मिति २०८२।०५।३१ गते ०५:०० बजे देखि २०८२।०६।०१ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०६-०१
- A
- A-
- A+
शिशु मृत फेला,
दाङ, जि.दाङ तुलसीपुर उ.म.न.पा. १० पड्ढा स्थित डबरा कुलो(सिचाँइ
गर्ने)ले सालनाल सहितको नवजात शिशु पुरुष लाइ बगाई खुसिराम चौधरीको धानखेतमा केही
भाग सडिगलेको छ भन्ने स्थानिय राजकुमारी चौधरीले प्र.चौ.उरहरी दाङमा खवर गर्ना साथ
तत्काल प्र.नि. विनोदराज खत्रीको कमाण्डमा ७ जनाको टोली खटिएको ।
ज.ज.क.,
काठमाण्डौ, जि.ललितपुर ललितपुर म.न.पा.२
बस्ने वर्ष १२ की बालिकालाई मिति २०८२।०५।२८ गते राती ७।८ बजेदेखि मिति २०८२।५।२९ गते
६।७ बजे छोरी महिनावारी भएको समयमा अत्याधिक रक्तश्राप भई रगत नरोकिने बिरामी भएको
हुँदा प्रतिवादी का.जि.कागेश्वरी मनोहरा न.पा.७ बस्ने धामी रामचन्द्र ढुङगानाको घरमा
झारफुक गर्नको लागि गएको समयमा प्रतिवादीले निजको घरमा नै २९ गते १९:२४ बजे पीडितलाई
ज.ज.क.गरी सो कुरा कसैलाई भने देउता लगाइ मारिदिने भनी डर त्रास देखाएको हुँदा निजलाई
कानुनी कारवाही गरी पाँउ भनी जाहेरी दरखास्त प्राप्त भए पश्चात निज प्रतिवादीलाई नियन्त्रणमा
लिई आ.अ.भईरहेको
धादिङ, मिति
२०८२।०५।२५ गते अं.१६:०० बजेको समयमा जिल्ला धादिङ निलकण्ठ न.पा-११ लामस्थान स्थित
आफ्नै दिदिको घरमा बर्ष २९ की परिवर्तित नाम धादिङ २४(७७)०८२०८३ लाई ऐ.ऐ.बस्ने नर
बहादुर नगरकोटीको छोरा बर्ष ३१ को खिल बहादुर नगरकोटीले ज.ज.क.गरी फरार रहेको भनि
तिमि २०८२।०५।२७ गते जि.प्र.का.धादिङमा जाहेरी प्राप्त भएको,पिडित
महिलालाई शरिरमा रगतको मात्रा कमि भई जिल्ला अस्पताल धादिङमा उपचार भईरहेकोमा आज
मिति २०८२।०६।०१ गते अं.०१:२० बजे उपचारको क्रममा मृत्यु भएको,लाश जिल्ला अस्पतालमा नै रहेको ।
अछाम, साँफेबगर
न.पा.४ स्थित पेट्रोल पम्प नजिक झै-झगडा भएको छ भन्ने खबर प्राप्त हुनासाथ उक्त
स्थानमा ई.प्र.का साँफेबगरबाट प्र.स.नि.को कमाण्डमा-३ जनाको प्रहरी टोली खटि गई
बुझ्दा ऐ. ४ जनकल्याण टोल बस्ने जय भुलको छोरा बर्ष अं.३२ को महेश भुलले ऐ.खालसैन
वर्ष १३ की बालिकालाई ललाई फकाई गरी ऐ.स्थित शिसमघारीमा लगी ज.ज.क.गरेको भन्ने
बुझिन आएकोले निज दुबै जनालाई नियन्त्रणमा
लिई थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय अछाम पठाईएको
बालबन्दीबाट फरार,
मोरङ, विराटनगर म.न.पा.३ स्थित बालसुधार गृह विराटनगरमा
कानुनी विवादमा परी थुनामा रहेका जि.ताप्लेजुङ दोखु गा.पा.२ बस्ने वर्ष १८ को (कर्तव्य
ज्यान बाल बिज्याई कर्ता ) र जि.झापा मेची न.पा.८ बस्ने वर्ष १८ को (जवरजस्ती करणी
बाल बिज्याई कर्ता) बालकहरु बालसुधार गृहको वालबाट हामफाली फरार रहेको भन्ने जानकारी
प्राप्त हुनासाथ जि.प्र.का.मोरङबाट प्र.नि.को कमाण्डमा र मातहत समेतको टोली खटी गई
खो.त.भईरहेको ।
कैदी मृत्यु,
काठमाण्डौ, का.जि.का.म.न.पा. वडा नं. ११ जगन्नाथदेवल
स्थित यस केन्द्रीय कारागार अन्तर्गत केन्द्र बन्दी सुधार गृहमा जिल्ला दैलेख
नारायण न.प.०७ स्थायी वतन भएको वर्ष ३१ को क.ज्यान मुद्दामा थुनामा रहेका बन्दी
हिक्मत बुढा भन्ने हिक्मत बहादुर बुढा घाँटीको क्यान्सर सम्बन्धी बिरामी भई मिति
२०८२।०५।२५ गते केन्द्रीय कारागार अस्पताल त्रिपुरेश्वरमा भर्ना भई उपचार गराई
रहेकोमा उपचारकै क्रममा निज कैदीको मिति २०८२।०५।३१ गते साँझको २०:५० बजेको समयमा
