प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।०६।१७ गते ०५:०० बजे देखि ऐ १८ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-०६-१८

  • A
  • A-
  • A+
Share

सवारी दुर्घटना ,

उदयपुर, बर्दिबास न.पा.११ स्थित भित्रि सडक खण्डमा खयरमाराबाट काठमाण्डौ तर्फ गईरहेको ना.६ ख.१४६४ नं.को यात्रुवाहक बस पल्टिन गई सवारी दुर्घटना भएको भनी जानकारी प्राप्त हुनासाथ प्र.चौ.खयरमाराबाट प्र.ब.ह.को कमाण्डमा ३ जना र इ.प्र.का.बर्दिबासबाट प्र.ना.उ.को कमाण्डमा ११ जनाको टोली खटी गई बुझ्दा पैदल यात्री ऐ.बर्दिबास न.पा.१० बस्ने अं.वर्ष ७३ को चुलाही चौधरीको घटनास्थलमै मृत्यु भएको, शव घटनास्थलमा नै रहेको, बसमा सवार  अं.४१ जना यात्रीहरु  घाइते भई उपचारको लागि शुभ स्वस्तिक अस्पताल बर्दिबास पठाएकोमा १ जना घाईतेलाई उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको, दुवै शव पो.मा.को लागि सरकारी अस्पताल बर्दिबास पठाईएको, ४ जनाको अवस्था गम्भीर, ऐ.१२ बस्ने  नेपाल प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नं. १ नक्साल दरवन्दी भई प्रहरी वृत्त गौशालामा कार्यरत बर्ष ३७ की प्रहरी हवल्दार शान्ती संजेल समेत १७ जना मध्यम, १९ जना सामान्य रहेकोमा, ३ जना सामान्य उपचार पश्चात डिस्चार्ज भएका, घाईतेहरुको  शुभ स्वस्तिक, जनसेवा  अस्पताल र CT कियर अस्पतालमा उपचार भईरहेकोमा गम्भिर घाईते ५ जनालाई नेपाली सेनाको हे.क.द्वारा थप उपचारको लागि काठमाण्डौं पठाईएको, घटनास्थलबाट बस निकाली श्री लक्ष्मी नारायण जनता मा.वि.विद्यालयमाको ग्राउण्डमा ल्याई राखिएको,उक्त स्थान प्र.चौ.खयरमाराबाट  अं.२ कि.मि.दक्षीण पर्ने  ।

 

ज.ज.क. , बालयौन दुरुपयोग,

उदयपुर, उदयपुर १६ गते अ.२२:०० बजेको समयमा कटारी न.पा.वडा नं ६ चुहाड स्थित साँघुरी पुल नजिक जंगलमा जिल्ला उदयपुर कटारी न.पा. वडा नं ४ बस्ने परिवर्तित नाम कटारी C1 (२०८२/२०८३) को श्रीमति वर्ष २७ कि परिवर्तित नाम C (२०८२/२०८३) लाई जिल्ला उदयपुर कटारी न.पा. वडा नं ६ सोमबारे बस्ने अ.वर्ष २६ को न्युजन राई र ऐ.ऐ.बस्ने बर्ष २२ को भोज कुमार पाण्डे समेत गरी जम्मा २ जनाले जवरजस्तिकरणी गरेको भनी आज मिति २०८२।०६।१७ गते १६;०० बजे पिडित इ.प्र.का.कटारी उदयपुरमा आई जाहेरी दरखास्त दिन साथ तत्काल इ.प्र.का.कटारी उदयपुरबाट प्र.ना.नि. इन्द्र कुमार श्रेष्ठको कमाण्डमा प्रहरी टोली खटी गई, न्युजन राई र भोज कुमार पाण्डेलाई नियन्त्रणमा लिई इप्रका कटारी उदयपुरमा ल्याई थप अनुसन्धान कार्य भई रहेको, पिडितको अवस्था सामान्य रहेको , उक्त घटनास्थल इ.प्र.का.कटारी उदयपुरबाट अ.९ कि.मि. पुर्व पर्ने ।

 

झापा, जिल्ला ०४-४-१६ न.पा.वडा न.(ज) बस्ने परिवर्तित नाम B को छोरी जिल्ला ०४-४-१६ न.पा.वडा न.(ज) बस्ने परिवर्तित नाम २०८२/०८३ झिलझिले B1 लाई आफ्नै घरको माथि पट्टी रहेको वरण्डाको भागमा सुतिरहेको अवस्थामा जिल्ला झापा शिवसताक्षी न.पा. वडा नं. ७ तुम्देन चौक बस्ने वर्ष ३५ को राकेश भन्ने युक्फोदेन शेर्माले जवरजस्ती करणी गरिरहेको अवस्थामा निज पिडितको आमा जिल्ला ०४-४-१६ न.पा.वडा न.(ज) बस्ने परिवर्तित नाम २०८२/०८३ झिलझिले B2 ले देख्न साथ निज फरार भएको हुदा निजलाई पक्राउ गरी कानुन बमोजिम कारबाही गरि पाँउ भनि निजको बुबा परिवर्तित नाम B ले मिति २०८२।०६।१७ गते १३:०० बजे इप्रका झिलझिलेमा जाहेरी दिइएको हुदा उक्त स्थानमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रसनि को कमाण्डमा प्रहरी टोली खटि गई निज राकेश भन्ने युक्फोदेन शेर्मालाई ऐ.१५:०० बजे निजको वतनबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय झिलझीलेमा ल्याई अनुसन्धान भईरहेको, उक्त स्थान इप्रका झिलझिलेबाट अ.४.५ किलोमिटर दक्षिण पर्ने ।

 

धारिलो हतियार प्रहार,

रुपन्देही, सिद्धार्थनगर.न.पा ०८ लुम्बिनि रोड होटल सन स्टार भित्र जि. रुपन्देहि मायादेबि -०८ मतखोला बस्ने बर्ष २२ को ओमकार पर्थरकट्टा भन्ने ब्यक्तिले धारिलो हतियार (खुकुरी ) प्रहार गर्दा ऐ सि.न.पा ०३ बस्ने बर्ष २४ को बिमल आले मगर (९८२३८८१२७०) को निधारमा चोट , अबस्था सामान्य , उपचारको लागि भिम अस्पताल भैरहवा पठाएको , घटनास्थलमा व.प्र.का बाट प्र.स.नि जबर सिहं सुनारको कमाण्डमा ४ जनाको टोलि खटि गएको चक्कु प्रहार गर्नेको खो.त.भैरहेको , घटनास्थल यश व.प्र.का बाट १.५ कि.मि पश्चिम पर्ने ।

 

झापा, बिर्तामोड नपा वडा न.९ हल्दिवारी जाने बाटोमाऐ.७ गरामनी बस्ने सप्नी राजबंशीको छोराबर्ष अ.१८ को बर्षात राजबंशीलाई एक्कासी तत्काल नामथर नखुलेको के कुन मानिसले कुटपिट तथा धारिलो हतियार छुराले प्रहार गरी घाईतेबनाई तत्काल प्रादेशीक अस्पताल भद्रपुर झापामा सामान्य उपचार पश्चात थप उपचारको लागी बिएनसि अस्पताल बिर्तामोड तर्फ पठाएको,पिठ्युमा चोट,अबस्था मध्यम,उपचारमा निजकै आमा ९८१६९८४३६२ संलग्न रहेको भन्ने ऐ.२०;२५ बजेको समयमा सोही अस्पतालमा खटेको प्रकले इप्रका अनारमनीमा जानकारी गराउना साथ तत्काल अप्रचौ गरामनीबाट प्रसनि को कमाण्डमा ३ जनाको टोलि खटि गई कुटपिट तथा छुरा प्रहार गर्ने मानिसहरुको पहिचान तथा खोजतलास भईरहेको ।

 

कास्की, मिति २०८२।०६।१७ गते अं.२२:०० बजे जि.कास्की अन्नपूर्ण गा.पा. १ नौडाडा बस्ने बर्ष १७ को आशिष बि.क.ले मा.प.से. गरी साथीको घरमा आएकी जि.कास्की पोखरा म.न.पा. १४ छिनेडाडा बस्ने बर्ष २५ की सम्झना बि.क.लाई हसिया प्रहार गर्दा घाईते भई उपचारको लागी पश्चिम क्षेत्रीय अस्पताल पठाएको, बाया हातमा चोट, अवस्था मध्यम, उपचारमा साथी अस्मिता वि.क.(९७०९६१५८५३) संलग्न, उक्त स्थानमा प्र.चौ.नौडाडाबाट प्र.स.ह.नारायण श्रेष्ठ (९८५६००१७२८) को कमाण्डमा ३ जनाको टोली खटि गएको, आशिष बि.क. हसिया सहित जि.प्र.का. कास्कीको नियन्त्रणमा, ऐ.१८ गते ००:३० बजे आफुखुसी निस्की हिडेको ।

 

ताप्लेजुङ, आठराई त्रिबेणी गापा-४ छ ढुङ्गे बस्ने बर्ष अ. ७५ को ददिराम श्रेष्ठले के कुन कारण मापसे गरी धारिलो हतियार खुकुरीले आफ्नै वाया पट्टीको घाटीमा रेटी घाइते भएकोले उपचारको लागी ऐ. २२;३० बजेको समयमा जिल्ला अस्पताल ताप्लेजुङमा ल्याई उपचार भई रहेको, घाइतेको वाँया पट्टी घाटीमा चोट लगेको, अवस्था मध्यम सामान्य बोल्न सक्ने, उपचरमा निजको छोरा लोक बहादुर श्रेष्ठ (९८६३७२९३२६) संलग्न रहेको भनि सोही अस्पतालमा खटिएको प्रकले जानकारी गराएको, उक्त स्थानमा इप्रका दोभान बाट प्रनिको कमाण्डमा ५ जनाको टोली खटी गएको ।

 

