मिति २०८२।०६।१८ गते ०५:०० बजे देखि ऐ १९ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०६-१९
- A
- A-
- A+
ज.ज.क. , बालयौन
दुरुपयोग,
बाके,कोहलपुर न.पा २
बर्दहवा स्थित ऐ. बस्ने बर्ष अं. ६२ को काशिराम थारुले नाबालिका बर्ष अं. ८ की परिबर्तित
नामथर संकेत ६५ कोहलपुर (०८२/०८३) ८ लाइ ज.ज.क गरेको भनी ऐ. १७:०० बजे निज पिडितको
आफन्तले प्रहरी बिट कौशिलानगर बाँकेमा जानकारी गराउन साथ उक्त स्थानमा प्रहरी बिट कौशिलानगर
बाँके बाट प्र.स.नि को कमाण्डमा २ जना र इ.प्र.का. कोहलपुर बाँके बाट प्र.नि को कमाण्डमा
SOCO सहित ७ जनाको टोली खटी गइ निज काशिराम थारु लाइ नियन्त्रणमा लिइ इ.प्र.का कोहलपुर
बाँकेमा ल्याइ बिस्तृत स्वास्थ्य परिक्षणको लागी प्र.स.नि को कमाण्डमा ५ जना टोलीले
दुबै जनालाइ भेरी अस्पताल नेपालगंज बाँकेमा पठाइएको, आवश्यक अनुसन्धान
भइरहेको ।
कुटपिट,
बांके, जानकी गा.पा ६करातिपुर
गाँउ बस्ने ऐ. चामार टोल बस्ने बर्ष अं.३६ को प्रदिप गडरियाको मोबाइल ऐ. करातिपुर
टोल बस्ने राहुल हरिजनले मोबाइल लिएको बिषयलाइ लिइ निज दुइ जना ब्यक्ति बिच भएको
बादबिबाद तथा झै-झगडाको बिषयलाइ लिइ करातिपुर टोलका स्थानिय अं. ३०/४० जनाको
संख्यामा चमारटोलमा आइ निज प्रदिप गडरिया लाइ कुटपिट गरी बेहोस अबस्थामा बनाएको
बाहिरी चोट नदेखिएको भन्ने खबर प्राप्त हुनसाथ प्र.चौ.गनापुर बाँके बाट प्र.ह को
कमाण्डमा ४ जनाको टोली खटी गइ घाइतेलाइ उपचारको लागी एम्बुलेन्स द्धारा मेडिकल
कलेज कोहलपुर बाँकेमा पठाइएको अवस्था सिरियस कुटपिटमा संलग्न ब्यक्तिहरुको खो.त
तथा पक्राउको लागी इ.प्र.का कोहलपुर बाँके बाट प्र.स.नि को कमाण्डमा ९ जनाको टोली
गएको उक्त स्थान प्र.चौ. गनापुर बाँके बाट अं. १.५ कि.मि पश्चिम दक्षिण पर्ने ।
ला.औ.,
कैलाली, प्र.चौ.त्रिनगरबाट
प्र.ह.देव बहादुर चन्द को कमाण्डमा खटिएको ३ जनाको प्रहरी टोलिले जिल्ला कैलाली धनगढी
उपमहानगरपलिका २ त्रिनगर व्यारेल स्थित ऐ.ऐ. ५ बस्ने बर्ष ३० को यलसन चौधरीले चलाएको
सु.प.प्र.०१-००१ प २५६८ नं.को मो.सा.लाई चेकचाँच गर्दा सोही मो.सा.पछाडी सवार ऐ.ऐ.घोडाघोडी
न.पा.११ घर भई ऐ.धनगढी उ.म.न.पा.५ कोठा गरी बस्ने बर्ष १९ को पर्शुराम कठरियाको हातमा
लुकाई छिपाई राखेको शुद्ध तौल १ ग्राम ४४० मिलिग्राम ला.औ. ब्राउन सुगर फेला पारी बरामद
गरी मो.सा. सहित निजहरुलाई समेत नियन्त्रणमा लिइ थप अनुसन्धानको लागि जि.प्र.का.कैलालीमा
ल्याई राखिएको,
उक्त स्थान प्र.चौ.त्रिनगर ३०० मिटर उत्तर पर्ने, ।
दार्चुला, यस कार्यालय बाट
प्र.नि. ईश्वर बहादुर थापा (९८४३५२०४६०)को कमाण्डमा खटी गएको प्रहरी टोलीले जिल्ला
दार्चुला दुहु गा.पा. वडा न. ५ स्थित रहेको झोलुङ्गे पुलमा पैदल हिडी आई रहेको ऐ.ऐ.
