टोली खटी गई कैँची प्रहार गर्ने मानिसलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि इ.प्र.का.गौशालामा ल्याई राखिएको । सुन सहित अन्य अबैध बरामद,काठमाडौं, का.म.न.पा.९ त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल स्थित हिमालयन एयरलाईन्सको उडान नं.H9766  उडानद्वारा आगमन यात्रु जि.कास्की पोखरा म.न.पा.३१ स्थायी वतन भएका वर्ष ३७ का बिदुर त्रिपाठीले त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको अराईभल पार्किङ एरियामा बाह्य मुलकबाट भन्सार छली लुकाई छिपाई अबैध ल्याएका ईलेक्ट्रिक भेप-७५ थान, ईलेक्ट्रिक भेपको क्वाईल-२५९ थान, DELL कम्पनीको ल्यापटप-३ थान, APPLE कम्पनीको Tab-१ थान, Air Tab (U25 Ultra pro)-१ थान,I-Phone 17 pro max-१ थान, I-Phone 13 pro max-१ थान, Samsung  मोबाईल S25 Ultra-१ थान, Samsung  मोबाईल S23 Ultra १ थान, सुन जस्तो देखीने पहेलो धातुको औंठी-१ थान(तौल अ.१३.३० ग्राम) फेला पारी उक्त परिमाणका सामानहरु संकलन गर्न आएका जि.पर्वत मोदी गा.पा.८ स्थायी वतन भएका वर्ष २४ को सौगात क्षेत्री र जि.जिल्ला मोरङ विराटनगर म.न.पा.२० स्थायी वतन भई हाल काठमाण्डौ म.न.पा.२५ बाङेमुडा बस्ने वर्ष ३९ को सम प्रधानले रिसिभ गरी लैजाने क्रममा त्रि.अ.बि.सु.का.गौचरबाट खटिएको सादा पोसाक प्रहरीले फेला पारी पक्राउ गरी उक्त बरामद जिल्ला प्रहरी परीसर काठमाण्डौ भद्रकाली पठाएको, भोली कार्यालय समयमा त्रि.अ.बि.भन्सार कार्यालय सिनामंगल बुझाईने। स्याङ्जा, भिरकोट न.पा.२ दहथुम स्थित सिद्धार्थ राजमार्गमा प्र.ना.उ.को कमाण्डमा खटी गएको टोलीले चालक जि.स्याङजा चापाकोट न.पा ८ दामाचौर बस्ने वर्ष ३० को बिष्णु बि.क.ले चलाई ल्याएको लु.२९ प ६०१२ नं.को मो.सा.लाई चेकजाँच गर्ने क्रममा कालो झोलाभित्र सुन ५ तोला ६ लाल २ पईन्ट र चाँदी १० तोला ७३ लाल ३ पईन्ट परिमाणमा सुन जस्तो देखिने पहेलो धातु र चाँदी जस्तो देखिने धातु लुकाई छिपाई ल्याएको अवस्थामा फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धानको लागि  जि.प्र.का.स्याङ्जा पठाईएको । ला.औ.,बारा, जितपुर सिमरा उ.म.न.पा.५ लल्का पुल स्थित प्र.ना.नि. को कमाण्डमा खटिएको टोलीले विशेष सुचनाको आधारमा विरगंजबाट पथलैया तर्फ पैदल आउँदै गरेको ऐ.पटेर्वा सुगौली गा.पा. ६ बस्ने वर्ष ३५ की सुसिला देवी र ऐ.पोखरिया न.पा.७ बस्ने वर्ष ३० की पुजा देवीलाई रोकी चेकजाँच गर्दा सुसिला देवीको साथबाट ला.औ. ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ  ७ पुरियामा ४४.४०० ग्राम फेला पारी दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इ.प्र.का. सिमरामा ल्याई राखिएको ।  कैलाली, प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले गोदावरी न.पा.२ लम्साल गल्ली स्थित जि.डोटी जोरायल गा.पा.९ बस्ने वर्ष ३७ को ओम प्रकास थापाले संचालन गरेको बोगटी होटलमा जि.