मिति २०८२।०६।०६ गते ०५:०० बजे देखि ऐ ०७ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०६-०७
- A
- A-
- A+
ज.ज.क.,
प्युठान, गौमुखी गा.पा.७
नारीकोट बस्ने अं.वर्ष ७३ को थमन सिंह
नेपालीले ऐ.स्थित श्री बाल सुधार आधारभुत बिद्यालयमा अध्ययनरत ऐ.बस्ने पिडित
अं.वर्ष १२ की वालिकालाई ऐ. बिद्यालयको शौचालयमा गई नजिक ढिकमा बसिरहेको अवस्थामा
ललाई फकाई गरी तानेर लगी पिडकले आफ्नै घरमा ज.ज.क.गरेको भनि पीडितको आमाले ऐ.०६
गते अ.१७:०० बजे जि.प्र.का.प्युठानमा जाहेरी दिए पश्चात इ.प्र.का.पुजालीबासेबाट
प्र.स.नि.र जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडित र पिडकलाई
जि.प्र.का.प्युठानमा ल्याई आ.अ.भईरहेको।
GEN Z आन्दोलनको क्रममा जली
घाईतेको मृत्यु,
पर्सा, मिति
२०८२।०५।२४ गते GEN
Z को आन्दोलनको क्रममा प्रदर्शनकारीहरुले बिरगंज म.न.पा.१३ स्थित
रहेको अनिल रोङ्टाको घरमा आगजनी गर्दा निजको घरमा काम गर्ने जिल्ला पर्सा सखुवा
पर्सौनी गा.पा.२ बस्ने लाल बाबु हजाराको श्रीमती अं.वर्ष ४५ की शोसिला देवीको
शरिरको विभिन्न भाग (९० प्रतिशत) जली गम्भीर घाईते भइ उपचारको लागि नारायणी मेडकल
कलेज बिरगंजमा पठाई सामान्य उपचार पश्चात थप उपचारको लागि किर्तिपुर बर्न अस्पताल
काठमाण्डौ पठाई उपचार भइरहेकोमा मिति २०८२।०६।०६ गते अं.०९:२२ बजे उपचारको क्रम
मृत्यु भएको।
मानव कंकाल फेला परेको,
मोरङ, बिराटनगर
महानगरपालिका ६ स्थित रहेको भाटभटेनीमा मिति २०८२।०५।२४ गते Gen-z को
अन्दोलनमा आग्जनि भइ क्षति भएको भाटभटेनि भाटभटेनिको कर्मचारिले सफा गर्ने
क्रममा दोस्रो तल्लामा पूर्णरुपमा जली
नचिनिने अवस्थाको कंकाल फेला परेको भन्ने जानकारी प्राप्त हुनासाथ
व.प्र.का.बिराटनगरबाट प्र.नि.को कमाण्डमा र
जि.प्र.का.मोरङबाट प्र.उ.को
कमाण्डमा टोलि खटि गई कानुनी प्रकृया पुरा गरी शव पो.मा.को लागि कोशी
अस्पताल बिराटनगर पठाएकोमा पो.मा.पश्चात ऐ.६ गते १४:३५ बजे उक्त लास पो.मा.पश्चात
विराटनगर महानगरपालिकाले सदगत गरेको ।
बुलेट राउण्ड फेला,
नुवाकोट, बिदुर न.पा.४
हावाघर पार्क परिसर भित्र रहेको मानिस बस्ने फलामको टेबल माथि कालो रङको हेर्दा
कानमा सुन्ने एरपोटको डिपब्बा भित्र 7.62 बुलेट ६ राउण्ड ऐ.बस्ने स्थानीयहरुले
देखि जि.प्र.का.नुवाकोटमा जानकारी गराउनासाथ जिजि.प्र.का.नुवाकोटबाट प्र.नि.को
कमाण्डमा टोली खटी गई आवश्यक कानुनी प्रकृया पुरा गरि ऐ.१३:३० बजे
जि.प्र.का.नुवाकोटमा ल्याई राखिएको ।
