मिति २०८२।०६।१२ गते ०५:०० बजे देखि ऐ १३ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०६-१३
- A
- A-
- A+
हा.ह.बरामद,
काठमाण्डौ, मिति २०८२।०५।२४ गते
जेन्जी आन्दोलनका दिन प्रहरी कार्यालय तोडफोड लुटपाट भएकोमा मिति २०८२।०६।१२ गते
अं.११:०० बजे का.म.न.पा.३१ आलोकनगर स्थित मेची महाकाली ब्वाईज होस्टेलको संचालकले
सन्जिव बस्नेतको ROOM
सफा गर्ने क्रममा प्रहरीको सामान जास्तो देखी सादा पोसाकको प्रहरीलाई
खबर गरी तत्काल सादा पोसाकको टोली खटी गई उक्त होस्टेल खानतलासी गर्ने क्रममा
सर्टगनको गोली ४ राउण्ड, टाईप ७७ गोली ३ राउण्ड, .२२ हर्नेट ७ राउन्ड, म्याग्नेट ५० राउण्ड,
SLR बिनेट १ थान, Motorola हेन्ड सेट१ थान (C254 लेखिएको), ATM card ८ थान, आईडी कार्ड ३ थान, पासपोर्ट १ थान, नागरिकता ५ थान, पेन कार्ड १ थान, License २ थान, परेको हुदाँ उक्त हा.ह.तथा सरसमान बरामद गरी
वृत्त नयाँ बानेश्वरमा राखिएको, निज सन्जिब बस्नेत मिति
२०८२।०६।०४ गतेबाट फरार भएको भनी होस्टल संचालकबाट जानकारी प्राप्त भएको, खो.त.भइरहेको।
ज.ज.क./ज.ज.क.उधोग,
दाङ, जि.रोल्पा रुन्टीगढी गा.पा.८ घर भई हाल
जि.दाङ घोराही उ.म.न.पा.१४ बसपार्क नजिकै डेरा गरी बस्ने वर्ष १६।१७ को परिवर्तित
नाम थर ५६(०८२।०८३) घोराही १०६ (घ) ले वर्ष १७ की परिवर्तित नाम थर ५६ (०८२।०८३)
घोराही १०६ लाई विवाह गर्छु भनी ललाई फकाई गरी मिति २०८२।०२।११ गते २३:०० बजे
ऐ.घोराही उ.म.न.पा.४ लक्ष्मीपुर स्थित बाँस घारीमा लगेर पहिलोपटक ज.ज.क.गरेको र
सोपश्चात पटकपटक समेत ज.ज.क.गरेको, पिडितको पेटमा १८ हप्ताको गर्भ
समेत रहेको भनी रुपन्देही जिल्ला अन्तर्गत रहेको आशिष सामाजिक सेवा नेपाल बुटवल संस्थाको
सदस्य एलिसा कुँवरले मिति २०८२।०६।११ गते २०:०० बजे किटानी जाहेरी दरखास्त दिएको
हुँदा जि.प्र.का.दाङबाट प्र.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई पीडकलाई ऐ.१२ गते
निजकै वतनबाट नियन्त्रणमा लिई स्वास्थ्य परीक्षण गरी बाल निग्रानी कक्षमा राखी
आ.अ.भइरहेको, पीडितलाई घोराही स्थित रहेको सेफ हाउसमा
राखिएको,अवस्था सामान्य रहेको।
दाङ, जि.कपिलवस्तु शिवराज न.पा.४ घर
भई जि.दाङ घोराही उ.म.न.पा.१३ बडहरामा कोठा भाडा गरी फर्नीचर कामको ठेक्का लिई
बस्ने जाहेरवालाको छोरी वर्ष ९ की परिवर्तित नाम थर ५६(०८२/०८३) घोराही १०७ लाई
जि.कपिलबस्तु शिवराज न.पा. ८ घर भई हाल सोही फर्निचर पसलमा काम गरी बस्दै आएको
वर्ष ३१ को गुलाम रसुलले आफ्नै कोठामा बालयौन दुरुपयोग गरेको हुँदा कानुन बमोजिम
सजाय गरी पाऊँ भनी पीडितको आमाले ऐ.१२ गते ०९:०० बजे जि.प्र.का.मा किटानी जाहेरी
दिएको हुँदा प्र.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई पीडित
समेतलाई स्वास्थ्य परीक्षणको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही
पठाइएकोमा स्वास्थ्य परीक्षण पश्चात पीडितलाई आफन्तको जिम्मा लगाइएको, पीडकलाई हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको ।
भक्तपुर, सूर्यविनायक न.पा.१० नलिन्चोक
