मिति २०८२।०६।०८ गते ०५:०० बजे देखि ऐ ०९ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०६-०९
- A
- A-
- A+
कर्तव्य ज्यान,
काठमाण्डौ, ०८ गते अ.
११:०० बजे चन्द्रागिरी न.पा वडा नं. १ दहचोक खहरे थापागाँउ स्थित जिल्ला काठमाडौँ
चन्द्रागिरि नगरपालीका वडा नं. ६ थानकोट घर भई हाल दहचोक खहरे थापागाँउ स्थित
माईति घरमा बस्ने बर्ष ६८ की पबित्रा के.सि.लाई आफ्नै घरमा बसि रहेको अवस्थामा
छिमेकी जिल्ला काठमाडौँ चन्द्रागिरि नगरपालीका वडा नं. १ दहचोक खहरे थापागाँउ घर
भई बस्ने बर्ष ३२ को सरोज थापाले दाउराको चिर्पटले टाउकोमा प्रहर गरी हत्या गरेको
भनी जानाकारी प्राप्त पश्चात प्र.नि. को कामाण्डमा ७ जनाको प्रहरी टोली घटना स्थल सुरक्षार्थ खटि गएको थप अनुसन्धानको
लगि बृत थानकोटबाट SOCO
अनुसन्धान टोली समेत खटि आई घटना स्थल लाश जाँच मुचुल्का कार्य
पश्चात पो.मा.को लागि ऐ.१४;४० बजे त्रि.वि. शिक्षण अस्पताल
पठाईएको, घटनामा संलग्न बर्ष ३२ को सरोज थापालाई नियन्त्रणमा
लिई थप अनुसन्धान कार्य भई रहेको, कारण खुल्न नआएको ।
न.प.(पूर्व), कावासोती
न.पा.८ सगरमाथा टोल स्थित ऐ.बस्ने वर्ष ४२ को सुर्य प्रसाद पाण्डेले
(मा.प.से.गरेको) श्रीमती वर्ष ३७ की संगिता पौडेल पाण्डेलाई घरायसी विवादका कारण
धारिलो हतियारले (चक्कु) शरिरको विभिन्न भागमा प्रहार गरी ऐ.१८:५० बजे निज श्रीमान
आफैँ जि.प्र.का.न.प.(पूर्व) मा आत्मसमर्पण गर्न आएकोले प्र.ना.उ.को कमाण्डमा टोली
खटी गई उपचारको लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा लगेकोमा उपचारको क्रममा
ऐ.१९:१५ बजे डाक्टरले मृत घोषणा गरेको, श्रीमान जि.प्र.का.को
नियन्त्रणमा रहेको ।
सुनसरी, इटहरी उपमहानगर पालिका वडा नं.१६ उब्दी बस्ने बर्ष ४२ को राम कुमार
चौधरी लाइ लेन-देनको बिषयलाइ लिएर बिवाद
हुदा ऐ. बस्ने बर्ष अं. ५०।५५ को लाले चौधरीले कुटपिट गर्दा टाउकोमा चोट लागि
उपचारको लागि घाइतेको आफन्तले इटहरी स्थित सान्बी सिटि अस्पताल लबिपुरमा लगि
सामान्य उपचार पश्चात थप उपचारको लागि बिराट टिचिङ अस्पताल बिराटनगरमा उपचार
भइरहेको भन्ने खबर प्रापत हुन साथ उक्त स्थानमा इप्रका पकली बाट प्रनि लेखनाथ
दाहाको कमाण्डमा टोली खटी गई कुटपिट गर्ने लाइ पक्राउ गरी इप्रका पकलीमा ल्याइ राखिएको निज घाइते राम
कुमार चौधरीको उपचारको क्रममा ऐ २३;२०मृत्यु भएको ।
ज.ज.क./ज.ज.क.उधोग,
दाङ, मिति २०८२।०६।०७ गते अं.२१:३० बजे
घोराही उ.म.न.पा.१२ हिलेखर्क बस्ने वर्ष १५ की पीडित बालिकालाई आफ्नै घरको तल्लो
तलामा सुतिरहेको समयमा ऐ.बटलपुर बस्ने पीडितको मामा नाता पर्ने अं.वर्ष ३१ को
पुरुषले ज.ज.क.गरेको भनि पीडितको आमाले
ऐ.०८ गते ०८:३० बजे जि.प्र.का.दाङमा जाहेरी दरखास्त सहित पीडित छोरीलाई
साथमा लिई उपस्थित भएको हुँदा उक्त स्थानमा जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली
खटी गई निज प्रतिवादीलाई पक्राउ गरी दुवै जनाको स्वास्थ्य परिक्षण पश्चात पीडित