बझाङ बुङ्गल .पा.५ घर भई हाल गोदावरी न.पा.२ बस्ने वर्ष  ४१ को नरेश प्रसाद जोशी होटेलको काउण्टर नजिक शंकास्पद रुपमा बसि रहेको अवस्थामा फेला पारी निजको शरीर खानतलासी गर्दा केहि नभेटिएको र होटेल भित्र चेकजाँच खानतलासी गर्दा काउण्टरको घर्रा भित्र प्लाष्टिकमा बेरी लुकाई छिपाई राखेको अवस्थामा लागू औषध(चरेश) जस्तो देखिने जम्मा तौल १०७ ग्राम फेला पारी बरामद गरी लागु औषध ( चरेश) सहित निज दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी इ.प्र.का.मालाखेतीमा ल्याई राखिएको ।

मिति २०८२।०७।२८ गते ०५:०० बजे देखि ऐ ०७।२९ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०७-२९

कर्तब्य ज्यान,राक्सिराङ गा.पा.१ कोलगैरी ठकुरीडाडाँ बस्ने वर्ष अं.७५ को इमान सिंह थोकरले ऐ. बस्ने वर्ष अं.६४ को ठुले गोलेलाई पुरानो रिसिभिको कारण गोली प्रहार गरी मृत्यु भएको छ भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.चैनपुरबाट प्र.ना.नि., इ.प्र.का.नेवारपानीबाट प्र.ब.ना.नि.र इ.प्र.का.मनहरीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई खोजतलास गर्ने क्रममा जि.मकवानपुर राक्सिराङ गा.पा.१ कोलागैरी (घटनास्थल भन्दा १ कि.मि.पूर्व) स्थितमा गोली प्रहार गर्ने ब्यक्तिलाई जि.प्र.काबाट खटीएको टोलीले कटुवा पेस्तोल थान १, दुई राउण्ड गोली सहित नियन्त्रणमा लिई जि.प्र.का.मकवानपुर तर्फ ल्याउँदै, शवको कानुनी प्रकृया पुरा गरी पो.मा.को लागि हेटौडा अस्पताल मकवानपुर पठाएको, उक्त स्थान प्र.चौ.चैनपुरबाट अं.१६ कि.मि.पूर्व पर्ने । गोली प्रहार,धनुषा, मिथिला बिहारी न.पा.९ अन्दुपट्टीमा गोली लागि घाईते भएको भन्ने खबर प्राप्त हुनासाथ  इ.प्र.का. तारापट्टी र इ.प्र.का. धनुषाधामबाट प्र.नि.र जि.प्र.का.धनुषाबाट प्र.उ.को कमाण्डमा टोली खटी गई बुझ्दा ऐ.बस्ने सुरेश यादवको छोरा अं.वर्ष ३० को स.प्र.से.सप्तरी दरबन्दी भई प्र.चौ.पकरी सप्तरीमा कार्यरत(कम्प्युटर कोड ४२१२६६)प्र.स.ह.शम्भु यादव मिति २०८२/०७/२७ गते देखि लागु हुने गरी दिन ५ घ.बि.आएकोमा पुरानो रिसवीको कारण ऐ.बस्ने वर्ष ३५ को राजकुमार यादव लगायत ४ जना मिली १ राउण्ड गोली प्रहार गर्दा ऐ.बस्ने वर्ष ४२ को बिन्देश्वर यादव (ऐ.वडाका वडा अध्यक्ष) लगायत ४ जना घाईते भई  उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएकोमा उपचारको क्रममा बिन्देश्वर यादव (ऐ.वडाका वडा अध्यक्ष) को ऐ.१९:१५ बजे मृत्यु भएको,शव सोही अस्पतालमा रहेको,घाईते ३ जनाको उपचार भईरहेको,अवस्था मध्यम,सोही घटनास्थमा कटुवा पेस्तोल थान १, लाईभ राउण्ड-१, ऐ.मा लाग्ने गोलीको खोका थान १,र प्र.स.ह.शम्भु यादव लगायत ४ जनालाई नियन्त्रणमा लिईएकोमा,प्र.क.को कान र नाकमा चोट लागि घाईते भएकोले निजलाई जानकी हेल्थ केयर जनकपुरमा ल्याई प्रहरीको निगरानीमा उपचार भईरहेकोमा थप उपचारको लागि ऐ.