मिति २०८२।०६।१३ गते ०५:०० बजे देखि ऐ १४ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०६-१४
- A
- A-
- A+
ज.ज.क.,
गुल्मी, चन्द्रकोट गा.पा.४
शान्तिपुर स्थित पानी मिल नजिक वर्ष १२ की परिवर्तित नाम ४६ (०८२/०८३) शान्तीपुर (A) को मुख
छोपी बोल्न कराउन नदिई जि.बाग्लुङ बरेङ गा.पा.३ घर भई जि.गुल्मी चन्द्रकोट गा.पा.४
शान्तीपुर बस्ने वर्ष २५ को राजु बि.क.ले जबरजस्ती करणी गरेको भनि पीडितको आमा परिवर्तित
नाम ४६ (०८२/०८३) शान्तीपुर (B) ले ऐ.०६। १२ गते साँझ १६:०० बजे
जि.प्र.का.मा जाहेरी दिनासाथ प्र.नि.को कमाण्डमा टोली खटी गई, निज वर्ष २५ को राजु बि.क.फरार रहेको, खो.त.कार्य जारी,
वर्ष १२ की परिवर्तित नाम ४६ (०८२/०८३) शान्तीपुर (A) लाई स्वास्थ्य परिक्षण गरी निजको आमाको जिम्मा लगाई छाडिएको, अवस्था सामान्य रहेको । मिति २०८२।०६।१३ गते अं.
१४;३० बजेको समयमा जिल्ला बाग्लुङ बरेङ गा.पा.३ खाल्ली स्थित आफ्नै घरबाट निज
बर्ष २५ को राजु सार्कीलाई इ.प्र.का.चन्द्रकोट गुल्मीबाट प्र.ब.ना.नि.को कमाण्डमा खटि
गएको टोलीले नियन्त्रणमा लिइ इ.प्र.का.चन्द्रकोटमा लिइ मेडिकल गरी राखेको ।
हात हतियार बरामद,
काठमाण्डौ , मिति २०८२।०६।१२
गते अं. १९:०० बजे का.जि.का.म.न.पा.०७ कलंकि बस्ने वर्ष २४ को राजकुमार श्रेष्ठले,मैले का.म.न.पा.७
गौरीघाट स्थित वर्ष ४३ को बिकास आले मगर भन्ने (बिष्णु ब. आले मगर) लाई पेस्तोल राख्न
दिएको छु, मसँग गई त्यो पेस्तोल लैजानु भनि वृत्त जनसेवामा जानकारी
गराएकोमा प्र.नि.को कमाण्डमा ७ जना प्रहरी टोली सो स्थानमा खटी गई निजले भनेको स्थान
गौरीघाट पुग्दा वर्ष ४३ को बिकास आले मगर भन्ने (बिष्णु ब आले मगर) ले का.जि.गोकर्णेस्वर
न.पा.६ जोरपाटी स्थित मेरो कोठामा राखेको छु भनि भनेकोमा पुनः सो स्थानमा गई निजको
कोठाबाट निम्न हतियार र राउण्ड प्राप्त गरी वृत्त जनसेवामा ल्याईएको र निजहरू दुबै
जनाको तिन पुस्ते सहितको विवरण राखी खोजेको बखत वृत्त जनसेवामा हाजिर हुने गरी छोडिएको
। निम्न : १.SLR को live ३ राउण्ड २.3 not
को blank ३ राउण्ड ३.insas को live २ राउण्ड ४.USA made type 77 पेस्तोल र म्यागजिन १।१ थान
धारिलो हतियार प्रहार,
झापा,मेचिनगर न.पा.९
कमल चौक स्थितमा ऐ.शिवसताक्षी न.पा.-७ बैदार चौक बस्ने अ.बर्ष ३० को बिरोज लावतिले
मादक पदार्थ सेवन गरी ऐ.मेचिनगर न.पा.-९ कमल चौक बस्ने वर्ष २४ को असोक लिङ्देनको ढाड
र जिल्ला पाँचथर फिदिन न.पा.-१३ बस्ने अ.बर्ष २६ को धनेन्द्र नेम्वाङको बाँया हातमा
घारिलो हतियार खुकुरी प्रहार गरी घाईते बनाई दुबै जनाको आम्दा अस्पताल धुलाबारीमा उपचार
हुदै, बोल्न सक्ने, अबस्था दुबै जनाको मध्यम, घारिलो हतियार खुकुरी प्रहार गर्ने बिरोज लावतिलाई हतियार सहित नियन्त्रणमा
लिई इ.प्र.का. धुलाबारी मा राखिएको ।
काठमाण्डौ, मिति २०८२|०६|१३ गते अ.०१:३८ बजे का.म.न.पा.३१, सान्तिनगरमा झै-झगडा
