मिति २०८२।०५।२८ गते ०५:०० बजे देखि ऐ २९ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०५-२९
- A
- A-
- A+
कर्तब्य ज्यान,
कञ्चनपुर, बेल्डाडी गा.पा.१ जानकी टोल बस्ने केशब भट्टको
छोरा वर्ष २६ को पदम भट्टलाई ऐ.वडा नं.१ बस्ने भुपि भन्ने भुपेन्द्र जोशी सहित
अं.३/४ जनाले ऐ. रैलेश्वर स्थित झै-झगडा हुँदा कुटपिट गरी घाईते भई ऐ.राती
बेल्डाडी स्वास्थ्य चौकी बेल्डाँडीमा सामान्य उपचार पश्चात घर गएकोमा मिति
२०८२।०५।२८ गते ०६:३० बजे निज पदम भट्टको आफ्नै सुत्ने कोठामा मृत्यु भएको भनी
ऐ.०९:३० बजे निजको बुवा केशव भट्टले इलाका प्रहरी कार्यालय बेलडाँडीमा जानकारी
गराए पश्चात इलाका प्रहरी कार्यालय बेलडाँडीबाट प्र.नि.को कमाण्डमा SOCO सहितको
प्रहरी टोली खटी गएको, शव घरमै रहेको, घटनामा
संलग्न भुपि जोशी सहित ४ जना प्रहरीको नियन्त्रणमा रहेको, अन्यको
खो.त.कार्य भईरहेको साथै निज मृतक लागु-औषध मुद्दामा कैद भुक्तान गरिरहेकोमा
कञ्चनपुर कारागारबाट भागी घर आएको भनी निजका आफन्तबाट बुझिन आएको, शवको प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी पो.मा.को लागि
प्रा.स्वा.के.बेलौरी पठाएको ।
जबरजस्ति करणी,
जाजरकोट, बारेकोट गा.पा.५ बस्ने
बर्ष ३२ को नरेन्द्र नेपाली मिजारले ऐ.०५।२८ गते अं.०३:०० बजे ऐ.तलकोट बस्ने
अं.वर्ष ६३ की महिलालाई घरमा अन्य परिवारका सदस्य कोही नभएको अवस्थामा निज सुत्ने कोठामा
गई ज.ज.क गरेको भनी ऐ.०९:३० बजे इ.प्र.का.नायकवाडामा स्थानीयले जानकारी गराए पश्चात प्र.स.नि.को
कमाण्डमा प्रहरी टोली खटी गई पीडक नरेन्द्र नेपाली मिजारलाई नियन्त्रणमा लिई
आ.अ.भईरहेको ।
आन्दोलनकारीकोउपचारको क्रममा मृत्यु,
कास्की, जि.चितवन
भरतपुर म.न.पा.१० घर भई जि.कास्की पोखरा म.न.पा.१६ दिप बस्ने वर्ष ४३ को विजय
तमाङ(लामा)ले मिति २०८२।०५।२४ गते अं.२२:०० बजे ऐ. पोखरा म.न.पा.४ गैह्रापाटन
स्थित जि.प्र.का.कास्की भित्रका विभिन्न भवनहरु आगजनी गर्ने क्रममा आगोले जलि
घाईते भई उपचारको लागि प.क्षे.अस्पतालमा निजको साथी दल बहादुर गुरुङले उद्दार गरी
लगेकोमा ऐ.०५।२८ गते १४:१० बजे उपचारको क्रममा मृत्यु भएको भनी सोही अस्पतालमा
खटिएको प्र.क.मार्फत जानकारी प्राप्त भएको ।
काठमाण्डौ, २४ गते Gen Z को
प्रदर्शनको क्रममा कालिमाटीमा घाईते भएका जि.नुवाकोट ककनी गा.पा.१ घर भएका वर्ष २७
को शुभराज श्रेष्ठ बलामीको ऐ.२८ गते ०९:१५ बजे उपचारको क्रममा बिर अस्पतालमा मृत्यु
भएको, शव ऐ.१३:०० बजे पो.मा.को लागि त्रि.वि.शिक्षण अस्पताल महाराजगंज
पठाएको (मौखिक जानकारी प्राप्त )
हातहतियार सहित मानिस नियन्त्रणमा,
काभ्रे, मण्डनदेउपुर न.पा. ७ घर
भई हाल बनेपा न.पा.९ लाईकु स्थितमा कोठा
