मिति २०८२।०५।३० गते ०५:०० बजे देखि ऐ ३१ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०५-३१
- A
- A-
- A+
ज.ज.क./ज.ज.क.उधोग,
धादिङ, ज्वालामुखी गा.पा.७
सालबास जंगलमा जि.गोरखा आरुघाट गा.पा.७ बस्ने वर्ष २१ की महिलालाई ऐ.नीलकण्ठ न.पा.
८ बस्ने वर्ष ३१ को कृष्ण प्रसाद आचार्यले ज.ज.क.गरी फरार भएको भनी मिति
२०८२।०५।३० गते जाहेरी प्राप्त भएको, जि.प्र.का.धादिङबाट
प्र.ना.उ.कमाण्डमा टोली खटिई गई फरार व्यक्तिको खो.त.तथा थप अनुसन्धान भईरहेको ।
प्युठान, गौमुखि गा.पा. ६ डाफ्ले
बस्ने वर्ष अ.१३ कि पिडित संकेत नं. ५२(२०८२/०८३) ३ लाई ऐ. बस्ने वर्ष अ.२२ को
दिपक पुनले ऐ. ६ डाफ्ले स्थित रहेको ईश्वर बहादुर खत्रीको घर नजिकै मोटर बाटोको
छेउमा रहेको बाँसघारीमा ज.ज.क.उद्योग गरेको भनि आज मिति २०८२।०५।३० गते १६:४५
बजेको समयमा जि.प्र.का.प्युठानमा जाहेरी दरखास्त दिए पश्चात उक्त स्थानमा इ.प्र.का.
पुजालीबासे प्युठानबाट प्र.ना.नि. को कमाण्डमा २ जनाको टोली खटि गएको र थप
अनुसन्धानको लागि जि.प्र.का. प्युठानबाट प्र.नि.को कमाण्डमा SOCO सहित
५ जनाको टोली खटि गएको ।
धादिङ, सिद्धलेक गा.पा. १ नलाङ
स्थित ऐ.बस्ने वर्ष ३४ की महिलाको घरमा ऐ.बस्ने वर्ष २० को कविन उपाध्यायले
ज.ज.क.उद्योग गरी फरार भएको भनी २०८२।०५।३० गते जि.प्र.का.धादिङमा जाहेरी परेकोले
जि.प्र.का.धादिङबाट प्र.नि.को कमाण्डमा टोली खटी गई निज फरार व्यक्तिको खो.त.तथा
थप अनुसन्धान कार्य भईरहेको ।
मानव कंकाल फेला परेको,
मोरङ, विराटनगर
म.न.पा.६ स्थित भाटभटेनीमा २०८२।०५।२४ गते Gen-z को अन्दोलनमा आगजनी भइ
क्षति भएको भाटभटेनीको कर्मचारीले सफा गर्ने क्रममा दोस्रो तलामा पूर्ण रुपमा जली नचिनिने अवस्थाको
कंकाल फेला परेको भन्ने जानकारी प्राप्त हुनासाथ व.प्र.का.बिराटनगरबाट प्र.नि.र
जि.प्र.का.बाट प्र.उ.को कमाण्डमा SOCO सहित टोली खटी गई उक्त
कंकालको सम्पुर्ण कानुनी प्रकृया पुरा गरी पो.मा.तथा अनुसन्धानको लागी कोशी
अस्पताल बिराटनगर तर्फ पठाएको
थुनुवा फरार,
धनकुटा, शहिदभूमी गा.पा.३
पन्चकन्या स्थित भित्री सडक खण्डमा सेती चौक बाट पन्चकन्या तर्फ आउँदै गरेको को २
त ८६९९ नं.को ट्याक्टर अनियन्त्रीत भई बाटो भन्दा अं.८० मिटर तल खस्न गई दुर्घटना
हुँदा सह-चालक शहिदभुमी गा.पा.२ बस्ने वर्ष १८ को खगेन्द्र परियार ट्याक्टरमा
दुर्घटनामा मृत्यु भएको,
चालक शहिदभुमी गा.पा.२ बस्ने वर्ष २३ को सचिन शिवालाई उपचार पश्चात
जि.प्र.का धनकुटा ल्याई अनुसन्धान कार्य भईरहेकोमा मिति २०८२।०५।२९ गते सम्मानित
जिल्ला अदालत धनकुटाबाट सवारी ज्यान मुद्दामा दिन १० म्याद थप भएकोमा ऐ.३० गते
०८:४० बजे सचिन शिवाको टाउको दुख्ने जिउहरु दुख्ने बिरामी भएकोले जिल्ला अस्पताल
धनकुटामा सामान्य उपचार पश्चात थप उपचारको लागि बिपि कोईराला स्वास्थ्य बिज्ञान
प्रतिष्ठान घोपा ल्याई ऐ.३० गते १२:०० बजे उपचारको क्रममा भागी फरार भएको हुँदा
निजको खो.त.कार्य भई रहेको ।