२९ गते ०२:४५  बजे न्युरो अस्पताल जनकपुरमा पठाईएको,अवस्था सामान्य,अन्य २ जना फरार खो.त.भईरहेको । जबरजस्ती करणी,कपिलवस्तु, मिति २०८२।०७।२५ गते अं.२३:५० बजे जि.कपिलवस्तु बुद्धभुमि न.पा.७ बिशमपुरा स्थित भरत कुमार कार्कीले संचालन गरेको सरस्वती इटा उद्योगमा काम गर्ने देश भारत उत्तर प्रदेश देवरिया जिल्ला गिडा पोष्ट बस्ने वर्ष २२ को राकेश निसादले सोही इटा उद्योगको कम्पाउण्ड भित्रको खाली ठाउँमा देश भारत उत्तर प्रदेश गोरखपुर जिल्ला गुलरिया थाना घर भई सोही इटा उद्योगमा काम गर्ने वर्ष १४ की बालिकालाई ज.ज.क.गरेको भन्ने ऐ.२८ गते ०८:०० बजे खबर प्राप्त हुनासाथ इ.प्र.का.गोरुसिंगेबाट प्र.ब.ना.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई  इ.प्र.का. गोरुसिंगेमा ल्याई राखिएको, पीडक र पीडित दुबैलाई स्वास्थ्य परिक्षणको लागी जि.अस्पताल तौलिहवा कपिलवस्तु पठाउने पहल भई रहेको, पीडितको दाजु सोही इटा उद्योगमा काम गर्ने, आमा र २ बहिनी भारतमा बस्ने भन्ने बुझिएको, स्वाथ्याय परिक्षण भइसकेको र थप अनुसन्धान भइरहेको, इ.प्र.का.गोरुसिंगे कपिलवस्तुबाट अं.१३ कि.मि. दक्षिण पश्चिम पर्ने । उदयपुर, कटारी न.पा. वडा नं. ७ रिस्कु नौबिघे स्थित आफ्नै पाखाबारीमा ऐ.७ रिस्कु बस्ने परिवर्तित नाम कटारी G1 (२०८२/२०८३) को श्रीमती अ.वर्ष ६० की परिवर्तित नाम कटारी G (२०८२/२०८३) लाई ऐ.ऐ.बस्ने अ.वर्ष ५५ को एन सिंह राईले जबरजस्तिकरणी गरेको भनि निज पिडितले आज मिति २०८२।०७।२८ गते १७:०० बजेको समयमा इ.प्र.का.कटारी उदयपुरमा आई आवश्यक कार्बाही गरी पाउ भनि जाहेरी दरखास्त दिना साथ तत्काल इ.प्र.का.कटारी उदयपुरबाट प्र.ना.नि.उज्वल खड्की (९८४२५५२८०७) को कमाण्डमा ५ जनाको प्रहरी टोली खटी गई प्रतिबादीलाई नियन्त्रणमा लिई इ.प्र.का.कटारी उदयपुरमा ल्याई थप आवश्यक अनुसन्धान कार्य भईरहेको । झापा, २७ गते अ.१८:०० बजेको समयमा सांकेतिक वतन ०४-०१-२१- घ वस्नेसांकेतिक नाम "थ-३" को श्रीमतीबर्ष २७ की सांकेतिक नाम "थ-१"बिगत एक वर्ष देखि माईति घर सांकेतिक वतन ०४-०१-२५-छस्थितमा आई बसेकोमा निज पिडित घास काट्न जादै गर्दा जिल्ला झापा झापा गा.पा. ६ बस्ने बर्ष ४२ को राजु कटुवालले हात समाति तानी निजले संचालन गरेको पसल भित्र लगि ज.ज.क. गरेको भनि निज पिडितको माईति पक्षको बुबा सांकेतिक वतन ०४-०१-२५-छ बस्ने बर्ष ६१ को सांकेतिक नाम "थ(०८२/०८३) ले ऐ. २८ गते १३:०० बजे जि.प्र.का. झापामा आई लिखित जाहेरी दरखास्त दिन साथ तत्काल इप्रका झापाबाट प्रनानिको कमाण्डमा प्रहरी टोली खटि गइ निज पिडकलाई घर वतनबाट नियन्त्रणमा लिई दुबै पक्षलाई प्रादेशिक अस्पताल भद्रपुरमा लगि यौन जन्य स्वास्थ्य परिक्षण गराई निज पिडकलाई जिप्रका झापामा ल्याई थप अनुसन्धान कार्य भई रहेको, निज पिडितको सोही अस्पतालमा उपचार भई रहेको, अवस्था सामान्य रहेको, निज पिडित छारे रोग सम्बन्धि बिरामी रहेको भनि निज पिडितको माईती पक्षको बुबाले जानकारी गराएको ।