तथा कुटपिट भएको भनि जानकारी प्राप्त हुन साथ नयाँ वानेश्वरबाट प्र.स.नि.को कमाण्डमा
टोली घट्नास्थलमा गई बुझ्दा जि.नुवाकोट शीवपुरी गा.पा.७ घर भई हाल क.म.न.पा.३१ धौलागिरि
मःम सेन्टरमा काम गर्ने वर्ष २० को दिपेश ठकुरीले धारिलो हतियार प्रयोग गरी निम्न मानिस
हरुलाई कुटपिट गरेको, कुटपिट गर्ने मानिस र धारिलो हतियार नियन्त्रणमा
लिई वृत्त नयाँ बानेश्वरमा राखिएको , निम्न ;- १) जि.ललितपुर महालक्ष्मि न.पा. ९ घर भई सोहि स्थान बस्ने वर्ष ३१ को यलिस
भुजेल लाई तत्तकाल उपचारको लागि सिनामङगल स्थित K.M.C.हस्पिटलमा
लगि उपचार भई रहेको अबस्था पेट,बाँया खुट्टाको तिग्रा घुडामा
तथा शरिरको बिभिन्न भागमा चोट लागेको अवस्था मध्यम हल्का बोल्न सक्ने । २) का.जिल्ला
का.म.न.पा. ३१ बस्ने वर्ष २९ को सागर ढकालको पनि शरिरको बिभिन्न भागमा समान्य चोट लागेको
अवस्था समान्य रहेको । उपचारमा संलग्न साथि करन चौधरी।
ताप्लेजुङ्ग,आठराई त्रिवेणी
गा.पा.-०५ तिलबारी बस्ने साङगे शेर्पाको छोरा अं. बर्ष २१ को बिकाश शेर्पालाई ऐ.ऐ.
बस्ने मिङवा शेर्पाको छोरा अं. बर्ष २२ को लाक्पा शेर्पाले मापसे गरी सामान्य बादबिबाद
हुदा निज बिकाश शेर्पाको टाउकोमा एक्कासी बियरको बोतल प्रहार गरी घाईते बनाएको भन्ने
खबर ऐ.२०:२० बजे स्थानिय बिना श्रेष्ठ(९८४७१६४६५५) ले टेलिफोन मार्फत इप्रका दोभान
ताप्लेजुङमा जानकारी गराउन साथ तत्काल प्रहको कमण्डमा ४ जनाको टोली खटि बुझ्दा घाईते
बिकाश शेर्पाको टाउको र मुखमा चोट, अबस्था गम्भिर बोल्न नसक्ने,
निजलाई स्वास्थ्यचौकी तिलबारीमा सामान्य उपचार पश्चात थप उपचारको लागि
जिल्ला अस्पताल ताप्लेजुङ पठाएको, बियरको बोतल प्रहार गर्ने लाक्पा
शेर्पा प्रहरीको नियन्त्रणमा रहेको ।
पाँचथर, पाँचथर फिदिम न.पा.४
गढी स्थित तिल बहादुर सुजीको घरमा डेरा गरी बस्ने जिल्ला पाँचथर याङवरक गा.पा.३ ओयाम
बस्ने वर्ष अ.३२ को बिजय योङया र निजकै श्रीमती सिता राई योङया बिच घरायसी बिषयमा वादविवाद
भई झै-झगडा हुदा निज बिजय योङयाको भाई वर्ष अ.२८ को प्रकाश योङयाले किन झगडा गरेको
भनि सम्झाई बुझाई गर्न खोज्दा एक्कासी बिजय योङयाले कैचीले प्रहार गर्दा प्रकाश योङयाको
बाँया हातको पाँखुरामा गहिरो चोट तत्काल बोल्न सक्ने अवस्था मध्यम जिल्ला अस्पताल पाँचथर
फिदिममा उपचार भई रहेको,प्रहार गर्ने बिजय योङयालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पाँचथरमा
ल्याई राखिएको,
ला.औ.,
कपिलवस्तु, शिवराज न.पा.६ धर्मनगर
स्थितमा रहेको कालीमाताको मन्दिरमा बिगत ३ बर्ष देखी बस्दै आएको ऐ.ऐ. बस्ने बर्ष ६०
को गोपाल कुर्मी चौधरीले मन्दिरमा जम्मा भएको रकम हिनामिना गर्ने गरेको भन्ने स्थानिय
मार्फत खबर प्राप्त हुनासाथ प्र.चौ.बिरपुरबाट प्र.स.नि.को कमाण्डमा टोली खटीगई चेकजाँच गर्दा निजको साथ बाट
गाजा जस्तो देखिने धुलो (झाम्टा) २ वटा बोरामा रहेको (एकमुष्ठ बोरा सहित तौल ८ के.जी.
