मिति २०८२।०५।२९ गते ०५:०० बजे देखि ऐ ३० गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०५-३०
- A
- A-
- A+
ज.ज.क.,
मकवानपुर ,
राक्सीराङ गा.पा.१ इन्दुङ बस्ने (धेरै
बोल्न नसक्ने, सुन्न पनि कम सुन्ने)
को श्रीमती वर्ष २२ की महिलासँग आफ्नै घर
(ढोका नभएको) मा बसिरहेको स्थानमा सोही स्थान बस्ने वर्ष ४२ को रमेश थिङले ऐ.०५।२७
गते साँझ श्रीमानलाई बाँधेर राखी श्रीमतीलाई कपडा खोल्न लगाई ज.ज.क.गरेको भनी
जि.प्र.का.मकवानपुरमा ऐ.०५।२९ गते १३:३० आई लिखित निवेदन दिएकोले प्रहरी टोली खटी
गई नियन्त्रणमा लिई जि.प्र.का.मकवानपुरमा राखिएको, महिलाको
स्वास्थ्य अवस्था सामान्य रहेको ।
कैदी मृत्यु,
सर्लाही,
गोडैता न.पा.१ बहादुरपुर बस्ने वर्ष ४५ को
प्रमोद कापर सवारी ज्यान मुद्दाको कैदी सुन्धारा कारागार कार्यालय काठमाण्डौबाट
भागी फरार भई घरमा आई बसिरहेकोमा सुगर बढेर ऐ.२८ गते १७:०० बजे मृत्यु भएको भनी
ऐ.२९ गते ०८:३० बजे प्र.चौ.बहादुरपुरमा जानकारी प्राप्त हुनासाथ
इ.प्र.का.गडहियाबाट प्र.नि.को कमाण्डमा टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य
पुरा गरी शव पो.मा.को लागि प्रादेशिक अस्पताल मलगंवा पठाएको ।
फुटकर ज्यान( ज्यान
सम्बन्धि कसुर ),
रसुवा ,
आमाछोदिङ्मो गा.पा.४ सदिङदिङ स्थित मिति
२०८२।५।२७ गते २२:३० बजे ऐ.स्योगाँउ बस्ने वर्ष ५२ को ल्हासिङ तामाङ ऐ.बस्ने
चौहत्तर बस्ने मिलन तामाङको घरमा चोया काट्ने काम गरी घर आउने क्रममा ऐ.बाहुडाँडा
भन्ने स्थानमा निज ल्हासिङ तामाङ छोराहरु वर्ष २२ को दावा कामी तामाङ र वर्ष १९ को
फुर्पु तामाङ सँग भेट भई घर तर्फ आउँदै गर्दा ऐ.सदिङदिङ भन्ने स्थानमा ऐ.स्योगाँउ
बस्ने वर्ष ३१ को राम बहादुर तामाङ र ऐ.बस्ने वर्ष २६ को छिरिङ दोर्जे तामाङले
बाटोमा मो.सा. तेर्साई बाटो छेकी कुटपिट गर्दा निज ल्हासिङ तामाङको छोराहरु भागी
घर तर्फ गएकोमा सोही दिन देखि ल्हासिङ तामाङ घर फर्की नआएकोले आफन्तले खो.त. गर्दै
जाने क्रममा ऐ.२९ गते ०८:२५ बजे ऐ.सदिङदिङ
स्थित सडकबाट दक्षिण तर्फ अं.५० मिटर तल मृत अवस्थामा फेला परेको भन्ने खबर
प्राप्त हुनासाथ प्र.चौ. थाम्बुचेतबाट प्र.ह.र जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा SOCO
सहितको टोली खटी गई लाशजाँच मुचुल्का पश्चात
पो.मा.को लागी रसुवा अस्पताल धुन्चे रसुवा तर्फ पठाईएको,
कुटपिट गर्ने दुवै जना मानिसहरु प्र.चौ.
स्याफ्रुबेशी रसुवाको नियन्त्रणमा, थप
अनुसन्धान कार्य भईरहेको, ।
कुटपिट,
सिन्धुली
, कमालामाई न.पा. ४ ढुङ्ग्रेबास बस्ने
डिल्ने नेपालीको गर्भवती श्रीमती वर्ष १९ की सुनिता नेपालीलाई विगत १ हप्तादेखी
निजकै श्रीमानले कुटपिट गरेको कारण जि.अस्पताल सिन्धुली आई चेकजाँच गर्दा पेटमा
रहेको ५ महिनाको बच्चा (छोरा) को मृत्यु भई सकेको र निज महिलाको शरिरको बिभिन्न
भागमा घाँउडाम समेत रहेको भन्ने खबर प्राप्त हुनासाथ उक्त स्थानमा
जि.प्र.का.सिन्धुलीबाट प्र.नि.को कमाण्डमा मुचुल्का टोली खटी गएको,
पिडित महिलाको अवस्था मध्यम उपचार भईरहेको,
शव जि.अस्पताल सिन्धुलीमा रहेको,
कुटपिट गर्ने श्रीमान डिल्ने नेपालीलाई नियन्त्रणमा
लिई जि.प्र.का.मा राखी आ.अ.भईरहेको ।