मिति २०८२।०५।२२ गते ०५:०० बजे देखि ऐ २३ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०५-२३
- A
- A-
- A+
कर्तव्य ज्यान,
बैतडी, सिगास गा.पा.२ पेडेगोदा
बस्ने वर्ष अं.३० को यज्ञ सिंह धामीले आफ्नै काकी ऐ.बस्ने वर्ष अं.३५ की बेलमती
धामीलाई घरमा सुतिरहेको अवस्थामा घाँटी र मुखमा बन्चरो प्रहार गर्दा निज बेलमती
दामीको घटनास्थलमै मृत्यु भएको भनी ऐ.बस्ने छिमेकी जयभान सिंह धामी(भुपु नेपाली
सेना)ले टे.फो.मार्फत जानकारी गराएको हुँदा प्र.चौ.गाजरीबाट प्र.स.नि.को कमाण्डमा
टोली खटी गई बन्चरो प्रहार गर्ने यज्ञ सिंह धामीलाई नियन्त्रणमा लिएको, थप
अनुसन्धानको लागि इ.प्र.का.पाटनबाट प्र.नि.को कमाण्डमा SOCO सहितको
टोली खटी गएको।
प्र.क.मृत्यु,
सुनसरी, मिति २०८२।०५।२० गते
अ. ०६:०० बजेको समयमा जिल्ला धरान उ.म.न.पा वडा नं. १४ बिजयपुर घर भई कम्प्युटर
कोड न. ४२४२५६ संकेत न. C-
०००५५४६९ इलाका प्रहरी कार्यालय आठराई दरबन्दी भई हाल प्रचौ सम्दुमा कार्यरत रहेको प्रसनि नारायण बहादुर दर्जी ज्वोरो आउने समस्या भई साथै प्रेषरको
अचानक बिरामी भई उपचारको लागी
बि.पि.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपा सुनसरी गएकोमा किडनी समस्या
देखिएको २०८२।०५।२२ गते अं. ०७:३० बजेको
समयमा स्वसप्रसवास प्रकृयामा समस्या भइ उपचारमा रहनु भएको प्रसनि
नारायण बहादुर दर्जीको ICU मा उपचारको क्रममा मिति
२०८२।०५।२३ गते बिहान ०४:३० बजे डक्टरले
मृत्यु घोषणा गरेको
ज.ज.क./ज.ज.क.उद्योग,
सिन्धुपाल्चोक, मिति
२०८२।०५।२१ गते १४:०० बजे जुगल गा.पा.२ बस्ने वर्ष १५ की बालिकालाई ऐ.बस्ने वर्ष
२३ को पासाङ श्याङवोले आफ्नै घर नजिकैको गोठमा
ज.ज.क.गरी फरार रहेको भनी ऐ.२२ गते
१३:०० बजे प्र.चौ.तेम्बाथानमा जानकारी गराए पश्चात प्र.स.नि.को कमाण्डमा टोली खटी
गई पासाङ श्याङवो फरार रहेको खो.त.कार्य भईरहेको ।
दाङ, घोराही उ.म.न.पा.१७ स्थित मिति
२०८२।०५।१० गते १९:०० बजे ऐ.बस्ने वर्ष वर्ष ३१ की महिला आफू बस्दै आएको
डेराकोठाबाट चोकतर्फ हिँड्न निस्किएकीमा ऐ.बस्ने वर्ष २२ को विशाल टमाटासँग भेट
भएको र निजले यता कतै हेराउने माता कोही हुनुहुन्छ कि मलाई लगिदिनुहोस् भनी
मो.सा.मा राखी ऐ.भैसाही स्थित जंगलमा लिएर गई करणी गर्ने मनसायले पीडितको शरीरको
सम्वेदनशील अङ्गमा छोएको हुँदा कानुन बमोजिम कारवाही गरी पाऊँ भनी पीडितले ऐ.२१
गते किटानी जाहेरी दरखास्त दिएको हुँदा जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी
गई निज विशाल टमाटालाई नियन्त्रणमा लिई ऐ.२१ गतेदेखि लागु हुने गरी ५ दिन म्याद थप
गरी जि.प्र.का.को हिरासतमा राखिएको साथै पीडितलाई स्वास्थ्य परीक्षण पश्चात ऐ.२२
गते आफन्तको जिम्मा लगाई पठाइएको ।
दाङ, जि.रुकुम पूर्व
भुमे गा.पा.४ घर भई हाल जि.दाङ घोराही उ.म.न.पा.१५ स्थित ज्योतीपुञ्ज टोलमा डेरा
गरी बस्ने वर्ष १७ की बालिकालाई मिति २०८२।०५।१९ गते १९:३० बजे जि.रुकुम पश्चिम
बाफीकोट गा.पा.२ लामाचौर बस्ने वर्ष १९ को उमेश नाथले पीडितको कोठामा गई
ज.ज.क.गर्दै गर्दा पीडितले प्रतिकार गरी चिच्याएपछि पीडक बाहिर गएको, पीडितले
सो घटनाको बारेमा आफ्नो साथी परिवर्तित नामथर संकेत नं.५६(२०८२/०८३)-घोराही १००(ग)
लाई फोन गरी बताएपछि पीडितको साथी पीडितको कोठामा आउँदा ज.ज.क.को पीडा सहन नसकी
सोही कोठाको सिलिङ पंखामा लुङ्गीको पासो लगाई झु.आ.ह.गर्दै गरेको अवस्थामा फेला
