मिति २०८२।०६।०३ गते ०५:०० बजे देखि ऐ ०४ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०६-०४
- A
- A-
- A+
कर्तव्य ज्यान,
बाँके, नेपालगंज उ.म.न.पा.५
फुलटेक्रा स्थित ऐ.बस्ने वर्ष २० को अप्रम बेहेना(साला) र ऐ.बस्ने निजको भेना वर्ष
४० को अज्मत अलि बेहेना बिच ब्यापारिक कारोबारको बिषयलाई लिएर झै-झगडा भएको भन्ने
खबर प्राप्त हुनासाथ व.प्र.का.नेपालगंजबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको,
उक्त झै-झगडाबाट अप्रम बेहेना पक्षका ४ जना (सामान्य घाईते) र अज्मत
अलि बेहेना पक्षका ऐ.बस्ने वर्ष ५२ को जाबिर अलि बेहेना (गम्भीर) समेत ५ जना (अन्य
४ जना समान्य) गरी दुबै पक्षका ९ जना मानिस घाईते भई उपचारको लागि संजिवनी कलेज अफ
मेडिकल साईन्सेज प्रा.लि.नेपालगंज बाँकेमा पठाएकोमा ३ जना उपचार पश्चात डिश्चार्ज
भएको, ऐ.१४:३० बजे गम्भीर घाईते जाबिर अलि बेहेनाको उपचारको
क्रममा डा.ले मृत घोषणा गरेको, शव सोहि अस्पतालमा रहेको,
झै झगडा तथा कुटपिटमा संलग्न अप्रम बेहेना पक्षका ऐ.नेपालगंज उ.म.न.पा.५ बस्ने वर्ष ३२ को गोलु
भन्ने चाँद बाबू वेहना समेत ४ जना मानिसहरूलाई सोधपुछको लागि नियन्त्रणमा लिइ
जि.प्र.का.बाँकेमा राखेको, जि.प्र.का.बाँकेबाट प्र.नि.को
कमाण्डमा टोली संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि.नेपालगंज खटी गई कानुनी
प्रकृया पुरा गरी पो.मा.को लागि भेरी अस्पताल नेपालगंज बाँके पठाएको, घाईते मध्ये ४
जना आफुखुसी अस्पतालबाट हिडेका, १ जनाको उपचार भइरहेको,
अवस्था समान्य रहेको ।
ज.ज.क./ज.ज.क.उधोग,
बर्दिया, मिति २०८२।०६।०२ गते अं.१९:३० बजे, बारबर्दिया
न.पा.२ लठवा बस्ने वर्ष ६ की बालिकालाई ऐ.बस्ने अं.वर्ष ४२ को कृष्ण थारुले ललाई
फकाई पीडितको घरको छतमा लगि ज.ज.क गरेको भनि पीडितको आमाले ऐ.३ गते १४:०० बजे
इ.प्र.का.बानियाभारमा जाहेरी दरखास्त दिनासाथ प्र.ना.नि.को कमाण्डमा टोली खटी गई
पीडकलाई नियन्त्रणमा लिई पीडित र पिडक दुबै जनालाई बिस्तृत स्वास्थ्य परिक्षणको
लागि बर्दिया अस्पताल गुलरीया पठाएको ।
दाङ, मिति २०८२।०६।०२ गते अं.१७:०० बजे
घोराही उ.म.न.पा.१ रामपुर बस्ने वर्ष ११ की (सानै देखी दाहिने खुट्टा र दाहिने
हातको अपाङ्ग,
कमजोर मनस्थितिकी भएकी) बालिकालाई ऐ.बस्ने वर्ष ६६ को चेतनाथ
पाण्डेले बिभिन्न प्रलोभन देखाई बाल यौन दुर्व्यवहार गरेको भनी पिडितको आमाले
ऐ.२१:०० बजे किटानी जाहेरी दरखास्त दिए पश्चात जि.प्र.का.दाङबाट प्र.नि.को
कमाण्डमा टोली खटी गई निज चेतनाथ पाण्डेलाई पक्राउ गरी जि.प्र.का.दाङमा राखि
आ.अ.भईरहेको, पिडितको अवस्था सामान्य रहेको
प्र.क सम्बन्धी,
