मिति २०८२।०६।१९ गते ०५:०० बजे देखि ऐ २० गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०६-२०
- A
- A-
- A+
कर्तव्य ज्यान,
दाङ्ग, घोराही उ.म.न.पा.१
गैरागाउँ बस्ने बर्ष ६४ को ढाल बहादुर चौधरी लाई निजको श्रीमती बर्ष ६२ कि माँया चौधरीले
घरायसी बिवादका कारण टर्च लाईटले टाउकोमा हान्दा ढाल बहादुर चौधरीको घटनास्थलमै मृत्यु
भएको,लास सोही घर भित्र रहेको भनि मिति २०८२।०६।१९ गते ०६;४० बजे प्र.चौ रामपुर दाङमा स्थानिय लक्ष्मण(९८१०८२३८१६) घर्तिले टे.फो मार्फत
जानकारी गराए पश्चात प्र.चौ रामपुर दाङबाट प्र.स.नि.को कमाण्डमा ४ जनाको टोलि खटिगई
निज माँया चौधरीलाई नियन्त्रणमा लिईसकेको,र जि.प्र.का.दाङबाट
प्र.नि.को कमाण्डमा ५ जनाको टोली खटिगएको, उक्त स्थान प्र.चौ
रामपुर दाङबाट अं.२ कि.मि.पुर्ब पर्ने र जि.प्र.का.दाङबाट अं.९ कि.मि.पुर्व पर्ने ।
नोट;- घरमा श्रीमान,श्रीमती,निजको कान्छि बुहारी,नातिनी रहेको र कान्छो छोरा बिदेशमा
रहेको,जेठो छोरा अर्को घरमा बस्दै आएको भन्ने बुझिएको । थप अपडेट;-ऐ.१०;०० बजे प्रारम्भिक कार्य पुरा गरी लास पो.मा.को
लागि राप्ती स्वास्थ बिज्ञान प्रतिष्ठान घोराही दाङमा ल्याई शव गृहमा राखेको पो.मा.हुन
बाकी र निज माँया चौधरीलाई जि.प्र.का दाङको हिरासत कक्षमा राखि अनुसन्धान कार्य भईरहेको
।
धादिङ, त्रिपुरासुन्दरी
गा.पा.५ थापाकटेरी स्थित ऐ.बस्ने गोप बहादुर कडेलको छोरा वर्ष अं.३० को यम बहादुर कडेलले
आफ्नै घरमा निजकै आमा बर्ष अं.५५ की राम मायाँ कडेललाई धारिलो हतियार (खुडा) प्रहार
गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.सल्यानकोटबाट प्र.स.नि.को
कमाण्डमा ३ जनाको टोली खटी गई धारिलो हतियारले प्रहार गर्ने व्यक्ति हतियार सहित नियन्त्रणमा
लिई घटनास्थल सुरक्षित राखेको, जि.प्र.का.बाट प्र.ना.उ.को कमाण्डमा ७ जनाको
टोली खटी गई थप अनुसन्धान भईरहेको, धारिलो हतियार प्रहार गर्नुको
कारण नखुलेको,
ज.ज.क./बालयौन दुरुपयोग,
प्युठान, माण्डवी गा.पा.२
गोलवाङ बस्ने वर्ष ७१ की महिलालाई ऐ.बस्ने वर्ष ५५ को जगत खड्काले मिति २०८२।०६।१७
गते २३:५५ बजे घरमा कोही नभएको अवस्थामा ज.ज.क.गरेको र ऐ.१८ गते अं.११:०० बजे पीडकको
श्रीमती वर्ष ४६ की सुनिता खड्काले पीडितलाई कुटपित समेत गरेको, पीडितको
अवस्था गम्भीर रहेको भनी ऐ.१९ गते १०:४० बजे पीडितको बुहारीले जानकारी गराए पश्चात
प्र.चौ.तिरामबाट प्र.स.नि. र इ.प्र.का.बिजुवारबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको,पीडक जगत खड्का र निजको श्रीमती सुनिता खड्का प्रहरीको नियन्त्रणमा,
ऐ. ११:५५ बजे निज पीडितलाई उपचारको लागि जिल्ला अस्पताल बिजुवार प्युठान
पठाएकोमा थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लागि रिफर गरेको ।
प्रहरी कर्मचारी सम्बन्धि,
मोरङ, बेलबारी नपा ११
लक्ष्मीमार्ग स्थित पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको मे १
च १९७८ न.को एम्बुलेन्सले विपरीत दिशाबाट आउदै गरेको प्रदेश १-०२- ०४७ प ६९२२ न.को
मो.सा.लाई ठक्कर दिई दुर्घटना हुदा मो.सा. चालक जिप्रका झापामा कार्यरत प्रसह सुरेन्द्र
सुब्बा लिम्बु (वतन जि.मोरङ केराबारी गापा २ आइडी कार्डमा खुल्न आएको) घाईते भई उपचारको
लागि नोबेल अस्पतला बिराटनगर ल्याइकोमा डाक्टरले चेकजाच गर्दा मृत घोषणा गरेको लाश
सोहि अस्पतालमा रहेको ठक्कर दिने एम्बुलेन्स चालक जि.झापा दमक नपा ९ बस्ने बर्ष४१ को
बिष्णु प्रसाई ,एम्बुलेन्स र मो.सा. प्र.चौ .डागिहाटको नियन्त्रणमा
आगलागि,
न.प.(पूर्व), गैंडाकोट न.पा.