चोरी,

झापा, हल्दीवारी गा.पा. वडा नं.२ सुर्य होली चौक स्थितमा ऐ.ऐ. बस्ने केदार प्रसाद रिजालको १ तल्ले घरमा कोही नभएको समयमा घरको दक्षीण पट्टिको ढोकाको कब्जा फुटाई चोरी भएको भन्ने जानकारी प्राप्त हुन साथ प्र.स.नि. ज्ञान ना. श्रेष्ठको कमाण्डमा टोली खटि गई बुझ्दा सुनको बिभिन्न गर-गहना तथा नगद रु.५०,०००।समेत गरी जम्मा अमुरु.१३,००,०००।बराबरको चोरी भएको, चोरी गर्ने ब्यक्तीको पहिचान तथा खो.त. लगायतको कार्य भई रहेको

 

शीशु वेवारिसे फेला,

बारा, जिल्ला बारा सिम्रौनगढ न.पा.९ बसवरीया स्थित जोगिन्द्र साहको खाली घर अगाडी रहेको झाडिमा अं.५\६ दिनको नवजात शिशु कपडाले बेरेको बेवारीसे अवस्थामा छ भन्ने खबर प्राप्त हुन साथ प्र.चौ.कचोर्वा बारा बाट प्र.स.नि.बल बहादुर तमाङ(९८५११९८२५७)को कमाण्डमा टोली खटी गई निज बेवारीसे नवजात शिशु लाई तत्काल प्र.ज.अर्जुन यादवको जिम्मा लगाई एम्बुलेन्स मार्फत प्रादेशिक अस्पताल कलैया बारा तर्फ पठाईएको , नवजात शिशु अवस्था सामान्य देखिएको ,उक्त स्थान प्र.चौ.कचोर्वा बारा अं.८०० मि.पश्चिम पर्ने अन्य वि.वि. पछी(०) ,

 

ला.औ.,

सिराहा, कल्याणपुर न.पा.३ ईटाई प्रसाई बस्ने जगदिश यादवको छोरा अं बर्ष २२ को श्याम कुमार यादवले आफ्नै घर अगाडि काठको घुम्तीमा (कठघेरा) मा पसल गरी बसेकोमा शंका लागी इ.प्र.का. कल्याणपुरबाट प्र.ना.नि.को कमाण्डमा खटिएको गस्ती टोलिले चेकजाँच गर्दा पसल भित्र रहेको ब्यागभित्र कालो प्लाष्टिकमा प्लाष्टिक सहित गाँजा १२० ग्राम, प्लाष्टिक बाहेक ११० ग्राम गाँजा फेला पारी गाँजा सहित मानिस नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी इ.प्र.का.मिर्चैयामा ल्याई राखिएको,उक्त स्थान इ.प्र.का.कल्याणपुरबाट अं.४ कि.मि.दक्षिणपर्ने ।  

 

बर्दिया, राजापुर न.पा. ४ सरस्वती सामुदायिक वन स्थित प्र.स.नि.को कमाणडमा खटिएको गस्ति टोलिले कैलाली देखी बर्दिया राजापुर बजारतर्फ शंकास्पद रुपमा पैदल आउदै गरेको ऐ.अस्पताल टोल बस्ने बर्ष अं.२१ को राहुल लोनिययालाई शंका लागी चेकजाँच गर्ने क्रममा निजको साथबाट प्लाष्टिकको पुरिया बनाई लुकाई छिपाई राखेको प्लाष्टिक सहित १ ग्राम १२० मिलिग्राम र शुद्द तौल ९४० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने खैरो गिलो पदार्थ ला.औ.फेला पारी नियन्त्रणमा लिई यस का. को हिरासतमा राखिएको उक्त स्थान इ.प्र.का.राजापुर बर्दियाबाट अं.२ कि.मि.पश्चिम पर्ने

 

मकवानपुर,मिति २०८२।०६।१७ गते अं.१८:०० बजेको समयमा जि.मकवानपुर हेटौडा उ.म.न.पा.१५ रातोमाटे चेकपोईन्ट स्थित पुर्व पश्चिम सडक खण्डमा बिशेष सुचनाको आधारमा प्र.चौ.रातोमाट मकवानपुरबाट प्र.ब.ना.नि. श्याम किशोर यादव (९८५५०३२७८९) र तालुक जि.प्र.का.मकवानपुरबाट प्र.ह.डिल्लिराम सिवाकोटिको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले बिरगंजबाट हेटौडा बजार तर्फ आउदै गरेको म.प्र.०३-००१ ज ०६७० नं. को ई.भि. गाडीलाई चेकजाँच गर्दा सोही गाडीमा सवार भई आएका जि. मकवानपुर मनहरी गा.पा.३ बस्ने वर्ष अं.२० को रुपेश पौडेलले बोकेको सेतो प्लाष्टिकको झोला भित्र चकलेटको खोल भित्र लुकाई छिपाई ल्याएको ला.औ. खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ (प्लाष्टिक सहित तौन गर्दा) ११ ग्राम फेला पारी निज संगै सोही स्थान बस्ने बर्ष अं.१५ को इस्मात तिमिल्सिना समेतलाई नियन्त्रणमा लिई ला.औ. सहित दुबै जनालाई थप अनुसन्धान तथा आवश्यक कार्बाहिको लागी तालुक जि.प्र.का. मकवानपुर पठाएको, ई.भि.गाडी गन्तब्य तर्फ पठाएको, उक्त स्थान प्र.चौ.रातोमाटे मकवानपुरबाट अं. ५० मिटर पुर्व पर्ने ।

 

मकवानपुर, मिति २०८२।०६।१७ गते अं.२०:३० बजेको समयमा जि.मकवानपुर हेटौडा उ.म.न.पा.८ सनोटकोलेनि स्थित भित्रि सडक खण्डमा बा.प्र.०३-००१ च ११२८ न.को डिआई पिकअप गाडि रोकि ला.औ.बिक्रि वितरण भईरहेको छ भन्ने विशेष सुचनाको आधारमा जि.प्र.क.मकवानपुरबाट प्र.ह.डिल्लिराम शिवाकोटी (९८४५७१८५४५) को कमाण्डमा टोलि खटि गई चेकजाच गर्दा उक्त गाडिको चालक सोहि स्थान बस्ने बर्ष अं.२६ को दिपेश खड्काको साथबाट ला.औ.खैरोहिरोईन जस्तो देखिने धुलो पदार्थ ३ ग्राम ८६० मिलिग्राम (तौल भएको) फेला परेको हुदा सोहि गाडिमा सवार सोहि स्थान बस्ने बर्ष अं.३८ को दिपेश घिमिरे , बर्ष अं.३४ को रामहरी अधिकारी सहित ३ जना,ला.औ.र गाडिलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जि.प्र.का. मकवानपुरमा ल्याई राखिएको,उक्त स्थान जि.प्र.का.मकवानपुरबाट अं.४ कि.मि.पुर्व पर्ने

 

बगाई डुबी बेपत्ता,

जाजरकोट, भेरी न.पा.वडा नं.१ रिम्ना बस्ने नरेन्द्र रानाको छोरा बर्ष अ.२२ को चित्र बहादुर राना लगायत ६ जना साथीहरु भेरी नदीमा माछा मार्न गएकोमा निज चित्र बहादुर रानाको भेरी नदीले चप्पल बगाई चप्पल छोप्ने क्रममा भेरी नदीले बगाई बेपत्ता भएको भनि निजको साथी ऐ.बस्ने धन बहादुर शाही र दिवाकर बाठा मगरले ऐ. १६:३५ बजेको समयमा इलाका प्रहरी कार्यालय रिम्ना जाजरकोटमा जानकारी गराउना साथ इलाका प्रहरी कार्यालय रिम्ना जाजरकोटबाट प्र.ना.नि.को कमाण्डमा ७ जनाको प्रहरी टोली खटि गएको,स्थानिय र प्रहरीद्वारा खो.त. भईरहेको ।

 

Gen-z आन्दोलनका  फरार प्रतिवादी/थुनुवा पक्राउ,

उदयपुर, उदयपुर १७ गते अ.१६:३० बजेको समयमा बेलका न.पा.०९ कमलावारी बस्ने बर्ष अ.२८ को नरेश बि.क. लागु औषध मुद्धामा झुम्का कारागार सुनसरीमा थुनामा रहेको बन्दी मिति २०८२।०५।२४ गते जेन्जि आन्दोलनको क्रममा भागि गाँउ घरमा लुकिछिपि बसिरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. रामपुर ठोक्सिला उदयपुरबाट प्र.नि सहितको प्रहरी टोलि खटि गई निजलाई घर वतनमा फेला पारी पक्राउ गरी इ.प्र.का. रामपुर ठोक्सिलामा ल्याई इ.प्र.का. रामपुरठोक्सिलामा कार्यरत प्र.स.नि.-४ जना प्रहरी टोलिले अड्डासार गरी इ.प्र.का. मेहेन्द्रनगर सुनसरी बुझाउन प्रहरी भेनमा राखि लिई गएको, उक्त स्थान इ.प्र.का. रामपुर ठोक्सिला उदयपुरबाट अ.२ कि.मि. पूर्व ।

 

नुवाकोट, जिल्ला नुवाकोट लिखु गा.पा.१ राम्चे स्थित ऐ.ऐ. बस्ने बर्ष अ.३० को सागर तामाङ कर्तब्य ज्यान मुद्धामा कारागार कार्यालय तनहुमा कैद भुक्तान गरिरहेकोमा मिति २०८२/०५/२४ गते भागि आफ्नै घरमा आएको छ भन्ने खबर प्राप्त हुनसाथ उक्त स्थानमा इ.प्र.का. ढिकुरे नुवाकोटबाट प्र.ना.नि.कृष्ण आचार्य(९८५१२८३२६३)को कमाण्डमा टोली खटि गई नियन्त्रणमा लिई कैद भुक्तानको लागि केन्द्रिय कारागार कार्यालय खम्पाक्याम्प नुवाकोटमा पठाएको, उक्त स्थान इ.प्र.का.ढिकुरेबाट अ.४ कि.मि.पश्चिम पर्ने  ।