९६० ग्राम,
बोरा रहित ८ के.जी. ७६० ग्राम) र नगद रु ८,२२४।-(आठ
हजार दुई सय चौबिस) सहित निज लाई नियनत्रणमा लिई व.प्र.का. चन्द्रौटा पठाईएको,
अ.अ. कार्य भईरहेको,उक्त स्थान प्र.चौ. बिरपुरबाट
अं.२ कि.मि.उत्तर पर्ने ।
मकवानपुर, हेटौडा उ.म.न.पा.१५
रातोमाटे चेकपोईन्ट स्थित पुर्व पश्चिम सडक खण्डमा प्र.चौ.रातोमाटेबाट प्र.ब.ना.नि.को
कमाण्डमा खटिएको चेकिङ टोलीले हेटौडाबाट विरगंज तर्फ जादै गरेको बा.प्र.०६-००१ ख ०३२३
नं. को यात्रु बाहक बसलाई चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जि. पर्सा बहुदरमाई न.पा. ५ बस्ने वर्ष
अं. २५ को धर्बेन्द्र महतोले बोकेको खैरो रङको झोलाबाट ७ किलो २०० ग्राम ला.औ. गाजाँ(
प्लास्टिक सहित तौल गर्दा )फेला पारी उक्त ला.औ. सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धानको
लागी जि.प्र.का. पठाई बसलाई गन्तब्य तर्फ पठाईएको,उक्त स्थान
प्र.चौ रातोमाटेबाट अ.५० मि. पूर्व पर्ने ।
कर्तव्य ज्यान,
सुनसरी, ईटहरी उ.म.ना.पा.१२
मा डेरा गरी बस्ने जिल्ला खोटाङ ऐसलूखर्क गा.पा. १ बस्ने वर्ष ३० को सुमन दहालले आफ्नै
श्रीमती वर्ष २५ की अनिसा भट्टराईलाई घरायसी बिवादको क्रममा कुटपिट हुँदा निज सुमन
दाहालले काठको बटमले टाँउको, नाक र कानमा हानि घाईते बनाएको भने खबर प्र.चौ.खनारमा
प्राप्त हुन साथ प्र.चौ.खनारबाट प्र.ना.नि.प्रलाद बोगटिको कमाण्डमा र इ.प्र.का.इटहरीबाट
प्र.ना.उ.सुवास हमालको कमाण्डमा टोली खटिगई घाइतेलाई बिराट टिचिङ्ग अस्पताल बिराटनगरमा
पठाएको, अवस्था बोल्न नसक्ने गम्भिर रहेको, निज घाईते अनिसा भट्टराईको उपचारको क्रममा ऐ.२१:१२ बजेको समयमा मृत्यु भएको
भनि उक्त अस्पतालमा कार्यरत प्र.क. मार्फत जानकारी प्राप्त भएको, बटम प्रहार गर्ने सुमन दाहाल ई.प्र.का.इहटरीको नियन्त्रणमा, उक्त स्थान प्र.चौ.खनारबाट १०० मि. दक्षिण पर्ने ।
काठमाडौं,का.म.न.पा.२६ ठमेल
बुद्धबार गल्ली स्थित HAPPY
HOTEL अगाडी जि.मकवानपुर घर भई बालाजु मनमैजु बस्ने वर्ष २५ को सुरज
तामाङलाई आकाश भन्ने निजको चिनजानकै साथीले धारिलो हतियार प्रहार गरी घाईते हुँदा उपचारको
लागि बिर अस्पतालमा लगि उपचार भईरहेकोमा ऐ.१४ गते ००:२५ बजे डाक्टरद्धारा मृत्त घोषणा,
हतियार प्रहार गर्ने व्यक्तिको खो.त.कार्य जारी प्रहरी वृत्त बालाजुबाट
प्र.नि.को कमाण्डमा टोली खटी गएको, घटनास्थल प्रहरी वृत्त बालाजुबाट
८०० मि. पूर्व पर्ने ।