मिति २०८२।०५।२७ गते ०५:०० बजे देखि ऐ २८ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०५-२७
- A
- A-
- A+
ज.ज.क उद्योग,
सुर्खेत, बिरेन्द्रनगर न.पा.२
बस्ने वर्ष १६ कि परिवर्तित बालिकालाई ऐ.२ कृष्णजन्ज स्थित ऐ.सुन्दरटोल बस्ने वर्ष
२५ को विशाल थापाले मिति २०८२/०५/२५ गते राति अं.१२:०० बजे ज.ज.क.उद्योग गरेको भनी
निज पिडितले मिति २०८२/०५/२७ गते जि.प्र.का सुर्खेतमा लिखितम जाहेरी दिए पश्चात
तत्काल उक्त स्थान तर्फ जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गई फरार रहेको
पिडक व्यक्तिको खो.त.कार्य जारी ।
शंकास्पद मृत्यु,
झापा, अर्जुनधारा
न.पा.३ जुके खाडी स्थित ऐ.बस्ने वर्ष २५ को बिजय लिम्बु मृत अवस्थामा रहेको भन्ने
खबर ऐ.२७ गते ०५:३० बजे अ.प्र.चौ. खदुनाबारीमा प्राप्त भए पश्चात जि.प्र.का.बाट
प्र.नि.को कमाण्डमा टोली खटी गई कानुनी प्रकृया पुरा गरी शव पो.मा.को लागि
प्रादेशिक अस्पताल भद्रपुर पठाएको, मृत शवको टाउकोमा धारिलो हतियार
प्रहार गरेको जस्तो देखिने गहिरो चोट रहेको ।
कैदी झुण्डी मृत्यु (आत्महत्या मृत्यु/घाईते),
सप्तरी, विष्णूपुर
गा.पा.६ रंजितपुर स्थित रामलखन यादवको खेतमा रहेको आँपको रुखमा तत्काल नाम थर वतन
नखुलेको हेर्दा अं.वर्ष ५० को जस्तो देखिने पुरुष व्यक्ति गम्छाको पासो लगाई झुण्डी मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त
हुनासाथ इ.प्र.का.विष्णुपुरबाट प्र.ना.नि.र जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा SOCO टोली
खटी गई कानुनी प्रक्रिया पुरा गरी शव पो.मा.को लागी गजेन्द्रनारायण अस्पताल
राजविराज पठाएको, मृतक मिति २०८२।०५।२५ गते १२:४५ बजे कारगार
सुरक्षा गार्ड राजबिराज सप्तरीबाट भागेको कर्तव्य ज्यान मुद्दाको कैदी जि.सप्तरी
बलानबिहुल गा.पा.४ बस्ने वर्ष ५० को तुरन्त लाल बरही भनी कारागार सुरक्षा गार्ड
राजबिराज सप्तरीबाट सनाखत भएको, शव पो.मा.पश्चात आफन्तले
बुझी लगेको ।
आन्दोलनको क्रममा जली मृत्यु,
सुनसरी, मिति २०८२।०५।२४ गते
जेन्जी प्रदर्शनको क्रममा धरान उ.म.न.पा.१० स्थित भाटभटेनीमा आगजनी गरेकोमा ऐ.२७
गते ०९:०० बजे भाटभटेनी भित्र मृतकको शव पहिचान हुन नसक्ने अवस्थामा रहेको (शरीरको
पुरै भाग जलेको) मासुको डल्लो फेला परेको भन्ने जानकारी प्राप्त हुनासाथ
इ.प्र.का.धरानबाट प्र.नि.को कमाण्डमा तथा नेपाली सेनाको श्री कालिशक्ति ईन्जिनियर
गण याङ्कशिलाबाट सह-सेनानीको कमाण्डमा संयुक्त टोली खटी गई सम्पुर्ण कानुनी
प्रकृया पुरा गरी शव पो.मा.को लागि वि.पि.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
