मिति २०८२।०६।०७ गते ०५:०० बजे देखि ऐ ०८ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०६-०८
- A
- A-
- A+
कर्तव्य ज्यान,
झापा, बिर्तामोड
न.पा. ७ खालबाडी स्थित ऐ. बस्ने वर्ष अं ३५/३६ को फुर्बा तामाङलाई निजकै घरमा ऐ.
बस्ने वर्ष २७/२८ को प्रेम कुमार राईले के कुन कारण के कुन धारिलो हतियार प्रहार
गरी घटनास्थल मै मृत्यु भएको (कोखामा चोट देखिएको) र धारिलो हतियार प्रहार गर्ने
प्रेम कुमार राई लाई स्थानीयले नियन्त्रणमा लिई राखेको भनी ऐ. ०६:३५ बजे जि.प्र.का
झापामा जानकारी प्राप्त हुन साथ जि.प्र.का झापाबाट प्र.ना.नि रत्न श्रेष्ठको
कमाण्डमा टोली खटि गई घटनास्थल सुरक्षित राखेको, थप अनुसन्धान तथा कानुनी
प्रकृयाको लागि जि.प्र.का झापाबाट प्र.नि को कमाण्डमा SOCO सहितको
टोली खटि गएको ।
ज.ज.क./ज.ज.क.उधोग,
पाँचथर, मिति २०८२।०५।१८ गते
१२:३० बजे फालेलुङ गा.पा.२ तुसारे स्थित ऐ.बस्ने वर्ष ३२ को जिवन अधिकारीले
ऐ.बस्ने वर्ष २७ की महिलालाई जबरजस्ती करणी गरेको भनी ऐ.०६।०७ गते जि.प्र.का.मा
लिखित जाहेरी दरखास्त प्राप्त हुन आएकोले ज.ज.क मुद्धा दर्ता भई अनुसन्धान कार्य
भईरहेको, निज जिवन अधिकारी तत्काल फरार रहेकोले
प्र.चौ.चरिभञ्ज्याङबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई खो.त.कार्य
भईरहेको ।
हात हतियार बरामद,
गोरखा, पालुङटार न.पा.-३ मैबल
बस्ने बर्ष ६३ को राम बहादुर राना मगरले आफ्नै घरभित्र अबैध रुपमा हातहतियार लुकाई
छिपाई राखेको भन्ने गोप्य सुचनाको आधारमा इ.प्र.का. ठाँटीपोखरी गोरखाबाट प्र.नि.
को कमाण्डमा -५ जनाको टोली खटी गई खानतलासी गर्दा निम्न अनुसारको हातहतियार फेलापारी
निज मानिस र हातहतियार नियन्त्रणमा लिएको अन्य बि.बि.पछी (०) निम्न :- १) एकनाले
भरुवा बन्दुक थान -२ ( एक को लाइसेन्स नभएको ,एकको लाइसेन्स भएको २०५३ सालदेखी
नबिकरण नभएको) २) ऐ.ऐ. को नाल थान -१ ३) बारुद जस्तो देखीने धुलो पदार्थ
प्लाष्टिकको बोतल भित्र रहेको -१ बोतल ४) फलामको गज थान -४ ।
स्रोत नखुलेको रकम सहित मानिस नियन्त्रणमा,
मोरङ, विराटनगर म.न.पा. १७ स्थित अ.प्र.पोष्ट
मटेरुवाबाट प्र.स.नि.को कमाण्डमा खटी गएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको
को.३८ प ५८५१ नं.को मो.सा.शंका लागि रोकी चेकजाँच गर्दा मो.सा.चालक ऐ.१८ बस्ने
वर्ष ४१ को बिरेन्द्र साहले उक्त मो.सा.को बाँया साईडको प्यानलभित्र लुकाई छिपाई
ल्याएको स्रोत नखुलेको नेपाली रुपैया रु.१ हजारको नोट थान-२८४ र रु.५ सयको नोट
थान-२३३२ गरी जम्मा रकम रु.१४ लाख ५० हजार फेला पारी नियन्त्रणमा लिई इ.प्र.का.
रानीमा ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको ।
ला.औ.,
कञ्चनपुर, अ.प्र.पोष्ट भासी र
अ.प्र.पोष्ट नौलाखेत बाट प्र.स.नि.को कमाण्डमा खटि गएको ५ जनाको संयुक्त प्रहरी
टोलीले जि.कञ्चनपुर भिमदत्त न.पा. ३ तिलकपुर बस्ने वर्ष ६० को राम सिह साउदको घर
तथा पसलमा लागु औषध (चरेश) को कारोवार भइरहेको भन्ने गोप्य सुचनाको आधारमा निज राम
सिह साउदको घर तथा शरिरको खानतलासी गर्दा निजको घरको छतमा जाने सिडीमा कालो
प्लाष्टिकमा बेरी लुकाइ छिपाइ राखेको प्लाष्टिक सहित ३२२ ग्राम र प्लाष्टिक हटाइ
शुद्ध तौल गर्दा ३१८ ग्राम लागु औषध (चरेश) जस्तो पदार्थ फेला पारी बरामद गर्दा
गरी निज राम सिह साउद र निजको छोरा वर्ष २८ को हेमन्त साउदलाइ आवश्यक सोधपुछ तथा
अनुसन्धानको लागी जि.प्र.का. कञ्चनपुरको हिरासतमा राखेको ।