भाडमा बस्ने वर्ष ३४ को सन्तोष श्रेष्ठको कोठाबाट
कटुवा पेस्तोल १ नाल, गोली ३६ राउण्ड (के-कुन
हतियारको गोली नखुलेको ) सहित जि.प्र.का.बाट प्र.ना.उ.को कमाण्डमा खटिएको टोलीले
निजलाई नियन्त्रणमा लिई जि.प्र.का.राखी आ.अ.भईरहेको ।
काभ्रे, जि.प्र.का. काभ्रेबाट
प्र.नि.को कमाण्डमा खटी गएको टोलीले बनेपा न.पा. ९ बस्ने बर्ष २६ को सिजन सुवालको साथबाट ३२१
राउन्ड सहित अन्य ८ जनाको साथबाट जम्मा ७३० राउन्ड गोली फेला पारी निजहरुलाई
नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जि.प्र.का. काभ्रेमा ल्याएको
मानव कंकाल फेला,
काठमाण्डौ, का.म.न.पा.७ चाबहिल चुच्चेपाटी
स्थित रहेको भाटभटेनी सुपर स्टोरको दोस्रो तलाको दक्षिण र पश्चिम भागमा ६ ठाउँमा
मानव जातीको शरिरको खप्पर जस्तो देखिने आगोले जलेको अवस्थामा खरानी तथा हड्डीहरु
फेला परेको भनि भाटभटेनी सुपरमार्केटमा सरसफाई गर्दै गरेका मानिसहरुले दिएको
सुचनाको आधारमा बृत्त गौशालाबाट प्र.नि.को कमाण्डमा १० जनाको प्रहरी टोली खटिई
मुचुल्का लगायतका प्रारम्भिक अ.अ.कार्य पुरा गरी फेला परेको खप्पर आकारको खरानी
छुट्टा-छुट्टै संकलन गरी थप अ.अ.तथा परिक्षणको लागी त्रि.बि.शिक्षण अस्पताल
महाराजगंज पठाईएको ।
लागु औषध,
मोरङ, बिराटनगर
म.न.पा. १५ पेट्रोल पम्प स्थित प्र.नि समेतको प्रहरी टोलिले नियमित चेकिङ गर्ने
क्रममा उत्तर बाट दक्षिण तर्फ तिव्र गतिमा आउदै गरेको मे.१च. ५८२६ नम्बरको बोलेरो
गाडिलाई रोक्न खोज्दा उक्त गाडि पुन उत्तर तर्फ मोडिई भागेको हुदा उक्त गाडिलाई
खोज तलाश गर्ने क्रममा ऐ १५ नम्बर स्थित पेट्रोल पम्प नजिक सडकको पश्चिम किनारमा
रोकेको अवस्थामा निम्न नाम थर भएका एक माहिला र एक जना पुरुष मानिस सहित फेला पारी
उक्त गाडि चेकजाँच गर्दा उक्त गाडीमा बन्दाकोपि लोड गरी सो भित्र लुकाई छिपाई
राखेको अवस्थामा गाँजा रहेको हुँदा यस कार्यालमा ल्याई उक्त गाँजालाई तत्काल
नापतौल गर्दा २६२.५८०(दुई सय वैसठ्ठी कि.लो.पाँच सय अस्सी ग्राम) रहेको हुँदा उक्त
गाडिमा रहेका पुरुष निखिल घिमिरे लाई सोध पुछ गर्दा गाडिको चालक फरार भएको उक्त
गाडिमा रहेको गाँजा विराटनगर १८ स्थित बस्ने श्याम कुमार यादवको हो र निज हाल
आई.सि.पि रोडमा पर्खिएर बसेको छन भनी बताएको हुँदा निजलाई तत्काल खोजतलास गर्ने
क्रममा ऐ.२४;०० बजेको समयमा आई.सि.पि. रोड स्थितमा फेला पारी तत्काल नियन्त्रणमा लिई
बरामद भएको गाँजा र निम्न मानिसहरुलाई आवश्यक कारबाहिको लागी यस इलाका प्रहरी
कार्यालय रानी ल्याई राखिएको ।
निम्न मानिसहरु :- १. जिल्ला सुनसरि उपमपा ईटहरि ५
वस्ने वर्ष २० की सन्जु तामाङ्ग २. ऐऐ वस्ने वर्ष २२ को निखिल घिमिरे । ३. जिल्ला
मोरङ बिमनपा १८ बस्ने वर्ष ३२ को श्याम कुमार यादब