 

दाङ,.प्र.का.सिसहनिय दाङबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिईएको प्रहरी टोलीले जेन्जि आन्दोलनको क्रममा तुलसीपुर कारागार दाङबाट भागेको कर्तब्य ज्यान मुद्दाको कैदी जिल्ला दाङ राप्ती गा.पा.-८ पिपरी बस्ने बर्ष २८ को बुद्धिराम चौधरी भन्ने बुधराम चौधरीलाई निजको घरबाट नियन्त्रणमा लिई,इ.प्र.का.सिसहनिया दाङमा ल्याई राखेको । थपअपडेट:- ऐ.१०:२० बजे प्र.स.नि.मदन एम.सी.को कमाण्डमा २ जनाको टोलि निज कैदिलाई तालुक इ.प्र.का.भालुवाङ दाङमा ल्याई बुझाएको ।

 

रोल्पा, मिति २०८२।०६।१७ गते अं.१०;३० बजेको समयमा रुन्टिगढि गाउँपालिका वडा नं.४ मसिना बस्ने ज.ज.क. मुद्धाको कैदि बर्ष १८ को किशन परियार ललितपुर जिल्ला अदालतमा मुद्धा चलेकोमा मिति २०८२।०५।२४ गतेको GEN-J आनदोलनको क्रममा बाल सुधार गृह भक्तपुर बाट भागि फरार रहेको हुदाँ निजको ठुलोबुवा सेते दमाईले अ.प्र.पोष्ट सुर्पाल रोल्पामा ल्याई बुझाएको,निज कैदिलाई ऐ.१२;२० बजेको समयमा इ.प्र.का.होलेरी रोल्पामा ल्याई राखिएको ।

 

उदयपुर, उदयपुर ०६।१७ गते अ.२२:५५ बजेको समयमा जिल्ला उदयपुर त्रियुगा न.पा. वडा नं ०२ शिवालय मन्दिर नजिक झै-झगडा भएको भन्ने खबर प्राप्त हुनसाथ तत्काल प्रचौ. जोगिदह उदयपुरबाट प्र.स.नि. दिनेश कुमार साह (९८५२८३५५१७) को कमाण्डमा प्रहरी टोलि खटि गई बुझ्दा ऐ. त्रियुगा न.पा. वडा नं १ घर भई बर्ष अ. ३१ को दिलिप परियार (ज.ज.क. मुद्धामा नख्खु कारागार ललितपुरमा थुनामा रहेको बन्दी मिति २०८२।०५।२४ गते GEN-Z आन्दोलनको क्रममा भागी ऐ. ऐ. बस्ने वर्ष अ.५१ को भिम बहादुर परियार सानो बुवा नाता पर्नेको घरमा लुकिछिपि बस्दै आएको) र ऐ.त्रियुगा न.पा. वडा नं १ बस्ने मन कुमार परियारको छोरा वर्ष अ. १७ को विजय परियारले बाटोमा हिड्दै गरेको ऐ. त्रियुगा न.पा. २ बस्ने उदिम राईको छोरा वर्ष अ.१५ को सन्देश राई र निजकै घरमा पाहुना आएकी जिल्ला सर्लाही लालबन्दी न.पा.वडा नं ०७ बस्ने वर्ष अ. ३४ की कविता बस्नेत दुबै जनालाई हातपात गरेको निज कविता राईको टाउकोमा टुटुल्को उठेको, र सन्देशको आँखामाथि चोट दुबै जनालाई उपचारको लागी जिल्ला अस्पताल उदयपुर गाईघाट पठाएको, दुबै जनाको अवस्था सामान्य रहेको, कुट्ने व्यक्ति दुबैजना मानिस जिप्रका उदयपुरमा ल्याई थप अनुसन्धान भइरहेको,उक्त स्थान प्र.चो. जोगिदह उदयपुरबाट अ.२ कि.मि. पुर्व ।

 

काठमाडौं, मिति २०८२।०५।२३ र २४ गते जेन्जि आन्दोलनको क्रममा वृत्त नयाँ बानेश्वरको हिरासतमा रहेका प्रतिवादीलाई खोज तलासकोक्रममा चोरी सम्बन्धी कसुर मुद्दामा अनुसन्धमा रहेको प्रतिवादी जिल्ला काभ्रपलान्चोक धुलिखेल न.पा.०८ स्थायी वतन भई बस्ने बर्ष ३२ को सरोज भुजेललाई मिति २०८२।०६।१७ गते अं. १८:४५ बजे का.जि.का.म.न.पा. ३२ गैरीगाउँ तिनकुने स्थित निजलाई फेला पारी निजलाई पक्राउ गरि आवश्यक कारबाहीका लागी जिल्ला प्रहरी परिसर काठमाण्डौमा पठाईएको । उक्त स्थान वृत्त नयाँ बानेश्वरबाट ५०० मिटर पुर्ब । निजको साथबाट बरामद भएका सामानहरुः-१) हातमा लगाउने फलामकोनक । २) लागु औषध जस्तो देखिने पदार्थ २ पिस । ३) बिलेट थान-१ ।

 

बालबालिका हराई बेपत्ता,

ललितपुर, महालक्ष्मी नगरपालिका वडा नम्बर ०८ लुभु ज्याकटा स्थित voice 0f children नामक बालसुधार गृहबाट निम्न नामथर हुलिया अमन गुरुङ ,उमेर :- १५ वर्ष, उचाई :- ६ फिट, बर्ण :- गहुगोरो, हुलिया :- खैरो कलरको बक्स पाइन्ट, सेतो र कालो मिक्स कलरको टिसर्ट, जुत्ता लगाएको र नाम :- मनोज थापा, उमेर :- १५ वर्ष, उचाई :- ५.३ फिट, बर्ण :- गहुगोरो, हुलिया :- कालो कलरको बक्स पाईन्ट, सेतो र कालो कलरको मिक्स भेष्ट लगाएको बालकहरु हराएको भनि पिडित (कर्मचारी) देव राज बराल (९८४५६०१४०९) ले मिति २०८२।०६।१७ गते १५:५० बजेको समयमा प्रहरी प्रभाग लुभु मा आई मौखिक जानकारी गराएको । उक्त स्थान प्रहरी प्रभाग लुभुवाट अं. १ कि.मि. पुर्व पर्ने ।

 

कैलाली, धनगढी उप-महानगरपालिका १ स्थित रहेको कारागार कार्यालय कैलालीबाट Gen-Z समुहको आन्दोलनको क्रममा मिति २०८२।०५।२४ गते भागी फरार रहेको जि.कैलाली चुरे गा.पा.६ सहजपुर बस्ने बर्ष २९ कि कल्पना राना कर्तव्य ज्यान मुद्दाकि कैदी स्वयम कारागारमा आई बसेको भनि सोही गार्डमा खटिएको प्र.ब.ना.नि. ले जानकारी गराएको, उक्त स्थान जिल्ला प्रहरी कार्यालय कैलालीबाट अं.५०० मिटर पश्चिम दक्षिण पर्ने ।

 

कैलाली, धनगढी उप-महानगरपालिका १ स्थित रहेको कारागार कार्यालय कैलालीबाट Gen-Z समुहको आन्दोलनको क्रममा मिति २०८२।०५।२४ गते भागी फरार रहेको जि.कैलाली गोदावरी न.पा.५ बस्ने बर्ष २६ को मनोज राना ला.औ. मुद्दाको थुनुवा स्वयम कारागारमा आई बसेको भनि सोही गार्डमा खटिएको प्र.ब.ना.नि.ले जानकारी गराएको, उक्त स्थान जिल्ला प्रहरी कार्यालय कैलालीबाट अं.५०० मिटर पश्चिम दक्षिण पर्ने।

 