१० सम्झना चोक बस्ने वर्ष ७९ की श्याम कुमारी श्रेष्ठ आफ्नै घर को कोठामा आगलागि भई
मृत अबस्थामा रहेको ,आगो नियन्त्रणमा आई सकेको भन्ने खबर प्राप्त हुनासाथ तत्काल अ.प्र.पोष्ट वेल्डिहाबाट
प्र.ना.नि. को कमाण्डमा ३ जनाको टोली खटि गई घटना स्थल सुरक्षित राखेको,थप अनुसन्धानको लागि इ.प्र.का. गैडाकोट बाट प्र.नि. को कमाण्डमा SOCO
सहित ७ जनाको टोली खटि गई आवस्यक अनुसन्धान कार्य भईरहेको, आगलागीको कारण नखुलेको, निज घरमा एक्लै वस्ने गरेको भन्ने
बुझिएको उक्त स्थान अ.प्र.पोष्ट वेल्डिहाबाट ३ कि.मि पुर्ब र इ.प्र.का.गैडाकोट बाट
१० कि.मि. पश्चिम पर्ने । ऐ.०८:३० वजे थप अनुसन्धानको लागि जि.प्र.का.न.प.(पूर्व) बाट
प्र.उ.सहित ९ जनाको टोली घटनास्थलको लागि खटिएको,ऐ.१७:३० बजे
पो.मा.समाप्त पश्चात मृतकको छोरा निर ब.श्रेष्ठले बुझि लगेको ।
पक्राउ / नियन्त्रण,
अछाम, मिति २०८२।०६।१८
गते अं.१७:०० बजेको समयमा धनगढी देखि अछामको लागि हिडेको चालक जिल्ला डोटी जोरायल गा.पा.२
गरुड बस्ने भिम बहादुर खत्रीको छोरा बर्ष अं.२३ को ललित खत्रीले चलाएको बा.प.प्र.०१-००२
ख ९१६९ नं.को ईलेक्ट्रोनिक भ्यान चालकले डडेल्धुराको स्याउँलेबाट दिपायल सम्म आउने
सवार जिल्ला सुर्खेत पञ्चपुरी न.पा.३ बस्ने बर्ष अं.१७ कि युवतीलाई दिपायलमा छोडी दिन्छु
भनी दिपायलमा ल्याई निज चालकले रातीको समयमा होटल पसलहरु सबै बन्द भएको र निज जाने
स्थान कुनै पनि सवारी साधन नभेटिने भनि ललाई फकाई गरी आज मिति २०८२।०६।१९ गते अं.०७:००
बजेको समयमा मंगलसेन न .पा.५ स्थित कर्णाली गेष्ट हाउसमा राखि ज.ज.क गर्न खोजेको र
ऐ.१५:०० बजेको समयमा निज महिलाका आफन्तले जिल्ला प्रहरी कार्यालय अछाममा जानकारी गराउना
साथ,निज चालकलाई दिपायल तर्फ जादै गरेको अबस्थामा प्र.चौ.साँफेबजारबाट प्र.स.नि.दिलिप
सिंह बडालको कमाण्डमा खटिएको प्रहरी टोलिले साँफेबगर न.पा.३ स्थित हाटबजारबाट नियन्त्रणमा
लिई ऐ.२२:३० बजेको समयमा थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय अछाममा ल्याई
राखेको र निज युवतीलाई जिल्ला प्रहरी कार्यालय अछामको महिला तथा बालबालिका सेलको संरक्षणमा
राखीएको ।