बालिकालाई आमाको जिम्मा लगाई पठाईएको, पीडकलाई जि.प्र.का.दाङको हिरासत
कक्षमा राखी अनुसन्धान भईरहेको ।
ईलाम, मिति २०८२।०६।०६ गते अं.२३:५० बजे
सांकेतिक वतन ०३-१-१२ बस्ने (साङ्केतिक
नाम ईलाम झ १"०८२/०८३" को श्रीमती वर्ष अं.४३ की सांङ्केतिक नाम ईलाम झ
"०८२/०८३" लाई ऐ.बस्ने अं.वर्ष २८ को बिनोद लिम्बु लिङदम र ऐ.बस्ने
अं.वर्ष २९ को बिजु भन्ने युबराज लिम्बुले पीडितको घर कोठामा आई कोही नभएको
अवस्थामा ज.ज.क.गरेको भनि पीडित आफैले ऐ.०८ गते अं.१७:०० बजे जि.प्र.का. इलाममा
जाहेरी दरखास्त दिनासाथ प्र.नि.को कमाण्डमा टोली खटी गई दुवै जना पीडकको
खो.त.कार्य भईरहेको ।
प्र.क. झुण्डी मृत्यु,
झापा, भद्रपुर न.पा. ८ बस्ने सत्य नारायण
राजवंशीको घरमा डेरा गरी बस्ने जिल्ला धनकुटा साघुरीगढी गा.पा. ७ घर, इप्रका बिराटचौक मोरङ दरबन्दी
भई कोशी प्रदेश प्रहरी कार्यालय बिपद व्यबस्थापन गुल्म चन्द्रगढी झापामा कार्यरत
कम्प्युटर कोड न. ४७०२६१, सङ्केत न.C-००१३३८६९
भएको वर्ष अ. २९ को प्रहरी जवान उमेश राईले के कुन कारण आफु बस्ने कोठाको सिलिङ
पङ्खामा नाईलनको डोरीको पासो घाटीमा लगाई झुण्डी मृत अवस्थामा रहेको भनि ऐ. २२:२५
बजे जिप्रका झापामा जानकारी प्राप्त हुन साथ तत्काल प्रसनिको कमाण्डमा प्रहरी टोली
खटि गई घटनास्थल सुरक्षित राखिएको, आफन्तलाई जानकारी भई
सकेको, थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागी जिप्रका
झापाबाट प्रनिको कमाण्डमा SOCO सहितको टोली भोली खटि जाने,
जानकारीको लागीः- निज मृतकको श्रीमती प्रज मल्लिका राई
थुनुवा मृत्यु,
. झापा, प्र.का.झापाको हिरासत कक्षमा रहेको
ज.ज.क.मुद्धाको थुनुवा जि.झापा भद्रपुर न.पा.२ बस्ने वर्ष ३९ को थपेन्द्र बहादुर
कार्की टाउको सम्बन्धि बिरामी भई उपचारको लागी प्रादेशिक अस्पताल लिई गएकोमा सिटी
स्क्यान गराउँदा टाउकोमा रगत जमेको देखिएकोले ऐ.१८:३० बजे थप उपचारको लागी बि.पि.
कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान पठाईएकोमा ऐ.२२:१५ बजे उपचारको
क्रममा मृत्यु भएको भनि सुरक्षार्थ खटीएको प्र.स.नि.ले जानकारी गराएको, शव
सोही अस्पतालमा रहेको ।
ला.औ.,
बर्दिया, बढैयाताल गा.पा.२
फुटाह स्थित प्र.ना.नि.को कमाण्डमा खटी गएको टोलीले भारतबाट नेपाल तर्फ आउँदै
गरेका पैदल यात्री ऐ.बाँसगढी न.पा.३ लखना बस्ने अं.वर्ष ३१ को शिव प्रसाद थारू, ऐ.बस्ने
अं.वर्ष ३० की प्रतिभा थारु र ऐ.बस्ने अं.वर्ष ३१ की रामरती थारूलाई शंका लागि
चेकजाँच गर्दा निजहरू मध्ये प्रतिभा थारूको साथबाट १ पुडिया प्लाष्टिक सहित ८
ग्राम ४०० मिलिग्राम र शुद्ध तौल ७ ग्राम ७७० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने
खैरो रङको गिलो पदार्थ ला.औ. र रामरती थारूको साथबाट १ पुडिया प्लाष्टिक सहित १ ग्राम ७०० मिलिग्राम र शुद्ध तौल १ ग्राम २५०
मिलिग्राम ब्राउनसुगर जस्तो देखिने खैरो रङको गिलो पदार्थ ला.औ.फेला पारी
रितपुर्वक बरामद गरी शिव प्रसाद थारू सहित ३ जनालाई नियन्त्रणमा लिई
इ.प्र.का.मैनापोखर बर्दिया पठाईएको ।