मिति २०८२।०६।०५ गते ०५:०० बजे देखि ऐ ०६ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०६-०६
- A
- A-
- A+
कर्तव्य ज्यान,
काभ्रेपलान्चोक, पनौती
न.पा.१२ गागल स्थित पाखोबारीमा ऐ.ऐ.बस्ने सन्त ब.तामाङको श्रीमती अं. वर्ष ३२ की
जमुना तामाङ आफ्नो घरदेखि ५०० मिटर उत्तर तर्फ खाल्डोमा गाडिएको अबस्थामा मृत लास
रहेको छ भन्ने खबर प्राप्त हुनासाथ घटनास्थलमा प्र.चौ. रोशीभुमिडाँडा काभ्रेबाट
प्र.स.नि. को कमाण्डमा प्रहरी टोली खटि गई घटनास्थल सुरक्षित राखेको र
इ.प्र.का.बनेपा बाट प्र.ना.उ.रामेश्वर त्वाती (९८५१२५४५३१) को कमाण्डमा SOCO
अधिकृत,फरेन्सिक बिभागको विशेषज्ञ डाक्टर
सहितको टोली खटि गएको,अन्य अनुसन्धान कार्य भैरहेको, निजको श्रीमान / श्रीमती मिति २०८२।०६।०३ गते बिहान ०३:०० बजे देखि हराएको
भनी सन्त ब.तामाङको भाई श्याम कुमार तामाङले ऐ.०६।०४ गते प्र.चौ.रोशीभुमीडाँडामा
हुलिया परिपत्र सहितको निवेदन दिएको, सन्त ब.तामाङ (
ज.ज.क.मुद्दा ) मिति २०८२।०५।२४ गते नख्खु कारागारबाट फरार भएको भन्ने बुझिएको,
निजको श्रीमान फरार रहेको, खो.त. कार्य
भईरहेको ।
ज.ज.क./ज.ज.क.उधोग,
सर्लाही, लालबन्दी न.पा.१ पलार
टोल बस्ने वर्ष ३५ की महिला घर नजिकैको आफ्नै बारीमा घाँस काट्ने क्रममा ऐ.बस्ने
वर्ष २० को विश्वजित महतोले ज.ज.क.उद्योग गरेको भन्ने खवर प्राप्त हुनासाथ
इ.प्र.का.नवलपुरबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई विश्वजित महतोलाई
नियन्त्रणमा लिई इ.प्र.का.नवलपुरमा ल्याई
थप अनुसन्धान कार्य भईरहेको,पीडित भनिएको महिलालाई बाहिरी चोट नभएको छाती,टाउको,पेटमा दुखेको भनी जानकारी गराएको,उपचारको लागि बि.एण्ड.आर अस्पतालमा
लगी उपचार भइरहेको, अवस्था मध्यम ।
धारिलो हतियार प्रहार,
सुनसरी, धरान उ.म.न.पा.
१७ बस्ने
सुलोचना राईको छोरा वर्ष २० को निशान राईलाई आफ्नै घरमा सुती रहेको
अवस्थामा ऐ.१७ बस्ने वर्ष २१ को ओबिन राई, ऐ.बस्ने सुजन तामाङ, ऐ.११ बस्ने बोबो लिम्बु र ऐ.बस्ने हडबडे समेतले मो.सा.मा आई धारिलो हतियार
प्रहार गरी मो.सा.मा चढी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.धरानबाट
प्र.स.नि.को कमाण्डमा टोली खटी गई घाईते निशान राईलाई उपचारको लागी वी.पी. कोइराला
स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान पठाईएको, घाईतेको
पेट, ढाड र बाँया कुम, कुहिना, नाडी र दायाँ हातको कुहिनामामा चोट, अवस्था गम्भीर, ऐ.२२:४५ बजे धारिलो हतियार प्रहार गर्ने
ओबिन राई (खुकुरी सहित) टाउको र बाँया हातको चोरी औंलामा चोट, अवस्था सामान्य र ऐ.११ बस्ने वर्ष २२ को देवान राईलाई अनुसन्धानको लागी
नियन्त्रणमा लिई इ.प्र.का. धरानमा ल्याई थप अनुसन्धान भई रहेको ।
गोली लागी घाईते,
जुम्ला, मिति २०८२।०६।०३ गते अं.२३:०० बजे जि.कालिकोट
माहावै गा.पा.३ डिल्लिकोट बस्ने नन्द सिंहको छोरा वर्ष अं.१७ को कृष्ण सिंहको
दाईने खुट्टामा चोट लागी घाईते भई उपचारको लागी निजको दाई नाता पर्ने लोकेन्द्र
सिंहले ऐ.०५ गते बिहान ०३:०० बजे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा
ल्याई भर्ना भएकोमा ऐ.१९:०० बजे खुट्टाको अप्रेशन गर्ने क्रममा डाक्टरले सोधपुछ
गर्दा निज घाईतेले ऐ.स्थित राता भन्ने स्थानमा नाच हेरी घर फर्कने क्रममा बाटोमा
हिडिरहेको अवस्थामा भालुलाई राखेको बन्दुकको पासो एक्कासी पड्की दाईने खुट्टाको
घुँडा भन्दा तल तिग्राको मासुको भागमा गोली लागेको भनी जानकारी गराए पश्चात
डाक्टरले ऐ.प्रतिष्ठानमा कार्यरत प्र.ह.लाई जानकारी गराउनासाथ जि.प्र.का. जुम्लामा
जानकारी गराएको,
घाईतेको अवस्था मध्यम, उपचार भईरहेको को-कस्ले
पासो राखेको भन्ने नखुलेको ।
कैदी मृत्यु,
चितवन, भरतपुर म.न.पा. २३ घैलाघारी
चौतारी बस्ने वर्ष ३४ को कुमार हरिजन आफ्नै घरमा खाना खाएर सुतेकोमा सुतेकै ठाउँमा
मुत्यु भएको भनी भन्ने खबर प्राप्त हुनासाथ अ.प्र.पोष्ट कृष्णचोकबाट प्र.ह.र
इ.प्र.का. गितानगरबाट प्र.नि.कोकमाण्डमा टोली खटी गएको, मृतक ज.ज.क. मुद्दामा ११ वर्ष
कैद सजाय भई चितवन कारागारमा रहेकोमा ०८२/०५/२५ गते कारागारबाट भागेको भनी खुल्न
आएको ।
ला.औ.,
न.प.(पश्चिम ), रामग्राम न.पा. २ दुर्गा टोल बस्ने अं.वर्ष १९ को
शाहरूख कुरैसीको घरमा विभिन्न प्रकारको ला.औ. लुकाई छिपाई राखेको भनि हेल्लो
सरकारको उजुरी मार्फत खबर प्राप्त हुनासाथ उक्त स्थानमा जि.प्र.का. नवलपरासीबाट
प्र.नि.को कमाण्डमा टोली खटी गई निजको घरको कोठामा खानतलासी गर्दा Onerex 107
bottles, Nitravet 630 tablates र Spasmo
3942 capsules ला.औ. फेला पारी उक्त ला.औ.
सहित निज शाहरूख कुरैसीलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जि.प्र.का.
नवलपरासीमा ल्याई राखिएको ।