मिति २०८२।०५।२५ गते ०५:०० बजे देखि ऐ २६ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०५-२६
- A
- A-
- A+
कर्तव्य ज्यान,
झापा, मेचीनगर न.पा.७
गैरीगाउँ स्थित ऐ.बस्ने वर्ष ५० को नारायण ज्ञवालीले आफ्नै श्रीमती अं.वर्ष ३७ की
सुजता ज्ञवालीको कोठामा ऐ.१४ दुवागढी बस्ने वर्ष अं.४० को मो.फौ मोदिनलाई आफ्नो
श्रीमतीसँगै भेटेकोले मो.फौ मोदिनलाई धारीलो हतियार चक्कु प्रहार गर्दा पेट, ढाड र
शरीरको विभिन्न भागमा चोट लागी घटनास्थलामै मृत्यु भएको भन्ने खबर
इ.प्र.का.काकड्भिट्टामा जानकारी प्राप्त हुनासाथ इ.प्र.का.काकड्भिट्टाबाट
प्र.नि.को कमाण्डमा SOCO सहितको टोली खटी गई नारायण ज्ञवाली
र निजको श्रीमती सुजता ज्ञवालीलाई नियन्त्रणमा लिई इ.प्र.का.काकड्भिट्टामा राखिएको,
शव घटनास्थलमै रहेको ।
प्र.क.मृत्यु/घाईते,
काठमाण्डौ, काठमाण्डौ
म.न.पा.३२ कोटेश्वर स्थित जेनजी घटनामा घाईते प्रहरी प्रभाग कोटेश्चरमा कार्यरत
वतन नखुलेको अं. वर्ष ३५ को प्र.ज. अमृत गुरुङको ऐ. १६:४२ बजे उपचारको क्रममा बि
एण्ड बि अस्पतालमा मृत्यु भएको ।
ला.औ.,
बारा, जितपुर सिमरा
उ.म.न.पा. ७ बैदेही पेट्रोल पम्प अगाडि स्थितबाट इ.प्र.का. सिमराबाट खटिएको
प्र.ना.नि.को कमाण्डमा खटिएको टोलिले अम्लेखगंजबाट बिरगंज तर्फ जाँदै गरेको
जि.बारा जितपुर सिमरा उ.म.न.पा.-२२ चकरी बस्ने अं. बर्ष ३० को मनोज जिम्बाले
चलाएको प्रदेश २-०३-०१२ प ६५४३ नं. को मो.सा.लाई शंका लागी चेकजाँच गर्दा
मो.सा.चालक र सोही मो.सा. पछाडि सवार ऐ.बस्ने अं. बर्ष २६ को सोनाम थिङले बोकेको
झोलालाई खोली हेर्दा अं.५ के.जि. लागु औषध गाँजा सहित दुबै जना मानिस र मो.सा.लाई
नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि इ.प्र.का.सिमरा बारामा ल्याई राखिएको ।