मिति २०८२।०६।०२ गते ०५:०० बजे देखि ऐ ०३ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०६-०३
- A
- A-
- A+
प्र.क.मृत्यु,
कैलाली, इ.प्र.का.टिकापुर
कैलाली दरबन्दी भई जि.प्र.का.मा कार्यरत कं.को.नं. ३९२९४७ को प्रहरी हवल्दार
राजेन्द्र सिंह ऐ.१ गते २०:०० बजे सामान्य ज्वरो आउने र स्वासप्रस्वासमा समस्या आई
उपचारको लागि मायामेट्रो अस्पताल धनगढीमा गई चेकजाँच गर्दा निजको छातीमा दाग
देखिएको र रगत,
दिशा पिसावमा इन्फेक्सन, बिपि-लो देखिएकोले
सोही अस्पतालको भेन्टिलेटरमा राखी उपचार भईरहेकोमा ऐ.२ गते १३:२५ बजे उपचारको
क्रममा मृत्यु भएको ।
ज.ज.क.,
काठमाण्डौ, मिति
२०८२।०६।०१ गते अं.१८:३० बजे जि.का.कागेश्वरी मनोहरा न.पा ०४ नेपाल टेलिकम नजिकै
जि.रामेछाप घर भई ऐ.स्थान आफ्नै घर भई बस्ने अं. वर्ष २१ को हिरा तामाङले
जि.कास्की घर भई का.जि.कागेश्वरी मनोहरा न.पा ०५ थली बस्ने अं. वर्ष ११ की
बालिकालाई ज.ज.क. गरेको भन्ने ऐ.०२ गते अं.१५:३० बजे प्रहरी प्रभाग साँखुमा खबर
प्राप्त हुनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई प्रहरी
बृत्त बौद्ध पठाइएको,
अ.अ.कार्य जारी, बालिका र बालिकाको परिवार
प्रहरीको सम्पर्कमा रहेको ।
धादिङ, मिति २०८१।१२।१६ गते
अं.१७:३० बजे बेनिघाट रोराङ गा.पा.३ ओरवाङ बस्ने जाहेरवालाको वर्ष १४ की नावालिका
छोरी परिवर्तित नाम जिल्ला-२४ गजुरी (१४)०८२/०८३ लाई प्रतिवादी ऐ.बस्ने वर्ष ३२ को
जगत कोईरालाले ऐ.३ महघारी स्थित जंगलमा बाख्रा चराउनको लागी गएको बेलामा फकाई
फुलाई (रु.३००) पैसा दिई जबरजस्ती करणी गरेको भनि मिति २०८२।०६।०१ गते
इ.प्र.का.बेनिघाटमा खबर प्राप्त हुनासाथ प्र.ना.नि.को कमाण्डमा टोली खटी गई निज
प्रतिवादीलाई नियन्त्रणमा लिई इ.प्र.का. गजुरीमा ल्याई मिति २०८२।०६।०२ गते मुद्दा
दर्ता गरी थप अनुसन्धान भईरहेको ।
हा.ह.बरामद,
काठमाण्डौ, का.म.न.पा.१५ सानो भर्याङ
चोक नजिक फोहोर फाल्ने ठाँउमा प्रहरी बिट हलचोकबाट प्र.ना.नि.को कमाण्डमा खटिएको
टोलीले जेनजीको आन्दोलनको क्रममा लुटपाट तथा हराएको रिवल्भर पेस्तोल थान-१, 9mm
बेरेटा पेस्तोलको राउण्ड -२३ राउण्ड र SLR को
खाली म्याग्जिन थान १ फेला पारी फेला पारी प्रहरी वृत्त स्वयम्भुमा बुझाएको ।
काठमाण्डौ, का.म.न.पा.१२ टेकु
स्थित फोहोरमैलामा जि.मकवानपुर थाहा न.पा.०६ घर भई त्रिपुरेश्वर बस्ने वर्ष १९ को
रोहन देउलाले काम गर्ने क्रममा MODEL V22 Madiam Italy थान
१ पेस्टोल फेला पारी प्रहरी प्रभाग बल्खुबाट खटी गएको प्र.ना.नि.सहितको टोलीलाई
बुझाई प्रहरी वृत्त कालिमाटीमा राखिएको ।
भक्तपुर, सुर्यविनायक न.पा. ८
जगाती स्थितमा रहेको प्रहरी वृत्त जगातीमा जेन्जी आन्दोलनकारीले आगो लगाई वृत्त
जगातीमा राखिएको हतियार लुटि लगिएकोमा जि.भक्तपुर सुर्यविनायक न.पा ८ जगाती स्थित
चाईनिज ईट्टा भट्टा नजिकमा छ भनि ऐ.०२ गते १९:३० जि.भक्तपुर सिपाडोल बस्ने बिकास
मानन्धरले जानकारी गराए पश्चात वृत जगातीबाट खटी गएको प्र.ना.नि.को टोलीले MV13273H
नं. को सटगन फेला पारी वृत्त जगातीमा ल्याई राखिएको।
ला.औ.,
मोरङ, बिराटनगर म.न.पा. ८ यादवचोक देखि भतिगंज जाने बाटोको साइडमा
चालक नभएको अवस्थामा प्रदेश १-०२-००१ च १६६६ नं.को कार रोकी राखेको अवस्थामा
व.प्र.का.हाटखोला र जि.प्र.का.मोरङमा प्र.नि.को कमाण्डमा खटी गएको टोलीले चेकजाँच
गर्दा कार भित्र १५ बोरा गाँजा रहेकोमा चालक फरार खो.त.भईरहेको, कार र
गाँजा नियन्त्रणमा लिई जि.प्र.का.मोरङमा ल्याई राखिएको ।