घोपा धरान पठाएको, ऐ.१४:०० बजे सोही भाटभटेनीमा ३
वटा शरीरको पुरै भाग जली अस्थीपञ्जर (हड्डी) फेला परेको हुँदा सम्पुर्ण कानुनी
प्रकृया पुरा गरी पो.मा.को लागि वि.पि.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा
धरानमा पठाईएको ।
काठमाडौं, काठमाडौं
म.न.पा.७ चुच्चेपाटीमा अवस्थित भाटभटेनी सुपर मार्केटको पहिलो तल्लाको बीच भागमा
मान्छेको जलेको अवशेष रहेको जानकारी पश्चात वृत्त गौशालाबाट मुचुल्का टोली खटी गई
चेकजाँच गर्दा मानिसको शरीर जलेको अवशेष (हड्डी खप्पड) फेला परेको लाशजाँच
मुचुल्का कार्य भईरहेको ।
आन्दोलनको क्रममा प्रदर्शनकारी मृत्यु,
चितवन, मिति
२०८२।०५।२४ गते १९:१५ बजे भरतपुर म.न.पा.१४ भरतपुर महानगरपालीकाको उप-मेयर
चित्रसेन अधिकारीको घरमा आगो लगाउदा सिलिन्डर ग्याँस पड्की आन्दोलनकारी ऐ.भरतपुर
म.न.पा.२१ बस्ने वर्ष १९ को सरोज गुरुङलाई लाग्दा गम्भीर घाईते भई पुरानो मेडिकल
कलेज भरतपुरमा उपचार भईरहेकोमा उपचारको क्रममा ऐ.२७ गते ११:३० बजे मृत्यु भएको ।
झापा, मिति
२०८२।०५।२४ गते के कुन स्थानमा भएको जेन जीको आन्दोलनको क्रममा जि.पाँचथर हिलिहाङ
गा.पा.३ घर भई हाल जि.झापा बिर्तामोड न.पा. १० बस्ने वर्ष ३० को कमल भण्डारी घाईते
भई उपचारको लागि B&C
अस्पताल बिर्तामोडमा ल्याई उपचार भईरहेकोमा ऐ. २५ गते ०४:३० बजे
मृत्यु भएको भनी जि.प्र.का.मा जानकारी प्राप्त भएको हुँदा अन्य थप बुझ्ने कार्य
भईरहेको, शव तत्काल सोही अस्पतालमा रहेको, आफन्तलाई जानकारी भई सकेको ।
झापा, मिति
२०८२।०५।२४ गते ११:४५ बजे बिर्तामोड न.पा.५ स्थित जि.ट्रा.प्र.का.झापाको कार्यालय
गेट अगाडिबाट अं.५०० जनाको प्रदर्शनकारीहरु लाठी सहित आई कार्यालय प्रवेश गरी
ढुङगामुढा तोडफोड तथा आगजनी गर्न सुरु गरे पश्चात प्रहरीले जवाफी कारवाही गर्ने
क्रममा ऐ.अर्जुनधारा न.पा.८ बस्ने वर्ष ३२ को दिनेश राजबंशी घाईते भई B&C अस्पताल बिर्तामोडमा
उपचार भईरहेकोमा ऐ.२७ गते १२:३० बजे उपचारको क्रममा मृत्य भएको भन्ने खबर आफन्त
मार्फत जि.प्र.का.झापामा प्राप्त भएको, शव तत्काल सोही अस्पतालमा रहेको ।
झापा, मिति
२०८२।०५।२४ गते ११:४५ बजे बिर्तामोड न.पा.५ स्थित जि.ट्रा.प्र.का.झापाको कार्यालय
गेट अगाडिबाट अं.५०० जनाको प्रदर्शनकारीहरु लाठी सहित आई कार्यालय प्रवेश गरी
ढुङगामुढा तोडफोड आगजनी गर्न सुरु गरे पश्चात प्रहरीले जवाफी कारवाही गर्ने क्रममा
अर्जुनधारा न.पा. ११ बस्ने वर्ष ३० गोपाल सेडाई घाईते भई उपचारको क्रममा
बिर्तासिटी अस्पतालमा उपचार
भईरहेकोमा ऐ.२५ गते १२:३० बजे मृत्यु भएको, शव B&C
अस्पतालमा रहेको ।