पारी तुरुन्तै ढोकाको चुक्कुल फुटाई भित्र जाँदा पासो चुँडिएर भूइँमा लडेर बेहोस
अवस्थामा रहेकी हुँदा तत्काल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लगेर
उपचार भइरहेको भनी पीडितको आमाले ऐ.२१ गते १७:३० बजे जाहेरी दरखास्त दिएको हुँदा
जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गई पीडक उमेश नाथलाई ऐ.घोराही
उ.म.न.पा. १७ गुलरीया पार्क स्थित लुकीछिपी बसेको अवस्थामा फेला पारी नियन्त्रणमा
लिई ऐ.२२ गते पीडित तथा पीडक दुवै जनालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान
घोराहीमा विस्तृत स्वास्थ्य परीक्षण पश्चात पीडितलाई आफन्तको जिम्मा लगाइएको,
पीडकलाई सम्मानित जिल्ला अदालतबाट २१ गतेदेखी लागु हुने गरी ५ दिन
म्याद लिई जि.प्र.का.को हिरासतमा राखी आ.अ.भइरहेको ।
मोरङ, सुन्दरहरैचा नपा १० स्थित डेरा
गरी बस्ने जि.पाँचथर आरुबोटे गा.पा.३ घर भएको वर्ष २० को मौसम लिम्बुले मिति
२०८२।०५।२१ गते २३:५५ बजे जि.मोरङ सुन्दरहरैचा नपा ९ चादनि टोल बस्ने वर्ष १४ की
बालिकालाई ज.ज.क.गरेको भनी पीडितको माइजुले ऐ.२२ गते १७:०० बजे इ.प्र.का.बेलबारीमा
लिखित जाहेरी दिएको हुँदा प्र.स.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा
लिई इ.प्र.का.बेलबारीमा राखी आ.अ.भइरहेको ।
बिदेशी नागरिक मृत्यु,
मुस्ताङ, बारागुरङ
मुक्तिक्षेत्र १ मुक्तिनाथको मन्दिरको दोस्रो गेट स्थित आज २२ गते आएका भारतीय
नागरिक वर्ष ७१ को अवदेश पाण्डे मुक्तिनाथ मन्दिर दर्शन गर्न जाने क्रममा लेक लागि
अचेत अवस्थामा लडेको भन्ने सुचना प्राप्त हुनासाथ इ.प्र.का. मुक्तिनाथबाट प्र.ह.को
कमाण्डमा टोली खटी गई उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङमा पठाएकोमा ऐ.
१७:४६ बजे चिकित्सकले मृत घोषणा घोषणा गरेको, साथमा छोरा प्रविण पाण्डे रहेको
।
सोलुखुम्बु, मिति
२०८२।०५।२१ गते अं.१६:०० बजे खुम्बु पासाङल्हामु गा.पा.-४ मिलुङगा स्थित HEAVEN HIMALAYAN कम्पनी मार्फत CANADA देशको नागरीक राहदानी नं. P260320NG भएको अं. वर्ष ६८ को RICHARD NIGEL
SHIRLEY नाम गरेको पुरुष व्यक्ति
बेश क्याम्प जाने क्रममा गुडलक होटलमा बास बसेकोमा लेक लागि बोल्न नसक्ने
गम्भीर रहेको भन्ने ऐ.२२ गते अं.०९:१५ बजे खबर प्राप्त हुनासाथ इ.प्र.का.
नाम्चेबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई निजलाई उपचारको लागि ओम होङ गिल
नाम्चे सामुदायिक अस्पताल सोलुखुम्बुमा पठाएकोमा ऐ.१७:२० बजे अस्पताल पुर्याई
चिकित्सकले चेकजाँच गरी मृत्यु भई सकेको भनि घोषणा गरेको, शव
ऐ.स्थित स्वास्थ्य चौकी नाम्चेमा राखिएको, थप अनुसन्धान तथा
कानुनी प्रकृयाको लागि इ.प्र.का.नाम्चेबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको ।
ला.औ.
मकवानपुर, हेटौडा उ.म.न.पा.४ ओम
म्याक्स हल नजिकै भित्री सडक खण्डमा ला.औ.कारोबार भईरहेको भन्ने बिशेष सुचनाको
आधारमा जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा र ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यालय
वीरगंजबाट प्र.ब.ह.को कमाण्डमा खटिएको संयुक्त टोलीले शंकास्पद अवस्थामा सडकमा
हिँडिरहेको ऐ.कैलाश गा.पा.१ डाँडाखर्क बस्ने वर्ष ४८ को जंग थिङलाई चेकजाँच गर्दा
निजको साथबाट २ किलो ८ सय ९० ग्राम (प्लाष्टिक बाहेक तौल गर्दा) ला.औ.अफिम जस्तो
देखिने पदार्थ फेला पारी नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई अनुसन्धान कार्य
भइरहेको ।