हा.ह.बरामद,
काठमाण्डौ, का.म.न.पा.२८
भृकुटीमण्डप स्थित प्रदर्शनीहल अगाडि फोहोर फाल्ने ठाँउमा निम्न हातहतियारको
गोलीगठ्ठा फेला परेको भनी ऐ.बागबजार बस्ने वर्ष ४३ को श्यामकृष्ण श्रेष्ठ (महानगर
फोहोर ब्यवस्थापनको ठेकेदार) ले प्रहरी वृत्त सिंहदरवबारमा जानकारी गराए पश्चात
संकलन गरी वृत्त सिंहदरवारमा राखिएको । निम्न १. S.L.R.को लाईभ राउण्ड ८१
२. ऐ.को डमी राउण्ड १, ३. ३०३ को डमी राउण्ड ४ ४. ऐ.को खोका
६ राउण्ड ५. ईन्सासको लाईभ राउण्ड १५ ६. सर्टगनको लाईभ राउण्ड १४ ७.सर्टगन डमी
राउण्ड ०५ ८.टाईप ५४ को खाली म्याग्जीन थान ४ ९.बेरेटाको खाली म्याग्जीन थान २ १०.S.M.G.को खाली म्याग्जीन थान १० ११.C.F.९८ को खाली बोक्स
थान ६ किट बाक्स खाली थान १ ।
भक्तपुर, मध्यपुर ठिमी न.पा. १
मनहरा पुल स्थित जि.रामेछाप च्यास्कु घर भई हाल भक्तपुर मनहरा बस्ने वर्ष १७ को
संगम मोक्चे मगरको साथबाट १) सर्टगनको रवर बुलेट-थान १ २) 2.2 म्याग्नमको
गोली-राउण्ड ७ ३) तरकारी काट्ने चक्कु –थान १ ४) प्र.नि.को फुली- १ जोर
गोली तथा अन्य सामानहरु फेला परेकोले सामान सहित निजलाई आवश्यक सोधपुछका लागि
प्रभाग सानोठिमीबाट खटिएको प्र.व.ना.नि.को टोलीले नियन्त्रणमा लिई प्रभाग बालकोटमा
ल्याई राखिएको ।
धनुषा, Gen Z को आन्दोलनको क्रममा
मिति २०८२/०५/२४ गते बेलुका अं. १९:५० बजे जनकपुर उ.म.न.पा.९ स्थित मधेश प्रदेश
लोकसेवा आयोगको कार्यालयमा अं.५०/६० जनाको समूहमा आएका ब्यक्तिहरुले उक्त
कार्यालयमा गई सो कार्यालय भित्र प्रबेश गरी उक्त कार्यालयमा रहेको चारपाङ्ग्रे
गाडी थान-४, मो.सा. थान-४, CCTV क्यामरा
तथा कार्यालय समेतमा तोडफोड तथा आगजानी गरी उक्त कार्यालयमा सुरक्षार्थ खटिएको
नेपाल प्रहरीको S.L.R राईफल थान-१ ऐ. को गोली राउण्ड ५० समेत
लुटपाट गरी लगेकोमा अनुसन्धानको क्रममा बिभिन्न स्थानको CCTV फुटेजको बिश्लेषण गरी खोजतलास गर्ने क्रममा ऐ.३० गते ११:०० बजे जनकपुर
उ.म.न.पा. ९ बस्ने गणेश वर्ष ३७ को मनिष कुमार अधिकारी र ऐ.बस्ने वर्ष २१ को
सन्तोष कुमार यादवको साथबाट S.L.R राईफल थान-१ फेला पारी
कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।
ला.औ.,
मकवानपुर, हेटौडा उ.म.न.पा.१२
क्यानमटोल बस्ने वर्ष अं.२५ को उमेश भन्ने युरेन लामाको घरमा ऐ.हेटौडा १३ गुरुङटोल
बस्ने वर्ष अं.२९ को विनोद गुरूङ गरी दुबै जना मिलि ला.औ.खैरो हिरोइन बिक्रि वितरण
गरीरहेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.पदमपोखरीबाट प्र.ना.नि.को कमाण्डमा
टोली खटी गई हेर्दा कोठा भित्र बसि सेवन तथा बिक्रि बितरण गरीरहेको अवस्थामा
ला.औ.खैरो हिरोईन जस्तो देखिने पदार्थ सानो सानो पुरिया बनाई झोलामा राखेको
अवस्थामा अं. ९ ग्राम ८१० मिलि ग्राम (तौल गर्ने बाँकी) ला.औ.खैरो हिरोइन, डिजिटल तराजु र दुबै जना मानिसहरु नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको
लागि जि.प्र.का.मकवानपुर पठाएको,