मृत्यु भएको।
नक्कली नोट फेला परेको,
बझाङ, जयपृथ्वी न.पा. १० चैनपुर बस्ने
धिरेन्द्र शाहीको छोरा बर्ष २१ को नगेन्द्र बिक्रम शाही ला.औ. (खैरो हिरोईन) को
फरार प्रतिवादी रहेकोले जिल्ला प्रहरी कार्यालय बझाङबाट प्र.नि.को कमाण्डमा
खटिगएको प्रहरी टोलीले रित पुर्बक निज नगेन्द्र बिक्रम शाहीको कोठामा खान तलासी
गर्दा नगेन्द्र बिक्रम शाही फेला नपरेको
निजको सुत्ने कोठाको सिरानीबाट नक्कली नोटहरु जस्ता देखिने एक हजार(१०००)का उन्नाईस (१९) नोट फेला पारी रित पुर्बक बरामद
गरी घर धनी धिरेन्द्र शाहीलाई सोधपुछ
गर्दा आज भन्दा करिब दुई हप्ता अगाडी सुर्मा गा.पा.२ स्थाई वतन भई हाल जयपृथ्वी न.पा. १० चैनपुर बजारमा
बस्ने शेर बहादुर बोहराको छोरा बर्ष २१ को तिलकचन्द बोहराले मेरी नातिनी बर्ष ५ की
स्वीकृती शाहीलाई खेलौना भनि दिएको र उक्त नोटहरु नातिनीले म सुत्ने गरेको खटियाको
सिरानी मुनी राखेका हुन भने पश्चात निज तिकलचन्द बोहरालाई पक्राउ गरी जिल्ला
प्रहरी कार्यालय बझाङको हिरासतमा राखी थप अनुसन्धान भई रहेको र निज तिकलचन्द बोहरा
पनि ला.औ. सम्बन्धी फरार प्रतिवादी समेत
रहेको ।
ला.औ.,
मकवानपुर, मकवानपुर भीमफेदि
गा.पा.२ भैसे चेकपोष्ट अगाडी प्र.स.नि को कमाण्डमा टोलि खटि गइ चेकजाँच गर्ने
क्रममा पालुङबाट हेटौडा तर्फ आउदै गरेको बा २ ख ३२१९ नं.को डिब्बा ट्रक गाडि भित्र
रहेको स्टिलको दराज भित्र ६ पोका र स्टिलको बक्सा भित्र ६ पोका गरि जम्मा १२ पेटि
अं.१५० के.जि. (तौल हुन वाँकी) ला.औ.गाँजा , ट्रक र ट्रक चालक
जि.सिन्धुपाल्चोक बाह्रविसे न.पा.८ बस्ने बर्ष अं.४१ को विर बहादुर तामाङ सहित लाई
नियन्त्रणमा लिइ प्र.चौ.भैसे मकवानपुरमा राखेकोमा आवश्यक कारवाहीको लागी तालुक
जि.प्र.का.मकवानपुर पठाइएको ।
धनुषा, पूर्वबाट पश्चिम धनुषा जिल्लाको
बिरेन्द्रबजार तर्फ प्र.३-०१-०२४ च ८३२५ नम्वरको तरकारी बोक्ने योद्धा पिकअप
गाडीमा ठूलो परिमाणमा लागु औषध गाँजा ल्याउँदै गरेको भनी यस इ.प्र.का.ढल्केवर,धनुषामा
प्राप्त हुन आएको बिशेष सूचनाको आधारमा यस इ.प्र.का.ढल्केवरबाट प्र.नि.जटाशंकर
यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त पिकअप गाडी खो.त.गर्ने क्रममा मिति
२०८२।०५।३१ गते अं.०९;३० बजेको समयमा जिल्ला धनुषा गणेशमान
चारनाथ न.पा.४ बिरेन्द्रबजार स्थित सडक छेउमा रोकी राखेको अबस्थामा उक्त गाडी फेला
पारी सो गाडीको चालक जिल्ला धादिङ बेनिघाट रोलाङ गा.पा.१ मा बस्ने तिलक बहादुर
गुम्बाको छोरा बर्ष २४ को बिराज गुम्बा र सोही गाडीको सहचालक जिल्ला बाँके कोहलपुर
पार्वतीपुर बस्ने बर्ष अ.१८ को रोहित चमारलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा
निजहरूले धरानबाट उक्त गाडीमा लागु औषध गाँजा लोड गरी जिल्ला धनुषा बिदेह न.पा.३
जोगियारा स्थितमा रहेको ऐ.बस्ने हनिफ मन्सुरिको भगवति फिक्स ईट्टा भट्टामा लगि
अनलोड गरेको भनि बताएको हुँदा तत्कालै उक्त स्थानमा खटि गई चेकजाँच गर्दा ऐ.१६;०० बजेको समयमा उक्त स्थानमा तयारी ईट्टाको चाङको बिचमा कालो त्रिपालले
छोपि राखेको अबस्थामा १९ पोकामा ४७५ किलोग्राम (१ पोकामा २५ केजीको दरले रहेको)
लागु औषध गाँजा फेला पारी कानून बमोजिम बरामद गरी यस इ.प्र.का.ढल्केबर धनुषामा
ल्याई थप अनुसन्धान कार्य भईरहेको ।