ला.औ., कंञ्चनपुर भिमदत्त न.पा.४ चम्मनचोक स्थित जि.प्र.का.कञ्चनपुर बाट प्र.स.नि.को कमाण्डमा खटीएको प्रहरी टोली र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट प्र.स.नि.को कमाण्डमा खटीएको संयुक्त प्रहरी टोलीले जि.बझाङ बुङगल न.पा.७ स्थाई वतन भई हाल जिल्ला डडेल्धुरा आलिताल गा.पा.६ बस्ने वर्ष अं.४० को नरेन्द्र बोहरालाई शंका लागि चेकजाँच गर्दा निजले बोकेको कालो झोलामा प्लाष्टिकको पोका थान-४ मा ३,९०२ ग्राम लागु औषध (चरेश जस्तो देखिने कालो पदार्थ) फेला पारी नयन्त्रणमा लिई शुद्व तौल गर्दा ३,८७२ ग्राम (तिन किलो आठ सय बहत्तर ग्राम) सहित मानिस नियन्त्रणमा लिई आ.अ.भइरहेको ।

मिति २०८२।०७।२७ गते ०५:०० बजे देखि ऐ ०७।२८ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०७-२८

सवारी दुर्घटना  भई प्र.क.घाईते/मृत्यु,सिरहा, जि.प्र.का.सिरहाबाट भन्सार चोरी पैठारी नियन्त्रणको लागि प्र.ज.कृष्ण ठाडा मगर, प्र.ज. सागर हस्ता, प्र.ज. सुनिल राम,.प्र.ज.जितेन्द्र साहु र प्र.ज. कृष्ण महरालाई सादा पोसाकमा डिउटी परिचालन गरिएकोमा निज कर्मचारीहरू आ-आफ्नो व्यक्तिगत प्र २-०१-००१ प ८४९९ नं.को मो.सा.र लु.प्र.०१-००७ प ०१७२ नं.को मोटरसाईकलमा गस्ती गर्दै जाने क्रममा ऐ.औरही गाउँपालिका ४ स्थित हुलाकी सडक खण्डमा सन्हैठाबाट गणेशपुर तर्फ जाँदै गरेको प्र २-०१-००१ प.८४९९ नं.को मो.सा.अनियन्त्रित भई ऐ.स्थित सदा पुल छेउमा रहेको खोलामा दुर्घटना भई उक्त मोटरसाईकलमा सवार रहेका प्र.ज.सागर हस्ता (मृत्यु) र प्र.ज. कृष्ण ठाडा मगर (घाईते उपचारको क्रममा प्रादेशिक अस्पताल सिरहामा रहेको) घाईते भएकोमा निजहरूसंगै डिउटीमा रहेको अन्य प्र.क.हरूले प्र.ज.कृष्ण बहादुर ठाडा मगरलाई उपचारको लागिको प्रादेशिक अस्पताल सिरहा लगेर उपचार भइरहेको र निजहरूसंगै डिउटीमा रहेका फेला नपरेको भनि जि.प्र.का.सिरहामा जानकारी गराउनासाथ जि.प्र.का.सिरहाबाट प्र.उ.को कमाण्डमा टोली खटी गई निज प्र.ज.सागर हस्दालाई खोजतलास गर्दै जाने क्रममा ऐ.२८ गते अं.०१:४५ बजे दुर्घटना भएको स्थानमा रहेको खोलाको पानीमा अचेत/बेहोस डुबेको अवस्थामा फेला पारी तत्काल उद्दार गरी उपचारको लागि प्रादेशिक अस्पताल सिरहामा पठाइएकोमा डा.ले चेकजाँच गर्दा प्र.ज.सागर हस्दाको मृत्यु भएको जानकारी गराएको, शव पो.मा.को लागि सोही अस्पतालको शव गृहमा राखिएको, निजसंग डिउटीमा रहेका अन्य प्रहरी कर्मचारीहरूलाई सोधपुछ गर्ने लगायतको अनुसन्धान कार्य जारी रहेको । ला.औ.,सुनसरी, इटहरी उप-म.न.पा. ३ डाडागाँउ टोल स्थित कल्पना राईको घरकोठाबाट प्र १-०२-००३ ह ९०५५ नम्वरको सिटी सफारीमा अवैध लागु औषध गाँजाका बोराहरु लोड गरी रहेको भन्ने गोप्य सुचना प्राप्त हुनसाथ अ.प्र.