मिति २०८२।०६।०४ गते ०५:०० बजे देखि ऐ ०५ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०६-०५
- A
- A-
- A+
प्र.क.झुण्डी मृत्यु,
रूपन्देही,
राप्तीसुनारी गा.पा.३ घर वतन भएका प्र.चौ.घमी मुस्ताङ दरबन्दी भई
लु.प्र.प्र.ता.के.बुटवल रुपन्देहीमा कार्यरत (क.कोड नं. ४९४६८४) को अं.वर्ष २४ को
प्र.ज. श्याम चौधरी पुर्व पट्टी पेरिमिटर भित्र बाधापार एरियामा सिन्दुरेको रुखमा
तन्नाको पासो लगाई झुण्डि पासो चुडी जमिनमा मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त
हुनासाथ इ.प्र.का.मंगलापुर बुटवलबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको ।
ज.ज.क.,
तनहुँ,
भानु न.पा. ३ तुरतुरे स्थित श्रेष्ठ मेडिकल हलमा
भानु न.पा. ३ तुर्लुङ्कोट बस्ने वर्ष १४ की बालिकालाई खुट्टाको घाउ चेकजाँच गराउने
क्रममा उक्त मेडिकलमा कार्यरत चिकित्सक (MBBS डाक्टर) जि.सिराहा लहान न.पा. १२ स्थायी वतन भएका वर्ष
४१ को सुमित शाहले ज.ज.क. गरेको भनी प्र.चौ.तुरतुरेमा खबर प्राप्त हुनासाथ
प्र.स.नि.को कमाण्डमा टोली खटी गई निजलाई नियन्त्रणमा लिई दुबै पीडित र पीडकलाई
स्वास्थ्य परीक्षणको लागि प्रदेश अस्पताल दमौली तर्फ लगिएको ।
झापा,
मिति २०८२।०६।०२ गते अं.१४:०० बजे भद्रपुर
नगरपालिका वडा नं.२ पृथ्वीनगर पाण्डे चोक बस्ने वर्ष ३९ को थपेन्द्र बहादुर
कार्कीले ऐ.बस्ने वर्ष २२ की किशोरी (सानै देखि अपाङ्ग/ फरक क्षमता भएकी) लाई
पीडितको घर कोठामा सुतेको स्थानमा ज.ज.क.गरी फरार भएको भनी मिति २०८२।०६।०४ गते
१६:०० बजे जि.प्र.का.झापामा जाहेरी दरखास्त दिए पश्चात जि.प्र.का.झापाबाट
प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई जि.प्र.का.झापामा ल्याई
थप अनुसन्धान भई रहेको ।
संखुवासभा,
चैनपुर न.पा.३ स्थित ऐ.बस्ने वर्ष १४ की
बालिकालाई आफ्नै हजुरबुबा वर्ष ६९ को पुरुषले ज.ज.क.गरेको भन्ने खबर प्राप्त
हुनासाथ इ.प्र.का.चैनपुरबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई निजलाई नियन्त्रणमा
लिई ई.प्र.का.चैनपुरमा राखी आ.अ.भईरहेको ।
पाल्पा,
रामपुर न.पा.४ बस्ने वर्ष २२ की महिलालाई मिति
२०८२।०३।२५ गते ऐ.रामपुर न.पा.५ रानाटोल बस्ने वर्ष २० को अशिल श्रेष्ठले आफ्नै घरमा बोलाई
ज.ज.क.गरेको र मिति २०८२।०५।१५ गते ऐ.रामपुर न.पा.४ दधरान बस्ने वर्ष २० को प्रबेस
मल्लले समेत निज पिडितलाई ऐ.५ स्थित रहेको खाजा नास्ता पसल बोलाई ज.ज.क.गरेको भनी
मिति २०८२।०६।०४ गते २०:४५ बजे जि.प्र.का.पाल्पामा गई लिखित जाहेरी दिएको हुँदा
इ.प्र.का.रामपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई घटनामा संलग्न आरोपित निजहरु
दुबै जनालाई पक्राउ गरी जि.प्र.का पाल्पामा ल्याई आ.अ.भइरहेको ।
बिदेशी नागरिक मृत्यु,
हुम्ला,
NRI USA नागरिक वर्ष ६४ की DAXA
ROHIT KUMAR, निजको श्रीमान ROHIT
KUMAR र निजको देवर VASANT
RANCHHODBHAI PATEL गरी ३ जना ब्यक्ति अमेरिका देखि चिनको
बेईजिङमा September 8
मा आई मिति २०८२।०६।०४ गते चिनको दार्चिन भन्ने स्थानमा अक्सिजनको कमिको कारणले
गर्दा वर्ष ६४ की DAXA ROHIT KUMAR बिरामी
भई चिनबाट हिल्सा ल्याई कैलाश एयरको हे.क.द्वारा ऐ.१७:५० बजे हिस्साबाट Take
up भई ऐ.१८:१० बजे सिमकोट Airport
मा land भई
जिल्ला अस्पताल सिमकोट लगेकोमा ऐ.१९:०० बजे डा.ले चेकजाँच गर्दा मृत्यु भईसकेको
भनि जानकारी राएको, शव सोही अस्पतालको शव
गृहमा राखिएको ।
ला.औ.,
रौतहट,
ईशनाथ न.पा.८ मनसरी स्थित प्र.चौ.रामपुरखापबाट
प्र.स.नि.को कमाण्डमा खटीएको गस्ती टोलीले गस्ति गर्दै जाने क्रममा तरकारी लोड
भएको प्रदेश न.३-०१-०२२ च १८६१ नं.को पिकअप गाडीको चालक (हाल नाम थर नखुलेको)
प्रहरी टोलीलाई देख्नासाथ पिकअप गाडी छाडी फरार भएकोमा उक्त तरकारी लोड भएको पिकअप गाडी शंका लागी नियन्त्रणमा लिई
जि.प्र.का.रौतहटमा ल्याई चेकजाँच गर्दा लुकाई छिपाई ल्याएको ३३४ के.जि.ला.औ.गाँजा
जस्तो देखिने पदार्थ फेला पारी उक्त पदार्थ सहित पिकअपलाई समेत नियन्त्रणमा
लिई जि.प्र.का.रौतहटमा राखिएको,
पिकअप चालक फरार, खो.त.कार्य
भईरहेको ।