हा.ह.बरामद,
बारा, निजगढ न.पा.१०
लालगाउँमा झैँ-झगडा भईरहेको भन्ने खबर प्राप्त हुनासाथ सशस्त्र बेस क्याम्प लालबाट
सशस्त्र प्रहरी नायब निरीक्षक थानबहादुर खड्काको कमाण्डमा टोली गई बुझ्दा घटनास्थलमा रहेका झगडा गर्ने
व्यक्तिहरू फरार रहेको र सो स्थानमा एकनाल
भरुवा बन्दुक फेला परेको भनि ऐ.२३:०० बजेको समयमा अ.प्र.पोष्ट रतनपुर बारामा
जानकारी गराउनसाथ अस्थायी प्रहरी पोष्ट रतनपुरबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई उक्त फेला परेको १ (एक) नाल भरुवा
बन्दुक बरामद गरी अ.प्र.पोष्ट रतनपुर बारामा ल्याई राखिएको अन्य थप अनुसन्धान कार्य भइरहेको ।
तेजाव (ACID) प्रहार,
मोरङ, बिराटनगर
म.न.पा.०९ धोवियारी बस्ने संन्तोष साहको श्रीमती वर्ष २९ की रागिनी साहलाई निजको
देवर अं.२२ को छोटु भन्ने श्रवन साहले
सामान्य बिबाद हुदा अनुहारमा तेजाव (ACID) प्रहार गरी घाईते भई न्युरो
अस्पताल बिराटनगरमा ल्याई उपचार भईरहेको, अवस्था सामान्य,
उपचारमा निजको श्रीमान संग्लन रहेको भन्ने सोही अस्पतालमा खटिएको
प्र.क.ले जि.प्र.का.मोरङमा जानकारी गराउनासाथ CRV घोघापुलबाट
प्र.स.नि.को कमाण्डमा टोली खटी गएको, निज छोटु भन्ने श्रवन
साह फरार रहेको खो.त.भईरहेको ।
ला.औ.,
पर्सा, पोखरिया न.पा.७ जगतपुर
मननपुर गाउँ स्थित बिषेश सुराकीको आधारमा बि.ओ.पि. प्रसौनी भाठ्ठा बाट खटी गएका
स.प्र.नि. चेतन बाह्रकोटीको कमाण्डमा ६ जनाको मो.सा. गस्ती टोलीले सानो बाख्रा
राखेने फुसको छाप्रोलाई घेरा हाली सर्च गर्दा २० के.जि.(२ वटा कालो झोला भित्र
कार्टुनमा) अबैध लागु औषध चरेस फेला परेको तथा मानिस फेला नपरेको उक्त ला.औ.
मुचुलका पश्चात आवश्यक कार्वाहिको लागि ई.प्र.का.पोखरियामा १३:०० बजेको समयमा
बुझाइएको ।
बारा, जितपुर
सिमरा उ.म.न.पा.२१ अमलेखगंज स्थित इ.प्र.का.अमलेखगंजको कार्यालय अगाडि चेक
प्वाईन्टमा इ.प्र.का.अमलेखगंजबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिएको चेकिङ टोलीले
मकवानपुरबाट बिरगंज तर्फ आउदै गरेको बा २ ख ९५६९ नं.को मिनि ट्रकलाई रोकी चेकजाँच
गर्दा उक्त मिनि ट्रकको छतमाथि सिलिङमा फल्स बटम बनाई त्रृपालले ढाकी लुकाई छिपाई
राखेको २८ पोका ला.औ.गाँजा (प्लाष्टिक सहित अं.२३६ किलो ७५० ग्राम फेला पारी उक्त
गाँजा, मिनि ट्रक र मिनि ट्रक चालक जि.मकवानपुर कैलाश गा.पा.१० बस्ने सानुलाल
रुम्बाको छोरा अं.वर्ष ३८ को रमेश रुम्बालाई समेत नियन्त्रणमा लिई इ.प्र.का.अमलेखगंजमा
राखिएको ।