कैलाली, धनगढी उ.म.न.पा.१२
जुगेडा घर भई सु.प.प्र.प्रहरी गण धनगढी दरबन्दी भई जि.प्र.का. कैलालीमा कार्यरत
(क.को.नं. ४८३२४४) बर्ष २५ को प्र.ज. दल ब. भण्डारीले ऐ.ऐ. २ सन्तोशी टोल स्थित
डेरा गरी बस्ने घरको शौचालयमा दोपट्टाले पासो लगाई झुण्डिएको अवस्थामा श्रीमतिले
देखि पासो फुकाली उपचारको लागी निसर्ग अस्पताल धनगढी ल्याईएकोमा ऐ. १८;२५
बजेको समयमा उपचारको क्रममा मृत्यु भएको ।
कुटपिट/धारिलो हतियार प्रहार,
धनुषा, धनुषाधाम न.पा.८ केसरकुट्टी बस्ने चन्देश्वर
ठाकुरको श्रीमती अं.वर्ष २० की संजना ठाकुर र ऐ.बस्ने (निज चन्देश्वर ठाकुरको
दाई)धनेश्वर ठाकुरको श्रीमती अं.वर्ष २५ को संगिता ठाकुर बिच घरायसी विषयमा
वाद-वादविवाद तथा कुटपिट हुदा उक्त कुटपिट छुटाउन जादाँ चन्देश्वर ठाकुरले
बन्चरोले प्रहार गर्दा जि.धनुषा धनुषाधाम न.पा.८ केसरकुट्टी बस्ने चन्देश्वर
ठाकुरको बुवा अं.वर्ष ६० को लटु ठाकुरको टाउकोमा चोट ,अवस्था
गम्भीर र ऐ.बस्ने चन्देश्वर ठाकुरको भाई अं.बर्ष ३५ को धनेश्वर ठाकुरको टाउकोमा
चोट,अवस्था मध्यम रहेको भन्ने खबर प्राप्त हुनासाथ
इ.प्र.का.यज्ञभुमीबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई घाइतेहरु दुबै जनालाई ओम
दिर्घायु अस्पताल जनकपुरमा उपचार भईरहेको ।
ला.औ.,
महोत्तरी, मनरा शिस्वा न.पा.४
साढा स्थित सढाबाट मनरा जाने बाटो नजिक ऐ.बस्ने संजय मण्डलको पराल र ऐ.बस्ने मोली
मण्डलको गहुँको भुँसको थुप्रोमा ला.औ.लुकाई छिपाई राखेको भन्ने बिशेष सुचनाको
आधारमा प्र.चौ.मनराकट्टीबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई उक्त पराल र भुँसको
थुप्रोमा लुकाई छिपाई राखेको अवस्थामा रहेको अं.१४० किलो (१० बण्डल) ला.औ.गाँजा
जस्तो देखिने फेला पारी प्र.चौ.मनराकट्टीमा ल्याई राखिएको, उक्त
ला.औ.को कस्ले लुकाई छिपाई राखेको हो एकिन नभएको, थप
आ.अ.भईरहेको ।
धनुषा, विदेह न.पा.३ गोब्राही गाउँबाट १.५ कि.मि.पश्चिम
पर्ने बाँसको बगैचामा जोगिन्द्र साहको भुस राख्ने टहरामा प्लाष्टिक सहितको २९ पोका
(८३५ के.जी.) ला.औ.गाँजा भुसले छोपी राखेको भन्ने खबर प्राप्त हुनासाथ
इ.प्र.का.दुहबीबाट प्र.ना.नि.को कमाण्डमा र स.प्र.बल नेपाल नं.८ गण हेक्वा
जनकपुरबाट स.प्र.नि.को कमाण्डमा र प्रस्तावित सिमा सुरक्षा गुल्म मैनाथपुरबाट
स.प्र.स.नि.को कमाण्डमा खटिएको संयुक्त टोलीले फेला पारी नियन्त्रणमा लिई ऐ.१५:००
बजेको समयमा सशस्त्र प्रहरी बल नेपाल नं.८ गण हेक्वा जनकपुर मुजेलियामा ल्याई
राखिएको, गाँजा ऐ.१८:१५ बजे सशस्त्र प्रहरी बल नेपाल नं.८ गण हेक्वा जनकपुर
मुजेलियाले जि.प्र.का.धनुषामा बुझाएको ।