वडा न. १ बस्ने बर्ष ५६ को हर्क बहादुर बमलाई शंका लागी रितपुर्वक तलासी गर्दा निजले
शरिरमा भिरेको निलो कालो रंगको झोला भित्र रहेको कालो प्लाष्टिकमा लुकाई छिपाई राखेको
शुद्व तौल ४८० ग्राम लौ.औ. (चरेश) जस्तो देखिने कालो पदार्थ फेला पारी बरामद गरी निज
हर्क बहादुर बम लाई पक्राउ गरी यस कार्यालयमा ल्याई राखिएको उक्त स्थान जिप्रका दार्चुला
बाट १७ कि.मि. उत्तर पर्ने
डुवान,
पर्सा, बिरगंज म.न.पा.१६
स्थित रहेको प्र.चौ.बसपार्क भित्र अबिरल बर्षाको कारण पानी निकास सानो भएको र पुर्ण
रुपमा पानी निकास हुन नसकेकोले कार्यालय भित्र २ फिट पानी पसि डुवानमा परेकोले चौकीमा
कार्यरत प्र.क.,हात हतियार, संचार साधन, लत्ता
कपडा, अन्य असभावका सामानहरु सहित बसपार्क टर्मिनल भवनको दोस्रो
तल्लामा सरेको, हातहतियार तथा असभावका सामानहरु तालुक व.प्र.का.
श्रीपुरमा पठाउने कार्य भइरहेको, उक्त स्थान प्र.चौ. बसपर्कबाट
अं. १०० मिटर पश्विम पर्ने ।
काठमाण्डौ, का.म.न.पा.११ र १४ मा अविरल बर्षाको कारण बिभिन्न ठाँउमा खोला
किनारामा रहेको सुकुम्बासी बस्तिहरुमा मजकुर कार्यालय र प्रहरी वृत्त,कालीमाटीबाट
प्र.ना.उ. सहितको टोलि खटि गई उद्दार गरिएको ।बल्खु सुकुम्बासीमा रहेको ४१७ घरधुरीको
अं १२०० जना मानिस मा ३०० जना बल्खु स्थित रहेको जनबिकास मा.बि. बसेको र अन्य बिभिन्न
ठाँउमा आफन्तकोमा बसेको र टेकु बंशिघाट स्थित रहेको सुकुम्बासी बस्तीको अं १९७ घर धुरीमा
१०० जना भन्दा बढि मानिस त्रिपुरेश्वर स्थित रहेको बिश्व निकेतन स्कुलमा बसेको र अन्य
मानिसहरू आफन्तको घरहरुमा बसेको अन्य उद्धार कार्य जारी रहेको ।
बगाई डुबी बेपत्ता,
बांके, खजुरा गा.पा.४ खजुरा
गाउँपालिका भवन पछाडी रहेको बाबाकुटी तलाउमा पौडी खेल्ने क्रममा ऐ. बस्ने बर्ष अं.५१
को पोम बहादुर थापा उक्त तलाउमा डुबी बेपत्ता भएको भन्ने खबर यस इ.प्र.का.धनौली बाँकेमा
जानकारी प्राप्त हुन साथ यस इ.प्र.का.धनौली बाँके बाट प्र.नि.पुर्ण बहादुर के.सि.