चौ. तालतलैयाबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई उक्त सिटी सफारीमा लागु औषधको वोरा तथा सुटकेसहरु लोड गर्दै गरेको अवस्थामा जि.सुनसरी इटहरी उ.म.न.पा. ३ वस्ने वर्ष ३५ की कल्पना राई र जिल्ला भोजपुर रामप्रसाद गा.पा. ७ घर भई हाल इटहरी उप-म.न.पा. ३ कल्पना राईको घरमा वस्ने वर्ष २० को मनोज राईलाई लागु औषध तौल गर्दा ४९ वटा प्लाष्टिकको पोकामा ९८ ( अठानन्बे ) केजी तयारी गाँजा सहित पक्राउ गरी आवश्यक कार्वाहीको लागी इ.प्र.का. इटहरीमा ल्याई थप अनुसन्धान कार्य भई रहेको ।  मकवानपुर, हेटौडा उ.म.न.पा.५ सानोपोखरा स्थित रहेको मनोज पराजुलीको घरको पछाडी रहेको खाली जग्गामा ला.औ.कारोबार तथा लुकाई छिपाई राख्न खाल्डो समेत खनेको भन्ने विशेष सुचनाको आधारमा जि.प्र.का.मकवानपुरबाट प्र.ना.नि.को कमाण्डमा खटीएको टोलीले चेकजाँच गर्दा सो स्थानबाट ला.औ. ट्रामाडोल  ट्याब्लेट ८३०० पिस  फेला परेको हुँदा जि.मकवानपुर हेटौडा उ.म.न.पा.२ बस्ने वर्ष अं.३५ को बक्सर भन्ने राजिव लामा लगायत ५ जना मानिसहरु र  बा.प्र.०३-००५ प १८५ र ना ३२ प ३२४४ नं.को २ वटा मो.सा.सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जि.प्र.का.मकवानपुरमा ल्याई राखिएको ।

मिति २०८२।०७।२६ गते ०५:०० बजे देखि ऐ ०७।२७ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०७-२७

कर्तव्य ज्यान,बर्दिया, मिति २०८२।०७।२२ गते अं.२०:०० बजे गुलरिया न.पा.३ निमकोठिया बस्ने बर्ष अं.३८ को सुरेश रैदास र निजको श्रीमती बर्ष अं.३६ कि रुपरानी रैदासलाई सामान्य बिबादका कारण ऐ.ऐ.बस्ने बर्ष अं.४५ को बालक राम रैदास, निजको बुहारी बर्ष २२/२३ कि जुगुन्ता रैदास, र ऐ.ऐ.बस्ने बर्ष अं.३६ को कुवारे रैदास समेत मिली हात मुक्काले कुटपिट गर्दा रुपरानी रैदासको छाती पेट्मा चोट लागी स्थानीय मणि मेडिकल  खैरापुरमा लगि औषधी उपचार गरि घर तर्फ लगेको र मिति २०८२।०७।२६ गते अं.२३:३५ बजे निज एक्कासी छाती दुख्ने सास फेर्ने समस्या भई गुलरिया अस्पताल बर्दियामा ल्याइ औषधी उपचार भैईरहेकोमा ऐ.२७ गते ००:२० बजे डा.ले मृत घोषणा गरेको, निजको श्रीमानले समेत छाती दुख्यो भनि औषधी सेवन गरिरहेको, अवस्था सामान्य उक्त स्थानमा प्र.चौ.खैरापुर ‘ख’बर्दियाबाट प्र.स.नि.को कमाण्डमा टोली खटि गएको कुटपिटमा संलग्न तिनै जना नियन्त्रणमा । हा.ह.बरामद,झापा, बिर्तामोड न.पा.२ राम चोक स्थित ला.औ. ब्युरो ईकाई काकरभिट्टा झापाबाट खटिएको प्र.ना.नि. र इ.प्र.का.अनारमनीबाट खटिएको सादा पोसाकको टोलीले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा इ.प्र.का.अनारमनी प्रबन्ध शाखामा मौज्दात रही हराएका हा.ह का राउण्ड ऐ.बाह्रदशी गा.पा.४ चकचकी घर भई बिर्तामोड न.पा.२ राम चोक स्थित लाल ब.गिरीको घरमा डेरा गरी बस्ने वर्ष २७ की ईस्रप खातुनको कोठामा SLR को ३८ राउण्ड, INSAS को १६ राउण्ड, काँसको थाल १ वटा, करुवा १ वटा,पित्तलको गिलास १ वटा र प्रहरीको बुट १ जोर र चोरीमा सम्लग्न बिर्तामोड न.