झै-झगडा,

धनुषा , जनकपुर उ.म.न.पा.२० देवपुरा रुपैठा स्थितमा रहेको दुर्गा मन्दिरबाट अं.३००/३५० जनाको संख्यामा दुर्गा माताको मुर्ती सेलाउनको लागी र्याहली शुरु भएको,उक्त र्या५ली सोही स्थानबाट सिक्स लाईन-बसैयामोड-रुपैठा-भिसा महला-झण्डा पोखरी-ब्राह्मण टोल-तेलिया पोखरी-जनताचोक-साहुजी पट्टी-निमचोक-गंगुलीपुल स्थित जलद नदीमा मुर्ती सेलाउने भन्ने बुझिएको,उक्त स्थानमा प्र.चौ.हनुमाननगरबाट प्र.ना.नि.को कमाण्डमा ४ जना, तालुक जि.प्र.का.धनुषाबाट प्र.नि.को कमाण्डमा ५६ जना र स.प्र.ना.नि.को कमाण्डमा २१ जना गरी जम्मा ८१जानको टोली खटि गएको,उक्त स्थान प्र.चौ.हनुमाननगरबाट अं.३ कि.मि.दक्षिण पश्चिम पर्ने । थप टिपोटः-माथि उल्लेखित बिषयमा रूपैठाको मस्जिद अगाडी पुग्दाऐ.१६:१५ बजेको समयमा हिन्दु र मुस्लिम दुई समुदायका अं.५०० /७०० जनामानिसहरूको संख्यामा भोजपुरी गित बजाएको बिषयलाई लिई दुबै पक्ष बिच बादबिवाद भई उक्त भिडको मानिसहरुले प्रहरी माथि ढुंगा मुडा गरिरहेको, सम्झाई बुझाई कार्य भई रहेको उक्त स्थानमा इ.प्र.का.खजुरी धनुषाबाट प्र.नि.को कमाण्डमा थप २५ जना गरी जममा १०६ जनाको टोली खटिएको हालको अवस्था तनाब पुर्न रहेको। थप टिपोटः- माथि उल्लेखित झडपमा निम्न प्र.क.र स्थानियहरु घाईते भई प्रादेशिक अस्पताल जनकपुरमा उपचार भईरहेको,उक्त स्थानमा भिडलाई नियन्त्रणमा पार्नको लागी नेपाल प्रहरीको तर्फबाट २३ सेल Tear ग्यास फायर भएको २३ राउण्ड मध्ये जि.प्र.का.धनुषाको १३ , इ.प्र.का.खजुरीको २ , तालुक मधेश प्रदेश प्रहरी गण जनकपुरको ८ राउण्ड फायर भएको र घर र पसलहरुमा क्षति र आगजनी समेत भएको,क्षतिको विवरण आउन बाँकी रहेको,उक्त स्थानमा जि.प्र.का.धनुषा,मधेश प्रदेश प्रहरी गण जनकपुर,नेपाल प्रहरी विशेष सुरक्षा गण ढल्केवर,विपद प्रहरी गुल्म धनुषा र मातहत समेत गरी प्र.नि.को कमाण्डमा जम्मा १७५ जना र सशस्र प्रहरी वल नं.८ गण हे.क्वा,मुजेलियाबाट स.प्र.ना.उ.को कमाण्डमा १०० जना गरी जम्मा २७५ जनाको टोली खटि गएको,हालको अवस्था सामान्य रहेको साथै उक्त झडप भएको स्थानमा निषेधज्ञा जारी भएको पत्र यसै साथ संलग्न राखी पठाईएको,मुर्ती सेलाउने स्थानमा पुगी सेलाउने कार्य भईरहेकोअन्य वि.वि.पछि निम्नः- १) प्र.प्र.नि.विवेक रसाईलीको अनुहारमा चोट लागी सामान्य घाईते भई प्रादेशिक अस्पताल जनकपुरमा सामान्य उपचार पश्चात डिस्चार्ज भई जि.प्र.का.धनुषामा आएको । २) प्र.नि.संजिव कुमार यादवको I-phone मोवाईल थान-१ फुटेको । ३) स.प्र.ज.शन्त बहादुर वाईवा सामान्य घाईते भई उपचार पश्चात कार्यालयमा रहेको । ४) जिल्ला धनुषा जनकपुर उ.म.न.पा.२० बस्ने नथुनी मण्डलको छोरा अं.वर्ष ६५ को रामपृत मण्डलको टाउको,ढाड र शरिरको विभिन्न भागमा चोट,अवस्था मध्यम रहेको । ५) ऐ.ऐ.बस्ने वुद्धन पंडितको श्रीमती अं.वर्ष ४५ की उर्मिला पंडितको टाउको,ढाड र शरिरको विभिन्न भागमा चोट,अवस्था मध्यम रहेको । थप टिपोटः- माथि उल्लेखित मुर्ती ऐ.१९;३० बजेको समयमा मुर्ती सेलाउने स्थानमा सेलाएको ।

 

सर्लाही, गोडैता न.पा.७ स्थित बाटोमा जि.सर्लाही रामनगर गा.पा.५ बस्ने अं.बर्ष ३५ को अनिल यादब (ठेकेदार) र ऐ.गोडैता न.पा.६ बस्ने कारिल यादब संग दुर्गा पुजाको चन्दाको बिषयमा वादबिवाद भई झगडा हुँदा कारिल यादब घाईते भएकोले उपचारार्थ प्रादेशिक अस्पताल मलंगवा तर्फ पठाईएको र सोही बिषयलाई लिएर ऐ.१८;३५ बजेको समयमा अनिल यादबलाई छलफलको लागी प्र.चौ. गोडैतामा बोलाएकोमा सोही समयमा ऐ.वडा न.७ का वडा अध्यक्ष छोटेलाल भन्ने दिनेश यादब र निजको भाई समेतले स्थानिय मानिसहरुलाई साथमा लिई आई चौकी भित्र प्रवेश गरी अन्धाधुन्ध ढुङगामुढा प्रहार गर्दा चौकीमा कार्यरत (दरवन्दी जि.प्र.का. सप्तरी अ.अ. शाखा, कम्प्युटर कोड नं.४३७७५३) प्र.ना.नि. अवधेश प्रसाद यादबको मुखमा चोट लागी २ वटा दाँत भाँचिनुका साथै निम्न प्रहरी कार्मचारी समेत घाईते भएको र कार्यालयको मो.सा.मा क्षती पुगेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. गडहिया बाट प्र.नि. उज्जवल कार्की (९८५४०७९४४४) को कमाण्डमा खटिएको टोलीले घाईते प्र.ना.नि.लाई तत्कालै उपचारको लागी प्रादेशिक अस्पताल मलंगवा तर्फ पठाईएको, उक्त स्थान जि.प्र.का. सर्लाही बाट अं.१० कि.मि. पश्चिम पर्ने । निम्नः- (स्थानिय मेडिकलमा उपचार पश्चात कार्यालयमा फिर्ता भएको) १. प्र.ब.ह. होरिल प्रसाद यादबको दाहिने तिघ्रामा चोट, अवस्था सामान्य । २. प्र.स.ह. जय प्रकाश नारायण साहको बाँया हातमा चोट, अवस्था सामान्य । ३. प्र.स.ह. नन्दलाल ठाकुर दाँया हातको पाखुरामा चोट, अवस्था सामान्य । ४. प्र.ज. प्रकाश यादबको दाहिने खुट्टामा चोट, अवस्था सामान्य । ५. प्र.ज. शिवजी रायको दाहिने पंजामा चोट र बाँया हातको पंजामा चोट अवस्था सामान्य ।

 

बांके, बाँके जिल्लाको बिभिन्न स्थानहरुमा स्थापना गरिएका दुर्गा मुर्तिहरु राप्ति नदी तथा बिभिन्न घाटहरुमा बिसर्जनका लागि स्थापना गरेको स्थान देखि उठाउने कार्य शुरु भएको, उक्त स्थानहरुमा जि.प्र.का.बाट प्र.उ.को कमाण्डमा ११०० जना लुम्बिनी प्रदेश स.प्र. गण खजुराबाट प्र.नि. को कमाण्डमा १५० जना, नेपाल प्रहरी बिशेष सुरक्षा गण सुर्खेत हाल कोहलपुरबाट प्र.ना.नि.को कमाण्डमा ५० जना गरी जम्मा १३०० जनाको प्रहरी टोली र ३० नं. गण हे.क्वा. बाग्यश्वरीबाट स.प्र.उ.को कमाण्डमा ३४७ जनाको टोली समेत खटिएको, कुल मुर्ति स्थापना संख्या ४०३ रहेकोमा ऐ.१५:२० बजे जि.बाँके नेपालगंज उ.म.न.पा.१५ सुइया स्थित दुर्गा मुर्ति ल्याई परिक्रममा गर्ने क्रममा हिन्दुहरुले मुस्लिम समुदायको मस्जिदतमा अबिर फालेको बिषयलाई लिएर विवाद भइ ढुंगामुडा हुँदा दुवै पक्षका ३० जना मानिसहरु घाइते भएको, उक्त स्थानमा इ.प्र.का.जमुनाहबाट प्र.नि.को कमाण्डमा ४५ जना टोली खटी गएको, घाईतेहरूको उपचार पश्चात २६ जना डिस्चार्ज भएको र बाँकी ४ जनाको उपचार भईरहेको, अवस्था १ मध्यम ३ सामान्य रहेको,  प्र.क. तर्फ प्र.नि. सहित ५ जना घाईते भएकोमा उपचार पश्चात डिस्चार्ज भएको, हालको अवस्था सामान्य रहेको ।

सम्बन्धित समाचार
मिति २०८२।१२।१८ गते ०५:०० बजे देखि २०८२।१२।१९ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-१९

