मिति २०८२।०६।०१ गते ०५:०० बजे देखि ऐ ०२ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०६-०२
- A
- A-
- A+
ज.ज.क./ज.ज.क.उधोग,
मकवानपुर, मिति २०८२।०५।३१ गते
अं. १३:०० बजे जि.मकवानपुर बागमती गा.पा. ५ पाथीभरा राईटोल बस्ने अं.वर्ष ४२ को
पुरूष ब्यक्तिले आफ्नै छोरी अं.वर्ष १० की बालिकालाई घरमा कोही नभएको अवस्थामा यौन
दुर्ब्यवहार गरेको भनि निज बालिकाले आफ्नो दिदी र बाजेलाई भनेपछि ऐ.०१ गते
अं.०८:४५ बजे इ.प्र.का.फापरबारीमा जानकारी गराउनासाथ प्र.ना.नि.को कमाण्डमा टोली
खटी गई पीडकलाई नियन्त्रणमा लिई निज पीडक र पीडित दुबै जनालाई थप अनुसन्धानको लागि
जि.प्र.का.मकवानपुर पठाईएको ।
मकवानपुर, हेटौडा उ.म.ना.पा. १२ बिचरोड बस्ने अं.वर्ष ५५ को दिर्घ नारायण श्रेष्ठले ऐ.बस्ने वर्ष ०६ की बालिकालाई वाल यौन दुर्ब्यवहार गर्न खोजेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.पदमपोखरीबाट प्र.ना.नि.को कमाणडमा टोली खटी गई निज दिर्घ नारायण श्रेष्ठलाई नियन्त्रणमा लिइ जि.प्र.का.मकवानपुर पठाएको, बालिकाको अबस्था सामान्य रहेको ।
हा.ह.बरामद,
बांके, नेपालगंज उ.म.न.पा.१३ रामलिला मैदान नजिकै बाल मन्दिर पछाडी पर्खालको छेउमा बेवारिसे अवस्थामा भरुवा बन्दुक रहेको भन्ने खवर प्राप्त हुनासाथ व.प्र.का.नेपालगंजबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई ऐ.१६:१५ बजे मुचुल्का गरी थान १ भरुवा बन्दुक व.प्र.का.नेपालगंज बाँकेमा ल्याई राखिएको, थप अनुसन्धान भईरहेको ।
ला.औ.,
भोजपुर, हतुवागढी गा.पा.९
ज्यामिरेभञ्ज्याङ स्थितमा प्र.चौ.हसनपुरबाट प्र.स.नि.को कमाण्डमा खटी गएको चेकिङ
टोलीले घोडेटारबाट चुवार तर्फ जाँदै गरेको यामाहा कम्पनीको FZ को.३७ प ४५७८ नं.को मो.सा.लाई शंका लागि चेकजाँच गर्दा मो.सा.चालक
जि.भोजपुर हतुवागढी गा.पा.१ घर भई जि.झापा
शिवसताक्षी न.पा.७ बस्ने वर्ष २९ को रुद्र बहादुर कामी लगायत ३ जनालाई
अं.१२ के.जि.ला.औ.गाँजा सहित नियन्त्रणमा लिई प्र.चौ.हसनपुरमा ल्याई राखिएको ।
बाजुरा, बडीमालिका न.पा.९ बाउली
एरियामा जि.प्र.का.बाट प्र.ना.नि.को कमाण्डमा खटिएको टोलीले कोल्टी मार्तडी सडक
खण्डमा कोल्टीबाट मार्तडी तर्फ सडकमा संकास्पद रुपमा हिँडीरहेको अवस्थामा
ऐ.बुढीनन्दा न.पा.१० बस्ने वर्ष २८ को बिरेन्द्र थापालाई चेकजाँच गर्दा लागु औषध
चरेश जस्तो देखिने कालो पदार्थ १.५६० (१
किलो पाँच सय साठी ग्राम) फेला पारी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य
भईरहेको ।