मिति २०८२।०६।०९ गते ०५:०० बजे देखि ऐ १० गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०६-१०
- A
- A-
- A+
कर्तव्य ज्यान,
सुनसरी, मिती २०८२।०६।०८ गते राति
के-कुन समयमा देवानगंज गा.पा.६ बस्ने जवरनाथ मेहताको छोरा वर्ष २५ को देवचरण मेहता
के-कसरी घाईते भई नोवेल अस्पताल विराटनगरमा लगेर उपचार भईरेहको, टाउकोमा चोट, अवस्था गम्भीर भएको भन्ने खबर ऐ.०९ गते
०५:४० बजे प्राप्त हुनासाथ
इ.प्र.का.देवानगंजबाट र अ.प्र.चौ.राजगंज सिनुवारीबाट प्र.ना.नि.को कमाण्डमा टोली
खटी गई बुझ्दा निज देवचरण मेहतालाई ऐ.देवानगंज गा.पा.६ बस्ने देवनारायण मेहताको
छोरा वर्ष २५ को सन्तोष मेहताले कुटपिट गरेकोले घाईते भएको भन्ने बुझिन आएकोले निज
कुटपिट गर्ने सन्तोष मेहतालाई नियन्त्रणमा लिई जि.प्र.का.सुनसरीमा राखी अनुसन्धान
भईरहेको, ऐ.०९ गते
ऐ.१५:१० बजे घाइते देबचरण मेहताको स्वास्थ्य अवस्था जटिल बन्दै गएकोले नोबेल
अस्पतालबाट थप उपचारको लागि गोल्डेन अस्पताल बिराटनगर लगेकोमा उपचारको क्रममा
ऐ.१६:३५ बजे मृत्यु भएको भनी निजको आफन्तबाट जानकारी प्राप्त भएको, शव पो.मा.को लागि कोशी अस्पताल बिराटनगरमा पठाईएको
ज.ज.क./ज.ज.क.उधोग,
बर्दिया, मिति २०८२।०६।०२ गते
२३:०० बजे, मधुबन न.पा.६ गाउँ नम्बर ३ बस्ने मानबिर
रानाक्षेत्रीको छोरा वर्ष २१ को केशब राना क्षेत्रीले ऐ.राजापुर ४ बस्ने परीवर्तित
नामथर नम्बर संकेत नम्बर ६६ राजापुर A को छोरी वर्ष १२ की
परीवर्तित नामथर ६६ राजापुर B लाई ललाई फकाई आफ्नै घरमा लगि
घरको कोठामा ज.ज.क.गरेको भनी पिडितको आमाले ऐ.०६।०९ गते २०:०० बजे जाहेरी दरखास्त
दिनसाथ इ.प्र.का.ढोढरीबाट प्र.नि.को कमाण्डमा टोली खटिएको ज.ज.क.गर्ने ब्यक्ति
फरार खो.त.कार्य भईरहेको, पिडितको बर्दिया अस्पताल गुलरीयामा
विस्तृत स्वास्थ्य परीक्षण गरी माईती नेपाल गुलरीया पठाएको, अवस्था
सामान्य रहेको,
शीशु मृत्त फेला,
जाजरकोट, नलगाड न.पा.९ घरङगा
स्थित बस्ति नजिकै सिस्नो घारीमा अं. ४/५ महिनाको जस्तो देखिने मृत भ्रुण (छोरा)
फेला परेको भनि ऐ. बस्ने बद्री बहादुर सिंहले टे.फो. इ.प्र.का. रग्दा जाजरकोटमा
जानकारी गराए पश्चात तत्काल इ.प्र.का. रग्दा जाजरकोटबाट प्र.स.नि.को कमाण्डमा ५
जनाको टोली खटिएको,
उक्त भ्रुण को-कस्को भन्ने खुल्न नआएको, अनुसन्धान
भईरहेको, उक्त स्थान इ.प्र.का. रग्दा जाजरकोटबाट अ.१२ कि.मि.