ज.ज.क./बाल यौनदुर्व्यहार,झापा, बिर्तामोड न.पा.४ पुरानो भद्रपुररोड स्थित बाबुराम घिमिरेको घरमा डेरी गरी बस्ने ऐ.मेचीनगर न.पा.४ घर भएको अं.वर्ष ४५ को रबिन न्यौपानेले सोही घरमा डेरा गरी बस्ने ऐ.कनकाई न.पा.८ घर भएको भुपाल पौडेलको छोरी अं.वर्ष १३ की आर्जु पौडेललाई ललाई फकाई आफ्नो कोठाभित्र बोलाई यौन दुर्व्यवहार गरेको भन्ने मौखिक ऐ.२२:०० बजे इ.प्र.का.अनारमनीमा जानकारी प्राप्त हुनासाथ प्र.ना.नि.को कमाण्डमा टोली खटी गई निज रबिन न्यौपानेलाई नियन्त्रणमा लिई इ.प्र.का.अनारमनीमा ल्याई आवश्यक अनुसन्धान भईरहेको र निज बालिकालाई दिदी आकृती पौडेलको जिम्मामा बुझाई पठाईएको, ऐ.१९ गते बिहान पीडित पक्ष इ.प्र.का.अनारमनीमा आई जाहेरी दिने, कर्तव्य ज्यान,मकवानपुर, मिति २०८२।१२।१० गते अं.०८:३० बजे भिमफेदी गा.पा.९ बास्की टोल बस्ने ठाकुर बर्तौला (कान्छो छोरा) को श्रीमती वर्ष ४२ की कुसुम महत्तोले आफ्नै सासुआमा वर्ष ६९ की अम्बिका बर्तौलालाई घरायसी विषयमा सामान्य विवाद हुँदा कुटपिट गरी मुख, दुवै हात, ढाड र टाउकोमा चोट लागी घाईते भएकोमा ऐ.१२ गते अं.०९:३० बजे उपचारको लागि हेटौडा अस्पताल मकवानपुरमा ल्याई उपचार पश्‍चात सोही दिन डिस्चार्ज पश्‍चात अम्बिका बर्तौला माईलो छोरो शम्भु बर्तौलाको घर ऐ.हेटौडा उ.म.न.पा.७ शान्तिटोल स्थित गई बसेकोमा ऐ.१६ गते स्वास्थ्यमा असहज भए पछी पुन: उपचारको लागि हेटौडा अस्पताल ल्याएकोमा  सोही दिन हेटौडा अस्पतालबाट थप उपचारको लागी काठमाण्डौ रिफर भएकोमा काठमाण्डौ नलगि ऐ.हेटौडा उ.म.न.पा.७ स्थित बस्ने छोराको घरमा लगी राखेकोमा ऐ.१८ गते अं.१२:१० बजे मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा soco सहित टोली खटी गई मुचुल्का लगायत कार्य पुरा गरी शव पो.मा.को लागी हेटौडा अस्पताल मकवानपुर पठाएको, बुहारी कुसुम कुमारी महत्तोलाई नियन्त्रणमा लिई जि.प्र.का.ल्याईएको । प्र.क.झुण्डी मृत्यु,कास्की, पोखरा म.न.पा.७ पार्दी स्थित भट्टराई पोल्टी फम नजिक रुपा तामाङको घरमा डेरा गरी बस्ने जि.तनहुँ बन्दिपुर गा.पा.घर भएका नेपाल प्रहरी प्रदेश कार्यालय सशस्त्र प्रहरी सेनामुख पोखरा, कास्की दरबन्दी भई हाल गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा कार्यरत प्र.का.स.वर्ष ३५ को दिलिप उपाध्याय (कम्प्युटर कोड ५५१५३८) आफू बस्ने डेरा नजिकै रहेको खाल्सेको रुखमा जुत्ताको तुनाको पासो लगाई झुण्डिएको अवस्थामा देखी निजको श्रीमती वर्ष २८ की मनिषा सुवेदी लगायत छिमेकीहरूले पासो फुकाई उपचारको लागि गण्डकी मेडिकल कलेज पठाएकोमा ऐ.१०:११ बजे डाक्टरले मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, उक्त स्थानमा व.प्र.का.बैदामबाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गएको, । ला.औ., धनकुटा, प्र.चौ.मुलघाटबाट प्र.स.नि.को कमाण्डमा खटिएको  टोलीले  धनकुटा न.पा.९  स्थित त्रिवेणी-मुलघाट भित्री सडकमा त्रिवेणीबाट मुलघाट तर्फ आउँदै गरेको प्रदेश १-०२-०४७ प ६९८१ नं.को मो.सा.र सोहि दिशाबाट आउँदै गरेको को २१ प ९५६५ नं.को मो.सा.मा सवार व्यक्तिहरुले गस्ती टोली देखी मो.सा.छोडी भाग्ने क्रममा प्रदेश १-०२-०४७ प ६९८१ नं.को मो.सा.चालक शहिदभूमी गा.पा. ७ बस्ने वर्ष २२ को शुसान राईलाई नियन्त्रणमा लिई मो.सा.पछाडि बाँधेको जेब्रा झोला खोली हेर्दा ला.औ.गाँजा अं. १९.८५० के.जी.गाँजा (झोला सहित)  र को २१ प ९५६५ को मो.सा.पछाडि बाधेको जेब्रा खोली हेर्दा ला.औ.गाँजा अं.२४.१४० के.जी. गाँजा (झोला सहित) गरी जम्मा ४३.९९० के.जी गाँजा (झोला सहित) नियन्त्रणमा लिएको, को.२१ प ९५६५ नं.को मो.सा.चालक र पछाडि सवार फरार रहेको खो.त.कार्य भईरहेको, जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गई आवश्यक कारवाहीको लागी जि.प्र.का.ल्याएको,

मिति २०८२।१२।१७ गते ०५:०० बजे देखि २०८२।१२।१८ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-१८

ज.ज.क./ बाल यौन दुर्ब्यवहार,पाल्पा, मिति २०८१।०६।०३ गते देखि विभिन्न स्थान र समयमा पटक पटक करणी गर्दै आएकोमा अन्तिम पटक मिति २०८२।०९।२३ गते राती अं.२१:०० बजे रिब्दिकोट गा.पा.७ बतासे स्थित प्रतिवादी शिव बहादुर लम्तरीले संचालन गरेको जलेश्वर फाष्टफुड एण्ड खाजा घरको कोठामा ऐ.बस्ने वर्ष २२ को शिव बहादुर लम्तरीले ऐ. रिब्दिकोट गा.पा.८ बस्ने वर्ष १९ की महिलालाई ज.ज.क. गरेको भनी  ऐ.१२।१७  गते ११:०० बजे जि.प्र.का.मा आई पीडितले लिखित जाहेरी दिएको हुँदा जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, निजलाई शिव बहादुर लम्तरीलाई प्र.चौ. दोभान को एरियाबाट नियन्त्रणमा लिई मेडिकल गरी जि.प्र.का. पाल्पाको हिरासत कक्षमा राखिएको  । दाङ,गढवा गा.पा.६ स्थित जन्ता मा.बि. गढवाको खेल मैदानमा जि.जाजरकोट भेरी न.पा.४ घर भई हाल जि.दाङ गढवा गा.पा.६ गढवा बजारमा तरकारी पसल गर्दै आईरहेकी महिलाकी छोरी वर्ष १४ की बालिकालाई ऐ. गढवा गा.पा.६ गढवा बस्ने अं.वर्ष १९ को रोहित सुनारले केहि कुरा गर्नुछ भनी ऐ.१२।१६ गते अं.२१:०० बजे ललाई फकाई लगी यौन दुर्ब्यबहार गरेको भनी पीडितको दाईले ऐ.१२।१७ गते इ.प्र.का.गढवामा लिखित जाहेरी दिए पश्चात प्र.नि.को कमाण्डमा टोली खटी गई पीडक रोहित सुनारलाई निजको घरमा फेला पारी नियन्त्रणमा लिएको । काठमाडौं, जि.सिन्धुपालचोक  ईन्द्रावती गा.पा.२ घर भई हाल का.म.न.पा.१५ स्वयम्भु बस्ने वर्ष २७ की महिलालाई का.म.न.पा.१५ स्वयम्भु बस्ने वर्ष ४० को गौरव श्रेष्ठले बिगत ७ वर्ष देखि ऐ.१५ स्थित आफ्नो घरको शौचालय नजिकैको कोठामा लिई अन्तिम पटक २०८२।९।४ गते जबरजस्ती करणी गरेको भनी जाहेरी ऐ.१२।१६ गते १५:०० बजे जिल्ला प्रहरी परिसर महिला वालवालिका तथा जेष्ठ नागरीक सेवा केन्द्र भद्रकालीमा जानकारी गराए पश्चात प्रहरी टोलि खटिगई थप अनुसन्धान भईरहेको, पीडक फरार खो.त.भईरहेको । झापा, मिति २०८२।१२।१६ गते अं.००:०० बजे अर्जुनधारा न.पा.६ स्थित खाली जमिनमा वर्ष १४ की बालिकालाई ऐ.बस्ने वर्ष २८ को पुरुषले ज.ज.क गरेको भनी पीडितको दिदीले मिति २०८२।१२।१७ गते १६:०० बजे इ.प्र.का.अनारमनीमा लिखित जाहेरी दिए पश्चात इ.प्र.का.अनारमनीबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । बाँके, मिति २०८२।१०।२१ गते अं.२२:३० बजे राप्ती सोनारी गा.पा.८ स्थित ढकेरी जंगलमा वर्ष अं.१८ की बालिकालाई ऐ.न.पा.५ रझेना बस्ने वर्ष अं.२१ को आशिष थारु, ऐ.६ बस्ने वर्ष अं.२७ को सन्दिप थारु, ऐ.६ बस्ने वर्ष अं.२१ को निरज थारु र ऐ.बस्ने वर्ष अं.१६ को बालकले सामुहिक ज.ज.क.गरेको भनी मिति २०८२।१२।१७ गते अ.१७:०० बजे पीडितले इ.प्र.का.कोहलपुरमा जाहेरी दरखास्त दिएको हुदा इ.प्र.का.कोहलपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई जाहेरीमा उल्लेखित ४ जनालाई नै निजहरुकै घर वतन बाट नियन्त्रणमा लिई स्वास्थ्य परिक्षण पश्चात आवश्यक अनुसन्धानको लागी इ.प्र.का.कोहलपुर बाँकेंमा राखिएको, पीडितको अवस्था सामान्य रहेको । प्रहरी कर्मचारीको मृत्यु,पर्सा, ने.प्र.प्र.का.वीरगंज पर्सा  संचार दरबन्दी भई कार्यरत प्रहरी हवल्दार चन्दन तिवारी बिरामी भई ऐ.१५ गते उपचारको लागि नारायणी सेन्ट्रल अस्पताल वीरगंज हुँदै थप उपचारको लागि नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाण्डौमा उपचारको लागि पठाईएकोमा उपचारको क्रममा ऐ.१७ गते १३:५५ बजे उपचारको क्रममा निजको मृत्यु भई सदगतको लागि पर्सा तर्फ लिई गएको । चिनिया नागरीक नियन्त्रणमा,रसुवा, गोसाईकुण्ड गा.पा.२ रसुवागढी स्थित नेपाल चीन सिमा नजिक रसुवागढी नाकामा चीनबाट नेपाल तर्फ आँउदै गरेको पैदल यात्री HUANG BINCHENG नाम गरेका EP1211946 नं. पासपोर्ट भएका चाईनिज नागरिकलाई इ.प्र.का.टिमुरेबाट प्र.नि.को कमाण्डमा र  सशस्‍त्र प्रहरी बल नेपाल वि.ओ.पि. टिमुरेबाट स.प्र.ना.नि.को कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा निज चिनियाँ नागरिकले सुटकेसमा लुकाई छिपाई अबैध रुपमा ल्याएको चाईनिज अक्षरबाट लेखिएको सुन जस्तो देखिने पहेँलो धातु A83257 FINE GOLD CORPORATION लेखिएको 1 KILO GOLD BAR 999.9, (अं. तौल ४०१.३१ ग्राम) , चाईनिज अक्षरबाट लेखिएको सुन जस्तो देखिने पहेँलो धातु AU9999 100g (अं. तौल १०९.०६ ग्राम) र चाँदी जस्तो देखिने सेतो चाईनिज अक्षरबाट लेखिएको धातु Ag9999 (अं. तौल १.०५० के.जि.)  र चाँदी जस्तो देखिने सेतो चाईनिज अक्षरबाट लेखिएको धातु (अं. तौल १४२.९७ ग्राम) भएको धातुहरु फेला परेकोले उक्त धातुहरु सहित निजलाई नियन्त्रणमा लिई इ.प्र.का.टिमुरेमा ल्याई अनुसन्धान कार्य भईरहेको, उक्त धातुहरुको परिक्षण हुन बाँकी रहेको । ला.औ., कास्की, पोखरा म.न.पा.१८ सेदी वडा एरियामा नेपाली तथा भारतीय नागरिकहरुले संयुक्त अबैध रुपमा डान्स पार्टी चलाई उक्त पार्टीमा बिभिन्न लागु औषधहरुको कारोवार एवं सेवन गर्दै आएको भन्ने सूचनाको आधारमा जि.प्र.का.कास्कीबाट प्र.ना.उ.को कमाण्डमा, व.प्र.का.बैदामबाट प्र.ना.उ.को कमाण्डमा र ला.औ.नि.ब्युरो पोखरा कास्कीबाट प्र.ना.नि.को कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले ३८ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिएकोमा ब्राजिलका नागरिक वर्ष ४८ का Charles Da- Silva-Gouva. को साथबाट LSD (Lysergic acid diethylamide) जस्तो देखिने झोलमा ४ ML, कोकिन जस्तो देखिने १.२० ग्राम, जि.कास्की पोखरा म.न.पा.५ प्रस्याङ बस्ने वर्ष २५ आशिष दर्जीको साथबाट लागु औषध चरेश जस्तो देखिने ७.८५ ग्राम, जि.कास्की पोखरा म.न.पा.६ लेकसाईड बस्ने वर्ष ३२ को वमेन्द्र पुनको साथबाट खात जस्तो देखिने २८५ ग्राम, जि.काठमाण्डौ बस्ने वर्ष २१ को निकुञ्ज सिंह कार्कीको साथबाट पेपर LSD (Lysergic acid diethylamide) जस्तो देखिने २ वटा, जि.दाङ वतन भएको वर्ष २९ को सौरभ महराको साथबाट रु.१००० को नोटमा रहेको कोकिन जस्तो देखिने १.२४ ग्राम, ICE (amphetamine) जस्तो देखिने १.३ ग्राम, जि.कास्की पोखरा म.न.पा.६ लेकसाईड बस्ने वर्ष २७ को विशाल परियारको साथबाट लागु औषध चरेश जस्तो देखिने ८.३२ ग्राम, कोकिन जस्तो देखिने सेतो धुलो ०.२५० ग्राम, भारत घर भएकी वर्ष ३१ की सृष्टी चन्द्राको साथबाट MDMA लेखिएको ट्यावलेट २, भारत घर भएको वर्ष ३५ को अनुभव शर्माको साथबाट लागु औषध चरेश जस्तो देखिने ला.औ. ७८.२२ ग्राम, पोल्याण्ड जस्तो देखिने ३३.९० ग्राम ला.औ.,कोकिन जस्तो सेतो धुलो १.२८ ग्राम ला.औ. सहित निजहरु ८ जना नेपाली तथा विदेशी नागरिकहरुलाई ला.औ.सहित फेला पारी नियन्त्रणमा लिई व.प्र.का.बैदाममा राखिएको, ४ जना व्यक्तिलाई अभ्रद्र व्यवहारमा मुद्धा चलाएको, २६ जनालाई आफन्तको जिम्मा लगाई छाडिएको  ।