( ९८५८०९०६०६ ) को कमाण्डमा ७ जनाको टोली ऐ. १७;५० बजे खटि गई ऐ. १८;०० बजे घट्ना स्थलमा पुगि खो.त.कार्य भई रहेको ।
काठमाण्डौ, का.म.न.पा.२६ म्हैपी
पुल नजिकै जि.बाँके घर भई हाल नयाँबसपार्क बस्ने वर्ष अं.२५।२६ को श्याम बुढाथोकी र
निजको श्रिमती जि.काभ्रे पाँचखाल न.पा.१३ घर भई हाल नयाँबसपार्क बस्ने वर्ष २२ की ऋतु
रोक्का दुईजना श्रिमान श्रिमती बिच झगडा हुँदा दुबै श्रिमान श्रिमतीले रानीबारीबाट
बग्ने म्हैपी खोलामा हाम फालेको देखेर जि.धादिङ ज्वालामुखी गा.पा.०३ घर भई हाल म्हैपी
बस्ने वर्ष २४ को अमन तुन्सिंह मगरले श्रिमान श्याम बुढाथोकीलाई सकुसल उद्धार गरे पश्चात
पुन: ऋतु रोक्कालाई पनि उद्धार गर्नका निमित्त खोलामा गई उद्धार गरीरहँदा निजलाई नै
बगाईरहेको अवस्थामा प्रहरी प्रभाग नयाँबसपार्कबाट प्र.नि.र प्रहरी वृत्त, लैनचौरबाट
प्र.स.नि. को कमाण्डमा खटिई गएको टीली र स्थानियद्धारा सकुसल उद्धार गरिएको,श्रिमती ऋतु रोक्का मगर हाल सम्म फेला नपरेको,आफन्त सम्पर्कमा
निजको आमा सरस्वती रोक्का मगर,खोजतलास कार्य जारी । ( श्रिमान
श्याम बुढाथोकी उद्धार पश्चात प्रहरीको सम्पर्कमा नआई श्रिमतीलाई खोज्छु भनि विष्णुमती
खोलाको किनारै किनारमा ढल्कु तर्फ लागेको भन्ने बुझिएको) । प्रहरी वृत्त लैनचौरबाट
प्र.ना.उ.को कमाण्डमा ८ जनाको टोली खटिई गएको ।घटनास्थलबाट अं. ८०० मि.उत्तर पर्ने
।
भवितव्य मृत्यु,
पर्सा, बिरगंज म.न.पा.२५
स्थित रहेको मनाव सेवा आश्रममा लगभग ३० महिना देखि आश्रित महिला अं.८० बर्षकी पुतलीको
मृत्यु भएको (नाम थर ठेगना नखुलेको) भनि ऐ.१८;१० बजेको समयमा प्र.चौ. सिर्सिया
पर्सामा जानकारी गराउन साथ प्र.ना.नि.को कमाण्डमा टोलि खटिगएको, अन्य कानुनि प्रकृयाको तालुक व.प्र.का. श्रीपुर पर्साबाट प्र.नि.को कमाण्डमा
SOCO सहितको टोलि खटिगएको, उक्त स्थान प्र.चौ.
सिर्सिया, पर्साबाट अं.२ कि.मि. दक्षिण पुर्व पर्ने ।
नवलपुर(वर्दघाट
सुस्ता पुर्व), कावासोती न.पा.
१७ चिसापानी बस्ने बर्ष ५२ को दिल बहादुर खत्री आफ्नै घरको पछाडी (कर्सामा)लडिरहेको
अवस्थामा निजको छोरी कोपिला खत्रीले देखी उपचारको लागी मध्यबिन्दु प्रादेशिक अस्पताल
डण्डा ल्याएकोमा ऐ. २२;४५ बजे मृत्यु भएको शरिरमा घाउचोट केही नभएको उक्त स्थानमा प्र.चौ. कोल्हुवा
बाट प्रसनि कल्याण यादवको कमाण्डमा २ जनाको टोली खटिगइ थप बुझ्ने कार्य भइरहेको घटनास्थल
प्र.चौ.कोल्हुवा बाट ८ किमि उत्तर पर्ने ।