मिति २०८२।०६।१४ गते ०५:०० बजे देखि ऐ १५ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०६-१५
- A
- A-
- A+
कर्तव्य ज्यान,
पर्सा, विरगंज म.न.पा.१० गिता
मन्दिर नजिकै अपरिचित व्यक्तीहरु विच झै-झगडा तथा कुटपिट हुँदा हाल ठेगाना नखुलेका
गोल्डेन भन्ने अं. वर्ष २४ को पुरुष ब्यक्ती कुटपिटमा घाईते भई उपचारको लागि
नारायणी अस्पताल ऐ.२३:४० मा ल्याएकोमा उपचारको क्रममा ऐ.२३:५० बजे डाक्टरले मृत
घोषणा गरेको र शव सोही अस्पतालमा रहेको भन्ने खबर व.प्र.का.बिर्तामा जानकारी
प्राप्त हुनासाथ प्र.नि.को कमाण्डमा टोली घटनास्थलमा खटी गएको र जि.प्र.का.
पर्साबाट थप अनुसन्धानको लागि प्र.उ.को कमाण्डमा टोली खटी गएको, कुटपिट
गर्ने शंकास्पद जि.पर्सा बि.म.न.पा.१० अशोक बाटिका बस्ने रुपन साहको छोरा अं.वर्ष
१७ को भोला साह सहित ३ जनालाई जि.प्र.का.को नियन्त्रणमा र जि.पर्सा बि.म.न.पा.१६
बोखार चौक बस्ने महेस राउतको छोरा अं.वर्ष १३ को सावन कुमार राउत सहित ३ जना
मानिसहरुलाई व.प्र.का. बिर्ताको नियन्त्रणमा राखी थप अनुसन्धान कार्य भईरहेको ।
प्रहरीलाई हातपात,
सिरहा, नरहा गा.पा.३ चौहर्वा
स्थितमा इ.प्र.का.मिर्चैयाबाट प्र.ह.को कमाण्डमा खटिएको पिकेट डिउटीलाई
लहान-जनकपुर चल्ने यात्रुवाहक प्र.०१-००१ज
०१७६ नं.को winger
चालक ऐ. गोलबजार न.पा.६ बस्ने अं.वर्ष ३६ को रन बहादुर कानुले विङ्गर बाटोमा रोकी
राखेको अवस्थामा प्रहरीले देखी बाटो साईडमा राख्नु भनि सम्झाउन गएकोमा निज
प्र.ह.दिपेन्द्र प्रसाद चौधरीलाई सामान्य हातपात गरेको, ऐ.बस्ने विङ्गर साहु अं.वर्ष २३
को विष्णुलाल ठाकुरलाई निज प्र.ह.ले चालकलाई सम्झाउन भनि भनेकोमा चालकलाई नसम्झाई
उल्टै प्रहरीसँग बादबिवाद गरेकोले दुबै जनालाई विङ्गर सहित इ.प्र.का.मिर्चैयाबाट
प्र.स.नि.को कमाण्डमा खटिएको मोबाइल टोलीले नियन्त्रणमा लिई इ.प्र.का.मिर्चैयामा
ल्याई राखेको ।
नवजात शीशु मृत फेला,
हुम्ला,
सर्केगाड
गा.पा.४ स्थित ओख्ले भन्ने स्थानमा सालनाल सहित ढुङ्गा मुनि च्यापिएको अवस्थामा
नवजात शीशु(बालक) को शव फेला परेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.सर्केदेउ हुम्लाबाट प्र.ना.नि.को
कमाण्डमा टोली खटी गई शव माथि रहेको ढुङ्गा हटाई
घट्नास्थल सुरक्षित राखेको, नवजात शीशु कस्को भन्ने नखुलेको,
शवको प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी पो.मा.को लागि जिल्ला
अस्पताल सिमकोट पठाएको ।
ला.औ.,
मकवानपुर, हेटौडा उ.म.न.पा.१५
रातोमाटे चेकपोईन्ट स्थित पूर्व-पश्चिम सडक खण्डमा विशेष सुचनाको आधारमा प्र.चौ.रातामाटेबाट
प्र.ब.ना.नि. को कमाण्डमा खटी गएको टोलीले बिरगञ्जबाट हेटौँडा बजार आउँदै गरेको
प्र.३-०३-००२ प २७९० नं.को स्कुटरलाई रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक
जि.मकवानपुर हेटौँडा उ.म.न.पा. १५ भोर्ले बस्ने अं.वर्ष २८ को साजन भोम्जनको
दाहिने तर्फको खल्तिबाट २ वटा प्लाष्टिकको पोकामा ११ ग्राम (प्लाष्टिक सहित तौल
गर्दा) ला.औ. खेरो हिरोईन जस्तो देखिने धुलो पदार्थ फेला परेकोले सोही स्कुटरको
पछाडी सवार ऐ.बस्ने अं.वर्ष २० को बिबेक थिङ समेतलाई नियन्त्रणमा लिई प्र.चौ.
रातामाटेमा राखिएको ।
बाँके, नेपालगंज उ.म.न.पा. १४
उदयपुरवा स्थित ला.औ. वेचविखन भईरहेको भन्ने विशेष सुचनाको आधारमा इ.प्र.का.
हिरिमिनिया बाँकेबाट प्र.ना.नि.को कमाण्डमा खटी गएको टोलीले देश भारत उत्तर प्रदेश
बहराईच जिल्ला रुपैडिया थाना नानपारा नवागाउँ चर्दा घर भई जि.बाँके नेपालगंज
उ.म.न.पा.१४ उदयपुरवा स्थित दिदी जलेवा खटीको घरमा बस्ने वर्ष २५ की सन्तोषी
खटिकलाई शंकास्पद अवस्थामा देखी निज तर्फ जाँदा निजले प्रहरीलाई देखी घरको छतमा गई
सेतो प्लाष्टिकको डिब्बा लुकाउँदै गर्दाको अवस्थामा निजलाई नियन्त्रणमा लिई शरिर
तथा लुकाउँदै गरेको डिब्बा तलासी लिँदा रातो र निलो प्लाष्टिकका स-साना पुडिया
बनाई राखिएको ४१ पुडिया प्लाष्टिक सहित तौल गर्दा १२ ग्राम ८१० मिलीग्राम र शुद्व
तौल गर्दा ७ ग्राम ७५० मिलि ग्राम ला.औ. (ब्राउन सुगर) जस्तो देखिने खैरो रङको
धुलो पदार्थ रितपुर्वक बरामद गरी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी
जि.प्र.का.बाँके पठाईएको ।