दक्षीण पर्ने, थप अनुसन्धानको लागी इ.प्र.का. दल्ली
जाजरकोटबाट प्र.नि.को कमाण्डमा २ जनाको टोली खटिएको ।
हात हतियार बरामद,
गोरखा, पालुङटार
न.पा.-३ मैबल बस्ने बर्ष ६३ को राम बहादुर राना मगरले आफ्नै घरभित्र अबैध रुपमा
हातहतियार लुकाई छिपाई राखेको भन्ने गोप्य सुचनाको आधारमा इ.प्र.का. ठाँटीपोखरी
गोरखाबाट प्र.नि. को कमाण्डमा -५ जनाको टोली खटी गई खानतलासी गर्दा निम्न अनुसारको
हातहतियार फेलापारी निज मानिस र हातहतियार नियन्त्रणमा लिएको अन्य बि.बि.पछी (०)
निम्न :- १) एकनाले भरुवा बन्दुक थान -२ ( एक को लाइसेन्स नभएको ,एकको
लाइसेन्स भएको २०५३ सालदेखी नबिकरण नभएको) २) ऐ.ऐ. को नाल थान -१ ३) बारुद जस्तो
देखीने धुलो पदार्थ प्लाष्टिकको बोतल भित्र रहेको -१ बोतल ४) फलामको गज थान -४
मानव कंकाल फेला परेको,
काठमाण्डौ, तारकेश्वर न.पा.१
साङला स्थित बस्ती भन्दा माथि रहेको जङगलमा नाम थर वतन नखुलेको मानव कङकाल फेला
परेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी बृत्त बालाजुबाट प्र.नि., प्र.ना.उ.
कमाण्डमा टोली खटी गएको थप अनुसन्धान कार्य जारी रहेको, उक्त
स्थान प्रहरी बृत्त
गोली प्रहार,
पर्सा, छिपहरमाई गा.पा.५ भिस्व
स्थित जयमंगलापुर जाने बाटोमा ऐ.बस्ने मनोज मियाको छोरा वर्ष १५ को गोलु आलम
मियाको कम्मरको तल बायाँ साईडमा अपरिचित ब्यक्तिले गोली हानी फरार भएको भन्ने खबर
प्राप्त हुनासाथ प्र.चौ.भिस्वाबाट प्र.ना.नि.को र इ.प्र.का.पोखरियाबाट प्र.नि.को
कमाण्डमा टोली खटी गई घाईतेलाई उपचारको लागि नारायणी अस्पताल बिरगंज पठाईएको, अवस्था
मध्यम गोली हान्ने ब्यक्तिको खो.त. कार्य भईरहेको
ला.औ.,
सिरहा, मिर्चैया न.पा.५
मिर्चैया बजारको संस्था चौक स्थितमा ला.औँ नियन्त्रण ब्युरो तथा
इ.प्र.का.मिर्चैयाबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले बिशेष सुचनाको आधारमा
सार्वजनिक सवारी सधानमा जाँदै गरेको जि.सप्तरी राजबिराज न.पा.७ बस्ने राधा कान्त
झाको छोरा वर्ष ४० को दुर्गेश कुमार झा माथि शंका लागि निजलाई तल झारी निजले
बोकेको निलो रङको पिठयुमा बोक्ने झोल्लाको माथि चेन खोली ब्याग भित्र स्टिलको बटा
भित्र रहेको कालो रंङको प्लाष्टिकमा बेरिएको अबस्थामा लागु औषध ब्राउन सुगर जस्तो
देखिने गिलो पदार्थ,
प्लाटिष्क सहित ६६ ग्राम
४१० मिलि ग्राम प्लाटिष्क बाहेक ४० ग्राम ७७० मिलि ग्राम र सोही ब्यागमा स्टिलको
अर्को बटामा प्लाटिष्क सहित लागु औषध ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ ८२
ग्राम १५० मिलि ग्राम र प्लाटिष्क बाहेक ५७ ग्राम २४० मिलि ग्राम सहित फेला परी
निजलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इ.प्र.का.मिर्चैयामा ल्याई राखिएको,
सुनसरी, सुनसरी बराहक्षेत्र न.पा. ०५
बिशाल चोक स्थित इ.प्र.का. महेन्द्रनगरबाट प्र.ब.ह.को कमाण्डमा खटिएको प्रहरी
टोलीले धरानबाट कालाबाजार तर्फ आउदै गरेको तत्काल नम्बर नखुलेको २२० पल्सर
मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा. धरान तर्फ फर्कि भाग्नसाथ प्रहरी टोलीले
पछ्याउदा BR 11 BR 7102 नम्बरको RENAULT
नामक भारतिय नम्बरको कार पनि रोकी कार चालक उक्त मो.सा.मै सवार भई
धरान तर्फ भागेको, खटिएको प्रहरी टोलीले उक्त कार चेकजाच
गर्दा ११ वटा प्लाष्टिकको पोकामा( तौल खुल्न बाँकी रहेको) अं. ३०० के.जी. लागू औषध
गाँजा फेला परेकोले थप अनुसन्धानको लागि इ.प्र.का. महेन्द्रनगरबाट प्र.नि.को
कमाण्डमा प्रहरी टोली खटीगई उक्त कार र लागू औषध गाँजा नियन्त्रणमा लिई इ.प्र.का
महेन्द्रनगर तर्फ ल्याउदै, फरार रहेका मो.सा., मो.सा.मा सवार दुई जना र कार चालकको खो.त. कार्य भईरहेको ।