मिति २०८२।०५।२६ गते ०५:०० बजे देखि ऐ २७ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०५-२७
- A
- A-
- A+
बम फेला,
काभ्रे, बनेपा न.पा.९
नँयाबस्ती स्थित रोड साईडको खाली जग्गामा
घर बनाउन प्रयोग गरिने मिक्चर मुनि खैरो कलरको झोलामा अं. ७/८ पिस सकेट बम जस्तो
देखिने चिज बस्तु खिया लागेको अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ जि.प्र.का.काभ्रेबाट
प्र.नि.को कमाण्डमा ७ जनाको टोली र श्री
श्रीमेहर गण धुलिखेल काभ्रेबाट सेनानीको
कमाण्डमा ६ जनाको टोली खटी गई ऐ.२६ गते ०८:०८ बजे ८ वटा सकेट बम डिष्पोज कार्य
सुरु भई ऐ.१२:१८ बजेको समयमा समाप्त भएको ।
हतियार बरामद,
काभ्रे, धुलिखेल न.पा
वडा नं.१ -याले स्थितमा ससस्त्र प्रहरी टोली र नेापली सेनाको संयुक्त टोलीले
मोबाईल गस्ती गर्दै जाने क्रममा १ जना
मो.सा.मा सवार झोला बोकेको व्यक्ति डराई भाग्दा पिछा गर्ने क्रममा झोला
फालेर फरार भएको उक्त झोला चेकजाँच गर्दा झोला भित्र १ थान भरुवा बन्दुक बरामद गरी आवश्यक कारवाहीको लागि
जि .प्र.का. काभ्रेमा ल्याई बुझाएको ।
स्रोत नखुलेको नगद र सुन जस्तो देखिने धातु सहित
मानिस नियन्त्रणमा,
काभ्रे, नमोबुद्ध न.पा.
२ भकुण्डेबेसी स्थित बि.पि. राजमार्ग सडक खण्डमा काठमाण्डौबाट सिराहा तर्फ जाँदै
गरेको बा .प्र. ०१- ००६ ख ९१७३ नं. को EV गाडिलाई नेपाली सेना र नेपाल
प्रहरीको सयुक्त चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा सोही EV गाडीमा
सवार जिल्ला सिराहा गमरिया न.पा. २ बस्ने बर्ष १८ को नरेश कुमार यादवलाई खान तलासी
गर्दा निजले बोकेको झोलाबाट स्रोत नखुलेको नगद रु. ३,५०,३००।- ( तिन लाख पचास हजार तिन सय) र सुनको जस्तो देखिने छडके गरगहना
तिलहरी थान-१, मंगलशुत्र थान-१, बेरुवा
औठी थान-१, सिक्री थान-३ सहित नियन्त्रणमा लिई
जि.प्र.का.काभ्रे पठाईएको ।