मिति २०८२।०५।२३ गते ०५:०० बजे देखि ऐ २४ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०५-२४
- A
- A-
- A+
कर्तव्य ज्यान,
पर्सा, बीरगंज
म.न.पा.१६ बसपार्क स्थित पुरानो रिसिभिको कारण दुई जना मानिस मिली एक जनलाई कुटपिट
गरी गम्भीर घाईते बनाई फरार रहेको भन्ने खबर प्र.चौ.बसपार्क पर्सामा जानकारी
प्राप्त हुना साथ प्र.चौ.बसपार्क र तालुक जि.प्र.का.पर्साबाट प्र.ब.ना.नि.को
कमाण्डमा संयुक्त टोली खटी गई निज कुटपिट गर्ने जि. काभ्रे सल्ले भुम्लु गा.पा.५
सल्ले बस्ने पुस्कर पराजुलीको छोरा अं.वर्ष १८ को मनीक पराजुली र जि.बारा जितपुर
सिमरा उ.म.न.पा.१५ बस्ने नबिन राईको छोरा अं.वर्ष १७ को अनिस राईलाई नियन्त्रणमा
लिई तालुक जि.प्र.का.पर्सामा लगी राखेको,घाईते जि.पर्सा छिपरमाई
गा.पा.न.०५ भिष्वटोल बस्ने अं.वर्ष ४० को मोहमद मुरादको शरिरको बिभिन्न भागमा चोट
उपचारको लागी नारायणी अस्पताल पठाईएकोमा सोहि अस्पतालको चिकित्सकले चेकजाँच गर्दा
ऐ.०८:०० बजे मृत घोषणा गरेको लाश सोहि अस्पतालमा रहेको ।
थुनुवा मृत्यु/बिरामी,
बाँके, इ.प्र.का.कोहलपुर
बाँकेको हिरासत कक्षमा सोधपुछको लागि ल्याई राखेको जि.बाँके जानकी गा.पा.६ बस्ने
वर्ष ३८ को बिरेन्द्र बहादुर सिंह एक्कासी बेहोस भई प्र.स.नि.को कमाण्डमा खटी गएको
टोलीले मेडिकल कलेज कोहलपुर बाँकेमा लगी उपचार भईरहेकोमा ऐ.०८:२० बजे डाक्टरले
मृत्यु घोषणा गरेको,
शव सोही अस्पतालमा रहेको, मृतकको आफन्तलाई खबर
भएको ।
कैलाली, मिति २०८२।०५।१९
गतेको देखि जि.प्र.का.को हिरासत कक्षमा रहेको ला.औ. मुद्दाको थुनुवा जि.कैलाली
धनगढी उ.म.न.पा.७ बस्ने वर्ष २७ को सोभित
राना ऐ.०५।२३ गते १०:३० बजे खाना खाने क्रममा एक्कासी बेहोस भई उपचारको लागि सेती
प्रादेशिक अस्पताल धनगढी पठाईएको, अवस्था हात खुट्टा चलाईरहेको, अवस्था बोल्न नसक्ने ।
काठमाण्डौ, का.म.न.पा. वडा नं. ११
जगन्नाथदेवल स्थित केन्द्रीय कारागार अन्तर्गत भद्र बन्दी सुधार गृहमा जिल्ला
सप्तरी मैनाकडेरी वडा न. ०२ स्थायी वतन भएको वर्ष ७१ को ज.क मुद्दामा थुनामा रहेका
कैदी फागु मण्डल सुगर, प्रेसर, दम,
क्षयरोग सम्बन्धी बिरामी भई मिति २०८२।०५।१४ गते वी.पि स्मृति
अस्पतालमा भर्ना भई उपचार गराई रहेकोमा मिति २०८२।०५।२४ गते रातको ०१:२० बजे उपचारको क्रममा मृत्यु भएको,कारागार दाखिला मिति २०८२।०२।२२
गते,सजाय १३
बर्ष मुद्दा चलाउने निकाय सप्तरी जिल्ला
अदालत ।
गोली प्रहार,
पर्सा, वीरगंज
म.न.पा.१६ स्थितमा रामप्रवेश गुप्ताले संचालन गरेको खाजा पसलमा देश भारत बेतिया
बस्ने गोलु सहनीको छोरी अं.वर्ष १८ की निशा कुमारी सहनी (अविवाहित)ले खाजा खाने
क्रममा देश भारत झारखण्ड जिल्ला पाकु ग्राम पंचायत मालपाहारी बस्ने बलराम शर्माको
छोरा अं.वर्ष २७ को प्रदिप शर्माले निज निशा कुमारी सहनीको बायाँ पट्टीको गालामा
गोली हानी घाईते भई उपचारको लागि नारायणी अस्पताल बिरगंज, पर्सामा
सामान्य उपचार पश्चात ऐ. १७:५५ बजे थप उपचारको लागि NMC अस्पताल
बिरगंज पर्सामा पठाएको, अवस्था गम्भीर, उक्त स्थानमा प्र.चौ.ईनर्वाबाट प्र.स.नि., व.प्र.का.विर्तबाट
प्र.नि.र जि.प्र.का.बाट प्र.उ.को कमाण्डमा
गरी जम्मा ३० जनाको टोली खटी गई
गोली हान्ने प्रदिप शर्मालाई होममेड सिक्सर पेस्तोल थान-१ सोको गोली राउण्ड-३,
खोका थान-१ सहित नियन्त्रणमा लिई आ.अ.भईरहेको ।
ला.औ.,
चितवन, राप्ती न.पा.११
कालापानी स्थितमा इ.प्र.का.भण्डाराबाट खटिएको प्र.नि. को कमाण्डमा खटिएको प्रहरी
टोलीले रोकिरहेको प्र.३-०३-००१ क ०००९ नम्बरको मिनी ट्रकको पछाडीको ढालाभित्र
मिनरल वाटर कार्टुनको मुनि ४ वटा बोरा भित्र ७ वटा पोकामा बोरा सहित ८८.१०० के.जि.
र बोरा बाहेक ८६.९०० के.जि.लुकाई छिपाई लागू औषध गाँजा फेला पारी ला.औ सहित (ट्रक
चालक) जिल्ला मकवानपुर मनहरी गा.पा.६ सिमपानी बस्ने वर्ष २३ को निशान बहादुर
सुनचुरी र मिनि ट्रक समेत नियन्त्रणमा लिइ अनुसन्धानको लागी इ.प्र.का.भण्डारामा
ल्याईएको ।