पा.२ रामचोक बस्ने वर्ष २२ को बिकाश टुडु समेतलाई फेला पारी बारामद सामान सहित दुबै जनालाई नियन्त्रणमा लिई इ.प्र.का.अनारमनीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको,। प्रहरी कर्मचारी सम्बन्धि,रूपन्देही, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा रूपन्देहीको आन्तरिक टर्मिनलको Hand Baggage X-Ray मेसिनमा Screening गर्ने क्रममा एती एयरको उडान नं. YT 874 बाट ११:५५ बजेको विमानद्वारा भैरहवाबाट काठमाण्डौं तर्फ जान लागेको जिल्ला अछाम पन्चदेवल विनायकले न.पा. वडा नं. ०८ स्थायी घर भई प्र.चौ. त्रिनगर धनगढी दरवन्दी भई इ.प्र.का. सालझण्डी रुपन्देहीमा कार्यरत प्र.ज. रमेश प्रसाद सन्जयाल (PMIS नं. 481192 संकेत नं. C-००१४०७००) ले बोकेको कालो रङ्को हाते झोलामा गोली जस्तो शंकास्पद वस्तु देखि Hand Baggage X-Ray Machine मा खटिएको प्र.क.ले खबर गरे पश्चात प्र.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले खानतलासी गर्दा पिन्धिको भागमा 7.62 mm लेखिएको थान २ (दुई) र 5.56 mm लेखिएको थान २ (दुई) उल्लेख भएको लाइभ राउण्ड जम्मा -४ (चार) फेला परि नि प्र.ज. र बरामद राउण्ड सहित आवश्यक कारवाहीको लागि जि.प्र.का. रुपन्देही पठाइएको । ला.औ.,पर्सा, पर्सागढी न.पा.९ बडेर्वा पेट्रोल पम्प स्थित सिंहाइ खोलाको छेउमा रहेको बाटोमा ३ जनालाई शंकास्पद हिँडिरहेको अवस्थामा अ.प्र.पोष्ट मनवाबाट प्र.स.नि.को कमाण्डमा खटिएको गस्ती  टोलीले चेकजाँच गर्दा देश भारत बिहार राज्य बैशाली बिन्दुपुर ७ बस्ने वर्ष २३ को राजा कुमार, देश भारत बिहार राज्य जि.बैसाली  राजमाइल पञ्चायत १३ बस्ने वर्ष २३ को बिशाल कुमार र देश भारत बिहार राज्य जिल्ला छपरा सोनपुर वडा नं.३ सवलपुर नयाँ टोल बस्ने वर्ष २३ को पिन्टु कुमारको साथबाट ९ किलो ३५० ग्राम ला.औ. गाँजा फेला पारी नियन्त्रणमा लिई  इ.प्र.का.पटेर्वा सुगौली पठाएको ।  सिरहा, सिरहा न.पा.०१ राष्ट्रिय वाणिज्य बैंक नजिक ला.औ.विक्री वितरण भईरहेको भन्ने गोप्य सुचनाको आधामा ला.औ.नियन्त्रण ब्युरो गोलबजारबाट सादा पोसाकको टोली, जि.प्र.का.सिरहाबाट प्र.स.नि. र व.प्र.का. सिरहाबाट प्र.ना.नि.को कमाण्डमा खटी गएको संयुक्त टोलीले ऐ.स्थित बाटो छेउमा रोकी राखेको स.११ च ५४८५ नं.को मो.सा.चालक जि.सिरहा सिरहा न.पा.१७ पटेर्वा बस्ने अं.वर्ष २५ को राम जिवन यादव र मो.सा.पछाडि सवार ऐ.बस्ने अं.वर्ष २७ को दिपक कुमार यादव समेतलाई चेकजाँच गर्दा निज राम जिवन यादवको साथबाट ला.औ. ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ प्लाष्टिक सहित तौल गर्दा २४ ग्राम ८२० मिलिग्राम फेला परेकोमा निजहरूलाई उक्त ला.औ.ब्राउण सुगर, निजहरूको साथबाट बरामद भएको थान-३ मोबाईल र उक्त मो.सा.सहित नियन्त्रणमा लिई जि.प्र.का. सिरहामा ल्याई थप अनुसन्धान कार्य भइरहेको ।