मिति २०८२।१२।१६ गते ०५:०० बजे देखि २०८२।१२।१७ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-१७

ज.ज.क./बाल यौनदुर्व्यहार,ईलाम, मिति २०८२।११।१३ गते ११:०० बजे देउमाई न.पा.३ सुर्के स्थित ऐ.बस्ने वर्ष ४० को राजु बि.क.ले ऐ.बस्ने वर्ष ४० की महिलालाई ज.ज.क.गरेको भनी ऐ.१६ गते इ.प्र.का.मंगलबारेमा लिखित निवेदन दिनासाथ प्र.ना.नि.को कमाण्डको खटिएको टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको, । झापा, अर्जुनधारा न.पा.६ लक्ष्मिपुर स्थित ऐ.बस्ने वर्ष ५ की बालिकालाई ऐ.बस्ने वर्ष १३ को बालकले ज.ज.क.गरेको भनी पीडितको आमाले ऐ.१६ गते १५:०० बजे इ.प्र.का.अनारमनीमा जाहेरी दिएको हुँदा प्र.चौ.शनिश्चरेबाट प्र.ब.ना.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई इ.प्र.का.अनारमनीमा राखी आ.अ.भइरहेको, । बालिका मृत फेला,दाङ, मिती २०८२।१२।१२ गते अं.१४:०० बजे बबई गा.पा.३ हंशपुर बस्ने बिटु खत्रीको छोरी वर्ष १४ की अनु खत्री घरबाट साथीको जन्म दिन मनाउन जान्छु भनी गएकोमा निज बालिका हाल सम्म घर परिवारको सम्पर्कमा नरहेको भनी प्र.चौ.पुरन्धारा दाङमा जानकारी गराए पश्चात मिति २०८२।१२।१३ गते निज बालिका हराएको भनी इ.प्र.का.तुलसीपुर दाङले हुलिया परिपत्र गरेकोमा स्थानीय र प्र.चौ.पुरन्धाराबाट प्र.ह.को कमाण्डमा खटिएको ५ जनाको प्रहरी टोलीले निज बालिकालाई खो.त.गर्दै जाने क्रममा ऐ.१६ गते १०:३० बजे ऐ.बबई गा.पा.४ सल्ली कोट जंगलमा मृत अवस्थामा फेला पारेको, कानुनी प्रकृयाको लागि इ.प्र.का.खिलतपुरबाट प्र.नि. र इ.प्र.का.तुलसीपुरबाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गई कानूनी प्रकृया पुरा गरी शव पो.मा.को लागि राप्ती प्रादेशिक अस्पताल दाङ पठाईएको । कैदी मृत्यु,ललितपुर, कारागार कार्यालय नख्खु ललितपुरमा नँया ब्लकमा बैकिङ कसूर मुद्दामा कैद भुक्तान गरिरहेका जि.स्याङ्जा विरुवा गा.पा.८ वतन भएका मान बहादुर गुरुङको छोरा वर्ष ५२ का बिर बहादुर गुरुङ बिरामी भएकोले कारागार कार्यालय नख्खु ललितपुरको चलानी नम्बर ३१९३ मिति २०८२।१२।१६ गतेको पत्रादेशानुसार मुटुमा समस्या भई उपचारको लागी विर अस्पतालको ईमरजेन्सी विभाग काठमाण्डौ पठाएकोमा उपचारको क्रममा मिति २०८२।१२।१६ गते ११:५५ बजे निज कैदीको मृत्यु भएको भनी जानकारी प्राप्त भएको, शव ऐ.अस्पतालमा रहेको । ला.औ., बारा, जितपुर सिमरा उ.म.ना.पा.-१० नितनपुर स्थित इ.प्र.का.सिमरा र इ.प्र.का.जितपुरबाट खटिएको संयुक्त टोलीले बिरगंजबाट सिमरा तर्फ आउँदै गरेको ईलेक्ट्रिक स्कुटिलाई गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा स्कुटी चालक जि.पर्सा बिरगंज म.न.पा.२१ परवानीपुर बस्ने सत्यनारायण साहको छोरा अं.वर्ष २५ को अनिल साहको साथबाट ६ ग्राम २१० मिलिग्राम ब्राउन सुगर फेला परेकोले उक्त ला.औ.र ईलेक्ट्रिक स्कुटि सहित निजलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको, उक्त स्थान इ.प्र.का.जितपुर बाट अं.६ कि.मि.दक्षिण पर्ने ।

मिति २०८२।१२।१५ गते ०५:०० बजे देखि २०८२।१२।१६ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-१६