मिलनचोक स्थित जि.रामेछाप गोकुलगंगा गा.पा.७ घर भई हाल ऐ.मिलनचोक बस्ने वर्ष २८ को
सोनम शेर्पाले ललाईफकाई गरी मिलन चोक स्थित आफ्नै कोठामा लगेर ऐ.बस्ने बालिका वर्ष
१५ की परिवर्तित नाम भक्तपुर २७ (छ ३४) लाई ज.ज.क.गरेको भनी पीडितको आमाले ऐ.२१:००
बजे प्रहरी परिसर भक्तपुरमा जाहेरी दरखास्त दिएको हुँदा प्रहरी वृत्त जगातीबाट
प्र.स.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई परिसर भक्तपुरमा राखी
आ.अ.भइरहेको, बालिकालाई स्वास्थ्य परीक्षणको लागि भक्तपुर
अस्पताल पठाइएको ।
प्र.क.को मृत्यु,
कञ्चनपुर, जि.बाजुरा खप्तड छेडेदह
गा.पा.७ स्थायी वतन भई ने.प्र.वि.सु.गण
महेन्द्रनगर कञ्चनपुर दरवन्दी रहेकोमा ई.प्र.का. झलारीमा कार्यरत प्र.ज कमल खड्का
(कम्प्युटर कोड नं.४६९७२९) अण्डकोष सम्बन्धी विरामी भई २०८१।०७।०४ गतेको रवाना
पत्रसाथ नेपाल प्रहरी अस्पताल महाराजगंजमा उपचार भइरहेको र सामन्य उपचार पश्चात
मिति २०८१।०७।२१ गतेको रवाना पत्रसाथ दिन २८ (अठ्ठाईस) घर बिदा सहित फिर्ता
पठाएकोमा निज प्र.ज.मिति २०८१।०८।२६ गते पुन: भर्ना भई डिस्चार्ज भएकोमा मिति
२०८२।०५।२६ गते पुन: भर्ना भई उपचार भईरहेकोमा ऐ.२०८२।०६।१२ गते १७:२० बजेको समयमा
उपचारको क्रममा मृत्यु भएको, शव सोही अस्पतालमा रहेको ।
कैदि, थुनवा भागी फरार,
कैलाली, टिकापुर न.पा.१
ब्लक न.१४ स्थित सडक खण्डमा ऐ.२ बनदेवीपुर (लम्की पुल) घर भई ऐ.१ ब्लक न.१४ डेराको
ठा गरी बस्ने वर्ष २० को रोहन साउदलाई मिति २०८२।०६।११ गते १९:०० बजे ४८०
मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिई
इलाका प्रहरी कार्यालय टीकापुरको हिरासत कक्षमा राखी अनुसन्धान कार्य भईरहेकोमा
मिति २०८२।०६।१२ गते १०:०० बजे निज रोहन साउदलाई हिरासत कक्षबाट बाहिर निकाल्ने
क्रममा भागी फरार भएको, खो.त.को लागि इलाका प्रहरी
कार्यालय टीकापुर कैलालीका कार्यालयबाट प्र.ना.उ.को कमाण्डमा ३० जनाको प्रहरी टोली
खटिएको ।
मोरङ, कटहरी गा.पा.०१ घर भई जिल्ला कारागार
मोरङमा रहेको चोरी मुद्दाको बन्दी अं.वर्ष २० को मोहमद राजुलाई पेट दुख्ने समस्या
भएको कारण कारागार मोरङबाट प्र.ज.साजन राईको कमाण्डमा खटिएको २ जना प्र.क.ले कोशी
अस्पताल बिराटनगर लगेर बेड भर्ना गरी उपचार भइरहेकोमा ऐ.२०:२० बजे शौचालय लैजाँदा
शौचालयको भेण्टिलेटरबाट हाम फाली भागी फरार रहेको भन्ने खबर प्राप्त हुनासाथ
जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गई मातहत समेतबाट प्रहरी परीचालित भई
खो.त.कार्य भईरहेको ।
ला.औ.,
सुनसरी, भोक्राहानरसिंह
गा.पा.२ स्थित नहरमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको नम्बर नखुलेको मो.सा.मा आएका
३ जना मानिसहरुले प्र.चौ.भोक्राहा सुनसरीबाट प्र.ना.नि.को कमाण्डमा खटिएको गस्ती
टोलीलाई देखी निजहरूको साथमा रहेको जेब्रा झोला बाटोमा फालेर भगेकोमा उक्त जेब्रा
खोली हेर्दा झोलामा TRAMAL
लेखेको ६८६ पत्ता(६८६० क्याप्सुल) ला.औ.फेला परेकोले उक्त
ला.औ.बरामद गरी प्र.चौ.भोक्राहामा ल्याइ राखेको, मो.सा.र
मानिसको खो.त.भइरहेको ।