कर्तव्य ज्यान,कालिकोट, नरहरीनाथ गा.पा. वडा नं. ३ कुमाल गाउँ बस्ने बर्ष अं.२९ को काशिराम बुढाको घरमा ४ जना अपरिचित ब्यक्तिहरु आई मेरो श्रीमति बर्ष २७ कि मानपुरा बुढा लाई कुटपिट गरी मारेको भनि निजले इ.प्र.का. कुमालगाउँ कालिकोटमा आई जानकारी गराउना साथ इ.प्र.का. कुमालगाउँ कालिकोट  बाट प्र.ना.नि. रक बिर के.सी.को कमाण्डमा टोली खटीगएको , थप अनुसन्धानको लागी जि.प्र.कालिकोट बाट प्र.नि. को कमाण्डमा (SOCO) सहित टोली खटिगएको , श्रीमानलाई नियन्त्रणमा लिईएको, थप बिवरण पछि जाहेर गरिने । ज.ज.क./ज.ज.क.उद्योग,कैलाली, धनगढी उ.म.न.पा.१४ बस्ने वर्ष २१ को राजेश सि.के.ले ऐ.१५ कनरी बस्ने वर्ष १४ की बालिकालाई  ऐ.८ तौलाह ताल नजिकै कोठामा बोलाई ज.ज.क.गरेको भनी पीडितको आमाले ऐ.१५ गते ११:१० बजे जि.प्र.का.मा जाहेरी दिएको हुँदा प्र.व.ना.नि.को कमाण्डमा टोली खटी गई आवश्यक अनुसन्धान भइरहेको, पीडक फरार रहेकोले खो.त.भईरहेको, पीडितलाई यौनजन्य स्वास्थ्य परीक्षणको लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएकोमा स्वास्थ्य परीक्षण पश्चात आफन्तको जिम्मा बुझाई पठाएको । कैलाली, मिति २०८२।०७।१२ गते अं.१९:०० बजे जि.कैलाली जानकी गा.पा.७ टिक्लीगढ स्थित ऐ.ऐ. बस्ने वर्ष १५ कि बालिकालाई ऐ. बस्ने वर्ष २१ को अमन चौधरीले निजलाई घर नजिकै रहेको खेतमा राखेको परालको थुप्रोमा लगि ज.ज.क.गरेको भनि पिडितको आमाले मिति ऐ.१२।१५ गते १९:३० बजे इ.प्र.का. टिकापुर कैलालीमा जाहेरी दर्खास्त दिए पश्चात इ.प्र.का.टिकापुर कैलालीबाट प्र.व.ना.नि. को कमाण्डमा टोली खटी गई अमन चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सल्यान, मिति २०८२।१२।१३ गते २०:०० बजे वनगाड कुपिण्डे न.पा.७ बस्ने वर्ष १७ की बालिकालाई ऐ.बस्ने वर्ष ४० को जितेन्द्र कुमार शाहले ज.ज.क.उद्योग गरेको भनी पीडितको आफन्तले ऐ.१५ गते जि.प्र.का.मा निवेदन पेश गरेको हुँदा प्र.स.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई जि.प्र.का.सल्यानमा राखी आवश्यक अनुसन्धान भइरहेको । संखुवासभा, मिति २०८२।१२।०४ गते अ.१६:०० बजे, चैनपुर न.पा.७ सातघुम्ती स्थितमा ऐ.फलाटे बस्ने चन्द्र बहादुर कार्कीको छोरा वर्ष १९ को निसान कार्कीले  ऐ. बस्ने  वर्ष १२ की  वालिकालाई ललाई फकाई गरी जबरजस्ती करणी गरेको भनि आज मिति २०८२।१२।१५ गते इलाका प्रहरी कार्यालय चैनपुर संखुवासभामा ऐ.१७:०० बजे जाहेरी दरखास्त दिएको हुदाँ इ.प्र.का.चैनपुर संखुवासभाबाट खटिएको प्रहरी टोलीले निजलाई नियन्त्रणमा लिई इ.प्र.का.चैनपुर संखुवासभामा ल्याई आवश्यक अनुसन्धान कार्य भइरहेको । लुटपाट,काठमाडौं, काठमाडौं म.न.पा.३ महाराजगजं नजिकै भाटभटेनीबाट बसुन्धारासम्म जाने क्रममा अल्फावेट नम्वर नखुलेको महानगर यातायात बसमा जि.गोरखा शिरमाचोक घर भई हाल का.जि.टोखा मेगासिटी हाईट बस्ने वर्ष ६२ की पदम कुमारी गुरुङको घाँटीमा लगाएको अं.३ तोलाको अं.मु.रु.८,००,०००।- (आठ लाख) बराबरको सुनको सिक्री २।३ जना व्यक्तिहरुले बसभित्र धकेलाधकेल गरेको र बसुन्धारामा आई गाडिबाट झरी घाँटीमा छाम्दा सिक्री नभएको जानकारी गराउनासाथ प्रहरी वृत्त महाराजगञ्जबाट प्र.स.नि.र सादा पोशाक सहितको प्रहरी टोली खटी गई फरार रहेको व्यक्तिहरुको खो.त.कार्य भईरहेको  लागु औषध,पर्सा, विरगंज म.न.पा.१६ शंकराचार्य गेट स्थित प्र.चौ.ईनर्वाबाट प्र.ना.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले नेपालबाट भारत तर्फ जाँदै गरेको सवारी साधनहरुलाई चेक जाँच गर्ने क्रममा यात्रु बोक्ने ई-रिक्सामा सवार देश भारत जिल्ला बेतिया बस्ने अं.वर्ष ३९ को जावेद अंसारी, ऐ.बस्ने अं.वर्ष २८ को गरीब महम्द र ऐ.बस्ने अं.वर्ष २४ को महम्द रजिसको शरीरमा लुकाई छिपाई अबैध रुपमा लादै गरेको लागु औषध गाँजा अं.७ किलो ५०० ग्राम ला.औ.सहित ३ जनालाई नै नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि व.प्र.का.बिर्तामा पठाईएको ।  कञ्चनपुर, भिमदत्त न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित प्र.व.ना.नि.को कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले ऐ. भिमदत्त न.पा.२ उल्टाखाम बस्ने अं.वर्ष २७ को टेकेन्द्र भन्डारीलाई भारतबाट नेपाल तर्फ आउने क्रममा शंका लागी चेकजाँच गर्दा निजको साथबाट शुद्ध तौल २४ ग्राम १६० मिलिग्राम खैरो हिरोईन (ब्राउन सुगर) लागु औषध सहित नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी तालुक जि.प्र.का.कञ्चनपुर पठाएको ।

मिति २०८२।१२।१२ गते ०५:०० बजे देखि २०८२।१२।१३ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-१३

कर्तव्य ज्यानदाङ, तुलसीपुर उ.म.न.पा.१९ दोघरे बस्ने बस्ने वर्ष ३४ को गोपाल वलीले आफ्नै घरमा आफ्नै श्रीमती वर्ष २७ की कमला वली लाई कुटपिट गर्दा टाउको र अनुहारमा चोट लागी घाइते भई राप्ति प्रादेशिक अस्पताल तुलसीपुर दाङमा ल्याई उपचारको क्रममा ऐ.१९:५५ बजे मृत्यु भएको लाश सोही अस्पतालमा रहेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.बिजौरीबाट प्र.ब.ना.नि.को कमाण्डमा ४ जना र इ.प्र.का.तुलसीपुरबाट प्र.नि.को कमाण्डमा ७ जनाको टोली खटी गएको उपचारमा छिमेकी रेनुका घर्ति संलग्न, कारण नखुलेको, कुटपिट गर्ने ब्यक्ति गोपाल वली इ.प्र.का.तुलसीपुर दाङको नियन्त्रणमा रहेको  ।कपिलवस्तु, वाणगंगा न.पा.१ क्वाटर चोक स्थित मानिस घाईते भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.पिपरा कपिलवस्तुबाट प्र.नि.को कमाण्डमा ७ जनाको टोली खटी गई बुझ्दा ऐ.बस्ने वर्ष ३२ को सुमन चौधरी (मानसिक सन्तुलन ठिक नरहेको भन्ने बुझिएको)  टाउको र दुबै हातमा चोट लागि (अबस्था गम्भिर) घाईते अवस्थामा रहेको निज घाईतेलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पटाईएकोमा उपचारको क्रममा ऐ.१९:४० बजे मृत्यु भएको, शव सोही अस्पतालमा रहेको, पो.मा.हुन बाँकी, उक्त घटनामा  शंकास्पद व्यक्ति जि.कपिलवस्तु वाणगंगा न.पा.१ बैरिया बस्ने वर्ष ४५ को उदय अधिकारीलाई नियन्त्रणमा लिई इ.प्र.का.पिपरा कपिलवस्तुमा ल्याई प्रारम्भिक सोधपुछको क्रममा उदय अधिकारीले पुर्व रिसिविका कारण मृतक सुमन चौधरीको घरमा गई सुतिरहेको अवस्थामा ठुलो खुर्पा प्रहार गरी घाईते बनाएको भनि प्रहरी समक्ष स्विकार गरेको, निजले प्रयोग गरेको खुर्पा निजकै घरको किचन कोठाको र्‍याक मुनि बोराले बेरेर राखेको अबस्थामा बरामद गरेको । लमजुङ, मिति २०८२।१२।११ गते अ. ०५;३० बजेको समयमा जिल्ला लमजुङ दोर्दी गा.पा. ५ पारीखोला स्थित ऐ. बस्ने वर्ष ४५ को पख्खन गुरुङले आफ्नै घरमा श्रीमतीसँग घरायसी कुरामा झै- झगडा हुँदा  निम्न मानिसहरुलाई बन्चरो प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनसाथ प्र.चौ. श्रीमञ्जाङ बाट प्र.ह. प्रदिप कुमाल (९८६६३५२४९९) को कमाण्डमा २ जनाको टोली खटि गई घाईतेहरूलाई उपचारको लागि प्रदेश अस्पताल लमजुङ पठाएको,उपचारमा छिमेकी भिम बहादुर गुरुङ(९८४६११०७४४) साथमा रहेको,बन्चरो प्रहार गर्ने ब्यक्ती र उक्त बन्चरोलाई नियन्त्रणमा लिएको ।निम्न:-१.      जिल्ला लमजुङ दोर्दी गा.पा. ५ पारीखोला बस्ने वर्ष ४५ की चिज माया गुरुङ(निजको श्रीमती),पेट र बाँया हातमा चोट,अवस्था मध्यम ।२.      ऐ.ऐ. बस्ने वर्ष ७२ को गर्वलाल गुरुङ,टाउकोमा चोट,अवस्था मध्यम (छुट्टाउन जाने क्रममा प्रहार गरेको) ।३.      ऐ.ऐ. बस्ने  वर्ष १० को अनमोल गुरुङ,टाउकोमा चोट,अवस्था मध्यम (छुट्टाउन जाने क्रममा प्रहार गरेको) ।थप अपडेट;- ऐ.०८;२५ बजे सि.नं. ३ को घाईते थप उपचारको लागि (नयाँ) चितवन मेडिकल कलेज भरतपुर चितवनको लागी रिफर भएको अवस्था बेहोस सिरियस साथमा छिमेकी सुक बहादुर गुरुङ (९७०१६७८७७८) रहेको ।ऐ.ऐ. ०९;२५ बजे सि.नं.२ को घाईते थप उपचारको लागी (नयाँ) चितवन मेडिकल कलेज भरतपुर चितवनको लागी रिफर भएको अवस्था बेहोस सिरियस रहेको ,साथमा नाती रोशन गुरुङ रहेको ।ऐ.१२;०२ बजे नयाँ मेडिकल कलेज भरतपुर चितवन पुगि उपचार भइ रहेकोमा डाक्टरले उमेर बढि भएकोले अप्रेसन हुन असंम्भव हुने भएको हुदा डाक्टरको सल्लाह अनुसार ऐ.१८;०५ बजे प्रदेश अस्पताल लमजुङको लागि आफन्तले लिई हिडेको,सि.नं.१ को घाइतेको प्रदेश अस्पताल लमजुङको ICU कक्षमा उपचार भई रहेको र सि.नं.३ को घाइतेको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भई रहेको ।थप अपडेट;- ऐ.२१;१० बजे सि.नं.२ को घाइते प्रदेश अस्पताल लमजुङ आईपुगि ICU कक्षमा उपचार भई रहेको,अवस्था सिरियस र सि.नं.३ को घाइतेको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा टाउकोको अप्रेसन भएको,ICU कक्षमा रहेको,अवस्था सिरियस र सि.नं.१ को घाइतेको प्रदेश अस्पताल लमजुङको ICU कक्षमा उपचार भई रहेको ।थप अपडेट;- सि.नं.२ को घाइते प्रदेश अस्पताल लमजुङ आईपुगि ICU कक्षमा उपचार भई रहेकोमा मिति-२०८२।१२।१३ गते ०७;२५ बजे उचारको क्रममा डा.ले मृत घोषणा गरेको । ज.ज.क./बाल यौन दुर्व्यवहार,भक्तपुर, भक्तपुर न.पा १ दुधपाटी स्थित गण्डकी गेष्ट हाउसमा बर्ष १४ की परिवर्तित नाम भक्तपुर ( छ १०१) लाई जिल्ला भक्तपुर भक्तपुर न.पा १० कमलबिनायक बस्ने बर्ष १९ को साहिल बासुकलाले ललाई फकाई ज.ज.क गरेको भनि पिडित बालिकाको आमाले ऐ. १२।११ गते परिसर भक्तपुरमा दिएको जाहेरीको आधारमा निज साहिल बासुकलालाई ऐ. १२।११ गते २२;०० बजे जिल्ला भक्तपुर भक्तपुर न.पा १ दुधापाटी स्थितबाट प्रभाग दुधपाटीबाट खटिएको प्र.ना.नि कृष्णहरी रानाभाटको टोलीले नियन्त्रणमा लिई परिसर भक्तपुरमा ल्याई राखिएको , पीडित बालिकाको मेडिकल गरी आफन्तको जिम्मा लगाई पठाएको । नक्कली बोट बरामद,बागलुङ्ग, मिति २०८२।१२।१२ गते जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा खटिएको ५ जनाको प्रहरी टोलीले बागलुङ बजार एरियामा ने.रु.१००० र ५०० का जाली नोटहरु फेला परेको भनि विभिन्न मितिमा गुनासो तथा विशेष सुराकीको आधारमा जि.बागलुङ काठेखोला गा.पा.२ भिमपोखरा घर भई हाल बागलुङ न.पा.२ धौलागिरी चोक स्थित सरस्वती श्रेष्ठको ३ तले पक्की घरको दोस्रो तलाको फ्लाईट भाडा गरी बस्ने वर्ष ५५ को याम बहादुर चर्माकारको डेरा कोठामा रितपूर्वक खानतलासी गर्ने क्रममा ने.रु. १००० को एउटै नं.भएका जाली नोट थान-१६,ने.रु.१००० र ५०० का सक्कली नोट -४,९३,००० निम्न नक्कली नोटहरु, सुन जस्तो देखिने पहेलो धातुबाट बनेका औठी थान-७, बाला २ जोर (४ वटा), सिक्री थान-३,मुन्द्रा १ जोर (२ वटा) गरी २०३ ग्राम (बिल नभएका), मोबाईल थान २ (SAMSUNG SCREEN TOUCH थान-१ र सादा मोबाईल थान -१),निजको नाममा रहेका विभिन्न बैंकका चेकहरु थान-८, २३ बाई १० ईन्चका निलो,गुलाबी र हरियो कागज थान-अं.५० ,CPU थान -१  गर-गहना तथा विभिन्न सर-सामानहरु फेला परेकोले बरामदी  मुचुल्का समेत गरी निम्न सामानहरु सहित निजलाई थप अनुसन्धानको लागि ऐ.२०:४० बजे जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको । लागू औषध, सुनसरी, धरान उप-मनपा २० विष्णुपादुका पुल स्थितमा अप्र पोष्ट जोरसखुवा धरानबाट प्रह हेमराज सुवेदी (९८०३२७४५२४) को कमाण्डमा खटिएको प्रहरी टोलीले विष्णुपादुका बाट धरान तर्फ आउदै गरेको प्र.१-०२-०५४ प ०९४४ नं.को मोसालाई रोकी चेकजाँच गर्दा उक्त मोसामा राखेको बोराबाट लाऔ गाँजा (नापतौल गर्दा १७ केजी) बरामद गरी लाऔ गाँजा, मोसा तथा मोसा चालक जिल्ला धनकुटा साँगुरीगढी गापा ०८ बस्ने तारा राईको छोरा वर्ष १९ को शिखर राई र सोही मोसा पछाडी सवार ऐ.ऐ. बस्ने दिप बहादुर राईको छोरा वर्ष १९ को विश्व राईलाई समेत नियन्त्रणमा लिई इप्रका धरानमा ल्याई राखिएको, थप अनुसन्धान कार्य भईरहेको ।

मिति २०८२।१२।११ गते ०५:०० बजे देखि २०८२।१२।१२ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-१२

ज.ज.क./ ज.ज.क.उ. / बाल यौन दुर्व्यवहार,पर्सा, वीरगंज न.पा.२७ घुर्मी बस्ने अं.वर्ष १५ की बालिकाको सुत्ने कोठामा ऐ.बस्ने वर्ष १९ को रुपेश कुमार राम प्रवेश गरी निजलाई जबरजस्ती करणी गर्न खोजेको भन्ने खबर प्राप्त हुनासाथ अ.प्र.पोष्ट उदयपुरघुर्मीबाट खटिएको टोलीले रुपेश कुमार रामलाई नियन्त्रणमा लिई  थप अनुसन्धानको लागि जि.प्र.का.मा पठाईएको । दाङ, गढवा गा.पा.६ खबरी स्थित तुल ब.बि.क.को कोही नबस्ने पुरानो खाली घरमा ऐ.बस्ने वर्ष अं.१५ की बालिकालाई ऐ.गढवा गा.पा.६ खबरी बस्ने दिल ब.बि.क.को छोरा वर्ष अं.३० को भिमसेन बि.क.ले ज.ज.क.उ.गरेको भनी पीडितको आमाले ऐ.अ.१८:०० बजे इ.प्र.का.गढवामा लिखित जाहेरी दिए पश्चात प्र.नि.को कमाण्डमा टोली खटी गई पीडक भिमसेन बि.क.लाई नियन्त्रणमा लिई इ.प्र.का.गढवामा राखी थप अनुसन्धान भईरहेको । झापा, अर्जुनधारा न.पा.११ बस्ने वर्ष २५ को सुरज राईले ऐ.अर्जुनधारा न.पा.११ बसपार्क स्थित पाँचथर होटल एण्ड लजमा कोठा बुक गरी ऐ.वर्ष १६ की बालिकालाई बिहे गर्छु भन्ने प्रलोभन देखाई ललाई फकाई ज.ज.क.गरेको भनी पीडितको आफन्तले ऐ.२२:०० बजे इ.प्र.का.अनारमनीमा जाहेरी दरखास्त तथा जानकारी गराउनासाथ प्रहरी टोली खटी गई पीडक सुरज राईलाई नियन्त्रणमा लिई इ.प्र.का.अनारमनीमा ल्याई थप अनुसन्धान भइरहेको । लागु औषध,सिरहा, लहान न.पा.३ बलान पुल स्थितमा लागु औषध सहित मो.सा.मा मानिस गईरहेको भन्ने बिशेष सूचनाको आधारमा इ.प्र.का.लहानबाट प्र.स.नि.को कमाण्डमा र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले लहानबाट सप्तरी तर्फ जाँदै गरेको प्र.०१-०५-००२ प.२०८७ नं.मो.सा.लाई शंका लागी रोकी चेकजाँच गर्दा मो.सा.चालक जि.उदयपुर त्रियुगा न.पा.६ जलजले बस्ने लक्ष्मी प्रसाद चौधरीको छोरा अं.वर्ष ४२ को गणेश कुमार चौधरीले मो.सा.को अगाडी पट्टिको भाईजरको बिच भागमा राखेको ४० ग्राम ला.औ.खैरो हिरोईन जस्तो देखिने पदार्थ फेला पारी उक्त पदार्थ र मो.सा.सहित निज गणेश कुमार चौधरीलाई नियन्त्रणमा लिई ई.प्र.का.लहानमा राखिएको ।  काठमाण्डौ, काठमाण्डौ म.न.पा.१६ नयाँबजार फलफुल चोक नजिकैबाट उपत्यका अपराध अनुसन्धान कार्यालय (PCCB) बाट प्रहरी वृत्त लैनचौरमा प्र.ना.नि.को कमाण्डमा खटिएको टोलीले जि. गोरखा गण्डकी गा.पा.४ घर भई हाल का.जि.स्वयम्भु बस्ने वर्ष ३८ को रमेस बसेलको साथबाट ला.औ.पोल्याण्ड २२० ग्राम फेला पारी ला.औ.सहित निजलाई नियन्त्रणमा लिई प्रहरी वृत्त लैनचौरमा राखी आ.अ.भईरहेको, ।